Thursday, 1 March 2018

सुडान को गृहयुद्ध र बाइबिल

By :
Durgesh Ghale :
६० भन्दा बढी फिरन्ते जाति रहेको दक्षिण सुडानमा डिङ्का र नियुर दुई प्रमुख जाति छन्। यहाँ अहिले पनि करिब ९० प्रतिशत जनता फिरन्ते छन्। गाईबस्तु आफैंसँग लिएर हिँड्छन्। गाईका लागि एक समूहले अर्को समूहको हत्या गर्ने परम्परा छ। जसले धेरै गाई दिन सक्छ, उसैले छोरी विवाह गर्न सक्छ। विवाहको समयमा आफूसँग भनेजति गाई नभएमा अर्को समूहको गाई लुट्न एके–४७ जस्ता अत्याधुनिक हतियार प्रयोग गर्छन। एक जातिको गाई लुटेर अर्को जातिले लगेपछि हिंसा–प्रतिहिंसाको स्वरुपले त्यहाँ सजिलै जातीय रंग लिने रहेछ। गाई यी फिरन्ते जातिका निम्ति प्रतिष्ठा, दूध र मासुको पर्याय हुन्।
     सुडानको ५८ वर्ष लामो युद्धमा २० लाख मानव मारिए पछी सन् २००५ मा युद्धविराम भएको देश सुडान २०११ मा भएको जनमतसंग्रह मार्फत टुक्रिएर स्वतन्त्र भएको दक्षिण सुडानलाई आज जातीय द्वन्द्वले ध्वस्त पारेको छ । गृहयुद्धले करिब १६ लाख मानिस विस्थापित भएका छन् र १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
     अब प्रश्न उठ्छ अन्नको एक गेडा नभएको सुडानी गरिबको घरमा एके ४७ राइफल जस्तो अत्याधुनिक हतियार र त्यसमा लाग्ने गोलिको चाङ्ग छ भनेपछि त्यो कहाँबाट उपलब्ध भयोहोला ? आफै अन्दाज गर्नुहोस । संसारको हिंसाग्रस्त कुनै देश छैन जहाँ पहिला बिद्रोह, त्यसपछि बन्दुक र गोलि अनि त्यस पछी बाइबल नपुगेको होस् ।
    
अब प्रश्न उठ्छ अन्नको एक गेडा नभएको सुडानी गरिबको घरमा एके ४७ राइफल जस्तो अत्याधुनिक हतियार र त्यसमा लाग्ने गोलिको चाङ्ग छ भनेपछि त्यो कहाँबाट उपलब्ध भयोहोला ?
नेपालमा पनि सुडानमा झैं जातीय हिँसा मच्चाउन मिसिनरीको INGO ले पार्टीका उपल्ला स्तरका नेतामा लगानी गरेको छ तल्लो स्तरको कार्यकर्ताले थाहा नपाएका मात्रै हुन् । अहिले पनि यहाँ जसले जातीय सदभाव भड्काउने अभिव्यक्ति दिने गर्दछ त्यसको नेतालाई तिनै बिदेशी बिखन्डनकारीको लगानी छ भन्नेमा बिश्वस्त हुनुहोस । आफ्नो भावी सन्ततिलाई आजको दक्षिण सुडान र सिरियाको घटना उपहार दिएर मर्ने कि राम्रै उपहार छोडेर मर्ने तपाईं कै हातमा छ ।

सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts