Wednesday, 7 February 2018
नेपालको सिमाना वेच्ने प्रधानमन्त्रीहरु
प्रवीण अधिकारी :
सच्चा नेपाली हौ भने यी मुखौटोहरु चिनौं |
नेपालको सिमाना वेच्ने प्रधानमन्त्रीहरु को को हुन ? हेर्नोस र सत्य तथ्य आफै अनुमान गर्नोस |||
----------------------------------------------------------------------------------------------------
एस एम कृष्णा, जन्म१९३२ , पूरा नाम सुमल्लैया कृष्णा,जो २२ मई २००९ को प्रधानमंत्री मनमोहन सिंहको मंत्री मण्डलमा केंद्रीय क्याबिनेट मन्त्री भएका थिए | २३ मई २००९ (वि.स. २०६७ साल जेष्ठ ९ गते ) विदेश मंत्रालयको जिम्मेवारी पाएको थियो | अब यता तत्कालिन नेपालको गणतान्त्रिक सरकारको समयावधि र एस एम कृष्णाको कार्यकाल पूर्व नेपालमा बनेका सरकारहरु विचार गरिहेरौं -
त्यतिखेर नेपाल गणतान्त्रिक चरणमा प्रवेश गर्दै थियो , पुनर्स्थापित संसदले राजाको सम्पूर्ण अधिकार खोसि वि.स. २०६३ /१/१२ गते देखि सम्पूर्ण कार्यकारी अधिकार सहित सरकार चलाएको थियो र नायक थिए गिरिजा प्रसाद कोईराला | त्यस कालक्रममा बनेका सरकारहरुको सूचि यस्तो थियो | वि.स. २०६५।५।२० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमंत्री भई सरकार बनाएका थिए | त्यसपछि २०६६/२/११ श्री माधव कुमार नेपालको प्रधानमंत्री भए | त्यसपछि झलनाथ खनालको मन्त्रीमण्डल २०६७ माघ २३ गते बन्यो | त्यसपछि माओवादी नेता डा. बाबुराम भट्टराईको प्रधानमंत्रीत्वमा २०६८ भदौ १२ गते सरकार बन्यो | उनको मंत्रीमण्डल मिति २०६९ जेठमा पुनर्गठन भएको थियो |
गिरिजा र प्रचण्डको कालखण्डपछि नेपालमा एमाले नेता माधव कुमार नेपालले सरकार सम्हालेका थिए | उता एस एम कृष्णाले भारतीय संसद्मा नेपाल भारतले संयुक्तरूपमा सीमाकङ्न गरी तयार गरेका स्ट्रिप नक्सामा ९८ प्रतिशत सिमाना विवाद समझदारी बनिसकेकोले ( त्यो समझदारी बनाउने को थियो ? ) स्थानीयस्तरमा संयन्त्र विकास गर्न सहमति जनाई सकिएको छ भन्ने भनाई राखेको कारण दुई देशका प्राविधिकले तयार गरेका नापी विभागका महानिर्देशक र सर्भे अफ इन्डियाका समकक्षीबाट दस्तखत भए भनिएका सिमानाका स्ट्रिप नक्सा नेपालको गणतान्त्रिक सरकारले लुकाई नेपाली जनतालाई गुमराहमा राख्ने काम गर्यो | त्यसैको कारण आज आएर भारतले एक तर्फी रुपमा दुई देशको सिमाना जस्तो कुरो एकतर्फी ईच्छाअनुसार सार्नेकाम गरिरहेको छ |भारतले नेपाल र भारतको ९८ प्रतिशत सिमाना विवाद टुङ्गो लाग्यो भनेको छ , त्यो भनेको के ? त्यो टुन्गोलाउने नेपाल सरकारको प्रतिनिधि को हो ? यस्तो संबेदनशील कुरो गोप्य किन राखिएको छ ? नेपालीहरुलाई आजसम्म सत्यतथ्य जानकारी किन गराईन्न ? दुई देशका शाषकहरुले सुगौली सन्धिको जङ्गे पिलरलाई महत्व किन दिन सकेनन ? यसबाट प्रष्ट हुन्छ , नेपालमा गणतन्त्र ल्याउँन पुष्प कमल दाहाल ,माधव कुमार नेपाल ,झलनाथ खनाल र डा. बाबुराम भट्टराईहरुले गोप्य सम्झौता गरेकाथिए | जनताले यी देश बेच्नेहरुलाई कहिल्यै माफ गर्ने छैनन् | गाँडतन्त्र जिन्दावात !!!
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: शायद भारतिय उप-महाद्दिपमा सबैभन्दा चर्चित र विवादास्पद ग्रन्थ होला "मनु स्मृती" ।...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: यस काश्यपी सृष्टिको प्रथम संदेशवाहक व्यक्तित्व देवर्षि नारद भन्ने वितिक्कै हाम्रो मनमस्तिष्कमा यताउति घुम्न...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
बामपंथी हरुले अहिले निकै उछाले को विषय हो , काँग्रेस ले उधोग कलकारखाना बेच्यो भन्ने - जहाँ सम्म उधोग बेचेको कुरा छ , के बिर्सनु हुँदैन भने त...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
राष्ट्र निर्माता पृथ्वीनारायण शाह को जन्मोत्सव मा एक दिन विदा मात्र होइन राजकीय रुपमा भव्य कार्यक्रम गरि मनाइनु पर्छ भन्ने मेरो माग छ। मार्क...
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
Author: Shantiman Shrestha: पश्चिम मा पछिल्ला केहि वर्ष मा लास लाइ गाड्नु ठिक कि जलाउनु ठिक भन्ने नयाँ वहस ले व्यापकता पाएको छ।आखिर ...
No comments:
Post a Comment