Wednesday, 14 March 2018

पश्चिमी सम्पन्नताको राज

Author:
Shantiman Shrestha:

विश्वविख्यात फोर्ड मोटर कन्पनीका मालिक हेनरी फोर्ड ले एकपटक एउटा अदभुत र रहश्यमय वाक्य ओकल्दै भनेका छन ,"धन्य मान्नुपर्छ कि आम मानिसलाइ हाम्रो बैंकिङ सिस्टमको बारे रत्तिभर जानकारी छैन, यदि आम मानिसहरुले बैंकिङ सिस्टमको बारे चाल पाए भने या त पागल हुन्छन या त घरमा जे जस्तो हतियार छ :लिएर सडकमा निस्कन्छन ।"

लामो समयदेखि आम नेपालीको मस्तिष्क मा एउटा भ्रमपुर्ण र खतरनाक जालो घुसाइएको छ - तिमीहरु हिन्दू; बौद्ध , किराँत होउ त्यसैले गरिब छौ - हेर हामी पश्चिमीहरु धनी छौं किनकी हामी ईसाइ हौं। डलरे चिन्तन बोकेका कुलंगार हरुको तर्क यस्तै हुनेगर्छ - हिन्दु , बौद्ध ,किराँत ठिक हो भने नेपाल किन गरिब भयो ??? ईसाइ बेठिक हो भने युरोप र अमेरिका किन धनी भयो ?
     नेपालीहरुको लाटो बुद्धीले पनि यहि ठान्छ अनि हो क्यार..... !!! भन्ठान्छ ....अनि सहजरुपले भ्रमित पारिन्छ । अधिकांसलाइ वास्तविक तथ्य थाहा हुँदैन बास्तबमै कुनै देश अति गरिब किन हुन्छ र कुनै देश अति धनी किन हुन्छ !
     विश्व बैंकको मौद्रिक नितिको बारे थोरै भएपनी गहनपुर्वक नियाल्ने हो भने फोर्डको उक्त भनाइमा भयानक रहस्य लुकेको प्रतीत हुन्छ।
     एउटा ज्वलन्त प्रश्न खडा हुन्छ : के हामी सँधै यस्तै गरिब थियौं त ? र युरोप - अमेरिका यस्तै धनी थिए त ??? अधिकांसलाइ यस्तै लाग्नसक्छ तर तथ्य ठिक बिपरित छ । यस विषयलाइ विस्तृतमा चर्चा गर्दा यो आलेख धेरै लामो हुन जान्छ - धेरै मित्रहरुबाट गुनासो सुनियो - आलेख लामो भयो - फेरि अप्ठेरो के भने आलेखलाइ छोट्याउने प्रयत्न गर्दा आलेख लंगडो हुने अनि आफैलाइ चित्त नबुझ्ने । यसर्थ आलेखलाइ श्रुखंलाको रुपमा लेख्ने बिचार गरें ।
(१.)

द्दितिय विश्वयुद्ध अघि र पछिको युरोप- अमेरिका :

दोस्रो विश्वयुद्ध पछि अर्थात सन १९४५ पछि युरोप र अमेरिकाको प्रतिव्यक्ति आयमा ह्जारौं प्रतिशतले वृद्धि भएको छ ।

     धेरैलाइ यो सुन्दा ताज्जुब लाग्ला: दोस्रो विश्वयुद्ध पछि अर्थात सन १९४५ पछि युरोप र अमेरिकाको प्रतिव्यक्ति आयमा ह्जारौं प्रतिशतले वृद्धि भएको छ । फेरि दोहोर्याएँ - हजारौ प्रतिशत !!! दोस्रो विश्वयुद्ध अघि विश्वमा अहिलेको जस्तो आर्थिक विषमता थिएन । डलरको तुलनामा नेपाली वा भारतिय रुपैयाँ को यस्तो अवमूल्यन थिएन ।
अब एकसाथ दुई प्रश्न खडा हुन्छ :
क.- दोस्रो विश्वयुद्ध पछि अमेरिका र युरोप को प्रतिव्यक्ति आयमा हजारौं प्रतिशतले वृद्धि कसरी भयो ?
ख.- दोस्रो विश्वयुद्ध पछि नेपाली रुपैयाँको अवमुल्यन कसरी बढ्दै गयो ।

प्रथम र दोस्रो विश्वयुद्धमा अमेरिका लाई लाभ :

     प्रथम र दोस्रो विश्वयुद्धको कारण सारा देशले क्षति व्यहोर्नु पर्यो - यी युद्ध बाट लाभ भएको एउटै देश थियो अमेरिका किनकी यी दुबै युद्ध अमेरिकाको भुमी बाहिर भएको थियो । दुबै युद्धमा युरोप तबाह भएको थियो , करोडौं मानिस मारिएका थिए युरोपमा मात्र ।
    प्रथम विश्वयुद्ध पछि शक्तिशाली र सम्पन्न भएको अमेरिका दोस्रो विश्वयुद्ध पछि त झन सर्वशक्तिमान र सबभन्दा सम्पन्न हुन पुगेको थियो ।
     पुरै युरोप , एशिया , अफ्रिका र अरब जगत युद्ध र बिध्वसंमा जाकिंदैगर्दा अमेरिका पुर्णत चोखो रह्यो - यी दुबै युद्ध बाट सबभन्दा बढी लाभ अमेरिका लाई भयो क्षति बाँकी विश्वलाइ ।

युद्धभुमि आफ्नो नहुनु र अन्यत्र हुनुको लाभांस अहिले अमेरिका र युरोपले बाँडिचुडी लिइरहेको छ - हतियार बिक्री बाट खरबौं डलर कमाइरहेका छन नत्र गरिबी ले पराकाष्ठ नाघेर ; भोकमरी लागेर अनि अन्न को गेडा देख्न नपाउने र एउटा मकै को घोंघा को लागि मन्छे मार्न उद्यत रहने सोमालियन वा सुडानी हरुको प्रत्यक घर मा AK47 राइफल कसरी पुग्छ ???


     दोस्रो विश्वयुद्धको सन्दर्भमा रोचक तथ्य छ । त्यो बेला दुई धुरिका राष्ट्रहरु थिए मित्रराष्ट्र अर्थात बेलायत , अमेरिका , फ्रान्स र सोभियत रुस अनि शत्रु राष्ट्र अर्थात जर्मन , जापान र ईटाली । अमेरिका मित्रराष्ट्रको पक्षमा लडेको थियो तर ताज्जुबलाग्दो तथ्य !!!! जर्मन र फ्रान्स वा जर्मन र बेलायत परम शत्रु थिए तर अमेरिका ले जर्मन र फ्रान्स वा बेलायत दुबैलाइ हतियार बेचेको थियो ।
    हिटलर अमेरिका बाट किनेको हतियार ले फ्रान्स सँग लडेको थियो - फ्रान्स अमेरिका बाट किनेको हतियार ले हिटलर सँग लडेको थियो । अर्थात अमेरिकाले शत्रुराष्ट्र र मित्रराष्ट्र दुबैलाइ हतियार बेचेर मालामाल भएको थियो ।
युद्ध नै नभएपछि प्रथम र दोस्रो विश्वयुद्धको क्रममा खरबौं डलरको लागतमा खोलिएका हतियार कारखाना स्वभावतः बेकाम हुनेभए - परिणामस्वरुप पश्चिम ले नयाँ युद्धभुमी पहिल्याउन वा तयार गर्न खोज्यो जसको चपेटामा एशिया ,अफ्रिका, अरबका राष्ट्रहरु परे - र अहिलेसम्म पनि पर्दैछ। नेपाल समेत पश्चिमको युद्धकारी खुराफाती नितिको सिकार भयो र हजारौंले ज्यान गुमाए।

     ईतिहासकार अनुसार दोस्रो विश्वयुद्ध को क्रममा युरोपमा कमसेकम डेढकरोड मानिस मारिएका थिए। पुरै युरोप बिध्वसं मा जाकिएको थियो तर अमेरिका सबभन्दा शक्तिशाली र सम्पन्न मुलुक को रुपमा दरिन पुग्यो - उसको सम्पन्नताको रहश्य युरोपिय देशहरुले बुझे - युद्ध युरोप , एशिया वा अरबको भुमीमा भयो अमेरिकाको भुमीमा भएन । युरोपको यो बुझाइ पछि युरोपिय देशहरुले आपसमा सम्झौता गरे "युरोपको भुमिमा युद्ध नगर्ने" ; यहि कारण हो सन १९४५ पछि युरोपको भुमीमा एउटापनि युद्ध भएको छैन जबकी दोस्रो विश्वयुद्ध पछि विश्वमा ३६० भन्दा बढी युद्ध भैसकेको छ र यी सबै युद्ध अमेरिका र युरोप को भुमी बाहिर भएको छ ।
     युद्ध नै नभएपछि प्रथम र दोस्रो विश्वयुद्धको क्रममा खरबौं डलरको लागतमा खोलिएका हतियार कारखाना स्वभावतः बेकाम हुनेभए - परिणामस्वरुप पश्चिम ले नयाँ युद्धभुमी पहिल्याउन वा तयार गर्न खोज्यो जसको चपेटामा एशिया ,अफ्रिका, अरबका राष्ट्रहरु परे - र अहिलेसम्म पनि पर्दैछ। नेपाल समेत पश्चिमको युद्धकारी खुराफाती नितिको सिकार भयो र हजारौंले ज्यान गुमाए।
     युद्धभुमि आफ्नो नहुनु र अन्यत्र हुनुको लाभांस अहिले अमेरिका र युरोपले बाँडिचुडी लिइरहेको छ - हतियार बिक्री बाट खरबौं डलर कमाइरहेका छन नत्र गरिबी ले पराकाष्ठ नाघेर ; भोकमरी लागेर अनि अन्न को गेडा देख्न नपाउने र एउटा मकै को घोंघा को लागि मन्छे मार्न उद्यत रहने सोमालियन वा सुडानी हरुको प्रत्यक घर मा AK47 राइफल कसरी पुग्छ ??

तस्बिर आफैं बोल्छ :एक अफ़्रिकि गरिब नागरिकको काँधमा AK47 राइफल

     बिद्रोहीलाइ हतियार भिडाएर सरकार लाई अत्ताउने र खरबौंको हतियार बेच्ने पश्चिमीहरुको खुराफाती दिमाग को प्रशंसा गर्नैपर्छ ।
इरान - इराक १० वर्षे युद्धको अन्तर्कथा :

     अमेरिका र युरोप ले हतियार बेचेर आफ्नो कथित सम्पन्नता कायम राख्न युद्धभुमि सिर्जना गर्ने क्रममा कतिसम्मको घटिया र निच रणनीति अख्तियार गर्न सक्छ भन्ने एउटा ज्वलन्त उदाहरण इरान - इराक दस वर्षे युद्ध हो ।
     अमेरिकि खुफिया एजेन्सी CIA ले सन 1979 जुलाइ 16 मा अमेरिकाको अत्याधिक चर्चित अखबार The Washington Post को फ्रन्ट पेजमा एउटा खबर छपायो : "ईरान-इराकको सिमामा अवस्थित "शत अल अरब " भन्ने स्थानको जमिन मुनि तेलको अथाह भन्डार छ।" यो खबरको श्रोत उल्लेख गर्दै The Washington Post ले भनेको थियो :" अमेरिकाको अत्याधुनिक सेटेलाइटको मद्दतले तेलकुवा पत्ता लगाइएको हो ।
     जब यो खबर छापियो , त्यसपछि ईरान र इराक दुबैले "शत अल अरब " को सम्प्रभुता माथी आफ्नो दाबी गर्न थाल्यो । जब दुई देश बिचको बिबाद उत्कर्षमा पुग्यो , यो बिबाद "संयुक्त राष्ट्र संघ" को महासभा मा पुग्यो । अमेरिकाको योजना मुताबिक चल्ने "संयुक्त राष्ट्र संघ" ले अमेरिका कै रणनिती अनुरुप लामो समय सम्म यो बिबादको कुनै फैसला गरेन किनकी युद्धको माहौल बनाउनु थियो ।
अमेरिका र सद्दाम हुसैन को सम्बन्ध :

     इराकमा अमेरिकाले पालेर राखेको एउटा राजनितिक दल थियो "बाथ पार्टी" जसको मुखिया सद्दाम हुसैन थिए। बास्तबमा सद्दाम हुसैनलाई चर्चित नेता बनाउने नै अमेरिका थियो - उनी कानुनका सामान्य विद्यार्थी थिए । अमेरिकाले फन्डिङ गरेका इराकी समाचारपत्रमा सद्दाम हुसैनको बारे राम्रा राम्रा सामाग्री छपाएर उनलाइ छोटो समय मै चर्चित बनाइएको थियो । यथार्थमा उनी CIA को प्रयोगशाला बाट योजनाबद्ध तरिकाले तयार गरिएको नेता थिए।
     यसैबिच अमेरिकाले बाथ पार्टिलाइ ईराकको सत्तामा पुर्यायो र यस पार्टिका मुखिया सद्दाम हुसैन इराकका राष्ट्रपती हुन पुगे।
     राष्ट्रपती हुनेबित्तिकै सद्दाम हुसैनले अमेरिकाको ईशारामा ईरान बिरुद्ध धाबा बोले र दुई देश बिच युद्ध शुरु भयो । अमेरिकाले ईराकलाइ प्रचुर मात्रामा हतियार बेच्यो उता ईरानलाइ पनि ....गज्जब !!

