Tuesday, 6 February 2018

कम्युनिस्ट एकाधिकारवाद को वास्तविकता

कार्ल मार्क्स ले धर्म अफिम हो भन्दै गर्दा उनि कहिल्यै पनि यहुदी धर्म को स्वार्थ विपरित गएनन ,कारण उनि यहुदी थिए , यहुदी धर्म लाइ सदा माया गरिरहे , अल्बर्ट आइन्सटाइन विश्वविख्यात महान बैज्ञानिक थिए , तर जत्तीसुकै भौतिकवादी भएपनी उनले जहिले पनि यहुदी धर्म को हित मा काम गरे , उनको केन्द्र नै यहुदी को हित र रक्षा रह्यो । नेपाल का धुपौरे कम्युनिस्ट हरु मार्क्स को दास क्यापिटल को केहि हरफ रटेर , धर्म अफिम हो भन्दै आफ्नै पू्र्खा को गौरवमय संस्कृति सिध्याउन तिर लागे ...गाइ काटन थाले , गाइ खानु अधिकार हो रे ....!!!! संस्कृत बाहुन भाषा हो रे ... कम्युनिस्ट ले पिन्ड लडाउदैन रे ...!!!किरिया वस्नु कम्युनिस्ट निति विपरित रे...!!! थुइक्क लाजमर्दो !!! मन्छे या त कम्युनिस्ट हुन सक्छ या त धार्मिक हुन सक्छ - दुबै हुनु भनेको हिजडा हुनु हो , यदि कोहि आफुलाइ धार्मिक ठान्छ र कम्युनिस्ट हुँ भन्छ भने न त उ पक्का कम्युनिस्ट हुन सक्छ न त पक्का धार्मिक , दुइ ओटा डुंगाम मा पाइला टेकेर पार लाग्दैन !!! के हो मार्क्सवादी दर्शन को मुल कडि ?? मार्क्स ले "धर्म अफिम को नशा हो " - भनेका छन , मार्क्स ले धर्म अफिम को नशा भन्नु को मुल कारण के हो ? उनले धर्म लाइ अफिम किन भने ?? यो बुझ्न प्रथमतः अफिम शब्द को ठिक अर्थ बुझ्नु अनिवार्य हुन्छ - यो शब्द कुन भाषा बाट व्युत्पन्न भएको हो र यसको खास अर्थ के हो ??? नेपाल का कम्युनिस्ट दर्शन को पिता भनेर चिनिने मोहन विक्रम सिंह , अहिले का चर्चित युवा कम्युनिस्ट विष्लेशक घनश्याम भुषाल , बाम बुद्धिजिवी मानिने श्याम श्रेष्ठ , मल्ल के.सुन्दर , खगेन्द्र संग्रौला लगाएत कम्युनिस्ट विचारधारा अनुसार को व्यवस्था ल्याउन हिंसात्मक आन्दोलन गर्ने पुषपकमल दाहाल , ओलि वा माधव नेपाल लाइ समेत शायद अफिम शब्द को ठिक अर्थ को जानकारी नहोला। मलाइ लाग्छ अफिम शब्द को ठिक अर्थ बुझ्ने र गहिराइ मा विश्लेषण गर्न सक्ने व्यक्ती कम्युनिस्ट हुनु असम्भव छ , पुर्विय दर्शन र पाश्चात्य दर्शन तथा चिन्तन पद्धति को गहन तुलनात्मक अध्यन नगरी "धर्म अफिम हो" भन्ने मार्क्स को धारणा को मर्म र अर्थ वुझ्न सकिंदैन , पश्चिमा समाज को जुन चिन्तन पद्धती र विचारधारा को कारण मार्क्स ले धर्म लाइ अफिम मानेका थिए; पुर्विय संस्कृति र चिन्तन पद्धति त्यसको ठिक विपरित हो भन्ने तथ्य न त कार्ल मार्क्स ले बुझे न त नेपालका तथाकथित कम्युनिस्टहरु ले , कार्ल मार्क्स लाइ धर्म को नाम मा केवल पश्चिम का तिन धर्महरु ईसाइ , ईस्लाम र यहुदी को वारे जानकारी थियो तर उनलाइ पुर्वका धर्म तथा दर्शन हरु हिन्दु , बौद्ध , जैन , शिख , ताओ , झेन , तन्त्र , योग को वारे रत्तिभर जानकारी थिएन।अब यि धार्मिक सम्प्रदाय अन्तर्गत का कोहि व्यक्ति आफुलाइ कम्युनिस्ट भन्छ भने त्यो आफ्नै मुल धर्म तथा दर्शन प्रती को अज्ञानता को प्रमाण हो । मार्क्सवादी दर्शन पुर्णत भौतिकवादी दर्शन हो , भौतिकवाद ले भन्छ पदार्थ नै एकमात्र सत्य हो , पुर्विय अध्यात्म ले भन्छ परमात्मा वा चेतना नै सत्य हो ,यि दुइ दर्शन विच कहाँ मेल खान्छ ? मार्क्सवादी चिन्तन को धोती खुस्केको विश्व ले चाल पायो तर नेपाल का ढोंगी कम्युनिस्ट हरु वैचारिक रुपले मरिसकेको मार्क्सवादी चिन्तन को सिनो बोकेर हिड्नु ताज्जुवपुर्ण स्थिति हो । आधुनिक भौतिक बिज्ञान पदार्थ को खोज को शिखर चुम्दै गर्दा के भन्छ पदार्थ को बारेमा ?? लाग्छ ,यस बारेमा नेपाल का कम्युनिष्ट हरु पुर्ण अनभिज्ञ छन । जबकी ३० वर्ष अघि नै भौतिक बैज्ञानिक हरु यो निष्कर्ष मा पुगि सके कि दुनिया मा ठोस भन्ने चिज , स्थिर भन्ने र पदार्थ भन्ने चिज को अस्तित्व नै छैन , बिज्ञान ले बुझ्यो , ब्रम्हशुत्र को भाष्य लेख्ने क्रम मा आदि शंकराचार्य ले जगत माया हो किन भने ! माया को अर्थ हुन्छ भ्रम । बैज्ञानिक हरु पदार्थ को खोज गर्ने क्रममा अणु परमाणु टुक्राउदै जाँदा अन्तिम बिन्दु मा पुग्दा सम्म त्यहाँ पदार्थ, ठोस र स्थिर चिज को अस्तित्व थिएन , हामिले देख्ने पदार्थ त केवल विधुतिय उर्जा को विस्तार रहेछ (जसलाइ हिन्दु दर्शन ॐ को ध्वोनी को विस्तार भन्छ ) जसको तिब्र गतिको प्रवाह लाइ हाम्रो आँखा ले ठम्याउन नसक्दा यसलाइ हामिले पदार्थ , ठोस वा स्थिर देखेका रहेछौ । सिलिङ फ्यान मा तिन ओटा पखेटा हुन्छन , तर पंखा मा बिधुत सप्लाइ गरेर घुमाए पछि यो गोलो देखिन्छ कसरी ? अब प्रती सेकेन्ड लाखौं RPM को दरले पंखा घुमाउने हो भने के हुन्छ??? बिज्ञान ले भन्छ , उक्त पंखा मा बस्न मिल्छ , खान मिल्छ , पानी राख्न मिल्छ , चुहुदैन ! स्थिर चित्र लाइ प्रती सेकेन्ड ४० ओटा चित्र परिवर्तन गर्दा गतिशील दृश्य देखिन्छ , टेलिभिजन आखिर यहि हो , यो धर्ती का सम्पुर्ण पदार्थ यस्तै हुन । मार्क्सवादी दर्शन लाइ कम्युनिस्ट हरु बैज्ञानिक समाजवाद भन्छन तर यो जस्तो अवैज्ञानिक दर्शन दुनिया मा दोस्रो छैन । गाँस , बाँस र कपास नै प्रमुख आवश्यकता हो र यि चिज को प्राप्ती पछि जिवन पुर्ण हुन्छ भन्ने चिन्तन मार्क्स को छ , तर प्रेम आवस्यक हो कि होइन ??? एउटा व्यक्ती लाइ गाँस , वाँस र कपास यथेष्ट छ तर उसलाइ प्रेम को अभाव छ भने उसलाइ जिउन सहज होला ?? आत्महत्या गर्ने हरु अधिकांस प्रेम को अभाव ले आत्महत्या गर्छन कि गाँस , बाँस र कपास को अभाव ले??? सेक्स आवस्यक हो कि होइन ?? मार्क्स को बिचार जन्मनु अघि मार्क्स को भौतिक शरिर को जन्म भएको हो अनि मार्क्स को जन्म कसरी भयो ??? जिवन को अनिवार्य पक्ष लाइ वेवास्ता गरेर कुनै दर्शन बैज्ञानिक र पुर्ण कसरी हुन्छ ?? कम्युनिस्ट हरु लाइ प्रेम र सेक्स अत्यावश्यक हो कि होइन ??? भन्ने गरिन्छ , संसार मा सबै भन्दा पतन मा झरेको दर्शन कम्युनिष्ट दर्शन हो । कम्युनिष्ट हरु ईश्वर मा आस्था राख्दैनन । साँस्कृतिक क्रान्ती को नाम मा चिन मा माओ ले लाखौं बौद्ध गुम्बाहरु नष्ट गरेको सर्बविदित छ । एकपटक पश्चिम बंगाल मा यस्तो भएछ । पश्चिम बंगाल मा बामपन्थी शासनकाल मा एकजना कम्युनिष्ट मन्त्री काली मन्दिर को दर्शन गर्न गएछ । कम्युनिष्ट भएर मन्दिर को दर्शन गर्न गएको भन्दै पार्टी कार्यकर्ता र अरु नेता हरु उनि माथी अनुशासन को कार्यवाही हुनु पर्ने माग गर्दै पार्टी प्रमुख तथा मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य समक्ष ज्ञापनपत्र बुझाउन गएछ्न । भट्टाचार्य ले भनेछ्न्;"हे ईश्वर !! ति मन्त्री लाई माफ गर ।" भाट्टाचार्य को मुख बाट यती कुरा के फुस्केको थियो अब पार्टी कार्यकर्ता र अरु नेता हरु कम्युनिष्ट पार्टी को प्रमुझ भएर ईश्वर को नाम लिने ? भन्दै भट्टाचार्य कै राजिनामा मागेछ्न । त्यस पछी पश्चिम बंगाल को कम्युनिष्ट पार्टी को पोलिट्व्युरो को बैठक ले निर्णय गर्‍यो कम्युनिष्ट पार्टी का कुनै पनि सदस्य हरु मन्दिर्,मस्जिद् वा चर्च को दर्शन गर्न छुट छ । यसरि पश्चिम बंगाल का मार्क्सवादी हरु ले आफ्ना गुरु कार्ल मार्क्स कै विचार कै धज्जी उडाए । कम्युनिस्टहरु को तानाशाही मनोवृत्ती र कुकृत्य को कथा धेरै लामो हुन्छ।भनिन्छ जोसेफ स्टालिन को शासनकाल मा तत्कालिन सोभियत रुस मा २ करोड भन्दा बढी नागरिक हरु को नरसंहार भएको थियो; उनले कम्युनिष्ट पार्टी का आफ्नै सहकर्मिहरु र १५ जना भन्दा बढी पोलिट्ब्यूरो सदस्य हरु लाई समेत जिउँदो छोडेनन ;अरु त अरु उनले आफ्नै छोरी ज्वाइँ लाई समेत बाँकी राखेनन फलत उनको छोरी स्वेतलाना रुसी नागरिकता परित्याग गरी अमेरिका पलायन भइन र अमेरिकि नागरिकता ग्रहण गरी आजीवन त्यतै वसिन । स्टालिन को शासनकाल लाई रुसी इतिहास मा चर्को दमन र व्यापक नरसंहार को शासनकाल मानिन्छ ; यती हुँदाहुँदै पनि उनको आलोचना गर्ने हिम्मत कसैले गर्दैन थे किनकी यसको सिधा अर्थ हुन्थ्यो मृत्यु लाई आमन्त्रण गर्नु । । अन्तत मार्च ५ , १९५३ मा हृदयघात को कारण उनको मृत्यु भयो । स्टालिन को मृत्यु पछी निकिता खुस्च्रेव उनका उत्तरअधिकारी घोसित भए र स्वभाविक रुपले रुस को सम्पुर्ण शक्ती हात पारे । रुस तथा रुसी कम्युनिष्ट पार्टी को सम्पुर्ण शक्ती प्राप्त गरे पछी कम्युनिष्ट पार्टी को पहिलो सम्मेलन लाई सम्बोधन गर्दै खुस्च्रेव ले स्टालिन लाई गद्दार्; तानाशाह; हिंस्रक्; संशोधन वादी इत्यादी भनेर आलोचना गरे । स्टालिन प्रतिको खुस्च्रेव को धारणा सुनेर पार्टी नेता तथा कार्यकर्ता हरु अचम्मित थिए किनकी स्टालिन को २९ वर्ष लामो शासनकाल मा खुस्च्रेव नै स्टालिन का सबै भन्दा बढी विस्वासिला; वफादार र नजिक का मानिन्थे । त्यसैले कार्यक्रम भइ रहेको हल बाट कसैले खुस्च्रेव लाई शोध्यो; कमरेड!!! त्यतिबेला तपाइले के हेरेर बसिरहनु भएको थियो ? यो सुनेर खुस्च्रेव ले कड्किदै भने; यो प्रश्न गर्ने कमरेड को हो ? हल मा अचानक सन्नटा छायो । उनले फेरी कड्किदै भने; म फेरी सोध्दै छु यो प्रश्न गर्ने कमरेड को हो ? हल मा अझ बढी सन्नटा छायो तर कसैको उत्तर आएन । उनले क्रुद्द मुद्रा मा फेरी भने; म अन्तिम पल्ट सोध्दै छु कि यो प्रश्न गर्ने कमरेड को हो ? हल मा यस्तो सन्नटा छायो मानौं कि त्यहाँ एउटा सियो खसे पनि आवाज सुनिन्छ । त्यसपछी खुस्च्रेव ले नरम स्वर मा मन्द मुस्कान छर्दै भने;"प्रिय कमरेड हरु!!! म पनि त्यतिबेला त्यही हेरेर बसिरहेको थिएँ जस्तो तपाईहरुले अहिले हेरेर बसिरहनु भएको छ ।"

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts