Tuesday, 6 February 2018
लाओत्सु र ताओ तेह चिङ
एकपटक लाओत्सु उपदेश दिंदै थिए आफ्ना शिष्य हरुलाई - उपदेश को क्रम मा उनि भन्दै थिए- मलाई कसैले हराउन सकेन । लाओत्सु बाट यो बाक्य निस्कने बित्तिकै श्रोता हरु को कान ठाडो भयो किन भने सबै जित्न चाहन्छ्न र जित्ने उपायको खोजी मा नै हामी मनुष्य हरु जीवन भर बिभिन्न ठाउँ मा बरालिन्छौ र गुरु को शरण जान पनि पछी पर्दैनौ । कुनै एक श्रोता ले सोध्यो: कसरी गुरु ? हामी पनि जित्न चाहन्छौ, हामी लाई पनि कसरी जित्न सकिन्छ भन्ने तरिका सिकाउनोस । लाओत्सु ले भन्यो: मुर्ख!! म यो भनिरहेको छैन कि मैले जितें । मैले भने, मलाई कसैले हराउन सकेन । मलाई आजसम्म कसैले हराउन सकेन किनकी मैले कहिल्यै जित्ने लालसा राखिन ।म कहिल्यै गरीब भइन किनकी मैले कहिल्यै पनि धनी हुने इछ्छा राखिन । मलाई कहिल्यै दु:ख भएन किनकी मलाई कहिल्यै सु:ख को चाहना भएन । भनिन्छ: कोही लाओत्सु संग लड्न आयो भने लाओत्सु लम्पसार परेर सुत्दथे रे । जित्न खोज्ने लाई जित्न पो मजा हुन्छ जसलाई जित्ने इच्छा नै हुँदैन उसलाई जितेर के मजा! लड्न आउने ब्यक्ती हार मानेर फर्कन्थे रे ! लाओत्सु भन्छ्न : दु: ख कहिं छँदै छैन- दु:ख को निर्माण सु:ख को चाहना ले गर्दा हुन्छ । हार त्यो ब्यक्ती को मात्र हुन्छ जो जित्न चाहन्छ्न ।
लाओत्सु का अनुसार मानव जाती को समस्या को मूल जड इछ्छा वा वासना हो । लाओत्सु द्वारा स्थापित आध्यात्मिक चिन्तन लाई ताओ दर्शन को नामले चिनिन्छ र ताओ दर्शन को प्रमुख ग्रन्थ " ताओ तेह चिङ्" हो । यस ग्रन्थ को रचना को सन्दर्भ अत्यन्त रोचक छ । तत्कालिन चिन का सम्राट को कान मा एउटा खबर पुगेछ - लाओत्सु ले सत्य को दर्शन गरेको भन्ने । सम्राट ले आफ्ना सैनिक लगाएर लाओत्सु लाई लिन पठाएछ्न र लाओत्सु लाई भनेछ्न: तिमी मेरो प्रजा हौ; तिमी ले सत्य को दर्शन गर्ने म सम्राट ले नगर्ने ? त्यसो हुँदा तिमी ले दर्शन गरेको सत्य मलाई पनि देखाउ, म तिमीलाई १ हप्ता को समय दिन्छु - १ हप्ता भित्र तिमीले मलाई सत्य को दर्शन गराएनौ भने तिमीलाई मृत्यु दन्ड हुन्छ । लाओत्सु आफ्नो आस्रम मा फर्के । सत्य लाई शब्द मा भन्नु सम्भव थिएन तर यो यथार्थ सम्राट बुझ्दैन थे ।
एकदिन अचानक लाओत्सु आफ्ना शिष्य हरु लाई समेत खबर नगरि आफ्नो आश्रम बाट बेपत्ता भए । सम्राट ले लाओत्सु लाई कुनै पनि हालत मा पक्रन आफ्ना सैनिक हरु लाई आदेश दिए र अन्तत चिन्- मङोलिया को सिमाना मा उनलाई पक्राउ गरियो । सत्य लाई व्यक्त गर्नु पर्ने सम्राट को ढिपी को अगाडी उनको केहि जोर चलेन र उनले "ताओ तेह चिङ" नामको ग्रन्थ को रचना गरे जुन हाल सम्म कै अद्भुत ग्रन्थ मध्य को मानिन्छ । यस ग्रन्थ को शुरुवात यस अद्भुत वाक्य बाट हुन्छ- " सत्य लाई शब्द मा व्यक्त गर्न सकिंदैन; सत्य लाई शब्द मा भन्ने बित्तिकै यो असत्य हुन्छ ।"
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: शायद भारतिय उप-महाद्दिपमा सबैभन्दा चर्चित र विवादास्पद ग्रन्थ होला "मनु स्मृती" ।...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: यस काश्यपी सृष्टिको प्रथम संदेशवाहक व्यक्तित्व देवर्षि नारद भन्ने वितिक्कै हाम्रो मनमस्तिष्कमा यताउति घुम्न...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
बामपंथी हरुले अहिले निकै उछाले को विषय हो , काँग्रेस ले उधोग कलकारखाना बेच्यो भन्ने - जहाँ सम्म उधोग बेचेको कुरा छ , के बिर्सनु हुँदैन भने त...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
राष्ट्र निर्माता पृथ्वीनारायण शाह को जन्मोत्सव मा एक दिन विदा मात्र होइन राजकीय रुपमा भव्य कार्यक्रम गरि मनाइनु पर्छ भन्ने मेरो माग छ। मार्क...
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
Author: Shantiman Shrestha: पश्चिम मा पछिल्ला केहि वर्ष मा लास लाइ गाड्नु ठिक कि जलाउनु ठिक भन्ने नयाँ वहस ले व्यापकता पाएको छ।आखिर ...
No comments:
Post a Comment