Friday, 2 March 2018

कल्पना श्रेष्ठ कल्पपुञ्जद्वारा लिखित उपन्यास ‘सञ्जीवनी’ सार्वजनिक



४ फागुन २०७४, काठमाडौं ।
     गीतकार, गजलकार तथा आख्यानकार कल्पना श्रेष्ठ कल्पपुञ्जद्वारा लिखित उपन्यास ‘सञ्जीवनी’ राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा लोकार्पण गरियो । वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्नेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ बहिरासंघका अध्यक्ष सत्यदेवी वाग्लेले गर्नुभएको थियो । त्यस्तै वक्ता तथा समीक्षक त्रि.वि.का उप प्राध्यापक महेश पौडेल, प्रा. डा. रजनी ढकाल र समीक्षक तथा लेखक राम लोहनीलगायतले संयुक्त रुपमा सो उपन्यासको विमोचन गर्नुभएको थियो ।
     पुस्तकमा आवाजविहीन बालिकाको बाल्यकालीन पीडानुभूतिदेखि वैवाहिक एवं राक्षसी यौनहिंसासम्मका विषय मूल रुपमा उठान गरिएको छ । पुस्तकका बारेमा बोल्दै प्रमुख अतिथि सत्यदेवी वाग्लेले भन्नुभयो– ‘सञ्जीवनी उपन्यास अपाङ्ग र अशक्तहरुलाई सक्षम बनाउन उत्प्रेरित गर्ने महत्वपूर्ण दस्तावेद हुन सक्छ ।’ आफैँ पनि आवाजविहीन हुनुभएकोले वाग्लेले दोभाषेको माध्यमबाट अभिव्यक्ति प्रस्तुत गर्नुभयो ।
     समाजमा हुने गरेका अपाङ्ग तथा महिलाहरुप्रति गरिने दुव्र्यवहारलाई यस उपन्यासमार्फत उजागर गरिएको छ । अपाङ्ग तथा असक्तहरुले पनि अवसर पाएमा सपाङ्गसरह नै सामाजिक काम गरी स्थापित हुन सक्छन् भन्ने सन्देश पनि उक्त पुस्तकले दिएको छ । त्यस्तै कार्यक्रममा महेश पौडेल, प्रा.डा. रजनी ढकाल र समालोचक राम लोहनीलगायतले पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । गीतकार तथा गजलकारका रुपमा स्थापित भइसकेकी कल्पना श्रेष्ठ कल्पपुञ्जको आख्यानको क्षेत्रमा दर्विलो उपस्थिति भएको उहाँहरुले बताउनुभयो ।
     यस उपन्यासले पुरुषप्रधान समाजका पुरुष र नारीका असमान अवस्थिति बयान गरेको छ । यस कृतिमा अलिकति गाउँ र अलिकति शहरमा फुलेको सञ्जीवनीमा सम्वेदनशीलता, नारीजन्य अस्मिताचिन्तन र समाजबोधको सहज चित्रण भेटिन्छ ।
     आवाजविहीन,बहिरा साहित्यिक सृजना तथा साहित्यीक क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखी स्याङ्जामा आमा मान कुमारी श्रेष्ठका नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरी यस उपन्यासको रोयलटी सहित रु.२,००,०००/- (अक्षरेपी दुई लाख मात्र) को चेक सोही समारोहमा कृतिकार कल्पना र उहाँका श्रीमान लक्ष्मी राज श्रेष्ठले संयुक्त रुपमा साहित्यकार श्री गङ्गा पौडेललाई हस्तान्तरण समेत गर्नुभयो ।
     उक्त उपन्यास ‘सञ्जीवनी’ शिखा बुक्सले प्रकाशन गरेकाे छ ।

सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts