Wednesday, 28 February 2018

नग्गा साधु को अखंड मनोदशा र नारिवादी हरुको विकृत मनोवृत्ति

Author:
Shantiman Shrestha:
एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्ता मूढहरु यो स्टाटस र तस्विर लिए मनोविश्लेषक कहाँ आफ्नो दिमागी हालत परिक्षण गराउन गयो भने निश्चित छ, यिनलाई यौन कुन्ठा ले ग्रसित मानसिक रोगी घोषणा गर्नेछन्। सम्पूर्ण जगत र अस्तित्व लाइ नै आफ्नो परिवार मानी आफ्नो सानो घेरा को परिवार र भौतिक सम्पत्ति परित्याग गर्दै अस्तित्व लाई नै आफ्नो वस्त्र मान्ने उच्चतम चिन्तन बोक्ने नग्गा बाबा लाई पैसा को अनुपात मा स्कर्ट को इन्च र लम्बाइ छोटाउँदै नाङगिने ज्योती मगर सँग तुलना गर्नु मुर्खता को पराकाष्ठ हो।
    यो दुनिया कति सम्म को घटिया, निच र निर्मम छ भन्ने कुरा नग्गा बाबा प्रती को आम मानिस को टिप्पणी र व्यवहार ले प्रष्ट पार्छ। नग्गा बाबा वर्ष को केवल १ दिन देखा पर्छन त्यो पनि पशुपतिनाथ मन्दिर परिसर को सानो घेरा मा ; न त उनिहरु ज्योति मगर जस्तै पैसा को लागि नाङ्गिने र ज्योति मगर को नांगिएको शरीर हेरेर बाँदर झैं उफ्रने जमात को बिच मा आफ्नो शरीर प्रदर्शन गर्न जान्छन , न त उनिहरु पैसा र लोकप्रियता को लागि नाङ्गिएका हुन ; न त उनिहरुले मुढहरु को अड्डाहरु डिस्को ; क्यासिनो, जुवाघर,वेश्यालय मा आएर हस्तक्षेप नै गरेका छन , न त उनिहरु यौन कुन्ठा ले ग्रसित यी मनुवाहरु लाई देखाउन सार्वजनिक स्थल मा नै प्रवेश गरेका छन , धर्ती को सम्पुर्ण स्थान यी उल्लू हरु कै लागि छ तर ३६५ दिन मा केवल १ दिन र पशुपतिनाथ को सानो घेरा मा पनि नग्गा बाबा लाई प्रवेश दिनुहुँदैन भन्ने यी मुर्खहरु पागल हुन कि शैतान हुन ?
     यसपाली शिवरात्री को अवशर मा नग्गा बाबा लाइ पशुपतिनाथ मन्दिर परिसर बाट लखेट्नु पर्छ भन्दै केही नारी अधिकार कर्मिहरु कुर्लिएछन । विदेशी डलर कुम्ल्याएर INGO को पश्चिमा नीति र कुटिल रणनीति स्थापित गर्न तल्लिन यी तथाकथित आधुनिक र शिक्षित नारिवादि हरु ले शैव तन्त्र , विज्ञान भैरव तन्त्र , रुद्रयमाला तन्त्र , वैष्णव तन्त्र र शिव शुत्र को अध्यन गरेका छन ? डलर मा र्याल काढेर आध्यात्म को गहन र गुह्य विज्ञान वुझ्न सकिंदैन, यसको लागि समर्पण र आत्मचिन्तन को जरुरत हुन्छ र नग्गा परम्परा यो असिम समर्पण को उच्चतम स्थिती हो ।
    यी नारिवादीहरु को दलिल छ , नग्गा बाबा को नग्नताले समाज लाई अश्लिलता र अनैतिकता मा धकेल्यो र हाम्रो समाज मा यो पाच्य हुँदैन रे....!!!
     विश्व मा एउटा अति गोप्य क्लव छ जुन क्लव ले गोप्य रुपले मेम्बर हरु बनाउछन निश्चित शुल्क लिएर , क्लव ले गोप्य रुपले पार्टि आयोजना गर्छ, क्लव का सदस्य हरु आफ्ना श्रीमति लिएर जान्छन अनि भनिरहनु पर्दैन के हुन्छ !!! क्लव का मेम्वरहरु एक आपस मा श्रीमति साटासाट गरेर यौन सम्बन्ध स्थापित गर्छन। क्लव को तर्क : मीठो फल पनि बाराम्बार एउटै खायो भने तितो हुन्छ रे ! १०-१२ वर्ष अघि नै हो : यो क्लब को ब्रान्च काठमाडौ मा खुलेको चर्चा चलेको , जसको सदस्यहरु नेपाल को साभ्रान्त मानिने व्यक्तीहरु को दम्पती रहेको छ भनिन्छ र बेलाबेला मा यसको चर्चा- परिचर्चा हुन्छ। विश्व मा अर्को किसिम को क्लब छ "जिगोलो क्लब" , जुन क्लब ले साभ्रान्त महिलाहरु लाइ यौन ईच्छा पूरा गराउन हट्टाकट्टा युवकहरु भाडा मा उपलब्ध गराउँछ , यस्ता केही क्लब हरु १५ वर्ष देखि व्यवस्थित ढंग ले संचालित छन नेपाल मा जसको भरपर्दो र नियमित ग्राहक हरु आफुलाइ साभ्रान्त , शिक्षित र आधुनिक भनाउँदो महिला हरु छन भनिन्छ । काठमाडौ मा केही अन लाइन डेटिङ साइट हरु केही वर्ष देखि सकृय छन जो अन लाइन मार्फत नै देश विदेश का महंगा वेश्याहरु उपलब्ध गराउँछन । अनलाइन डेटिङ तथा वेश्यावृत्ति, श्रीमति साटासाट गरेर यौन सम्बध राख्ने र भाडा मा पशु किने झैं युवकहरु खरिद गरेर यौन सम्बन्ध राख्ने साभ्रान्त र आधुनिक ठानिने महिलाहरु को बारे यी डलरे नारिवादी हरु को धारणा के छ ? किन चुप छन ? यस कारण चुप छन कि यि पश्चिमी संस्कृती हो र यी नारिवादी हरु डलर हसुरेर पश्चिमि संस्कृती को विकृत स्वरुप प्रती मौन समर्थन गर्दै पुर्विय संस्कृती को धरोहर हरु को उछितो काढ्दै छन; आखिर पश्चिम को जुठो जो खानु परेको छ तब अनौठो मान्नुपर्ने कारण नै रहेन जब यी नारिवादी हरु को नाग्गा बाबा बिरोधी अभिव्यक्ति मा हो मा हो मिलाउदै मिशनरी का दलाल र INGO को फन्ड मा खुलेका विभिन्न जातिवादी संस्था का श्याल हरु समाजिक संजाल मा नग्गा बाबा लाई लखेट्नु पर्छ , लिंग काटनुपर्छ , पशुपतिनाथ परिसर मा निषेध गर्नुपर्छ भन्दै आफ्नो विक्षिप्त मानसिक दशा पोख्छन ।
     डलर को मात ले यी नारीवादी हरू पश्चिम को हरेक संस्कृति लाई आधुनिक र प्रगतिशील भन्दै देश को हरेक संस्कृति माथि हिलो छ्याप्न तल्लीन छन। १० वर्ष अघि अमेरिका र युरोप मा एक गोप्य सर्भे गरिएको थियो जसको प्रतिवेदन भयानक थियो । सर्भे को अनुसार पश्चिम का ठुला युनिभर्सिटी हरु अक्सफोर्ड , क्याम्बृज लगायत का युनिभर्सिटी मा अध्ययनरत अधिकांस महिला विद्यार्थीहरु पढाइ खर्च जुटाउन को लागि वेश्यावृती मा संग्लग्न हुन्छन। किनकी पढाइ खर्च अत्याधिक महंगो छ र पश्चिमी संस्कृती मा १८ वर्ष काटेपछि आफ्नो अभिभावक को आश्रय मा वस्नु समाज र साथिभाइ को विच अपमान र हिनतावोध को सिकार हुनु हो। अनि हामी चाहिँ पश्चिम को हरेक ट्रेन्ड लाई आधुनिक ठान्दै पछाउनु मा बुद्धिमानी ठान्छौं अनि लुकाइरहनुपर्ने विषय रहेन , यो रोग नेपाल मा छिरेको २० वर्ष अघि नै हो ; नेपाल को शिक्षा पद्दती पनि पश्चिमाकरण हुँदै गइरहेको छ र पढाइ खर्च यत्ती महँगो हुँदै गैरहेको छ कि मध्यम र निम्न वर्गले यो खर्च धान्न सक्ने स्थिती छैन । यी डलरे नारिवादीहरु लाई यो पनि जायज नै लाग्छ।

