Thursday, 14 February 2019

नग्न राजा र ओलि लोकप्रियताको महागाथा

Author:
Shantiman Shrestha:
तान्त्रिक ले सबैको सन्मुख उक्त बाकस खोले, बाकस रित्तो थियो तर बुँदा १ को शर्त सबैको गिदि मा ठोक्कियो ,"आफ्नै बाउको सन्तानले मात्र यो वस्त्र देख्नेछ , अवैध बाउको सन्तानले यो वस्त्र देख्नेछैन।"
कुनै समय प्रशंसा तथा स्तुतीका अति भोका र चरम लालची एक राजा थिए। राजाको लालच र स्तुतीप्रीयताको बारे एक तान्त्रीक योगि ले सुनेछन। तान्त्रीकले एक दिन हल्ला फैलाएछन : "एक तान्त्रीक तपस्या गर्ने क्रममा भगवान प्रकट भएर वहुमुल्य हिरा र मोति जडित सुन्दर वस्त्र प्रदान गरे।" राजाले यो खबर सुन्ने बित्तिकै उनलाइ वस्त्र प्रती लोभ जागेछ र अफ्ना सेनालाइ आदेश दिएछन :"भगवान बाट वस्त्र प्राप्त गर्ने उक्त तान्त्रिकलाई तुरुन्त हाजिर गराऊ।" सेनाले निकै दिनको खोजतलास पछि उक्त तान्त्रिक लाइ राजा कहाँ हाजिर गराएछन ।
     तान्त्रिक ले एउटा ठुलो बाकस पनि साथ मै लिएर आएका थिए। तान्त्रिक ले राजा लाई उक्त वस्त्रको वारे भगवानले बताएको भन्दै केहि शर्त सुनाएछन:
१-) यो वस्त्र उसले मात्र देख्न सक्छ जो साँच्चै नै आफ्नै बाउको सन्तान हो , अबैध बाउको सन्तानले यो बस्त्र देख्नेछैन।
२-) यो वस्त्र एक्लै हेर्न मिल्दैन , एउटा समारोहमा समुह भएर एकसाथ हेर्नपर्छ।
३-) वहुमुल्य हिरा-मोति जडित यो वस्त्र राजाले हेरेको खन्डमा राजाले यो वस्त्र पहिरिन पर्छ नत्र अनिष्ट हुन्छ।
४-) यो वस्त्र पहिले भाई-भारदार र प्रजाले अनि माहारानी - राजकुमारले हेर्नेछ तब मात्र राजाले हेर्नेछ।
     बुँदा १ को शर्त ले राजा केहि झस्किए तर वहुमुल्य हिरा मोति को लालचले त्यो शर्तलाई गम्भिर रुपले लिएनन। राजाले एउटा भारदारी सभा बोलाए , भारदारहरुको बिचमा तान्त्रीक एउटा बाकस लिएर देखा परे र उक्त शर्त हरु सुनाए। दरबार मा भाई भारदार र मन्त्रीहरुको खचाखच थियो , तान्त्रिक ले सबैको सन्मुख उक्त बाकस खोले, बाकस रित्तो थियो तर बुँदा १ को शर्त सबैको गिदि मा ठोक्कियो ,"आफ्नै बाउको सन्तानले मात्र यो वस्त्र देख्नेछ , अवैध बाउको सन्तानले यो वस्त्र देख्नेछैन।" तान्त्रिक ले सबै भारदार र मन्त्री हरुलाई सोम्बोधन गर्दै भने,"वस्त्र कस्तो छ?" वस्त्र देखिन भन्नुको अर्थ आफुलाई अवैध बाउको सन्तान घोषणा गर्नु थियो, अवैध सन्तान ठहरिन कोहि तयार थिएनन त्यसैले सबै भाई भारदार र मन्त्री हरुले एकस्वरले भने ,"आहा ! कति सुन्दर वस्त्र ! हिरा - मोति कति वहुमुल्य रहेछ ! कस्तो झलक्क टल्केको।" अव वस्त्र हेर्ने पालो रानी को थियो , रानिको सवारी भयो , रानिलाई पनि त्यही शर्त सुनाईयो , रानी त झन अवैध वाउको सन्तान ठहरिने कुरै भएन, उनि पनि कुनै देशको राजाकी राजकुमारी थिइन , आफ्नो महाराज - महारानी बाउ आमाको सम्बन्ध चौपट पार्नु थिएन त्यसैले आश्चर्य चकित भावले रानिले भनिन,"आहा! कति सुन्दर वस्त्र ! यो वस्त्र त हाम्रो महाराज लाई एकदम सुहाउँछ।" पालो राजकुमार को आयो , उनलाई आफु अवैध वाउको सन्तान ठहरिएर उत्तराधिकारी गुमाउनु थिएन र चारै तर्फ हेरेर भने ,"आहा! कति सुन्दर वस्त्र ! यो वस्त्र त हाम्रो पिता महाराजले पहिरिन योग्य छ।"
     अब पालो राजाको थियो , बिचरा !!! राजालाई पनि अबैध बाउको सन्तान ठहरिएर जोकर बन्नु थिएन , राजाले घोषणा गरे ,"कति सुन्दर वस्त्र ! लाग्छ , ईश्वर ले मेरै निम्ती बनाएको रहेछ ! अनि यसमा जडित हिरा ...मोति कति अदभूत .....कस्तो चमकदार !!! मेरो जीवनमा आज सम्म देखेको थिईन।"
     तान्त्रिक ले राजालाई तेस्रो शर्त को याद दिलाउँदै भने ,"महाराज ! अब तपाइको लुगा फुकाल्नोस - निर्वस्त्र हुनोस र भगवान द्धारा तपाइकै लागी बनाइएको यो वहुमुल्य सुन्दर वस्त्र पहिरिनुस।" राजा एकछिन त हिच्किचाए तर बिचरा ! बच्ने उपाय थिएन । तान्त्रिक ले फेरि जोड दिएर भने ,"छिटो गर्नुस नत्र अनिष्ट हुन्छ।"
     राजाले अत्तालिंदै आफ्नो सम्पूर्ण वस्त्र खोलेर निर्वस्त्र भए, हुँदै नभएको वस्त्र लगाए । तान्त्रिक ले राजालाई भने ,"जानुस, एनामा गएर हेर्नुस वस्त्र कस्तो छ?" राजा एनाको अगाडी गएर उभिए , फर्केर आए र भने ,"वस्त्र अदभूत छ , मलाई अति मन पर्यो।"
     सबै भाई-भारदार, मन्त्री , महारानी , राजकुमार ले एकस्वर ले चिच्याए ," आहा! महाराजलाई वस्त्र कति सुहाएको ?"
     तान्त्रिक ले घोषणा गरे , अब महाराजको शोभायात्रा गरि शहर परिक्रमा गर्नुपर्छ , यो चाहिं भगवानको गोप्य आदेश हो । रथमा राजाको शोभायात्रा शुरुभयो , राजालाई हेर्न शहरमा लाखौंको भिड थियो , कसैलाई पनि अबैध सन्तान ठहरिनु थिएन , नागरिकहरुले डबली , घर को बार्दली , छत बाट फुल - अक्षता नग्न राजा तर्फ फ्याँक्दै चिच्याँउथे ," हाम्रो राजालाई वस्त्र कति सुहाएको?" यसरी नग्न राजाको भव्य शोभायात्रा सम्पन्न भयो , कुनै भाइ-भारदारले यो भन्ने हिम्मत गरेनन कि राजा नाङ्गो छन ।
     अहिले प्रधानमन्त्री केपि ओलि को स्थिती ठ्याक्कै यस्तो छ। चौतर्फी चरम भ्रष्ट्राचार , अस्तव्यस्तता र दण्डहिनताको पराकाष्ठले डुङ्गडुङ्गति गन्हाएर नाङ्गिएका केपि ओलि भन्दैछन ,"सरकारले एक पछि अर्को चमत्कारिक सफलता र लोकप्रियता हासिल गर्दैछ।" ओलि लाई नाङिएको बोध हुन नदिन र नाङ्गै थाङ्नामा सुताउन माकुने भन्दैछन ,"सरकारको लोकप्रियता देखेर बिरोधिहरु अत्तालिए।" ओलिका भाई - भारदारहरु ओलिको कानमा चाकडी को महागाथा गाउँदै उनको कानमा फुसफुसाउँदैछन ,"सरकारले अभूतपूर्व सफलता हात पार्दैछ , यसरी नै अघि बढ्नुस हामी साथ छौं।"
     प्रधानमन्त्री ओलि चतुर मानिन्छन त्यसैले उनले आफ्नो लोकप्रियतालाई अझै धारिलो बनाएर निखार्न फादर मुन उर्फ मदर मुन को होलिवाइन क्रमलाई उच्च महत्वका साथ राष्ट्रिय योजना आयोगमा समावेश गरि सबै जिल्ला तहमा नियमित र भव्य रुपले आयोजना गर्ने आशा गर्न सकिन्छ।
     सोल्टी होटल मा ४ दिन डेरा जमाउँदा यतिबिघ्न सफल र लोकप्रीय हुने केपि ओलि आगामी दिनमा झिटी गुन्ठा बोकेर महिनौं डेरा जमाउलान कि !!! वाह ! वाह !! गर्ने धतुरे बाँदरसेनाहरु प्रशस्त छन क्यार !!!! वाईड बडि र अरुण नदि निल्दा मात्र यति सार्हो लोकप्रिय हुने ओलि देश नै निल्दा त झन कति लोकप्रिय हुने हो !!!! ३३ किलो सुन ले चुलिएको लोकप्रियता ३३ क्विन्टल मा पुर्याउँदा लोकप्रियताले सगरमाथा चुम्दै आकाश छिचोलेर विश्व जगत नै आश्चर्य चकित हुँदै श्री ६ महाराज ओलि को जय जयकार गर्ने हो कि !
   सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts