Tuesday, 6 February 2018
लाओत्सु र ताओ तेह चिङ
एकपटक लाओत्सु उपदेश दिंदै थिए आफ्ना शिष्य हरुलाई - उपदेश को क्रम मा उनि भन्दै थिए- मलाई कसैले हराउन सकेन । लाओत्सु बाट यो बाक्य निस्कने बित्तिकै श्रोता हरु को कान ठाडो भयो किन भने सबै जित्न चाहन्छ्न र जित्ने उपायको खोजी मा नै हामी मनुष्य हरु जीवन भर बिभिन्न ठाउँ मा बरालिन्छौ र गुरु को शरण जान पनि पछी पर्दैनौ । कुनै एक श्रोता ले सोध्यो: कसरी गुरु ? हामी पनि जित्न चाहन्छौ, हामी लाई पनि कसरी जित्न सकिन्छ भन्ने तरिका सिकाउनोस । लाओत्सु ले भन्यो: मुर्ख!! म यो भनिरहेको छैन कि मैले जितें । मैले भने, मलाई कसैले हराउन सकेन । मलाई आजसम्म कसैले हराउन सकेन किनकी मैले कहिल्यै जित्ने लालसा राखिन ।म कहिल्यै गरीब भइन किनकी मैले कहिल्यै पनि धनी हुने इछ्छा राखिन । मलाई कहिल्यै दु:ख भएन किनकी मलाई कहिल्यै सु:ख को चाहना भएन । भनिन्छ: कोही लाओत्सु संग लड्न आयो भने लाओत्सु लम्पसार परेर सुत्दथे रे । जित्न खोज्ने लाई जित्न पो मजा हुन्छ जसलाई जित्ने इच्छा नै हुँदैन उसलाई जितेर के मजा! लड्न आउने ब्यक्ती हार मानेर फर्कन्थे रे ! लाओत्सु भन्छ्न : दु: ख कहिं छँदै छैन- दु:ख को निर्माण सु:ख को चाहना ले गर्दा हुन्छ । हार त्यो ब्यक्ती को मात्र हुन्छ जो जित्न चाहन्छ्न ।
लाओत्सु का अनुसार मानव जाती को समस्या को मूल जड इछ्छा वा वासना हो । लाओत्सु द्वारा स्थापित आध्यात्मिक चिन्तन लाई ताओ दर्शन को नामले चिनिन्छ र ताओ दर्शन को प्रमुख ग्रन्थ " ताओ तेह चिङ्" हो । यस ग्रन्थ को रचना को सन्दर्भ अत्यन्त रोचक छ । तत्कालिन चिन का सम्राट को कान मा एउटा खबर पुगेछ - लाओत्सु ले सत्य को दर्शन गरेको भन्ने । सम्राट ले आफ्ना सैनिक लगाएर लाओत्सु लाई लिन पठाएछ्न र लाओत्सु लाई भनेछ्न: तिमी मेरो प्रजा हौ; तिमी ले सत्य को दर्शन गर्ने म सम्राट ले नगर्ने ? त्यसो हुँदा तिमी ले दर्शन गरेको सत्य मलाई पनि देखाउ, म तिमीलाई १ हप्ता को समय दिन्छु - १ हप्ता भित्र तिमीले मलाई सत्य को दर्शन गराएनौ भने तिमीलाई मृत्यु दन्ड हुन्छ । लाओत्सु आफ्नो आस्रम मा फर्के । सत्य लाई शब्द मा भन्नु सम्भव थिएन तर यो यथार्थ सम्राट बुझ्दैन थे ।
एकदिन अचानक लाओत्सु आफ्ना शिष्य हरु लाई समेत खबर नगरि आफ्नो आश्रम बाट बेपत्ता भए । सम्राट ले लाओत्सु लाई कुनै पनि हालत मा पक्रन आफ्ना सैनिक हरु लाई आदेश दिए र अन्तत चिन्- मङोलिया को सिमाना मा उनलाई पक्राउ गरियो । सत्य लाई व्यक्त गर्नु पर्ने सम्राट को ढिपी को अगाडी उनको केहि जोर चलेन र उनले "ताओ तेह चिङ" नामको ग्रन्थ को रचना गरे जुन हाल सम्म कै अद्भुत ग्रन्थ मध्य को मानिन्छ । यस ग्रन्थ को शुरुवात यस अद्भुत वाक्य बाट हुन्छ- " सत्य लाई शब्द मा व्यक्त गर्न सकिंदैन; सत्य लाई शब्द मा भन्ने बित्तिकै यो असत्य हुन्छ ।"
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: नेपाल प्रहरिले कुनै पनि घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा पदिय हैसियत अनुसार मापदण्ड लागू हुनेछ भ...
-
Author: Shantiman Shrestha: एउटा आशंका उठछ , त्रिभुवन विमानस्थलबाट गाएब भएको ३३ किलो सुन पनि हाम्रा सर्वहाराहरुले सुनको टुटि बनाउन ...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
Author: Shantiman Shrestha: संसारकै इतिहासमा बर्तमान सत्ताधारी शक्तिले जस्तो वेश्यावृत्ती पाराको अन्तर्राष्ट्रिय कुटनितिक निति अरु ...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
No comments:
Post a Comment