दस वर्षको लामो युद्ध पछि यी दुबै देश कंगाल भए किनकी पैसा जति अमेरिका पुग्यो - ढिकुटी खाली भयो - तेलले सम्पन्न यी दुई देश ऋणमा डुबे । अरु हतियार किन्न सक्ने अवस्थामा यी देश रहेनन ।


     यी दुई देश बिच दस बर्ष लामो युद्ध भयो; हजारौं अर्ब डलरको हतियार किने यी दुबै देशले अमेरिकाबाट १० वर्षको अबधीमा ; युद्धको क्रममा इराक - ईरानका दशौंलाख मानिस मारिए ।
     दस वर्षको लामो युद्ध पछि यी दुबै देश कंगाल भए किनकी पैसा जति अमेरिका पुग्यो - ढिकुटी खाली भयो - तेल ले सम्पन्न यी दुई देश ऋणमा डुबे । अरु हतियार किन्न सक्ने अवस्था मा रहेनन ।
इराक - ईरान बिच शान्ती वार्ताको नाटक मंचन :

     तब हिजोको बोक्सीरुपि अमेरिका अब झाँक्री भएर दुबै देशलाई उपदेश दिन थाल्यो "शान्ती-बार्ता" गर ।
( नोट: झगडा गराएर मध्यस्थता गर्न पुग्ने --- भोकमरी सिर्जना गरेर पाउरोटी बोकेर जाने पश्चिमी ईसाइहरुको अदभुत कला हो )
     अमेरिकाको योजना अनुरुप शान्ती वार्ताको लागि संयुक्त राष्ट्र संघको विशेष सत्र आह्वान गरियो । दुबै देशलाई भनियो " युद्ध विराम गर र "शत अल अरब " को जमिन मुनि भेटिने तेल आधा-आधा बाँडेर लिउ"; यहि कुरा दस वर्ष अघि भनिएको भए टन्टै साफ हुन्थ्यो तर किन भन्थे र !!!!!!
     दुबै देशले भन्यो "हामी सँग त तेल निकाल्नको लागि पैसा छैन - सबै पैसा हतियारमा सकियो - उल्टो ऋण छ खजानामा पैसा कहाँ को हुनु !!!"
     अमेरिकाले भन्यो -" त्यसोभए ठिक छ , त्यो भुमीको अधिकार हामिलाइ लेउ हामी हाम्रै पैसा लगानी गरेर तेल निकाल्छौं"
     दुबै देश राजी भए अमेरिकालाइ तेल कुवा उत्खनन् गर्ने अधिकार दिन र अमेरिकि तेल उत्खनन कम्पनीले "शत अल अरब " मा तेल उत्खननको काम आरम्भ गर्यो । २ वर्षपछि अमेरिकी तेल कम्पनीले भन्यो"शत अल अरब " को जमिन मुनि तेल छैन । दुबै मुर्गाहरु जिल्ल परे ।
     ईरान ईराकको दस वर्षे लामो युद्धकोपृष्ठभुमिले प्रष्ट हुन्छ; पश्चिमीहरु युद्ध र द्धन्दको स्थिती पैदा गरि आफ्नो सम्पन्नता कायम राख्न कुन हद सम्मको निच हर्कत गर्न सक्छ भन्ने। पश्चिमको आज देखिएको सम्पन्नता र वैभवता करोडौं मानवहरुको रगतको आहालमा टेकेर खडा भएको हो।
     दोस्रो विश्वयुद्ध पछि पश्चिमी मुलुकहरुको प्रतिव्यक्ति आय र आर्थिक वृद्धिदरको तुलना त्यसपछि विश्वका विभिन्न भु-भागमा भएका ३६० युद्धहरुसँग गर्ने हो भने अचम्मको तथ्य उजागर हुन्छ त्यो के भने : हरेक युद्ध पछि पस्चिमी देशहरुको प्रतिव्यक्ति आयमा चमत्कारिक वृद्धि भएको छ - ३६० युद्धपछि ३६० पटक नै ठूलो आर्थिक फड्को लगाएको छ पस्चिमी देशहरुले । विश्वको कुनैपनी भु-भागमा भएका सानो पनि द्वन्द्वको घटनाले पश्चिमिहरुको आर्थिक सम्पन्नतामा थप योगदान गरेको छ।
     हाम्रो देशको दस वर्षे द्दन्दले हामिलाइ त डुबायो तर पश्चिमलाइ चाहिँ मालामाल बनायो किनकी माओवादी वा नेपाली सेना दुवैको हतियारको स्रोत तिनै पश्चिमा देशहरु थिए ।
     परिवर्तनको सपना सहित माओवादी जनयुद्धमा लागि अंगभंग हुन पुगेका हजारौं नागरिक अहिले पनि छन - अकाल मा ज्यान गुमाउने हजारौंको परिवारहरु छन - उनिहरुलाइ तितो लाग्ला - कथित माओवादी जनयुद्धको लेवल जे-जस्तो लगाइए पनि सो जनयुद्धको नेपालको परिवर्तन र क्रान्तिकारी रुपान्तरण संग गोरु बेचेको साइनो पनि छैन - यसको साइनो पश्चिमको दिगो आर्थिक सम्पन्नताको स्वार्थ र भ्याटिकन सँग जोडिएको छ ।


       सम्बन्धित आलेखहरु :

   सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts