Tuesday, 6 February 2018
फ्रेडरिक नित्शे , मनु र विकासवाद
पश्चिम का दिग्गज दार्शनिक फ्रेडरिक नित्शे ले भनेका छन "मनु जस्तो बुद्धिमान र प्रतिभाशाली मानिस यो संसार मा आज सम्म जन्मेको छैन र शायद जन्मने पनि छैन।" ; नित्से को "Super Human" को अवधारणा मनुस्मृती बाट प्रभावित अवधारणा हो। सतह मा मनु को नीतिशास्त्र जति कठोर र निकृष्ट देखिन्छ , गहिराइ मा त्यती नै बैज्ञानिक र मानवजगत को लागी उपयोगी छ तर उनको निति शास्त्रको गहिराइ लाइ बुझ्न सहज छैन। "मनु स्मृती" प्रमुख दुइ सिद्दान्त मा आधारित छ १. अनुभव को हस्तान्तरण को सिद्दान्त २. चेतना को विकासक्रम को सिद्धान्त । चार्ल्स डार्विन को विकासवाद भौतिक शरिर मा आधारित छ त्यसैले बाँदर को पुच्छर कहिले गायव भयो भन्ने कुरामा अहिले पनि अन्यौल छ , समग्र पस्चिमा चिन्तन भौतिक देह वा वस्तु मा आधारित छ तर मनु को विकासवाद भौतिक देह मा होइन चेतना को विकास मा आधारित छ र समग्र पुर्विय चिन्तन चेतना मा आधारित छ ।यसर्थ भौतिक विकास वा समृद्धी मा पस्चिमाहरु अगाडी हुनु कुनै अनौठो होइन तर जव चेतना को विज्ञान को कुरा आउछ लाग्छ कि पस्चिमाहरु लाइ अझै अत्तोपत्तो छैन।जस्तो अहिले पनि पस्चिम मा पुनर्जन्म हुन्छ कि हुँदैन भन्ने कुरामा ठुलो विवाद र चर्चा छ यस विषय मा पस्चिमाहरु ......रे मा सिमित छन तर पुर्व मा पुनर्जन्म को बारे पुरै विकसित बैज्ञानिक बिधी को प्रयोग हजारौं वर्ष देखी अभ्यास भैरहेको छ । पुनर्जन्म को यि अभ्यास २ ओटा नामले चिनिन्छ १. जाती स्मरण को सिद्धान्त २. आलय विज्ञान को सिद्धान्त । तथ्य त अझ के हो भने आद्य्यात्मिक आश्रमहरु मा प्रत्यक शिष्यहरु लाइ यि दुइ बिधी को प्रयोग अनिवार्य हुन्थ्यो किनकी पुनर्जन्म को अनुभव विना सम्पुर्ण भ्रम बाट मुक्त हुन असम्भव छ र भ्रम बाट मुक्त नभै सत्य को दर्शन पनि असम्भव छ । स्त्री , यौन , धन , सम्पत्ती , विवाह , पत्नी , पति व्यर्थ हुन ...यो जान्नु जरुरी छ नत्र यिनकै बन्धन ले जिबन लाइ आर्यघाट सम्म लतार्छ, बन्धनयुक्त जिवन उन्मुक्त हुन सक्दैन .... तर कसरी चाल पाउने कि यि सब व्यर्थ हुन ? जन्मे पछि एकपटक विहे त गरौं !!! २-४ बच्चा त बनाऔं !!! यौन को मजा त लिउँ मजाले धित नमरुन्जेल !!! धन - सम्पत्ती त जोडौं ताकी आनन्द प्राप्त गर्न सकियोस ! यसर्थ आश्रम हरु मा शिष्यहरु लाइ जाति स्मरण को अभ्यास गराइन्थ्यो ताकी शिष्यहरु ले चाल पाउन विहे त पहिले हजारौं पटक गरिसकिएको रहेछ , बच्चा बच्ची त दशौं हजार बनाइसकिएछ , धन सम्पत्ती त अघिल्लो कैयौं जन्म मा प्रशस्त कमाइसकिएछ ....यौन को मजा त हजारौं जन्म मा कैयौं हजार पटक लिइसकिएको रहेछ तर पनि दुख , सन्ताप , पिडा , छट्पटी त आज पनि ज्युँ का त्यूँ !!!! पुर्व का गुरु हरु भन्छन : यि भ्रम बाट मुक्त भए पछि मात्र शिष्य वा साधक हरुको जिवन को नयाँ द्धार खुल्छ नत्र जन्म , मरण , विवाह , बालबच्चा , यौन , सम्पत्ती , दुख , पिडा को गोलचक्कर मा जिवन अनन्तकाल सम्म चक्रिरहन्छ । मनु ले मानव जातीलाइ चार वर्ग मा विभाजन गरेका छन , आफुलाइ आधुनिक र प्रगतिशील ठान्ने कतिपय स्वघोषित बिद्धानहरु मनु को वर्ण विभाजन को चर्को निन्दा गर्ने गरेका छन भने अर्को तर्फ एउटा ठुलो वर्ग मनु को वर्ण विभाजन को आड मा आफुलाइ सर्वश्रेष्ठ ठान्दै अर्को वर्ग माथी चर्को दमन र शोषण गर्ने शिलशिला हजारौं वर्ष देखी आज पर्यन्त जारी राखेका छन , यि दुवै समुह लाइ न त मनु को अन्तरदृष्टी को बारे अत्तोपत्तो छ न त उनको वर्णविभाजन को उद्देश्य मा निहित मानव कल्याण को गहनतम रहश्य को बारे बुझ्ने चेष्टा नै। यो धर्ती मा मनु जस्तो गलत बुझाइ को शिकार भएको पात्र शायदै कोहि होला। विश्व को मानव समुदाय समान हुन भनेर जति रट लगाए पनि आखिर रक्त समुह ४ ओटा हुन्छ भनेर मान्न करै लाग्छ, विज्ञान ले यो वुझ्नु भन्दा हजारौं वर्ष अघि नै मनु ले वुझेका थिए र मानव जाती लाइ ४ वर्ग मा विभाजन गरेका थिए। मनु को "अनुभव को हस्तान्तरण" को सिद्धान्त शायद यस धर्ती को सबैभन्दा गहिरो र बैज्ञानिक सिद्धान्त हो , यस विषय मा अर्को पोस्ट मा चर्चा गरौंला। मनु को वर्ण विभाजन को बैज्ञानिक रहस्य को बारे अध्यन नगरी चर्को निन्दा गर्ने र उनको वर्ण विभाजन को आडमा अर्को वर्ग माथी शोषण र उत्पिडन गर्ने दुवै समुह लाइ म मनु ऋषी को २ प्रमुख सिद्धान्तहरु को गहन अध्यन गर्न अनुरोध गर्दछु।
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: नेपाल प्रहरिले कुनै पनि घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा पदिय हैसियत अनुसार मापदण्ड लागू हुनेछ भ...
-
Author: Shantiman Shrestha: एउटा आशंका उठछ , त्रिभुवन विमानस्थलबाट गाएब भएको ३३ किलो सुन पनि हाम्रा सर्वहाराहरुले सुनको टुटि बनाउन ...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
Author: Shantiman Shrestha: संसारकै इतिहासमा बर्तमान सत्ताधारी शक्तिले जस्तो वेश्यावृत्ती पाराको अन्तर्राष्ट्रिय कुटनितिक निति अरु ...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
No comments:
Post a Comment