     एकजना नाम चलेको वकिल ले नग्गा बाबा को खिलाफ मा सर्वोच्च अदालत मा मुद्दा हालेछन अनि केही बिद्धान कहलिने हरु ले नग्गा हरु लाइ निषेध गर्नुपर्छ भनेछन । यी कथित नारिवादीहरु र बुद्धि र विवेक मा विर्को लागेका विद्धान हरु लाई भन्नुपर्ने भएको छ ::: " तिमिहरु को लागि क्यासिनो , पव , जिगोलो क्लव , श्रीमति साट्ने क्लव , वेश्यालय , जुवाघर , डिस्को , सिनेमाघर लगायत का सयौं अड्डाहरु खुलेका छन मनोरंजन को लागी - त्यसैले यी प्रती चुप छौ , किनकी यी सबै पश्चिमी आयातित संस्कृती हो : पशुपतिनाथ भगवान शिव को स्थल हो र यो स्थान तिमिहरुको लागि होइन । भगवान शिव यो धर्ती कै सबैभन्दा उच्च स्थान ओगटेको बैज्ञानिक हुन , अल्बर्ट आइन्सटाइन पनि फिका साबित हुन्छन शिव को बैज्ञानिक दृस्टी को तुलनामा जसलाइ बुझ्न गहन समझ चाहिन्छ, डलरे चिन्तन बोकेर हुँदैन ।

ईलेक्ट्रोन, न्युट्रोन, प्रोटोन र व्रम्हा , विष्णु , महेश्वर:


     आधुनिक भौतिक विज्ञान ले भन्छ, यो जगत र अस्तित्व "अणु" को जोड हो अनि अणु ईलेक्ट्रोन, न्युट्रोन र प्रोटोन को जोड हो। शिव ले स्थापित गरेको तन्त्र विज्ञान ले भन्छ यो जगत व्रम्हा , विष्णु र महेश्वर को जोड हो - आधुनिक भौतिक बैज्ञानिक हरु ले तन्त्र विज्ञान को गहन अध्यन गरेपछी निष्कर्ष निकाले :- व्रम्हा , विष्णु र महेश्वर को अवधारणा त इलेक्ट्रोन , न्युट्रोन र प्रोटोन को समानान्तर मान्यता रहेछ। जगत र जीवन को रहस्य को सन्दर्भ मा भगवान शिव ले जति रहस्य को उदघाटन गरेका छन त्यति अन्य कुनै पनि व्यक्ती ले उदघाटन गरेका छैनन । जसको ज्वलन्त उदाहरण "विज्ञान भैरव तन्त्र" हो।जम्मा ११२ शुत्र छन यो ग्रन्थ मा तर जीवन को सम्पुर्ण रहस्य समेटिएको छ र यसमा एउटा शुत्र थपेर ११३ गर्न सम्भव छैन। विश्व को प्रायजसो धर्म को आधार हो "तन्त्र विज्ञान" , जस्तो वौद्ध दर्शन "विज्ञान भैरव तन्त्र" को पहिलो शुत्र को विस्तारित रुप हो। पशुपतिनाथ भगवान शिव को उच्चतम मार्ग लाई पछाउदै आध्यात्मिक साधना मार्फत आफुलाइ रुपान्तरण गरि अस्तित्व प्रती समर्पित हुनेहरुको लागी हो , डलर मा र्याल काढेर मुढता प्रदर्शन गर्ने हरुको लागि होइन । त्यसैले म भन्छु: पशुपतिनाथ परिसर को पहिलो हकदार शिवभक्त हरु हुन र नग्गा समुदाय असली शिवभक्त हुन । शिवरात्री को घुइँचो मा महिला हरु सँग ठोक्किने , भिडभाड को मौका छोपी महिला को स्तन समाउने , पकेट मार्ने , जुत्ता चप्पल साट्ने र वनकाली को जंगल मा रासलिला मच्चाउने उरन्ठेउलो हरुको चर्तीकला यी नारी अधिकारकर्मी हरु लाई स्वाभाविक लाग्छ र पाच्य हुन्छ, शिव को मन्दिर मा शिव को असली भक्तहरु को उपस्तिथि यिनलाइ पाच्य हुँदैन। वलात्कार को ९५% भन्दा वढी घटना दवाइन्छ वा लुकाइन्छ जसमध्य ठूलो हिस्सा हाडनाता करणी छ यो पनि यी नैतिकवादीहरु लाई पाच्य हुन्छ , चोरी , डकैती , हिंसा , वेश्यावृती यिनलाइ स्वभाविक लाग्छ तर वर्ष को १ दिन शिव मन्दिर मा शिवभक्त को उपस्थिती यिनलाइ अनैतिक लाग्छ। नग्गा बाबा ले आफ्नो लिंग यी नारिवादी हरुलाइ देखाएका हुन कि नारिवादी हरु नग्गा बाबा को लिंग घोरिएर हेर्न गएका हुन? हैन यी नारिवादी हरु लाई यौन को आवश्यकता हुन्छ कि हुँदैन? यौनप्यास हुन्छ कि हुँदैन ? काम उर्जा को रहस्य को वारे यी कत्तिको जानकार छन ? नग्गा बाबा को बिरोध गर्नु अघि यी नारिवादी हरु ले "विज्ञान भैरव तन्त्र" को ३ शुत्र हरु को अध्ययन गरे डलर ले भ्रष्ट्र बनाएको मस्तिष्क को शुद्धिकरण हुनेथियो , जुन ३ शुत्रहरु काम उर्जा को रहस्य सँग सम्बन्धित छन र यो धर्ती को एक्लो ग्रन्थ को शुत्र हो जसले काम उर्जा को सम्बन्ध मा यति गहिरो रहस्य को उजागर गरेको छ। काम उर्जा को रहस्य वारे नग्गा हरु जति जागरुक र जानकार छन त्यति दोस्रो छैन , नग्गा को सम्पुर्ण साधना को केन्द्र काम उर्जा को रुपान्तरण मा आधारित छ।

गति को सामान्य नियम र काम उर्जा :


    यो पृथ्वी को सन्दर्भ मा एउटा सामान्य नियम छ जब कुनै चिज हावा मा छोडिन्छ यो स्वभाविक रुपले तल जान्छ । तल जान को लागि कुनै "बल" वा प्रयत्न को जरुरत हुँदैन तर माथी पट्टि को गति को लागि निश्चित बल वा प्रयत्न को जरुरत हुन्छ।मन्छे घर बाट तल खस्दा तल तिर को गति को लागि कुनै प्रयत्न को जरुरी हुँदैन तर खसिसकेपछी उठन को लागि प्रयत्न को जरुरी हुन्छ । काम उर्जा को सन्दर्भ मा पनि यहि नियम लागू हुन्छ ; यो उर्जा को सम्बन्ध मा मानिस ले कुनै प्रयत्न गरेन भने काम उर्जा को स्वभाविक गति को दिशा तल तिर को हो , यो दिशा लाई माथी पट्टि लैजान प्रयत्न को जरुरत हुन्छ , यहि प्रयत्न विभिन्न साधना पद्द्ती को रुपमा विकसित भएको छ जस मध्य को एक पद्धति हो नग्गा परम्परा
नग्गा परम्परा मा शस्त्र र शास्त्र :

     नारिवादी हरु लाई चेत होस: नग्गा बन्ने प्रक्रिया सामान्य घटना होइन , एउटा सैनिक ले पालना गर्नुपर्ने कठोर र फलामे अनुशासन भन्दा सयौं गुणा कठोर अनुशासन को प्रक्रिया बाट गुज्रनु पर्ने हुन्छ र लामो परिक्षण हुन्छ । एउटा सैनिक जवान सिपाही मा भर्ना भएर पेन्सन आइ सक्दा नग्गा साधु को योग्यता को परिक्षण भैरहेको हुन्छ। निकै कठोर तप , त्याग , तपस्या र अस्तित्व प्रतिको पुर्ण समर्पण पश्चात नग्गा साधु आफ्नो अखडा मा नियमित वस्न योग्य मानिन्छ। यो "अखडा" भन्ने शब्द नै नग्गा परम्परा बाट आएको हो , सैनिक को ब्यारेक भने जस्तै । नग्गा लाई निरीह सोंच्नु जस्तो ठूलो भुल यो दुनियाँ मा दोस्रो नहोला । नग्गा परम्परा मा शस्त्र र शास्त्र दुवैको बराबर पांरगत गराइन्छ ; युद्धकला र शस्त्र प्रयोग मा पांरगत हासिल पछि मात्र कोहि व्यक्तीलाइ नग्गा को अखडा मा रहने अनुमती प्राप्त हन्छ , तर युद्धकला को दुरुपयोग गर्न पुर्ण वन्देज हुन्छ।
     इतिहास खोतल्ने हो भने नग्गा जस्तो खतरनाक लडाकु यो दुनिया मा दोस्रो नहोला किनकी १ जना मर्न नडराउने सँग हजारौं डराउन बाध्य हुन्छ। सेना पैसा को लागि लड्ने हुन , लडाइ मा सेना पनि मर्छन तर मर्ने इच्छाले होइन बाध्य भएर मर्छन नग्गा को स्थिती बेग्लै हुन्छ ; भौतिक देह को मोह बाट मुक्त भैसकेपछी मात्र कोहि नग्गा बन्न योग्य हुन्छन पैसा र सम्पत्ती को मोह त पर को कुरा ।
नग्गा बाबा र अखण्ड चिन्तन :

