Tuesday, 6 February 2018
प्रेम को वास्तविक स्वरुप
धेरै लाइ थाहा नहुन सक्छ , प्रेम लाइ जनाउने अंग्रेजी शब्द Love "लभ" , संस्कृत शब्द "लोभ" बाट अप्रभंस भएर गएको हो । त्यसैले "लभ" को अर्थ "लोभ" नै हो , शरिर र काम वासन प्रतीको लोभ नै लभ हो ।यथार्थमा Love ले प्रेम को अर्थ लाइ प्रतिनिधित्व गर्दैन । दुइ भिन्न व्यक्ती को सम्बन्ध तिन ओटा तल मा हुन्छ १. चेतना वा आत्मिक तल मा २. मन को तल मा ३. शरिर को तल मा । "प्रेम" ले न्युनतम मन को तल र अधिकतम चेतना को तल मा हुने सम्बन्ध लाइ प्रतिनिधित्व गर्छ भने "लभ" ले शरिर को तल मा हुने सम्बन्ध लाइ प्रतिनिधित्व गर्छ । प्रेम को शारीरिक अंग को बनावट सँग कुनै सम्बन्ध हुँदैन किनकि यो शरिर सँग सम्बन्धित छैन । मानिलिउँ कोहि कसै संग लभ मा परेको छ ,पछि उसले थाहापायो कि थाहा पायो कि उसको त प्रजनन अंग नै छैन वा अविकसित छ तब उ के गर्छ ? अब यो लभ धर्मराउँछ किनकी लभ शर्त सहित हुन्छ ,तर प्रेम निशर्त हुन्छ । जहाँ शर्त हुन्छ त्यहाँ प्रेम हुँदैन ब्यापार हुन्छ ब्यापार को नाम अलग हुन सक्छ । फुल ले सुगन्ध दिन्छ उसले यो ख्याल गर्दैन कि को चोर हो को सज्जन हो , सुर्य ले सज्जन र बुद्धिमान लाइ मात्र प्रकाश दिंदैन , डाँका र मुर्ख लाइ पनि उत्तिकै दिन्छ , प्रेम स्वभाव हो without any condition अनि प्रेम गरिने चिज होइन, हुने वा घट्ने चिज हो , प्रेम को Doing वा कृत्य संग सम्बन्धित छैन , यो nondoing हो । फुल को सुगन्ध doing होइन स्वभाव हो । त्यसैले जब कथित प्रेम मा शर्त हुन्छ त्यो एकदिन घृणा मा परिणत हुन्छ , तपाइ कसैको मुहार सुन्दर भएको ले प्रेम गर्नुहुन्छ भने कुनै दिन उ कुरुप भएको खन्डमा घृणा गर्नुहुन्छ । हामी प्रेम को बारे भ्रम मा छौं , यसको बिज्ञान सँग हामी पुर्णत अनभिज्ञ छौं , प्रेम को सिधा सम्बन्ध परमात्मा सँग छ , प्रेम को गहन बिज्ञान को बारे ठिक सँग बुझ्न र मनन गर्न "तन्त्र दर्शन" लाइ बुझ्नु पर्ने हुन्छ ।
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: शायद भारतिय उप-महाद्दिपमा सबैभन्दा चर्चित र विवादास्पद ग्रन्थ होला "मनु स्मृती" ।...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: यस काश्यपी सृष्टिको प्रथम संदेशवाहक व्यक्तित्व देवर्षि नारद भन्ने वितिक्कै हाम्रो मनमस्तिष्कमा यताउति घुम्न...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
बामपंथी हरुले अहिले निकै उछाले को विषय हो , काँग्रेस ले उधोग कलकारखाना बेच्यो भन्ने - जहाँ सम्म उधोग बेचेको कुरा छ , के बिर्सनु हुँदैन भने त...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
राष्ट्र निर्माता पृथ्वीनारायण शाह को जन्मोत्सव मा एक दिन विदा मात्र होइन राजकीय रुपमा भव्य कार्यक्रम गरि मनाइनु पर्छ भन्ने मेरो माग छ। मार्क...
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
Author: Shantiman Shrestha: पश्चिम मा पछिल्ला केहि वर्ष मा लास लाइ गाड्नु ठिक कि जलाउनु ठिक भन्ने नयाँ वहस ले व्यापकता पाएको छ।आखिर ...
No comments:
Post a Comment