Tuesday, 20 February 2018

काम शास्त्र सनातनी दृष्टिमा


लेखक:
प्रवीण अधिकारी:
सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्म भित्रको चार सिद्धांत धर्म, अर्थ, काम ,मोक्ष मध्ये तेश्रो कामको वर्णन थोरै शब्दा गर्न सकिन्न | कोही भन्छन , कामको अर्थ कार्य, इच्छा र आनंद हो तर , म भन्छु , प्रत्येक सनातनी हिन्दू जसले धर्मको ज्ञान पाओस ,अर्थ र मोक्षलाई बुझोस् , किनभने ब्रह्मचर्य आश्रम काम संगै संबंधित रहेको छ | धर्म र यस संसारको ज्ञान प्राप्त गरेपछि मात्र मान्छे गृहस्थ आश्रममा प्रवेश गरि अर्थको चिंतन गर्न सक्तछ | मान्छेले सबै किसिमको सांसारिक सुख पाएपछि मात्र अंतिम लक्ष्य मोक्ष या मूक्ति बुझ्न सक्तछ | प्राचीन कालमा चार वेद लिपिवद्ध हुँदा चार शास्त्र पनि लेखिन पुग्यो | ती थिए - धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र , मोक्षशास्त्र | यी चार शास्त्रनै मनुष्य जीवनको आधार ठानिन पुगे | यी चार वाहेक मनुष्य जीवनकोलागि अरुकुरा कल्पना गरिएन । त्यै पनि कामशास्त्र विषयवस्तुमा निकैपछि आएर वात्स्यायनले कामसूत्र लेखेर यो विश्वलाई चकित पारे ।

कामशास्त्रको लेखन :

     नंदी , भगवान शंकरको वाहन हो | शास्त्रले भन्छ तिनै नंदीले आफुमाथि सवार भएका शिव पार्वतीको संवाद सुनेपछि कामशास्त्र लेख्न पुगे | यो कुरो आजका मुढ्ले पचाउलान , नपचाउलान , तर त्यो साँढेले एक हजार अध्यायको एउटा शास्त्र लेख्यो ,जसले सनातन हिंदू ग्रन्थहरुको तन्त्रविधा अनुसार सिद्ध आत्मा भई सकेकाकालागि शरीरको आकार ,ढांचा इत्यादिको महत्व वताई दियो | त्यै वर्णन कामशास्त्र भनेर शुरुवातिकालमा अर्थशास्त्र र आचार शास्त्रको एउटा भाग हुन पुग्यो | हाम्रा पुराण, स्मृति ग्रन्थहरुले गरेको वर्णन अनुशार , शुरुमा ब्रह्माजीले एक लाख अध्याय भएको विशालकाय ग्रंथ लेख्न लाए | त्यसलाई मन्थन गरेर मनुले एउटा छुट्टै आचार शास्त्र लेखे , जसलाई भनियो मनुसंहिता , आजको दिनमा स्मृति धर्मशास्त्रको रुपमा प्रसिद्ध हुन पुगेको छ |

रहश्य :

    भनिन्छ , उहिले ब्रह्माजीको प्रेरणा स्वरूप त्यै ग्रन्थलाई आधार मानेर देवगुरु बृहस्पतिले ब्रार्हस्पत्यम् अर्थशास्त्रको रचना गरे ,त्यै ग्रन्थलाई आधार मानेर भगवान शंकरका अनुचर नंदीले एकहजार अध्यायभएको कामशास्त्र लेखे | त्यो कामशास्त्र ज्यादै विस्तृत विषय भएको देखियो अनि त्यस ग्रन्थलाई संक्षिप्त तुल्याउँदै आचार्य श्वेतकेतुले पांचसय अध्यायको संक्षिप्त संस्करण झिक्तापनि यो ग्रन्थ निकै ठूलो हुन पुग्यो र महर्षि ब्राभव्यले त्यो ग्रन्थको संक्षिप्तिकरण गरेर १५० अध्यायमा सीमित तुल्याए गरे | महर्षि ब्राभव्य भन्दा पहिल ज्यादै यो ग्रन्थ ज्यादै विशालकाय भएकोले कामशास्त्र वाचिक परंपराको मात्र अंग भएको थियो | तर , महर्षि ब्राभव्यले नै यसलाई शास्त्रको रुपमा ढालेकोले पछिल्ला विद्वानहरुले महर्षि कामशास्त्रमा थुप्रै चिज थप्दा , त्यो ५०० अध्याय छुट्टा छुट्टै स्वतंत्र ग्रंथको रुपमा देखा पर्न पुग्यो | यसैकारण कामसूत्रलाई ग्रंथ मानिएन र संग्रह भनिन पुग्यो | त्यसैलाई आधार बनाएर महर्षि वात्स्यायनले कामसूत्रको रचना गरे जसलाई यस विश्वको पहिलो यौन शिक्षा ग्रंथ भनियो | वात्सायन कामसूत्रका रचना गर्नु पर्ने आवश्यकता औंल्याउँदै भन्छन , दाम्पत्य जीवनको उल्लास एवं तृप्तिकालागि यौन-क्रीड़ा जरुरी छ | उनी थप्छन दाम्पत्य जीवनको सुख-शांतिको आधारशिला नै काम सूत्र हो | काम प्रतिको आकर्षण कै कारण स्त्री-पुरुष विवाह सूत्रमा बाँधिन पुगेका हुन | विवाहित जीवनमा काम प्रतिको आनन्दको निरन्तर अनुभूति गराउनु कामसूत्रको उद्देश्य हो। उनको भनाईंमा संयमित र दीर्ध दाम्पत्य जीवनकोलागि यो निकै आवश्यक छ ।

ग्रन्थहरु:

     कामशास्त्र विषयमा संस्कृत भाषामा अनंगरंग, कंदर्प चूड़ामणि, कुट्टिनीमत, नागर सर्वस्व, पंचसायक, रतिकेलि कुतूहल, रति मंजरी, रति रहस्य, रतिरत्न प्रदीपिका, स्मरदीपिका, श्रंगारमंजरी, आदि ग्रन्थ लेखिएका छन |यस वाहेक कुचिमार मं‍त्र, कामकलावाद तंत्र, काम प्रकाश, काम प्रदीप, काम कला विधि, काम प्रबोध, कामरत्न, कामसार, काम कौतुक, काम मंजरी, मदन संजीवनी, मदनार्णव, मनोदय, रति सर्वस्व, रतिसार, वाजीकरण तंत्र आदि ग्रन्थ लेखिएका छन | कामसूत्र उत्पत्तिको शास्त्रकथा अत्यन्तै रोचक रुपमा प्रस्तुत गरिएको छ | यहाँ कामशास्त्रलाई , अर्थशास्त्र र आचार शास्त्रको भाग मानिएको छ | महर्षि बाभ्रव्य रचित कामशास्त्रको छैंठौं भाग वैशिक प्रकरणलाई दत्तक आचार्यले ,आचार्य चारायणले साधारण अधिकरण, सुवर्णनाभले साम्प्रयोगिक अधिकरण,आचार्य घोटकमुखले कन्यासम्प्रयुक्तक, गोनर्दीयले भार्याधिकरण, आचार्य गोणि‍कापुत्रले पारदारिक अधिकरण,आचार्य कुचुमारले औपनिषदिक नाउँको अधिकरण वग्ला वेग्लै सम्पादन गरेर देखाएका छन ।महर्षि बाभ्रव्यको कामशास्त्रलाई खण्ड खण्ड गरेर ब्याख्या गरिने क्रममा कामशास्त्रको विखंडित व्याख्याहरुलाई आधार मान्दा वात्स्यायनले कामसूत्रको रचना गर्न पुगे।

ग्रन्थको शुरुवातको रुपरेखा:

     कामसूत्र संग्रह लेखिंदा अन्य सनातनी ग्रन्थ जस्तै कुनै देवी ,देउताको वन्दना गरिएन , वरु''धर्मार्थकामेभ्यो नम:'' भनिएको छ | अर्थात धर्म,अर्थ र कामलाई नमस्कार छ | त्यहाँ '' शास्त्रे प्रकृत्वात्''' अर्थात शास्त्रहरुले मूल रूपमा धर्म,अर्थ र कामको पदेश दिईए बताइएको छ | यही कुरो विचारेर धर्म,अर्थ र कामलाई नै महत्व दिई नमस्कार भनिएको छ | जुन जुन प्राचीन आचार्यहरुले यी तत्वहरुको बोध गराए तिनलाई नमस्कार गरियो | यसपछि कामसूत्रकारले विस्तारले त्यस परंपराको उल्लेख गरेका छन जसले गर्दा कामशास्त्र छलफलको विषयवस्तु बन्न सक्यो | कामसूत्रको 'शास्त्रसंग्रह प्रकरणम्' नाउँको ग्रंत्को पहिलो अध्यायमा कामसूत्रको प्रत्येक अध्यायमा के के छ ? कसरी काम्सूत्र हाम्रा अघि आयो विस्तारमा लेखिएको छ । जयमंगला टीका कामसूत्रको सबैभन्दा राम्रो टिका हो । त्यसग्रन्थको दोश्रो अध्यायमा वात्स्यायनले 'काम' को अवधारणा पेश गरेका छन ''श्रोत्रत्वक्चक्षुर्जिह्वाघ्राणानामात्मसंयुक्तेन मनसाधिष्ठितानां स्वेषु विषयेष्वानुकूल्यत: प्रवृत्ति: काम:।'' अर्थात् कान, छालो , ऑंख,जिब्रो ,नाक इन पाँच इन्द्रियहरुको इच्छानुसार शब्द, स्पर्श,रूप, रस र गंध यस विषय प्रतिको आसक्ति र प्रवृत्ति नै काम हो भनेर वताएका छन , यसको अर्थ , यो प्रवृत्तिबाट आत्माले जुन आनंद अनुभव गर्दछ त्यो 'काम' हो अनि भनेको छ '' स्पर्शविशेषविषयात्वस्या भि माननिकसुखानुबिध्दा फलवत्यर्थ प्रतीति: प्राधान्यात्काम:।'' अर्थात् चुम्बन,आलिंगन,प्रासंगिक सुख संगै गाल,स्तन,नितम्ब आदि विशेष अंग स्पर्श गर्दा मान्छेले गर्ने अनुभूति औ आनंद नै 'काम' हो ।
     कामसूत्रका अर्का व्याख्याकार यशोधरले कामसूत्र चुम्बन,आलिंगन र वीर्यक्षरण गरिंदासम्म पाउने आनंद समेटिएको हुन्छ भनेका छन भने त्यसको प्रत्युत्तर दिंदै ''संप्रयोगपराधीनत्वात् स्त्रीपुंसयोरूपायमपेक्षते।'' अर्थात् सम्भोग अर्काको अधिन हुन पुग्दा स्त्री र पुरूषले त्यो पराधीनताबाट जोगिन शास्त्रको अपेक्षा गर्ने गर्दछन भनिएको छ ।साथै यसले भय,लज्जा,पराधीनताबाट जोगाउँछ , मानव जीवन आनंद,सुखी र सम्पन्न बनाउँछ भनेकाछन । यसले दायित्वबोध, परोपकार र उदात्त भावना सृष्टि गर्दछ र सहचारी प्रति श्रध्दा,विश्वास, हितकामना र अनुराग बढ़ाएर लान्छ भनिएको छ । यसैप्रति उदासीनता हुँदा आपसी कलह, व्यभिचार, असंतोष, वेश्यावृत्ति, र अनेकौं शारीरिक बीमारि हुन पुग्दछ भनेर व्याख्या गरिएको छ । यहाँ वात्स्यायनले 'कामसूत्र' मा धर्म र अर्थको व्याख्या सकारात्मक गतिविधिको रुपमा गर्दै कामको व्याख्या नकारात्मक पक्षको विवेचन र त्यसको समाधानको रूपमा कामसूत्र रचेको बताएका छन । वात्स्यायन ले निचोडमा भनेकाछन , कामको दुष्प्रभावबाट जोगिनकोलागि कामसूत्र लेखिएको हो। वात्स्यायनको विचारमा काम प्राप्तिको चेष्टा सबैले गरोस तर दोषबाट जोगियोस। त्यो दोषबाट जोगिनको लागि धर्म ,अर्थ संगै कामशास्त्रको ज्ञानपनि देओस ।- '' धर्मार्थाङ्गविद्याकालाननुपरोधयन् कामसूत्रं तदङ्गविद्याश्च पुरूषोधीयीत।'' अर्थात् धर्मशास्त्र,अर्थशास्त्र तथा त्यो संग सम्वन्धित अंग संग संगै कामशास्त्रको अध्ययन गर्न नभुलोस।

सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts