Swami Ramananda:
हिन्दु धर्मशास्त्रमा ईन्द्र र देवता अनि अप्सरा र गन्धर्वहरुको चर्चासँगै जोडिएर आउने गर्दछ–सोमरस । केहि मानिसहरु, जो धार्मिक आस्थाका हिसाबले हिन्दु हुन् वा गैर हिन्दु हुन्, बडो सहज ढंगले भनिदिन्छन् कि सोमरस भनेको रक्सी हो ।
सोमरसमा दुई शब्द छन् । सोम र रस । सोम भनेको चन्द्रमा । रस भनेको पोषणयुक्त झोल पदार्थ । यसको अर्थ, चन्द्रमाले पृथ्वीमा रहेका विभिन्न औषधीजन्य वनस्पति तथा खाद्यान्नहरुमा पौष्टिकता भर्ने काम गर्दछन् र तिनै औषधीजन्य वनस्पति तथा खाद्यान्नको रसलाई सोमरस भनिन्छ । यो निकै नै पौष्टिक पेय पदार्थ हो ।
भागवत गीता अध्याय १५को श्लोक संख्या १३ मा स्पष्टसँग भनिएको छ कि म नै (परमेश्वर) रसस्वरुप चन्द्रमा भएर सम्पूर्ण औषधी तथा वनस्पतिहरुलाई पुष्ट गर्ने गर्दछु ।
तसर्थ, सोमरस भनेको रक्सी होईन । ऋग्वेदले शरीर तथा दिमागको अभ्यास गर्ने विद्वान तथा योध्दाहरुलाई सोमरस पिउ भनेको छ । सोमरसले मानिसलाई हष्टपुष्ट, दिर्घायु तथा बलियो बनाउँछ भनेको छ । अब आफैँ विचार गरौँ, यदि सोमरस भनेको रक्सी हो भने, ऋग्वेद तथा भागवत गीता जस्ता परमचेतनाले युक्त धर्मग्रन्थहरुले यसको औचित्यलाई प्रमाणित गर्दै परमेश्वरसँग किन जोड्थे होलान् ? के रक्सीले मानिसलाई हष्टपुष्ट, दिर्घायु र बलवान बनाउँछ ?
तसर्थ, हावा गफको पछाडि कोहि पनि नकुदौँ । बाईबलमा उल्लेख भएको दाखमद्यको अर्थ अंगुरको रक्सी नै हो ।

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment