Tuesday, 27 February 2018

विवेक औ विचार, ईश्वर को सन्दर्भमा



लेखक:
प्रवीण अधिकारी:
ईश्वरको विश्वासमै मानव जातिको प्रगति इतिहाँस टिकेको हुन्छ । यो विश्वाश हल्लिंदा मान्छे व्याकुल हुन्छ , विक्षुब्ध मन:स्थितिको हुन पुग्दछ । ईश्वर मानवीय चेतनाको त्यस्तो शक्ति हो जसले यस व्रह्मांड भित्रको हरेक चिजमा व्याप्त छ । उसको अगणित क्रिया-कलाप भित्र प्रकृतिको विश्व व्यवस्था संचालनको कार्य पर्दछ तर उ देखिन्नन् । यसरी नदेखिएकै कारण एउटा मान्छेले संधै प्रश्न गर्ने गर्दछ - ईश्वर के हो , कहाँ रहन्छन र कस्ता छन ?
     ईश्वरलाई हाम्रो षड् दर्शन तथा शास्त्रले यस जगत् को सृष्टि, स्थिति र संहारकर्ता, हाम्रो कर्मफलप्रदाता तथा यस दु:खमय जगत् बाट उद्धार गर्ने गुरु संग सम्वन्धित छ भन्न पुगेको देखिन्छ । न्यायवैशेषिकादि दर्शनले - "एको विभु: सर्वविद् एकबुद्धिसमाश्रय:। शाश्वत ईश्वराख्य:। प्रमाणमिष्टो जगतो विधाता स्वर्गापवर्गादि " भन्दछ । पातंजल योगशास्त्रले ईश्वरलाई परमगुरु या विश्वगुरु मान्दछ । मीमांसकहरुले ईश्वरको अस्तित्वलाई स्विकार्न सकेनन । वेदान्तले ईश्वर सगुण ब्रह्मको नामांतर हो भन्दै ब्रह्मलाई विशुद्ध चिदानंदस्वरूपमा निर्गुण छ भन्यो । शैवहरुले शिवलाई नित्यसिद्ध ईश्वर वा महेश्वर भन्न पुगे । वैष्णव संप्रदायका रामानुज मतमा ईश्वर चित् तथा अचित् दुई तत्व भन्दा बेग्लै हो भनियो । श्रीसंप्रदायले ईश्वरको पाँच रूप - पर, व्यूह, विभव, अंतर्यामी र अर्चावतार छ भन्न पुग्यो । गीताले ईश्वर पुरुषोत्तम वा उत्तम पुरुष हो भन्यो । चार्वाक, मीमांसक, जैन तथा बौद्धले ईश्वरतत्वलाई स्वीकारेनन् । यस्तो अवस्थामा , जसरी ईश्वर छ भन्नेकुरा कसैले प्रष्ट्याउन सक्तैन ,त्यसरी नै ईश्वर छैन भंनेकुरो पनि कसैले प्रमाणित गर्न सक्ने अवस्था छैन ।
हाम्रो सनातन जगत:
     "सर्वं खल्विदं ब्रह्म " " वासुदेवः सर्वम् " जस्ता वाक्यले ओतप्रोत रहेको छ । यी दुवै वाक्यलाई महावाक्यको स्वरुपमा स्वीकारिएको छ र यसको तार्किक व्याख्या गर्ने क्रममा , विगत र वर्तमानका धेरै सिद्ध पुरुषहरुले आ आफ्ना क्षमता अनुसार प्रमाणित गर्ने प्रयाश गरेका छन । यसको सूक्ष्म ,मार्मिक व्याख्या गर्ने क्रममा ती ज्ञानी जनले "' सर्वं खल्विदं ब्रह्म " भित्र भगवान् को निर्गुण-निराकर तत्व सर्वोपरी छ भन्दै त्यस वाक्य भित्र असत् को निषेध गरिएको छ भने भने , ' वासुदेवः सर्वम् ' मा सच्चिदानन्द परमात्माको सगुण-साकार तत्वको प्रधानता रहेको छ भनेर प्रष्ट्य़ाए । " वासुदेवः सर्वम् " भित्र क्यै कुरो निषेध गरिएको छैन । अब , हामीले परमात्मा निर्गुण छन कि निराकर छन वा सगुण छन कि साकार छन रस्सा कस्सि गर्नुको साटो ईश्वर हाम्रो भावना अनुरूप रहन्छन भन्न सक्यौं भने - " यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी " अर्थात जसको जस्तो भावना छ त्यस्तै पाउँछ वा सिद्धि हुन्छ भंनेकुरो बुझिनेछ, अस्तु :

सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts