Wednesday, 7 February 2018
हर्के र विर्खे
हर्के र बिर्खे - बचपन देखिको साथि, तर आज ३० वर्ष पछी मात्र भेट भो, उनिहरु लामो समय पछी भेट भएकोमा खुशी हुँदै कुराकानी थाल्छन :~
हर्के : बिर्खे !!! के छ यार तेरो हालखबर ; बिहे गरिस ?
बिर्खे : गरें यार ४ वर्ष जती भो ।
हर्के : अहो ! त्यो त राम्रो भएछ - बधाइ छ है ल ।
बिर्खे : त्यती राम्रो पनि होइन ।
हर्के : किन ?
बिर्खे : बिहे त गरियो तर न त केटी त्यती राम्री नै परी न त त्यती पढेलेखिकी नै ।
हर्के : अहो !!! त्यो त निकै झुर भएछ नि ; कस्ता- कस्ता केटी हरु तँ सँग हुरुक्क हुन्थे ।
बिर्खे : त्यती झुर पनि होइन ; बिहे मा प्रसस्त दाइजो परेको थियो ।
हर्के : अहो !!! त्यसो भए तँलाई त फलिफाप भएछ नि ।
बिर्खे : त्यती फलिफाप पनि होइन ; त्यही दाइजो बेचेर किनेको सबै गाइ- भैंसी मरेर सखाप भए ।
हर्के : अहो !!! यो त अलि नजाती भएछ नि ।
बिर्खे : त्यती नजाती पनि होइन ; गाइ - भैंसी मरे पनि तीनका छाला बेचेर प्रशस्त भेंडा हरु किने ।
हर्के : ए हे !!! त्यसो भए त ठिकै भएछ ।
बिर्खे : त्यती ठिक पनि होइन - पोहोर साल को महामारी ले सबै भेंडा हरु एक - एक गरी मरे ।
हर्के : हो र !!!! त्यो त अलि दूर्भाज्ञ भएछ नि !!!
बिर्खे : त्यती दूर्भाज्ञ पनि नभनौं - भेंडा हरु मरे पनि तीनका रौं र छाला बेचेर पोहोर साल एउटा घर बनाएँ ।
हर्के : ल... !! यो त निकै सुखद खबर सुनाइस नि ।
बिर्खे : त्यती सुखद पनि होइन - घर बनाएको केहि महिना मै घर मा आगलागि भएर घर खरानी भो ।
हर्के : अहो !!!!!!!!!! यो त निकै ठुलो दु:खद घटना भएछ नि !!!!
बिर्खे : त्यती ठुलो दु:खद नि होइन किनकी घर भित्र बुढी पनि थिइ ।
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: नेपाल प्रहरिले कुनै पनि घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा पदिय हैसियत अनुसार मापदण्ड लागू हुनेछ भ...
-
Author: Shantiman Shrestha: एउटा आशंका उठछ , त्रिभुवन विमानस्थलबाट गाएब भएको ३३ किलो सुन पनि हाम्रा सर्वहाराहरुले सुनको टुटि बनाउन ...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
Author: Shantiman Shrestha: संसारकै इतिहासमा बर्तमान सत्ताधारी शक्तिले जस्तो वेश्यावृत्ती पाराको अन्तर्राष्ट्रिय कुटनितिक निति अरु ...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
No comments:
Post a Comment