Tuesday, 6 February 2018
जनमानस को गलत सोंच र नकारात्मक परिणाम
आमजनमानस को केहि गलत सोंच र मनोवृत्ती को कारण यो धर्ती विकृत हुँदै गइरहेको छ , हामी कसैलाइ पनि सम्मान नि:शर्त र निस्पक्ष रुपले गर्दो रहेन्छौ - हामिले कसैलाइ गर्ने सम्मान कठोर शर्त अनुसार हुँदो रहेछ , सम्मान पाउने ले ठुलो मुल्य चुकाउनु पर्दो रहेछ अनि अनन्त इच्छा, विचार र भावना को दमन गरेर राख्नुपर्दो रहेछ सम्मान प्राप्ती को खातिर । मनोबैज्ञानिक रुपले हामी त्यस्तो व्यक्ती लाइ मात्र सम्मान गर्छौ जसले त्यस्तो काम काम गर्न सक्छ वा त्याग गर्न सक्छ जुन हामी गर्न सक्दैनौ । उदाहरण : पुरै विश्व यौनवृत्ती मा जकडिएको छ - हामिले ढाँटौ , ढोंग वा पाखन्ड गरौं , चरित्रवान को स्वाँग गरौं - यसले कुनै अर्थ राख्दैन , पुरै विश्व को साहित्य, कविता , कथा, नाटक , निबन्ध , गित , गजल ,चलचित्र , युद्धको इतिहास र विविध घटना हरु पुरै यौन को वरिपरि घुमेको छ , संसार जित्ने योद्दा हरु पनि यौन सँग हारेको यथार्थ हामी सँग छ , हामिलाइ थाहा छ यौन लाइ हामी जित्न सक्दैनौ , हाम्रो सम्पुर्ण जिवनवृत्ती यौन कै वरिपरि घुमेको छ तर हामी त्यस्तो साधु वा सन्त लाइ मात्र सम्मान गर्छौं जो यौनवृत्ती बाट टाढा छ , कुनै सन्त लाइ हामिले गर्ने सम्मान को घुमाउरो अर्थ वा कठोर शर्त हो -"स्त्री जाती वा यौन बाट टाढ हुनुपर्छ है ! नत्र खैरिएत छैन।" - - - "म पनि यौन लम्पट अनि तपाई सन्त पनि यौन लम्पट हुने हो भने किन सम्मान गर्ने फजुल मा ?? " यस्तो कठोर शर्त मा हामिले सम्मान गरेको सन्त वा साधु को वारे यौन को वारे सानो मात्र चर्चा वाहिर आयो भने हामी ढुंगा फ्याँक्न वा निन्दा गर्न तयार हुन्छौं र भन्छौं थुइक्क........मानौं कि हामी व्रम्हाचार्य को उपलब्ध मनुवा हौं!!! योग , तप र साधना द्धारा कुन्डलिनी जागरण युक्त साधक को यौन क्षमता र उर्जा आम मानिस को भन्दा हजारौं गुणा प्रबल हुन्छ भन्ने तथ्य यो मुर्ख जगत लाइ कसले बुझाइदिने ??? काम उर्जा को रुपान्तरण हुन सक्छ तर मृत्यु हुन सक्दैन यो कसले बुझाइदिने ? तितो तथ्य के हो भने हामिले यस्तो शर्त मा सम्मान गरेका सम्पुर्ण साधु- सन्त को जिवन लाइ नर्क मा सडाएका छौं , साधु - सन्त लाइ थाहा छ यौन माथी विजय प्राप्त गर्न सम्भव छैन तर ढुंगा-मुढा र निन्दा को भय छ ...अनि ढोंग र पाखन्ड मा जिवन वर्वाद गर्न बाध्य छन । आज भारत मा सम्पुर्ण साधुहरु लाइ यौन कान्ड मा मुछेर किन बर्बाद बनाइदै छ ? तिनलाइ यौन आरोप लगाउनेहरु र निन्दा गर्नेहरु यौन बाट कति टाढा छन ? संसार मा यौन मा लिप्तहरु ति साधु मात्र हुन ? आशाराम बापु ले भारत मा ४ ओटा अभियान छेडेका थिए १. छुवाछुत बिरुद्द २. गौहत्या बिरुद्ध ३. हिन्दु छाडेर ईसाइ मा लागेका हरु लाइ घरफिर्ती अभियान जस अन्तर्गत उनले ५० लाख लाइ पुन हिन्दु धर्म मा दिक्षित गरेका थिए ४. स्वदेशी उत्पादन को उपभोग र बहुराष्ट्रिय उत्पादन को बिरोध । विचारक डा.राजिव दिक्षित ले पनि यिनै मुद्धा उठाएका थिए र हत्या भयो , आशाराम लाइ पनि सिध्याउनु थियो - र सजिलो थियो यौन को मुद्धा , हिन्दु धर्म बाट छुवाछूत अलग हुने बित्तिकै हिन्दु धर्म विश्वव्यापी हुन्छ , आलोचना को कुनै ठाउँ बाँकी रहन्न , हिन्दु दर्शन को मुकाविला मा कुनै दर्शन छैन , मिशनरी को खेल समाप्त हुन्छ , प.नारायण पोख्रेल को हत्या को प्रमुख कारण पनि उनको छुवाछूत विरोधी अभियान थियो।केहि आध्यात्म र दर्शन सम्बन्धि आलेख पछि कम्युनिस्ट दर्शन सम्बन्धि एउटा पोस्ट गरेको थिएँ , प्रशस्त इमेल आयो: राजनीति को वारे लेखेको सुहाएन , निष्पक्ष लेखक भनेको त खुंखार काँग्रेस को मतियार पो पर्नुभएछ .. ई. - एक किसिम ले म पनि ढोंगी साधु ले झैं पाखन्ड गर्दै राजनीति को सन्दर्भ मा चुप वसियो - दक्षिण एशिया को राजनीति को वारे राम्रै जानकार छु भन्ने मलाइ लाग्छ र पनि चुप वस्नु पर्दा अप्ठेरो र पिडा हुँदो रहेछ ।
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: हजारौं वर्षअघि रचना भएको वैदिक शास्त्रहरुमा पृथ्वी , सुर्य र व्रन्हान्ड सम्बन्धी सम्पुर्ण रहस्यहरु उदघ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
Author: Shantiman Shrestha: शायद भारतिय उप-महाद्दिपमा सबैभन्दा चर्चित र विवादास्पद ग्रन्थ होला "मनु स्मृती" ।...
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
लेखक: प्रवीण अधिकारी: हिन्दू धर्मको वृहद अवधारणा भित्र कुनैपनि व्यक्तिको निजि जीवनमा ४ वटी आमाहरुको अस्तित्व स्वीकारिएको हुन्छ - १...
-
लेखक: निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. : ‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्या...
-
यमराज ले नर्क मा पुगेका हरु लाई सजाय सुनाउदै जाने क्रम मा अन्त्य मा एकजना किसान र एकजना नेता वाँकी थियो । यमराज ले भनेछ : तिमीहरुले गरेक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
No comments:
Post a Comment