डा. गोविन्दशरण उपाध्याय :
केही दिन अगाडिको कुरा हो -मैले राम सहायलाई भेटें । उनी काठमाडौँको नया बानेश्वरको विरेन्द्र सभागृह नजिकैको सडक पेटीमा बसेर जुत्ता सिलाएर आफ्नो जीवन यापन गर्ने राम सहाय (नाम परिवर्तन) २० वर्ष अगाडी काठमाडौँ प्रवेश गरेका थिए । मधेशमा जातीय विभेद र गरिवीले उनको जीवन नर्कझैं थियो। काठमाडौंमा उनले मुक्ति खोजेका थिए ।
काठमाडौंमा उनले आर्थिक र सामाजिक रूपमा मुक्ति पाउने आशा थियो तर एस्तो भएन । यहाँ त झन् तीनतहको घृणा झेल्नु पर्यो - गरिव, दलित र मधेशी । सडकमा पनि यी घृणावाद रहे नै । तर पेटीमा बसेर जुत्ताको काम गर्दा मधेशमा भन्दा आम्दानी राम्रो भयो । धेरै पेटी चाहार्दा-चहार्दै अहिले बानेस्वरमा छन् ।
काठमाडौंका पेटीहरू चहार्दा उनको मनमा विद्यालयमा पढ्ने इच्छा जाग्यो ।उनले कुरा बुझे । यसै बिचमा उनले टंगालको नन्दी मा.वि. मा रात्रिकालीन विद्यार्थी बनेर अक्षर चिने र किताव पढ्न सक्ने भए तेसपछि उनले आफ्नो घर चिठी लेख्न, केही नेपाली र हिन्दी कथा पढ्न सक्ने भए ।आफ्नो हिसाव पनि राख्न सक्ने भए ।
उनले अक्षर नाचिन्दै धेरै इसाई धर्म मान्नेहरूले चर्च जान कर गरेका थिए । उनी धेरै पटक चर्च पनि गए । चर्चमा बाइबलको कुरा हुन्थ्यो । सबै कुरा बाइबलमा लेखेको छ भनिन्थ्यो । उनले आफै बाइबल नपढेसम्म धर्म नमान्ने अडान लिए । यही अडानले उनी नन्दी पाठशाला गएका हुन्
आफुले अक्षर पढ्न र वुझ्न सक्ने भएपछि उनले बाइबल पढ्न थाले ।उनले धेरै पटक बाइबल पढे तर जरुसलम, इमानुएल, मेरी जस्ता विदेशी नामहरू मन परेनन् । उनले आफु जन्मेको जनकपुर र सीताको पहिचान विर्सन सकेनन् ।
अनि, उनी माइतीघरमा रहेको रत्नपुस्तक पसलमा गएर गीता-प्रेस गोरखपुरले छापेको गीता किनेर ल्याए । त्यो हिन्दी र संस्कृतमा थियो । उनले त्यो पढेर गीता र बाइबलको तुलना गरे । उनले गीतामा छुवाछुत मान्नुपर्छ भनेर लेखिएको कतै भेटेनन । बरू एउटा विद्वानका लागि गाई, ब्राह्मण, कुकुर र सबैभन्दा तल्लोजातको मानिस पनि समान हुन्छ र सबैमा भगवानको निवास हुन्छ" भनेर भगवान् श्रीकृष्णले भनेको पढेपछि बाइबल नपढ्ने निधो गरे ।
सदा बन्छन् " म इसाई बन्ने तरखरमा थिएँ । मलाई जातीय घृणा बिझेको थियो । तर गीता नपढी धर्म परिवर्तन गर्दिन भन्ने सोचले गीता पढें । गीताले मलाई धर्म-परिवर्तन गरेर आफ्नै सीता मैया विरुद्ध पाप गर्नबाट जोगायो । आफन्तलाई घृणा गर्ने/गराउने धर्म लिन बाट जोगायो । हेर्नुस त, मैले रामनामी ओढेर जुत्ता सिउन्छु । मलाई मेरो जनकपुर र सीता मैया प्रति गर्व छ । मान्छेले सानो जातिको भनेर हेपे पनि भगवान श्रीकृष्णले गीतामा हेप्ने कुराको उपदेश दिनुभएको रहनेछ ।
गीताले त जन्मदा सबै मान्छेहरू सूद्र नै हुन्छन् भनेर भनेको रहेछ ।मान्छेले गर्ने घृणाको दोष सनातन धर्मलाई दिन मिल्दैन । गीता, भागवतले सधैं सबैसंग समान ब्यबहार गर्न प्रेरित गर्छन् । मान्छेहरू गीता पढ्दैनन् अनि विदेशीको कुरा सुनेर हाम्रा भगवान र शास्त्रलाई गालीगलौज गर्छन् । यो कत्तिपनि राम्रो होइन । उनीहरूले नपढेका मान्छेहरूलाई झुक्याएर चर्चमा लैजान्छन् र इसाई बनाउँछन् । कुनै ले दशैंतिहारमा टीका लगायो वा पूजाआजा गर्यो भने परमेश्वरले दण्ड दिन्छ भनेर धम्क्याउने गर्छन् ।
मलाई आफु जनकपुरमा जन्मेको र हिन्दू भएकोमा गर्व छ । हो, कसैले सानो जाति भनेर हेप्दा मन दुख्छ तर अहिले पहिलेजस्तो भेदभाव छैन । मान्छेले यो कुरा बुझ्न पर्छ । हाम्रा मान्छेहरू पढ्न जाँदैनन् । एक पटक गीता पढेर बुझेपछि ज्यान गए पनि कसैले इसाई धर्म मान्दैन ।
नेपालमा हिन्दू, बौद्ध, जैन बोन्पो र किरातीहरू मिलेर बस्छन् । मलाई गुम्वामा गएर बुद्धलाई प्रणाम गर्न कुनै गारो हुँदैन । उनीहरू चर्चमा सधैं हिन्दू र बौद्धहरूको कुरा काट्छन् । दसहरा, होली जस्ता जस्ता चाडवाडहरू वहिस्कार गर्न उर्दी गर्छन् । तिनका बालबालिका समेत दशैँतिहार, होली-दिवाली मनाउन पाउंदैन् । बालबालिकाले चाडवाडमा रमाइलो गर्न नपाउनु त राम्रो होइन नि ? मैले धेरै पटक इसाई बालबालिकाहरू लुकेर चाडवाड मनाएको देखेको छु ।
बाइबलको किताव बोकेर हिड्नेहरू निकै मीठो कुरा गर्छन् । खासगरी, हामी सानो जातिलाई "छुवाछुत" बाट मुक्ति दिने धर्म नै इसाई हो भनेर भन्छन् तर चर्चमा भने बाहुनक्षेत्री र दलितहरूको छुट्टै लाइन हुन्छ । मुखले नभने पनि दलितहरूलाई अगाडी बस्न दिन्नन् । धेरै पैसा दिनेको ठूलो इज्जत हुन्छ, दान दिन नसक्नेलाई दूरदूर गर्छन् ।
सबैभन्दा ठूलो कुरा, कसैले इसाई बन्न प्रेरित गर्छ भने सबैभन्दा बाइबल पढ्न सक्ने हुनुपर्छ र गीता पनि किनेर पढ्नुपर्छ । त्यसपछि पनि धर्म मान्न मन लाग्यो भने आ-आफ्नो इच्छा हो । तर म भन्छु, गीता पढेपछि कसैले बाइबलको धर्म मान्नै सक्दैन ।
एक दिनको कुरा हो - म चर्चमा जाँदा उनीहरूले धेरै पटक हिन्दू र हामी एकै हौँ भनेको सुने तर एक दिन श्रीमद्भगवत-गीता को किताव लिएर पास्टरलाई दिन खोजेको उसले स्वीकार गरेनन् । पास्टरले भने "संसारमा एउटा मात्र धर्मग्रन्थ छ त्यो भनेको बाइबल नै हो । गीता-रामायण पढ्नेहरू नर्क जानेछन् । आफ्नो गोरुको सय टक्का भन्नेसंग जोडिन मन लागेन ।
म एउटा दलित परिवारमा जन्मेको हुँ । मेरी परिवार गरिब छ । तर मैले आफ्नो जीवनमा कुनै पाप गरेको छैन । मैले आफुलाई दलित भनेर हेप्नेलाई पनि कू-भलो चिताएको छैन । म कसरी पापी हुन सक्छु ? मेरो सानी छोरी जसले पाप तथा पुण्यको अर्थ नै बुझेकी छैन, उ कसरी पापी हुन सक्छे ? बाइबलको यो कुरामा मलाई पटक्कै विश्वास लागेन । जनकपुरमा दूर्गापूजाका वखत कुनै जातिपाति विचार नगरी दलितकै कन्या पनि समान रूपले दुर्गाका रूपमा पुजिन्छन् । हामीले बालबालिकालाई भगवान् भन्छौं । उनीहरू निर्दोष हुन्छन् ।
अरूलाई घृणा गर्न सिकाउने र सबै पापी हुन्छन् भन्ने विषयमा मेरो सहमति भएन । धेरै प्रलोभन दिए, मेरी श्रीमतीलाई समेत फकाए तर हामी इसाई बन्न सकेनौं । रामलला र सीता मैयाको कृपा र श्रीमद्भगवत-गीताको कृपाले हाम्रो धर्म जोगियो । आफ्नो धर्ममा दुखै भए पनि केही छैन तर गाईखाने धर्म मान्न सकिन्न ।"
उनले आफ्नो कुराको बीट मारे । म पनि उनको कुराहरूमा विचार गर्दै बूढानीलकण्ठतिर लागें । मनमा सोच्दै थिएँ - छुवाछुतले मन पोले पनि आफ्नो धर्म र संस्कृतिलाई माया गर्ने यी मोची साच्चिकै आदरका पात्र छन् । बरू, मजस्ता बाहुनआदिले उनीहरूप्रति न्याय गर्न नसकेर अपराध गरिरहेका छौँ ।

बाइबल एकपक्षीय छ । हामीले परापूर्वकालदेखि मान्दै र पुज्दै आएका देवीदेवतालाई अपमान गर्न सिकाउँछ । इसाई नबनेका आफन्तप्रति शत्रुतापूर्ण ब्यबहार गर्न सिकाउँछ । भन्नुस् त मैले सीता मैयाको प्रसाद कसरी इन्कार गर्न सक्छु ? मेरो रगतको थोपाथोपामा सीताराम बस्नुभएको छ । होली, दिवाली, दशहरा मान्नु पाप हो रे ? प्रसाद खानु पाप हो रे ? एतिधेरे मान्छेले आराधना गर्ने रामजानकी मन्दिरमा राखिएका मूर्तिहरू शैतान हुन् रे ? मलाई यी सबै कुरा कत्ति पनि चित्तबुझ्दो लागेन ।
मलाई आफु जनकपुरमा जन्मेको र हिन्दू भएकोमा गर्व छ । हो, कसैले सानो जाति भनेर हेप्दा मन दुख्छ तर अहिले पहिलेजस्तो भेदभाव छैन । मान्छेले यो कुरा बुझ्न पर्छ । हाम्रा मान्छेहरू पढ्न जाँदैनन् । एक पटक गीता पढेर बुझेपछि ज्यान गए पनि कसैले इसाई धर्म मान्दैन ।
नेपालमा हिन्दू, बौद्ध, जैन बोन्पो र किरातीहरू मिलेर बस्छन् । मलाई गुम्वामा गएर बुद्धलाई प्रणाम गर्न कुनै गारो हुँदैन । उनीहरू चर्चमा सधैं हिन्दू र बौद्धहरूको कुरा काट्छन् । दसहरा, होली जस्ता जस्ता चाडवाडहरू वहिस्कार गर्न उर्दी गर्छन् । तिनका बालबालिका समेत दशैँतिहार, होली-दिवाली मनाउन पाउंदैन् । बालबालिकाले चाडवाडमा रमाइलो गर्न नपाउनु त राम्रो होइन नि ? मैले धेरै पटक इसाई बालबालिकाहरू लुकेर चाडवाड मनाएको देखेको छु ।
बाइबलको किताव बोकेर हिड्नेहरू निकै मीठो कुरा गर्छन् । खासगरी, हामी सानो जातिलाई "छुवाछुत" बाट मुक्ति दिने धर्म नै इसाई हो भनेर भन्छन् तर चर्चमा भने बाहुनक्षेत्री र दलितहरूको छुट्टै लाइन हुन्छ । मुखले नभने पनि दलितहरूलाई अगाडी बस्न दिन्नन् । धेरै पैसा दिनेको ठूलो इज्जत हुन्छ, दान दिन नसक्नेलाई दूरदूर गर्छन् ।
सबैभन्दा ठूलो कुरा, कसैले इसाई बन्न प्रेरित गर्छ भने सबैभन्दा बाइबल पढ्न सक्ने हुनुपर्छ र गीता पनि किनेर पढ्नुपर्छ । त्यसपछि पनि धर्म मान्न मन लाग्यो भने आ-आफ्नो इच्छा हो । तर म भन्छु, गीता पढेपछि कसैले बाइबलको धर्म मान्नै सक्दैन ।
एक दिनको कुरा हो - म चर्चमा जाँदा उनीहरूले धेरै पटक हिन्दू र हामी एकै हौँ भनेको सुने तर एक दिन श्रीमद्भगवत-गीता को किताव लिएर पास्टरलाई दिन खोजेको उसले स्वीकार गरेनन् । पास्टरले भने "संसारमा एउटा मात्र धर्मग्रन्थ छ त्यो भनेको बाइबल नै हो । गीता-रामायण पढ्नेहरू नर्क जानेछन् । आफ्नो गोरुको सय टक्का भन्नेसंग जोडिन मन लागेन ।
म एउटा दलित परिवारमा जन्मेको हुँ । मेरी परिवार गरिब छ । तर मैले आफ्नो जीवनमा कुनै पाप गरेको छैन । मैले आफुलाई दलित भनेर हेप्नेलाई पनि कू-भलो चिताएको छैन । म कसरी पापी हुन सक्छु ? मेरो सानी छोरी जसले पाप तथा पुण्यको अर्थ नै बुझेकी छैन, उ कसरी पापी हुन सक्छे ? बाइबलको यो कुरामा मलाई पटक्कै विश्वास लागेन । जनकपुरमा दूर्गापूजाका वखत कुनै जातिपाति विचार नगरी दलितकै कन्या पनि समान रूपले दुर्गाका रूपमा पुजिन्छन् । हामीले बालबालिकालाई भगवान् भन्छौं । उनीहरू निर्दोष हुन्छन् ।
अरूलाई घृणा गर्न सिकाउने र सबै पापी हुन्छन् भन्ने विषयमा मेरो सहमति भएन । धेरै प्रलोभन दिए, मेरी श्रीमतीलाई समेत फकाए तर हामी इसाई बन्न सकेनौं । रामलला र सीता मैयाको कृपा र श्रीमद्भगवत-गीताको कृपाले हाम्रो धर्म जोगियो । आफ्नो धर्ममा दुखै भए पनि केही छैन तर गाईखाने धर्म मान्न सकिन्न ।"
उनले आफ्नो कुराको बीट मारे । म पनि उनको कुराहरूमा विचार गर्दै बूढानीलकण्ठतिर लागें । मनमा सोच्दै थिएँ - छुवाछुतले मन पोले पनि आफ्नो धर्म र संस्कृतिलाई माया गर्ने यी मोची साच्चिकै आदरका पात्र छन् । बरू, मजस्ता बाहुनआदिले उनीहरूप्रति न्याय गर्न नसकेर अपराध गरिरहेका छौँ ।
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment