Wednesday, 7 February 2018
नेपालको सिमाना वेच्ने प्रधानमन्त्रीहरु
प्रवीण अधिकारी :
सच्चा नेपाली हौ भने यी मुखौटोहरु चिनौं |
नेपालको सिमाना वेच्ने प्रधानमन्त्रीहरु को को हुन ? हेर्नोस र सत्य तथ्य आफै अनुमान गर्नोस |||
----------------------------------------------------------------------------------------------------
एस एम कृष्णा, जन्म१९३२ , पूरा नाम सुमल्लैया कृष्णा,जो २२ मई २००९ को प्रधानमंत्री मनमोहन सिंहको मंत्री मण्डलमा केंद्रीय क्याबिनेट मन्त्री भएका थिए | २३ मई २००९ (वि.स. २०६७ साल जेष्ठ ९ गते ) विदेश मंत्रालयको जिम्मेवारी पाएको थियो | अब यता तत्कालिन नेपालको गणतान्त्रिक सरकारको समयावधि र एस एम कृष्णाको कार्यकाल पूर्व नेपालमा बनेका सरकारहरु विचार गरिहेरौं -
त्यतिखेर नेपाल गणतान्त्रिक चरणमा प्रवेश गर्दै थियो , पुनर्स्थापित संसदले राजाको सम्पूर्ण अधिकार खोसि वि.स. २०६३ /१/१२ गते देखि सम्पूर्ण कार्यकारी अधिकार सहित सरकार चलाएको थियो र नायक थिए गिरिजा प्रसाद कोईराला | त्यस कालक्रममा बनेका सरकारहरुको सूचि यस्तो थियो | वि.स. २०६५।५।२० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमंत्री भई सरकार बनाएका थिए | त्यसपछि २०६६/२/११ श्री माधव कुमार नेपालको प्रधानमंत्री भए | त्यसपछि झलनाथ खनालको मन्त्रीमण्डल २०६७ माघ २३ गते बन्यो | त्यसपछि माओवादी नेता डा. बाबुराम भट्टराईको प्रधानमंत्रीत्वमा २०६८ भदौ १२ गते सरकार बन्यो | उनको मंत्रीमण्डल मिति २०६९ जेठमा पुनर्गठन भएको थियो |
गिरिजा र प्रचण्डको कालखण्डपछि नेपालमा एमाले नेता माधव कुमार नेपालले सरकार सम्हालेका थिए | उता एस एम कृष्णाले भारतीय संसद्मा नेपाल भारतले संयुक्तरूपमा सीमाकङ्न गरी तयार गरेका स्ट्रिप नक्सामा ९८ प्रतिशत सिमाना विवाद समझदारी बनिसकेकोले ( त्यो समझदारी बनाउने को थियो ? ) स्थानीयस्तरमा संयन्त्र विकास गर्न सहमति जनाई सकिएको छ भन्ने भनाई राखेको कारण दुई देशका प्राविधिकले तयार गरेका नापी विभागका महानिर्देशक र सर्भे अफ इन्डियाका समकक्षीबाट दस्तखत भए भनिएका सिमानाका स्ट्रिप नक्सा नेपालको गणतान्त्रिक सरकारले लुकाई नेपाली जनतालाई गुमराहमा राख्ने काम गर्यो | त्यसैको कारण आज आएर भारतले एक तर्फी रुपमा दुई देशको सिमाना जस्तो कुरो एकतर्फी ईच्छाअनुसार सार्नेकाम गरिरहेको छ |भारतले नेपाल र भारतको ९८ प्रतिशत सिमाना विवाद टुङ्गो लाग्यो भनेको छ , त्यो भनेको के ? त्यो टुन्गोलाउने नेपाल सरकारको प्रतिनिधि को हो ? यस्तो संबेदनशील कुरो गोप्य किन राखिएको छ ? नेपालीहरुलाई आजसम्म सत्यतथ्य जानकारी किन गराईन्न ? दुई देशका शाषकहरुले सुगौली सन्धिको जङ्गे पिलरलाई महत्व किन दिन सकेनन ? यसबाट प्रष्ट हुन्छ , नेपालमा गणतन्त्र ल्याउँन पुष्प कमल दाहाल ,माधव कुमार नेपाल ,झलनाथ खनाल र डा. बाबुराम भट्टराईहरुले गोप्य सम्झौता गरेकाथिए | जनताले यी देश बेच्नेहरुलाई कहिल्यै माफ गर्ने छैनन् | गाँडतन्त्र जिन्दावात !!!
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: नेपाल प्रहरिले कुनै पनि घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा पदिय हैसियत अनुसार मापदण्ड लागू हुनेछ भ...
-
Author: Shantiman Shrestha: एउटा आशंका उठछ , त्रिभुवन विमानस्थलबाट गाएब भएको ३३ किलो सुन पनि हाम्रा सर्वहाराहरुले सुनको टुटि बनाउन ...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
Author: Shantiman Shrestha: संसारकै इतिहासमा बर्तमान सत्ताधारी शक्तिले जस्तो वेश्यावृत्ती पाराको अन्तर्राष्ट्रिय कुटनितिक निति अरु ...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
No comments:
Post a Comment