नग्गा परम्परा ठिक - वेठिक , राम्रो - नराम्रो , नैतिक - अनैतिक , असल - खराब , लाभ - हानी को दन्द्द को पार को निर्दन्द्द को उच्चतम अवस्था हो।नग्गा चिन्तन मा अस्लिलता र श्लिलता भन्ने नै हुँदैन यो सांसारिक दुनिया को भाषा हो । यी कथित विद्धान हरु र नारिवादी हरु देश विदेश को यावत समस्या , वेथिती को वारे लामो चर्चा गर्छन , सेमिनार आयोजना गर्छन र समस्या सामाधान को वाहियात हल निकाल्छन यो नवुझी कि संसार र जीवन को सम्पुर्ण समस्या को मुल जड दन्द्द हो । हामी हरेक चिज लाई कित्ताकाट गर्छौं ठिक वेठिक ; राम्रो नराम्रो , आफ्नो अर्काको अनि यहिं बाट शुरु हुन्छ समस्या र युद्ध सम्म को स्थिती पैदा हुन्छ।
कृष्ण - अर्जुन र महाभारत :

     गिता मा कृष्ण ले अर्जुन लाई दिएको सम्पुर्ण उपदेश को मर्म अर्जुन लाई मन को दन्द्द बाट निर्दन्द्द को स्थिती मा लैजाने दिशा मा केन्दृत छ । महाभारत को युद्ध को शुरुवात मा युद्ध घोषणा को शंख ध्वनी वजे पछि अर्जुन हतास हुँदै कृष्ण लाई भन्छन ," आफ्नै दाजुभाइ - नातागोता लाई मारेर राजसत्ता हासिल गर्नु भन्दा सन्यासी जीवन विताउन जंगल तिर लाग्छु।" कृष्ण ले अर्जुन लाई क्षेत्रीय धर्म पालन गर्दै युद्ध मा होमिन प्रेरित गर्छन । गिता को यहि पंक्ती को कारण रसिया मा गिता माथी प्रतिवन्ध लाग्यो; १७ वर्ष देखि रसिया को उच्च अदालत मा मुद्दा चलिरहेको छ , रसिया का कृष्णभक्तहरु मुद्दा लडिरहेका छन । सरकार ले गिता माथी प्रतिवन्ध लगाउनु को कारण बारे दलिल पेश गरेको थियो कि - कृष्ण ले अर्जुन लाई युद्धको लागि प्रेरित गर्यो जवकी अर्जुन युद्ध को लागि तयार थिएनन् ; कृष्ण को शिक्षा ले त युद्ध लाई बढावा दिन्छ , हिन्दु विरोधी हरुको तर्क पनि यहि हुन्छ कि कृष्ण ले अर्जुन लाई युद्ध को लागि प्रेरित गर्यो। यिनलाइ यो कुरा को हेकान भएन कि कृष्ण यो जगत कै सबैभन्दा उच्चकोटि का मनोवैज्ञानिक हुन , पश्चिम का आधुनिककाल का मनोवैज्ञानिकहरु फ्रायड , गुस्ताव जुंग , एडलर केटाकेटी साबित हुन्छन कृष्ण को तुलना मा ।
    कृष्ण ले अर्जुन को आन्तरिक मन को दन्द्द तत्काल बुझ्छन किनकी अर्जुन ले यो भनेका छैनन कि " म युद्ध लडदिन वा म मन्छे मार्दिन।" अर्जुन भन्छन ," आफ्नै दाजुभाइ - नातागोता सँग युद्ध गर्दिन वा आफ्नै भाइ खलक लाई मार्दिन।" यसको अर्थ , अर्जुन अरुलाइ मार्न र अरु सँग युद्ध गर्न तयार छन तर आफ्नै भाइखलक लाई मार्न तयार छैनन , आखिर सौता को छोरा भए पनि खुन त एउटै बाउको हो। कृष्ण ले अर्जुन को मनोदशा तत्काल बुझ्छन किनकी अर्जुन ले मानव जाती लाइ आफ्नो र पराया मा विभक्त गरेका छन । यहि दन्द्ध को कारण अर्जुन समस्या मा छन , युद्ध गरुँ कि नगरुँ ! उनलाइ राजगद्दी को मोह पनि छ , आफ्नै खुन को मोह पनि छ - यहि दन्द्ध को समस्या बाट पार पाउन उनी युद्ध मैदान बाट भाग्न खोज्दैछन ।
    कृष्ण को चिन्ता युद्ध गराउनु र नगराउनु सँग रत्तिभर छैन , वास्तवमा सामान्यत आम मानिस ले नबुझेको कुरा , कृष्ण लाई युद्ध सँग कुनै सरोकार छैन - कृष्ण को सरोकार केवल एउटै कुरा मा छ , त्यो हो "अर्जुन को मन मा पैदा भएको दन्द्द को स्थिती लाई निर्मुल पारी अर्जुन लाई निर्दन्द्ध को स्थिती मा लैजानु। अर्थात अर्जुन ले मानवजाति लाई आफ्नो खलक को र अर्का को खलक को मा विभक्त गरेर जुन खन्डित मानसिक दशा प्रस्तुत गरेका छन , अर्जुन को यो खन्डित मानसिक दशा लाई निर्मुल गरि अखन्डित मानसिक दशा को स्थिती मा लैजान कृष्ण को सम्पुर्ण प्रयत्न केन्द्रित छ ।"
     नग्गा को चिन्तन पनि निर्दन्द्दअखन्डित मानसिक दशा को उच्चतम आध्यात्मिक चिन्तन हो । वास्तवमा पुर्विय दर्शन को सम्पुर्ण मार्ग हरु यहि दिशा मा केन्दृत छ केबल रुप र पद्धति को भिन्नता हो । जस्तो : अघोर पन्थ मा कुनै चिज खान योग्य र खान अयोग्य भन्ने दन्द्द नै हुँदैन , त्यसैले अघोरी हरु जे दिए पनि खान्छन , हामिलाइ असहज लाग्छ किनकी हाम्रो सम्पुर्ण जीवन खन्ड र दन्द्द मा विभक्त छ , यसर्थ अघोरी हरु को अखन्डित मानसिक दशा बुझ्न गार्हो हुन्छ।
"व्रम्हचर्य" को अवस्था:
     यी मुढहरु लाई सायद "व्रम्हचर्य" को अर्थ र तात्पर्य को ठिक जानकारी छैन , यिनको वुझाइ मा "व्रम्हचर्य" को अर्थ शारीरिक सम्बन्ध नराख्नु हो । तर तथ्य के हो भने "व्रम्हचर्य" को सम्बन्ध शारीरिक सम्बन्ध राख्नु र नराख्नु सँग छैन , "स्त्री" - "पुरुष" को द्दैत भेद तिरोहित हुनु सँग छ । "व्रम्हचर्य" को स्थिती त्यो हो जब "व्रम्हचर्य" को उपलब्ध व्यक्ति ले "स्त्री" लाई छुन्छ कि काठ वा ढुंगा लाई छुन्छ कुनै फरक पर्दैन । "व्रम्हचर्य" चेतना को उच्चतम अवस्था हो किनकी चेतन स्त्री र पुरुष भन्ने हुँदैन। यी मुढ नारिवादी हरु नग्गा साधु को नांगो शरीर र लिंग बाट प्रभावित होलान (त्यसैले त कुर्लन्छन ...!) तर नग्गा हरु को लागि यी नारिहरु को शरिर र काठ को मुढा मा कुनै भेद हुँदैन यदि उ असली नग्गा हो भने।
     दुर्भाग्य मान्नुपर्छ , यो देशमा आफुलाइ अति आधुनिक, शिक्षित , प्रगतिशील र वुझक्कड मान्ने एउटा वर्ग हरियो डलर को मोह मा आफ्नै सभ्यता र संस्कृती को प्राचीन विरासत र उच्चतम आध्यात्मिक चिन्तन को उछितो काढ्न मा बुद्धिमानी ठान्छ त्यो पनि सम्बन्धित विषय मा विना कुनै गहन अध्ययन।

सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts