Tuesday, 6 February 2018

प्रेम को वास्तविक स्वरुप

धेरै लाइ थाहा नहुन सक्छ , प्रेम लाइ जनाउने अंग्रेजी शब्द Love "लभ" , संस्कृत शब्द "लोभ" बाट अप्रभंस भएर गएको हो । त्यसैले "लभ" को अर्थ "लोभ" नै हो , शरिर र काम वासन प्रतीको लोभ नै लभ हो ।यथार्थमा Love ले प्रेम को अर्थ लाइ प्रतिनिधित्व गर्दैन । दुइ भिन्न व्यक्ती को सम्बन्ध तिन ओटा तल मा हुन्छ १. चेतना वा आत्मिक तल मा २. मन को तल मा ३. शरिर को तल मा । "प्रेम" ले न्युनतम मन को तल र अधिकतम चेतना को तल मा हुने सम्बन्ध लाइ प्रतिनिधित्व गर्छ भने "लभ" ले शरिर को तल मा हुने सम्बन्ध लाइ प्रतिनिधित्व गर्छ । प्रेम को शारीरिक अंग को बनावट सँग कुनै सम्बन्ध हुँदैन किनकि यो शरिर सँग सम्बन्धित छैन । मानिलिउँ कोहि कसै संग लभ मा परेको छ ,पछि उसले थाहापायो कि थाहा पायो कि उसको त प्रजनन अंग नै छैन वा अविकसित छ तब उ के गर्छ ? अब यो लभ धर्मराउँछ किनकी लभ शर्त सहित हुन्छ ,तर प्रेम निशर्त हुन्छ । जहाँ शर्त हुन्छ त्यहाँ प्रेम हुँदैन ब्यापार हुन्छ ब्यापार को नाम अलग हुन सक्छ । फुल ले सुगन्ध दिन्छ उसले यो ख्याल गर्दैन कि को चोर हो को सज्जन हो , सुर्य ले सज्जन र बुद्धिमान लाइ मात्र प्रकाश दिंदैन , डाँका र मुर्ख लाइ पनि उत्तिकै दिन्छ , प्रेम स्वभाव हो without any condition अनि प्रेम गरिने चिज होइन, हुने वा घट्ने चिज हो , प्रेम को Doing वा कृत्य संग सम्बन्धित छैन , यो nondoing हो । फुल को सुगन्ध doing होइन स्वभाव हो । त्यसैले जब कथित प्रेम मा शर्त हुन्छ त्यो एकदिन घृणा मा परिणत हुन्छ , तपाइ कसैको मुहार सुन्दर भएको ले प्रेम गर्नुहुन्छ भने कुनै दिन उ कुरुप भएको खन्डमा घृणा गर्नुहुन्छ । हामी प्रेम को बारे भ्रम मा छौं , यसको बिज्ञान सँग हामी पुर्णत अनभिज्ञ छौं , प्रेम को सिधा सम्बन्ध परमात्मा सँग छ , प्रेम को गहन बिज्ञान को बारे ठिक सँग बुझ्न र मनन गर्न "तन्त्र दर्शन" लाइ बुझ्नु पर्ने हुन्छ ।

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts