Monday, 19 February 2018

उपनिषद को महत्व र यो संबन्धी केहि भनाइहरु


लेखक:
सुरेन्द्र गौतम:
यो कुरा संसारको प्राय सबै बिचारक ले मानेका छन कि मनुष्यलाई आत्यान्तिक शान्ती बाहिरी भोगबाट हैन अपितु आन्तरिक शान्ती बाट मिल्छ । त्यो सुख पाउन को लागी उसलाई कुनै अनन्त र निर्बाधसुखस्वरुप सत्ताको शरण लिन पर्छ । त्यस अनन्त सुख को प्राप्ती नै संसारको सबै दार्शनिक हरुको अन्तिम लक्ष्य रहेको छ । त्यो परम सुख अनुभव गर्नलाई भिन्न भिन्न प्राणिले भिन्न बाटो अपनाय । जसबाट संसारमा भिन्न भिन्न मत हरुको सृजना पनि भयो । संसारको त्यो एकमात्र मुल तत्व को शोध अनादी काल देखी नैहुँदै आयको छ । यस विषयमा सबै देशी र बिदेशी बिद्द्वान सहमत छन कि यसको निर्णय गर्ने अन्तिम ग्रन्थ भनेको प्राचिन्,अनादि,अपौरुषेय,नित्य,स्वत: प्रमाणित वेद नै हो । यो वेद कहिले रचेको हो,कसले हो कसैलाई पनि थाहा छैन ।
     बिषयको दृस्टी बाट वेदको तीन भाग हरु छन्, जसलाई तीन काण्ड पनि भनिन्छ — कर्मकाण्ड,उपासना काण्ड, र ज्ञानकाण्ड । बिश्वको मुल तत्व को बिचार ज्ञानकाण्ड मा गरियको छ्, कर्म र उपासना त त्यस परम तत्व लाई उपलब्ध गर्न को लागी योग्यता प्रदान गर्नको लागी हो । वेदको ज्ञान काण्डको नाम नै उपनिषद हो, यसलाई वेदान्त पनि भनिन्छ । अत: यो निर्विवाद सिद्ध छ कि ब्रह्म ज्ञान को आदी श्रोत नै उपनिषद हो ।
     उपनिषद को महत्व केबल हिन्दू को लागी मात्र हैन यो त बिश्वको सबै बिचारक,दार्शनिक हरुको लागी हो । थाहा छैन कती बिदेशी महानुभाव हरुले यसको गम्भिरता,मधुरता र तात्विकता मा मुग्ध भयका छन ।
     मंसूर्,सर्मद्,फैजि,बुल्लाशाहा र दाराशिकोह(शाहाजाँह को छोरा) आदी महानुभाव ले इस्लामाधर्मावलम्बी भयर पनि औपनिषद सिद्धान्त लाई नै आफ्नो जीवन को सर्वस्व बनायका थिए । मंसूर र सर्मद ले त आफ्नो शिर कटाउन तैयार भए तर पनि उपनिषद लाई छोडेनन । पश्चिमी बिद्वान वा दार्शनिक ले पनि यसको मुक्तकण्ठ ले प्रशंसा गरेका छन ।
प्रो. म्याक्स्मुलर भन्नु हुन्छ:

     “The Upanishad are the sources of the vedaanta philosophy,a system in which human speculation seems to me to have reached its very acme.” अर्थत्, ” उपनिषद वेदान्त दर्शन को आदिश्रोत हो र यो एउटा एस्तो निबन्ध हो जसमा मलाई मानवी भावना अति उच्चतम शिखर मा पुगेको भान हुन्छ ।”
जर्मन दार्शनिक शोपेनहर भन्नु हुन्छ:
“In the world there is no study so beneficial and so elevating as that of Upanishads. they are a product of highest wisdom. it is destined sooner or later to become the faith of the people.”

अर्थत्, ” सारा संसारमा एस्तो कुनै ज्ञान छैन जो उपनिषद को समान उपायोगी र उन्नती को बाटो मा लइजाने वाला होस । यो उच्चतम बुद्धिको उपज हो । अगाडी वा पछाडी एक दिन एस्तो भयर नै छोड्ने छ कि यो नै बिश्वको जनताको एक मात्र धर्म हुन्छ ।” डाक्टर गोल्डस्टकर भन्नु हुन्छ्,
“The vedant is the sublimest machinery set into motion by oriental thought.”
अर्थत्, ” वेदान सबै भन्दा उच्च दर्जाको यन्त्र हो जसलाई पुर्विय विचार धाराले प्रवृत गरेको हो ।”
     यसरि हामी हेर्न सक्छौ कि हाम्रो वेदान्त दर्शन कत्तिको महत्वपुर्ण छ ।
सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts