Tuesday, 6 February 2018
ईश्वर को सृष्टी , परिणाम र मन्छे
भनिन्छ ; ईश्वर ले सृष्टी को रचना गरिसके पछी जिव र प्राणी हरुको पनि रचना गर्नु भो । ईस्वर यती ले मात्र सन्तुष्ट हुनुभएन र विश्व कै सवै भन्दा उत्कृष्ट ; बुद्धिमानी र सुन्दर प्राणी को रचना गर्ने विचार गर्नुभएछ परिणाम स्वरुप मान्छे भन्ने प्राणीको रचना भएछ । मान्छे को रचना गर्न सफल भए पछी ईस्वर लाई उत्कृष्ट प्राणी को रचना गर्न सकेको मा गर्व को अनुभुती गर्नु भएछ । तर विडम्वना , ईस्वर लाई लागेको गर्व को अनुभुती धेरै दिन टिकेनछ किनकी ईस्वर को दरवार मा २४ सै घन्टा मान्छे हरु को भिड लाग्न शुरु भएछ । ~ प्रत्यक मान्छे को एउटा-एउटा सिकायत थियो । कोही गएर इश्वर लाई भन्थ्यो "हामिलाई किन हात्ती भन्दा ठुलो नवनाको ?" ; कोही भन्थ्यो "चरा लाई उड्न सक्ने वनाउने हामी मान्छेलाई नवनाउने ? " ; अर्को थरि भन्थ्यो, "माछा पानी मा तैरन सक्ने हामी मान्छे पानी मा डुबे पछी मर्नु पर्ने ? ; स्त्री हरुको आफ्नै गुनासो थियो, " हामिले नौ नौ महिना पेट बोक्ने ठेक्का लिनु पर्ने ?" कस्तो प्राणी को रचना गरिएछ ? आफै प्रती धिक्कार्दै अन्तत मान्छे जाती सँग नसकिने भो भन्ठानी आजित भएर मान्छे जाती बाटै टाढा भाग्ने फैसला गर्नुभएछ ।
ईश्वर ले यस्तो ठाउमा गएर लुक्ने बिचार गर्नुभएछ जहाँ मान्छे कहील्यै पुग्न नसकोस र उनलाई नदेखोस । ईश्वर ले भारदारी सभा बोलाउनु भो , कहाँ गएर लुक्दा मान्छे भन्ने प्राणी ले भेट्टाउदैनन भन्ने जानकारी लिन र छलफल गर्न । एक थरिले सुझायो - समुन्द्र मुनी गएर लुक्दा मान्छे ले नभेट्टाउलान , तर अर्को थरि ले प्रतिवाद गर्दै भन्यो " होइन मान्छे हरु ले पनडुब्बी बनाउछ्न र ईश्वर लाई भेट्छन ।" एकजना ले बुद्धी खियायो ,"चन्द्रमा मा गएर लुके उचित हुन्छ ।" तर अर्को एक जना ले तर्क गर्दै भन्यो " मान्छे ले रकेट बनाएर निल आर्मस्ट्रङ जस्ता लाई पठाउछ्न ।" अर्को एक जना ले भन्यो "सबै भन्दा अग्लो पहाड सगरमाथा को चुचुरो मा लुके बुद्धिमानी हुन्छ " , तर यो जुक्ती को खिल्ली उडाउदै अर्को ले भन्यो " मान्छे हरु ले हिलारी र तेन्जिङ नोर्गे लाई सगरमाथा मा पुराउने छ्न ।" यस पछी ईश्वर आफैले सोध्नु भो "मंगल ग्रह मा गएर लुक्दा कसो होला ? " एक जना तन्नेरी भारदार ले भन्यो " हुँदैन ; मान्छे हरुले अन्तरिक्ष यान बनाएर त्यहाँ पनि पुग्छ्न ।
भारदारी सभा कुनै निस्कर्ष मा पुग्न सकेन र अन्त्यमा ईश्वर ले अन्तिम उपायको रुपमा एक जना बुढो जो अनुभवी , पाको र बुझक्कड थियो ; लाई सोध्नु भो कहाँ गएर लुक्दा बुद्दिमानी होला ? बुढाले ले ईश्वर को कानमा फुस्फुसाउदै भनेछ्न ; " यो मान्छे भन्ने धुर्त प्राणी ले तपाईं जहाँ लुके पनि भेट्टाउछ्न र हैरान पार्छन ; भविश्य मा यिनी हरु ले स्याटेलाईट पनि बनाउदै छन , मान्छे ले नभेट्टाउने एउटै स्थान छ - त्यो हो , तपाइ मान्छे कै भित्र गएर लुक्नु ; मान्छे बाठो बन्दै तपाईं लाई जहाँ सुकै खोज्दै हिँड्छ तर आफै भित्र खोज्दैन अनि तपाइलाई भेट्टाउने कुरै हुँदैन ।"
ईश्वर लाई यो जुक्ती उचित लागेछ र भनिन्छ कि त्यसपछी ईश्वर मान्छे भित्रै बस्न शुरु गर्नु भो ; मान्छे हरु ईश्वर खोज्न गया ; काशी ; मक्का ; जेरुशेलम ; हरिद्द्वार ; ऋषिकेश दौडन थाले तर कसैले पनि ईश्वर लाई भेट्न सकेन ।
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
B: Swami Ramananda: हिन्दु धर्मशास्त्रमा ईन्द्र र देवता अनि अप्सरा र गन्धर्वहरुको चर्चासँगै जोडिएर आउने गर्दछ– सोमरस । केहि म...
-
Author: Shantiman Shrestha गत वर्ष तत्कालिन पर्यटन मन्त्री आनन्द पोख्रेल ले नग्गा बाबा हरुलाइ पशुपतिनाथ परिसर मा निषेध गर्नुपर्छ भन्...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
लेखक: निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. : ‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्या...
No comments:
Post a Comment