चैतन्य कृष्ण :
सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनको स्वागतमा संस्कृतमा मन्तव्य राखेका थिए । दक्षिण एसियाको प्राचीन भाषा जो यही बेवास्ताको सिकार बनिरहेको छ, त्यही भाषामा आफूलाई स्वागत गर्दा उनी खुसी मात्रै भएनन्, आश्चर्यमा समेत परे । राष्ट्रपति कलामले उनको संस्कृत भाषाको ज्ञानबारे चासो राख्दा पोपोलिसले जर्मनीमा विश्वविद्यालयमा अध्ययनताका ऐच्छिक भाषाको रूपमा संस्कृत पढेको र यसको गरिमाबारे दीक्षित भएको जवाफ दिएका थिए ।
अर्का सन्दर्भ, सन् २०१० अक्टोबर ३० मा भएको कमनवेल्थको उद्घाटन समारोहमा बेलायती महारानी एलिजाबेथ द्वितीया र तात्कालीन भारतीय राष्ट्रपति प्रतिभा पाटिलको उपस्थितिमा बेलायती बालबालिकाले संस्कृतमा बौद्धिक मन्त्रोच्चारण र स्तोत्र पाठ गरेका थिए । विश्व शान्ति, जगत् शान्तिको कामना गर्दै कैयौं मिनेट कोरस मिलाएर गरिएको पाठसमेत उनीहरूले कुनै सन्दर्भ समग्री या टिपोट हेरेनन् ।
यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन्, जसले युरोपमा संस्कृत आज पनि ओजपूर्ण र प्रभावी छ भन्ने झल्काउन । पंक्तिकारले अघिल्लो आलेखमा संस्कृत कसरी युरोपसम्म पुग्यो र त्यहाँको भाषा, संस्कृति तथा साहित्यलाई समृद्ध तुल्यायो भन्ने प्राचीन सन्दर्भ र पुनर्जागरणकालबारे विश्लेषणात्मक अवस्था प्रस्तुत गरेको थियो । यो आलेखमा संस्कृत भाषा किन मूल थलोमा खिइँदैछ र उता कसरी आकर्षक हुँदैछ भन्ने आयाममा केन्द्रित हुनेछ । आजको अत्याधुनिक डिजिटल दुनियाँ शून्यको आविस्कारको खेल हो । शून्य भनेको गणितको खेल हो । विज्ञान, प्रविधि, बैंकिङ, अणु, परमाणु, कम्प्युटर, स्याटलाइटदेखि दैनिक जीवनका हिसाबकिताब यही शून्यले नै धानेको छ । अंकगणितबाट शून्य निकालिदिने हो भने आधुनिक विज्ञान नै एकदेखि नौमा गएर टुंगिन्छ, त्यसभन्दाअघि बाटो नै भेटिँदैन । बृहदारण्यक उपनिषद्, ५-१-१ नै शून्यको आविस्कारको स्रोत हो । आर्यभट्टले यही एक मन्त्र 'ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पुर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णवेवा वशिष्यते ।।' बाटै शून्यको आविस्कार चौथो शताब्दीमा गरेका थिए । यो सूत्रको भावमै सम्पूर्ण ब्रह्माण्डको उत्पत्ति र सञ्चालन तथा विलय भाव सन्निहित छ । यसको अर्थ हो- 'त्यो(शक्ति) पूर्ण छ, यो जगत् पूर्ण छ र पूर्णबाट पूर्ण नै बन्छ । पूर्णबाट पूर्ण लिँदा पुनै नै शेष रहन्छ ।' पश्चिमाहरू भारत वर्षमा भएको शून्यको आविस्कारलाई गणित क्षेत्रमा भएको अभूतपूर्व खोजको संज्ञा दिन्छन् ।
कस्तो विडम्बना जतिबेला यहाँ सशस्त्र द्वन्द्वका क्रममा संस्कृत विश्वविद्यालयमा धावा बोलिँदै थियो, पुस्तकालय जलाइँदै थियो, पाठ्यक्रमबाट संस्कृत भाषा हटाइँदै थियो उता युरोप र अमेरिकामा धमाधम संस्कृत विद्यालय, महाविद्यालयहरू खुल्दै थिए । उनीहरूले यो शून्यको अर्थलाई निरपेक्ष नभई सापेक्षमा ग्रहण गरेर सूचना, प्रविधि, ज्ञानविज्ञानमा यो स्तरको प्रगति गर्न सफल भए । हामी र बाँकी विश्व यसलाई नै अनुशरण गरिरहेका छौं । 'पूर्वीय सभ्यता विश्वविख्यात विद्वान्हरूको दृष्टिकोण' मा भन्ने पुस्तकमा स्रष्टा सलील ज्ञवालीले अनुसन्धानपरक भएर यस्ता कैयौं ऐतिहासिक तथ्य उजागर गरेका छन्, जुन पुस्तक डा. गोविन्दराज भट्टराईको अनुवादमा नेपाली भाषामा समेत उपलब्ध छ ।
हालसालै प्रकाशित सुरेन्द्र गौतम र नवराज पनेरुको 'विज्ञानको नजरमा वेद र बाइबल' मा समेत कयौं शास्त्रका विषयलाई विज्ञानसम्मत ढंगबाट प्रस्तुत गरिएको छ । त्यसको मूल सन्दर्भबारे बेखबर हुँदा मात्रै हामीलाई हाम्रो वैभवबारे लघुताभाष भएको हो । त्यही पुस्तकमा उनीहरू लेख्छन्,' 'नेपालमा धर्मान्तरण गरेका इसाईहरू सत्यतथ्य बुझेर भन्दा पनि आफ्नो मूल धर्ममा भएको ज्ञानको खोजी नगरीकन बाइबलमा यिसुको १०-१२ पानाको महात्म्य पढेर नै गएका हुन् ।'' कस्तो विडम्बना ! यस्तै अज्ञानतामा फसेर हाम्रा युवा कहिले बन्दुक बोक्छन् त कहिले बाइबल ।हाम्रो वैभवबारे युरोपियन तथा अमेरिकी लगाव र रुझान देखेर हिन्दु विद्यापीठका प्रमुख डा. चिन्तामणि योगी लेख्छन्, "हामीले हाम्रो धर्मबारे जति जानेका छौं, जति बोलेका छौं र जति लेखेका छौं, त्योभन्दा बढी सायद पश्चिमेली विद्वान्ले लेखेका छन् ।'' संस्कृत कर्मकाण्डी र साँघुरो र 'लोपोन्मुख' भाषामा दरिनुमा लर्ड म्याकाले शिक्षा पद्धति र यसैलाई आदर्श मान्ने नवपठितका कारण मात्रै होइन, संस्कृतका उपासक ब्राह्मण, पण्डित, पुरोहित र धर्मभीरुहरूको निषेधकारी उर्दी पनि उत्तिकै जिम्मेवार छ । वेद, गीता र उपनिषद्को पहुँच र ज्ञानबाट कथित उपल्लो जातिले तल्लो जातिको दर्जा कायम गरेर मात्रै होइन, महिलाको लागिसमेत निषेधको फर्मान जारी गर्ने उपक्रम पनि यसको गरिमा खुम्च्याउनमा उत्तिकै जिम्मेवार छ । त्यसैले यो यताको संकीर्णता र उताको रणनीतिको कोपभाजन बन्नु भन्नुचाहिँ सन्तुलित र समष्टिगत होला ।
आफू सञ्चारमन्त्री भएका बेला प्रदिप नेपालले रेडियो नेपालबाट संस्कृत भाषामा दैनिक समाचार बुलेटिनको परिपाटीको थिति बसाले । तर बाहिरबाट मात्रै होइन, स्वयं पार्टीभित्रैबाट यसको तीव्र विरोधको सामना गर्नुपरेको उनको अनुभूति छ । पछि संस्कृत शिक्षा र भाषाको बहिष्कारको आवाजले यसको प्रसारण रोकेरै छोड्यो । धेरै कमलाई मात्रै जानकारी होला, दसकौं अघिदेखि जर्मनीको राष्ट्रिय रेडियोमा दैनिक एकपटक संस्कृत भाषामा बुलेटिन बजाइन्छ । संस्कृतमै लागेका भाषाशास्त्री तथा यसका विद्यार्थीबाहेकले संस्कृत नबुझे पनि यससँगको ऐतिहासिक सम्बन्ध बुझेर हो या अन्य केही कारणले जर्मनहरूले यसलाई सांकेतिक सन्देश दिन पनि संस्कृतमा बुलेटिन बजाउने गरेका छन् । जर्मनीमा किन अन्य मुलुकभन्दा बढी संस्कृतप्रतिको रुझान र झुकाव रह्यो भन्ने बारेमा त अघिल्लो आलेखमै लामो चर्चा गरिएको छ । दी इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार आजको अवस्था पनि रोचक र अनुकरणीय छ । आज जर्मनीमा मात्रै ३५ हजार संस्कृत भाषा विज्ञानका विद्यार्थी छन् । तुलनात्मक अवस्थाबारे भारतको पछिल्लो राष्ट्रिय जनमत सर्वेक्षणको रिपोर्ट हेर्दा सवा अर्ब जनसंख्या भएको भारतमा जम्मा १४ हजार एक सय ३५ जनाले मात्रै संस्कृत मृतभाषा भएको बताएका थिए । नेपालमा त यो भाषा एक सय २३ वटा मातृभाषाको सूचीमा समेत अटाएको छैन । यद्यपि भारतको उत्तराखण्ड राज्यको आठौं अनुसूचीमा भने संस्कृतलाई 'अफिसियल ल्यांग्वेज' को सूचीमा राखिएको छ ।
पुनर्जागरणकालमा युरोपमा नयाँ ज्ञान, नयाँ सभ्यता, नयाँ संस्कार तथा नयाँ भाषाप्रति कूतुहलता र आकर्षण बढ्यो । त्यसैले त्यसयता लगातार यसभित्रको ज्ञान र सौन्दर्य खोज्न उनीहरू कुनै न कुनै माध्यमबाट लागिरहेका छन् । युरोपमा संस्कृतको लोभलाग्दो लगाव भएको देश जर्मनी हो । हाडवर्ड, क्यालिफोर्निया, युनिभर्सिटी अफ वर्कलेमा संस्कृत पढाउने प्राध्यापकसमेत जर्मन नागरिक छन्, जसका सबैभन्दा सग्ला उदाहरण हुन् प्रोफेसर एक्सेल मिचेल । सन् २००० मा उनले युनिभर्सिटी अफ हिडेलवर्गअन्तर्गत साउथ एसिया इन्स्टिच्युट खोलेर संस्कृतमा अध्यापन गराउन थाले । अघिल्लो वर्ष हिडेलवर्गको साउथ एसिया इन्स्टिच्युटमा ३४ देशका दुई सय ५४ विद्यार्थी भर्ना भएका थिए । त्यसमा पनि सीमित कोटा भएकाले संसारभरका कैयौं अपिल रद्द गर्नुपरेको उनको अनुभव छ । शास्त्रीय सिद्धान्त संकायका प्रमुखले केही वर्षमै बन्द होला भन्ने ठानिएको संस्कृत यो विश्वविद्यालयमा मात्रै सीमित नरहेर जर्मनीका १४ वटा विश्वविद्यालयमा फैलियो । १४ अप्रिल सन् २०१५ मा डेलिमेल आदित्य घोषले गरेको रिपोर्टिङअनुसार स्विट्जरल्यान्ड, इटालीलगायतका देशमा समेत यो विश्वविद्यालयबाट सम्बन्धन लिएर संस्कृत पठनपाठन हुन थालिसकेको छ । प्रोफेसर मिचेल भन्छन्, ''संस्कृतलाई अमुख धर्म र मूल्य प्रणालीसँग मात्रै जोड्नु मूर्खताबाहेक केही होइन ।' संस्कृतको पठनपाठन सन् १७९० देखि नै औपचारिकरूपमा युरोपका विश्वविद्यालयमा हुन थालिसकेको विवरण त अघिल्लो आलेखमै उल्लेख भइसकेको छ । तर अविच्छिन्न रूपमा भने अमेरिकाको युनिभर्सिटी अफ सिकागोमा सन् १८९२ देखि आजसम्म संस्कृत भाषामा पठनपाठन भइरहेको छ । कतिपय तथ्य यस्ता हुन्छन्, जो थाहा पाउँदा पनि आश्चर्य लाग्न सक्छ । नेपालमा एक मात्र नेपाल संस्कृत विश्वविद्यालय र त्यसबाट सम्बन्धन प्राप्त गुरुकुल र कलेजमा र भारतमा ५४ वटा विश्वविद्यालयमा संस्कृत भाषा पढाइ हुन्छ भने त्योभन्दा बढी युरोप र अमेरिकामा हुन्छ । युरोपका सबै मुलुकमा गरी ४१ वटा विश्वविद्यालयमा संस्कृत भाषामा पठनपाठन हुन्छ । त्यसैगरी अमेरिकाका २२ वटा विश्वविद्यालयमा संस्कृत भाषा पढाइ हुन्छ भने अस्ट्रेलियाका तीन विश्वविद्यालय र क्यानडाको एउटा विश्वविद्यालयमा संस्कृत भाषामा पठनपाठन हुन्छ ।
संस्कृतबारे अघिल्लो आलेख अधिकाशंले अधिक रुचाए पनि कतिपय जिज्ञासुले तथ्यांक र नामसमेत उल्लेख गर्ने प्रतिक्रिया दिएकाले संस्कृत भाषामा पठनपाठन हुने विश्वविद्यालयका केही प्रतिनिधि नाम उल्लेख गर्नु आवश्यक होला । अस्ट्रेलियाको लो ट्रोवे युनिभर्सिटी, युनिभर्सिटी अफ सिड्नी, मोनस एसिया इन्स्टिच्युट तथा क्यानडाको युनिभर्सिटी अफ म्यानोटोवामा संस्कृत भाषामा पढाइ हुन्छ । त्यसैगरी युरोपका जुरिक युनिभर्सिटी, ओस्लो युनिभर्सिटी, लन्डन युनिभर्सिटी, अक्सफोर्ड युनिभर्सिटी, क्याब्रिज युनिभर्सिटी, हेम्वर्ग युनिभर्सिटी, फ्रेन्कफर्ट युनिभर्सिटी, भियना युनिर्भसिटीमा संस्कृत माध्यममा पनि पठनपाठन हुन्छ । उता अमेरिकामा भने अमेरिकन इन्स्टिच्युट अफ इन्डियन स्टडिज, युनिभर्सिटी अफ क्यालिफोर्निया, वर्कले, युनिभर्सिटी अफ सिकागो, कोलम्बिया युनिभर्सिटी, न्युयोर्क युनिभर्सिटी, हाडवर्ड युनिभर्सिटी, हिमालयन एकेडेमी, युनिभर्सिटी अफ टेक्सास अस्टिनमा संस्कृत भाषामा पठनपाठन हुन्छ ।
अन्त्यमा, कस्तो विडम्बना जतिबेला यहाँ सशस्त्र द्वन्द्वका क्रममा संस्कृत विश्वविद्यालयमा धावा बोलिँदै थियो, पुस्तकालय जलाइँदै थियो, पाठ्यक्रमबाट संस्कृत भाषा हटाइँदै थियो उता युरोप र अमेरिकामा धमाधम संस्कृत विद्यालय, महाविद्यालयहरू खुल्दै थिए । जतिबेला मुक्तिनाथ अधिकारीहरू संस्कृतको उज्यालो ज्योति छरेकै 'अपराध' मा रुखमा बाँधिएर मारिँदा यता जर्मन र अरू धमाधम संस्कृत छिचोल्दै यसको वैज्ञानिकता, दर्शन र गहिराइ बुझ्दै थिए । कसले अह्राएर यताकाहरू संस्कृत संवद्र्धकको हत्या गर्दै थिए अनि कुन प्रेरणाले उताकाहरू यसको गरिमा र ओज बुझ्दै थिए, बुझिनसक्नु छ ।

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment