Tuesday, 6 February 2018

संस्कृत भाषाको बैज्ञानिकता :-

संस्कृत भाषा विश्वको सवैभन्दा प्राचीन भाषा मानिन्छ र यो भाषाको सबै भन्दा प्राचिनतम ग्रन्थ ऋग्वेद हो। संस्कृत भाषाका विद्धान पाणिनी द्धारा लिखित "अष्टाध्यायी" विश्वको सबैभन्दा पुरानो भाषा व्याकरणको ग्रन्थ मानिन्छ। हामी मध्य धेरै कमलाई मात्र थाहा होला कि संस्कृत भाषा संसारको सबैभन्दा बैज्ञानिक भाषा हो। United Nations Organigation को अनुसार संसारभर बोलिने भाषाहरुमा प्रयोग हुने शब्दहरू मध्य करिब ९७% शब्दहरु सिधा रुपले संस्कृत भाषा बाट लिइएको हो वा संस्कृत भाषा बाट प्रभावित भै निर्माण भएको हो।संस्कृत भाषा ; उपनिषद् र वेद लगायतका प्राचीन ग्रन्थ हरु मा ज्ञान को अथाह भण्डार छ जसलाइ जन-जन मा पुर्याउन नसक्दा हिन्दु धर्म प्रती गलत धारणा हावी भैरहेको छ जुन निराशाजनक हो। धेरैलाई यो सुन्दा अचम्म लाग्ला ; कम्प्युटर बाट गणितीय प्रश्न को हल गर्ने बिधि अर्थात Algorithms संस्कृत भाषा बाट बनेको छ अङ्ग्रेजी बाट होईन । दुनियाँ को सबै भाषाहरु मध्य संस्कृत भाषामा सबैभन्दा बढी शव्द भन्डारहरु छन ।हाल संस्कृत भाषामा कुल १खर्ब २अरब ७८ करोड ५० लाख शब्द हरु छन ।हजारौं पटक विदेशी आक्रान्तकारिहरुको आक्रमण को बाबजुद आज पनि संस्कृत भाषा का ३ करोड भन्दा बढी पान्डुलिपी हरु सुरक्षित छन यो संख्या Greek र Latin भाषा को कुल पान्डुलिपीको संख्या भन्दा १०० गुणा बढी हो। संस्कृत भाषाको अर्को अनौठो तथ्य के हो भने यो भाषामा शब्दहरूको यत्रो विशाल भण्डार हुनुको बावजुद यो भाषामा बाक्यहरुको निर्माण दुनियाँको अन्य भाषा हरुको तुलनामा एकदम कम शब्द हरुको प्रयोग हुन्छ अर्थात एकदम कम शब्दमा बाक्यहरु पुरा हुन्छन। अनि अर्को उल्लेखनिय विशेषता भनेको अन्य भाषा हरुमा जस्तो यो भाषामा शब्द हरुको क्रम यता उति गरे पनि बाक्य को अर्थमा फरक पर्दैन । विश्वप्रशिद्ध Forbs Magazine ले जुलाइ 1987 मा संस्कृत भाषा लाई computer software को लागि सबैभन्दा उत्तम भाषाको रुपमा उल्लेख गरेको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी NAASA को अनुसार संस्कृत भाषा संसारमा बोलिने भाषा हरु मध्य सबैभन्दा स्पष्ट र बैज्ञानिक भाषा हो त्यसैले यो भाषा computer programming को लागि सबैभन्दा उचित भाषा हो। NAASA संग हाल संस्कृत भाषाका ६० हजार पान्डुलिपीहरु छन र नासाले यी पान्डुलिपीहरु माथी गहिरो अध्ययन गरिरहेको छ।NAASA का बैज्ञानिक हरुले आविष्कार गर्न लागीरहको 6th र 7th जेनेरेशनका सुपर कम्प्युटर पुर्णत संस्कृत भाषामा आधारित हुनेछ ; यो कम्प्युटर सन 2034 सम्ममा तयार हुनेछ। जब बैज्ञानिकहरुले विशेष किसिमको जटिल कार्य गर्न सक्ने Talking Computer बनाउनु पर्ने आवश्यकताको महसुस गरे तब उनिहरुको सामुन्ने एउटा गम्भिर प्रश्न खडा भयो; आखिर कुन भाषा Talking Computer को लागि उपयुक्त हुन्छ त ? किनकी Computer को अफ्नो कुनै विवेक हुँदैन त्यसैले हामिले जे बोल्छौं Computer ले त्यही लेख्छ र जे लेख्छौं त्यही मात्र पढ्छ। त्यसकारण बैज्ञानिकहरुले निचोड निकाले कि Talking Computer मा प्रयोग हुने भाषा व्याकरण को दृष्टिकोणले पुर्ण बैज्ञानिक हुन आवश्यक छ र ध्वनी को दृष्टिकोणले पनि - अर्थात जे बोलिन्छ Computer ले ठ्याक्कै त्यही लेखोस र जे लेखिन्छ ठ्याक्कै त्यही पढोस। बैज्ञानिक हरुले यस प्रयोजनको लागि विश्वका सबै भाषाहरुको गहिरो अध्ययन गरेर निष्कर्ष निकाले कि Advanced Talking Computer को लागि सबैभन्दा बैज्ञानिक र उपयुक्त भाषा संस्कृत हो। एउटा उदाहरण : अङ्ग्रेजी मा "know" पनि "नो" हुन्छ " no" पनि " नो" हुन्छ । मानिलिउँ ; हामिले Computer लाई भन्यौं -"आइ नो दिस" , अब जस्तोसुकै उत्कृष्ट कम्प्युटर पनि confuse मा पर्छ , "नो" को ठाउँ मा "no" लेख्ने कि "know" लेख्ने ? Computer ले "I no this." लेख्न सक्छ जसको कुनै अर्थ हुँदैन। अङ्ग्रेजी भाषाका शब्द हरुमा कहिं " T" silence हुन्छ कहिं " P" त कहिं "S" silence हुन्छ ; अब विवेकहीन कम्प्युटरले कसरी चाल पाउने कि कुन शब्दमा कुन Letter silence छ भनेर ? जसको कुनै उपाए नै छैन । संस्कृत भाषा कति बैज्ञानिक र तथ्यपरक छ भन्ने कुराको एउटा वेजोड उदाहरण म यहाँ राख्न चाहन्छु। संस्कृत भाषा का एकजना निकै प्रख्यात रचनाकार तथा विद्धान थिए ; उनको नाम थियो "दन्डी" ; यी रचनाकार द्धारा लिखित एउटा अत्यन्तै विख्यात नाटक छ ,"दश कुमार चरित्रम" ; यो नाटकमा उनले दश जना राजकुमार हरुको बारे भिन्दा-भिन्दै कथाहरु मार्फत रोचक वर्णन गरेका छन । यी दश कथाहरु मध्ये एउटा कथामा उनले राजकुमार "विशुद्ध" को बारे बर्णन गरेका छन। जुन कथाका अनुसार राजकुमार "विशुद्ध" एकदिन सिकार खेल्न जंगल तिर जान्छन ; सिकार खेल्ने क्रममा अचानक कुनै एक शिकारीले हानेको तिर उनको ओंठमा लाग्छ र उनको तल्लो भागको ओँठ अलग हुन्छ। राजकुमार "विशुद्ध" लाई तिर लागिसके पछि नाटकमा कथा अघि बढ्छ ; नाटकमा राजकुमार "विशुद्ध" ले कयौं मानिसहरुलाई भेट्छ र लामो संवाद गर्छ ; नाटकको धेरै पान्नाहरुमा यो संवादको बर्णन छ। तर अदभुत : ती कुनै पनि संवादमा दन्डी ले राजकुमार "विशुद्ध" को मुख बाट "ओष्ठांग" को प्रयोग गराएका छैनन ।"ओष्ठांग" भन्नाले ती ध्वनि हरु हुन जुन ध्वनि उच्चारण गर्नको लागि तल्लो र माथिल्लो दुबै ओंठको प्रयोग हुन्छ अर्थात यी ध्वनी उच्चारण गर्न दुबै ओंठ जोड्नु पर्द्छ ; जस्तै : प ,फ , ब , भ , म ; यदि तल्लो वा माथिल्लो मध्ये कुनै एक ओंठ नभएमा यी पाँच ओटा "ओष्ठांग" ध्वनि निकाल्न सकिदैन । नाटक को कथा अनुसार "विशुद्ध" को तल्लो ओंठ काटिएको हुँदा उनले "ओष्ठांग" ध्वनि निकाल्न सक्ने कुरै भएन त्यसैले "दन्डी" ले नाटकमा "विशुद्ध" ले संवाद गर्ने क्रम मा उनको मुख बाट कहिं कतै पनि "ओष्ठांग" ध्वनि को उच्चारण गराएका छैनन ; अर्थात : विशुद्धी ले बोलेका कुनै पनि संवाद मा प , फ , ब , भ , म को प्रयोग भएको छैन । यो हो संस्कृत भाषा को बैज्ञानिकता र अदभुत विशेषता । दुनिया को कुनै पनि साहित्यमा यस किसिमको अदभुत विशेषता छैन।संस्कृत भाषाको यहि विशेषता लाई संसार ले चिन्न थालेको छ र महत्वपूर्ण बैज्ञानिक प्रयोजनको लागि उपयोग गर्दै बिज्ञान र प्रबिधीको नयाँ युगमा प्रवेश गर्दैछ। दाहाल र भट्टराई थर झुन्डाएर संस्कृत भाषा सामन्ती र कर्मकान्डी भाषा हो भन्दै कथित क्रान्तिकारी आवरणमा जातिय विद्देश सिर्जना गर्ने र संस्कृत पढाएको आरोपमा रुखमा बाँधेर हत्या गर्ने ; विश्वकै दुर्लभ प्राचीन संस्कृत ग्रन्थ जलाउने कुलंगारहरुलाई संस्कृत भाषाको गरिमा र महत्वलाई बुझ्ने विदेशका प्रबुद्ध हरुले के भन्दा हुन? ; के सोच्दा हुन ??? अनि हामिले के उपमा दिने यी क्रान्तिकारी हरुलाइ ? संस्कृत भाषा माथीको गहन अनुसन्धानले यो पनि साबित गरेको छ कि यो भाषा सिक्नाले दिमाग अत्यन्त तेज हुन्छ र स्मरण शक्ति अदभुत रुपले वृद्धि हुन्छ; त्यसैले लण्डन ; आयरल्यान्ड का कतिपय स्कुल र कलेज हरुमा संस्कृत भाषा अनिवार्य गरिएको छ। कुनै समय नेपालमा वेदका व्याख्याता र विद्दान योगि नरहरी नाथ एकजना मात्र हुँदा इटाली मा ३ जना थिए र जर्मनीमा त्यो भन्दा बढी थिए। अमेरिका स्थित International Vedic Hindu University को research को अनुसार संस्कृत मात्र त्यस्तो एक्लो भाषा हो जसलाइ बोलिचालीमा प्रयोग गर्दा जिब्रोको सम्पुर्ण मांसपेशी हरुको प्रयोग हुन्छ जसले गर्दा शरीरमा रक्त संचालन ठिक तरिकाले हुन्छ। हाल संसार को १७ भन्दा बढी देशका कम्तिमा एउटा University को Technical Course को class मा संस्कृत भाषा अनिवार्य अध्यापन गराइन्छ ।जर्मन मा मात्रै १४ विश्वविद्यालय मा संस्कृत भाषा को अध्यापन गराइन्छ। संस्कृत एउटा भाषा मात्रै नभएर दर्शन र संस्कार हो त्यसैले त यस भाषाको नाम नै संस्कृत रह्यो। संस्कृत भाषी हरुले मात्र विश्व लाई एउटा परिवार मान्छ र मन्त्र सिकाउँछ " बसुधैव कुटुम्बकम" - (विश्व एउटा परिवार हो) संस्कृत ले सदैव विश्व शान्ती ; कल्याण र भातृत्व को कामना गर्दछ र भन्छ :- "सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।" अर्थात :- "सबै सुखी रहुन, सबै रोग मुक्त रहुन, सबैजना मंगलमय घटनाको साक्षी बनुन र कसैलाइ पनि दु:खको भागिदार बन्न नपरोस।" संस्कृत भाषाले विश्वलाई एउटा "परिवार" मान्छ , तर अङ्ग्रेजी भाषाले विश्वलाई एउटा "बजार " मान्छ ; अनि भनिरहनु पर्दैन , परिवार मा प्यार हुन्छ , बजार मा व्यापार हुन्छ । प्यार को सम्बन्ध भावना र चेतना सँग हुन्छ ; व्यापार को सम्बन्ध शरीर र भौतिक बस्तु सँग हुन्छ। यो दुनियाँ आज यस्तो कुकर्मले भरिपुर्ण किन भयो ; हत्या , हिंसा ; आतंक ; युद्ध ; चोरी ; डकैती ; बलात्कारको लामो श्रुखंलाले युक्त किन भयो भनेर सो को बारे विभिन्न पत्र-पत्रीकामा लामा लामा लेख छ्पाउने ; रेडियो - टि.भि. मा दर्शन र बिद्धता छाँट्ने महानुभाव हरुले यो तथ्य को ख्याल गरेका छन ??? विश्वलाई बजार मान्ने भाषा र संस्कृतीलाई अँगालेर विश्वलाइ परिवार मान्ने भाषा र संस्कृतीको दमन गर्ने र यो दमनको मतियार बनेपछी विश्वमा जे हुनु पर्ने हो त्यही भइराखेको छ , यसमा अनौठो के भयो ? बालुवाबाट तेल किन निस्केन भनेर बहस गर्नुको पनि केहि अर्थ हुन्छ? बलात्कार र बेश्यावृत्ती परिवार भित्र हुँदैन बजारमा हुन्छ। मलाई ताज्जुब त अझ तब लाग्छ जब गाई खान पाउनु पर्छ - यो अधिकार हो ; संस्कृत भाषा कर्मकान्डी र बाहुन भाषा हो भन्दै जनजाती उचाल्ने कथित क्रान्तिकारी र प्रगतिशिलहरु विश्वमा र देशभित्र रहेको बेथिति, विकृति र यसको सामाधानको विषयमा चर्चा गर्छन् । पश्चिमका प्रवुद्ध वर्गले बुझिसकेको छ, विश्वको तमाम समस्याको जड विश्वलाई बजार मान्नु हो जसको एकमात्र सामाधान दुनियालाइ संस्कृत भाषाले जोड्नु हो यो वास्तविकता लाई बुद्धि र विवेकको दृष्टिकोणले टाट पल्टेका यहाँका कथित क्रान्तिकारी ; प्रगतिशिल र बुद्धिजिबी हरुले कहिले बुझ्ने हुन ? माथीनै उल्लेख गरियो , संस्कृत भाषाले सदैब विश्व भातृत्वको सन्देश दियो, तर दुर्भाग्य! समस्त प्राणी हरु प्रती यस्तो महान र उच्च कामना गर्ने संस्कृत भाषा र यो भाषा लाई अफ्नो जिवनशैलि बनाउने संस्कृती र समुदाय ले विगतमा हजारौं आक्रमण र नरसंहार को कहालिलाग्दो घटनाको श्रुंखला भोग्नु पर्यो र यो श्रुखंला अहिले पनि जारी छ ; अझ मेरो लागि त ईतिहासको कुनै कालखन्ड मा यस भाषा र संस्कृती माथि भएको प्रहार भन्दा पछिल्लो प्रहार बढी पिडादायी छ किनकी विगत को प्रहार र आक्रमण पराइ द्दारा भएको थियो पछिल्लो प्रहार आफ्नै द्धारा । जब दाङ को महेन्द्र संस्कृत विश्वविद्यालय मा रहेको विश्वमै दुर्लभ र प्राचीन संस्कृत ग्रन्थ जलाइदै थियो ; लमजुङ मा मुक्तिनाथ अधिकारी लाई संस्कृत विषय पढाएको आरोप मा कक्षा कोठा बाट घिसारेर रुख मा बाँधी गर्दन रेटेर हत्या गरिएको थियो ; गाई काटेर सामुहिक भोज भतेर लगाइदै थियो म निकै दुखित भएको थिएँ र मेरो मनमा एउटा प्रश्न उठ्थ्यो - पुष्प कमल दाहाल उर्फ प्रचन्ड मा ५ शब्द छन ती सबै संस्कृत शब्द हुन जुन उनले सान का साथ उपयोग गर्छन; बाबुराम भट्टराई मा २ शब्द छन र दुबै संस्कृत शब्द हुन र उनले पनि सान का साथ उपयोग गर्छन अनि संस्कृत प्रतिको यस्तो घृणा किन ? यी बाहुन का छोराहरु लाई उनका बुबा-आमाले कुनै संस्कार सिकाएनन ? यी तमाम घटना भैरहदा तिनका बुबा-आमा लाई दु:ख लाग्यो कि लागेन ? छोरा लाई यसो गर्नु अपराध हो भनेर भने कि भनेनन ? कलियुग मा सबै भन्दा भ्रष्ट्र बाहुन का छोराहरु हुन्छन भन्ने भनाइ सत्य मान्नै पर्ने भएको हो ? यी प्रश्न अझै जिवित छन । नारायण !!!

1 comment:

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts