
Shantiman Shrestha:
एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छन,"म मेरो पुरै जीवन को अनुभव बाट भन्छु कि ;मानिसहरू ले जति पनि भोजन गर्छन, त्यो भोजन को आधा भाग ले उसको पेट भरिन्छ र बाँकी आधा भाग ले हामी डाक्टरहरु को पेट भरिन्छ , यदि मानिसहरु ले जति भोजन गर्छन त्यसको आधा मात्र भोजन गरे भने यो संसार मा हामी डाक्टरहरु को कुनै आवश्यकता रहने छैन।
डा.वार्कर को यो भनाइ निकै अर्थपूर्ण छ।हामिले ग्रहण गर्ने भोजन को हाम्रो स्वास्थ्य सँग सिधा सम्बन्ध छ , शारीरिक रुपले मात्र होईन मानसिक रुपले पनि ; त्यसैले भन्ने गरिन्छ : हामी जे खान्छौं त्यस्तै हुन्छौं।
भोजन को सन्दर्भ मा पुर्विय दृष्टि निकै गहन छ। संस्कृत भाषा मा एउटा शब्द छ "सम्यक" , जसको अर्थ हुन्छ "मध्यम" ; यसै शब्द मार्फत एउटा प्रचलित वाक्य छ "सम्यक आहार" ; अर्थात "मध्यम मात्रा मा भोजन" । पुर्विय परम्परा मा हरेक आध्यात्मिक साधकहरु लाई "सम्यक आहार" को नियम अनिवार्य छ ।
पुर्विय आध्यात्मिक साधना मा तीन शुद्धी लाई प्रमुखता मा राखिएको छ : शरीर शुद्धी , मन शुद्धी , आत्मा शुद्धी। शुद्धी को पहिलो चरण शरीर शुद्धी हो , शरीर शुद्धीकरण नभई वा स्वस्थ नभइ मन शुद्ध हुँदैन, मन शुद्ध नभै आत्मा शुद्ध हुँदैन ; यहि शरीर शुद्धी को पहिलो आधारस्तम्भ हो सम्यक आहार।
आयुर्वेद वा संस्कृत मा शरीर पुर्णत शुद्ध रहेको व्यक्ती लाई जनाउने शब्द छ "स्वस्थ" ; जसलाई अंग्रेजी मा उल्था गर्दा "Heathy" हुन आउँछ जुन कि आधुनिक चिकित्सा को रुपमा चिनिने एलोपैथिक चिकित्सा प्रणाली को शब्दावली हो । तर "स्वस्थ" र "Healthy" शब्द को अर्थ र तात्पर्य मा ठूलो भिन्नता छ , यी दुई शब्द ले दिने अर्थ बिच कुनै तालमेल नै मिल्दैन। यी दुई शब्द को अर्थ र तात्पर्य लाई केलाउँदा लाग्छ, जीवन , शरिर र शरिर शुद्धी को सन्दर्भ मा एलोपैथिक दृष्टिकोण र चिन्तन नितान्त सतही छ।
डा.वार्कर को यो भनाइ निकै अर्थपूर्ण छ।हामिले ग्रहण गर्ने भोजन को हाम्रो स्वास्थ्य सँग सिधा सम्बन्ध छ , शारीरिक रुपले मात्र होईन मानसिक रुपले पनि ; त्यसैले भन्ने गरिन्छ : हामी जे खान्छौं त्यस्तै हुन्छौं।
भोजन को सन्दर्भ मा पुर्विय दृष्टि:
भोजन को सन्दर्भ मा पुर्विय दृष्टि निकै गहन छ। संस्कृत भाषा मा एउटा शब्द छ "सम्यक" , जसको अर्थ हुन्छ "मध्यम" ; यसै शब्द मार्फत एउटा प्रचलित वाक्य छ "सम्यक आहार" ; अर्थात "मध्यम मात्रा मा भोजन" । पुर्विय परम्परा मा हरेक आध्यात्मिक साधकहरु लाई "सम्यक आहार" को नियम अनिवार्य छ ।
पुर्विय अध्यात्म साधना मा तीन शुद्धी:
पुर्विय आध्यात्मिक साधना मा तीन शुद्धी लाई प्रमुखता मा राखिएको छ : शरीर शुद्धी , मन शुद्धी , आत्मा शुद्धी। शुद्धी को पहिलो चरण शरीर शुद्धी हो , शरीर शुद्धीकरण नभई वा स्वस्थ नभइ मन शुद्ध हुँदैन, मन शुद्ध नभै आत्मा शुद्ध हुँदैन ; यहि शरीर शुद्धी को पहिलो आधारस्तम्भ हो सम्यक आहार।
आयुर्वेद वा संस्कृत मा शरीर पुर्णत शुद्ध रहेको व्यक्ती लाई जनाउने शब्द छ "स्वस्थ" ; जसलाई अंग्रेजी मा उल्था गर्दा "Heathy" हुन आउँछ जुन कि आधुनिक चिकित्सा को रुपमा चिनिने एलोपैथिक चिकित्सा प्रणाली को शब्दावली हो । तर "स्वस्थ" र "Healthy" शब्द को अर्थ र तात्पर्य मा ठूलो भिन्नता छ , यी दुई शब्द ले दिने अर्थ बिच कुनै तालमेल नै मिल्दैन। यी दुई शब्द को अर्थ र तात्पर्य लाई केलाउँदा लाग्छ, जीवन , शरिर र शरिर शुद्धी को सन्दर्भ मा एलोपैथिक दृष्टिकोण र चिन्तन नितान्त सतही छ।
"स्वस्थ" र "Healthy" बिच भिन्नता:
Healthy को अर्थ सिर्फ यत्ती हुन्छ "रोग नहुनु" ; एलोपैथीका डाक्टर लाई Healthy भनेको के हो ? कस्तो व्यक्ती Healthy हुन्छ ? भनेर सोध्ने हो भने जवाफ आउँछ :- "शरीरमा कुनै प्रकारको रोग नभएको मान्छे नै Healthy हो ।" अंग्रेजी शब्दकोष मा Health को परिभाषा यस्तो छ :"The state of being free from illness or injury. एलोपैथी चिकित्सा पद्दतीको पुरै सम्बन्ध रोग सँग छ । एलोपैथी चिन्तन मा पहिला "रोग" आउँछ त्यसपछी मात्र "health" आउँछ । तर पुर्वको चिकित्सा पद्दती आयुर्वेद बिलकुल अलग छ। "आयुर्वेद" शब्दले नै धेरै कुरा जनाउँछ । पुर्वको चिकित्सा विज्ञान "आयुर्वेद" हो , पश्चिम को चिकित्सा विज्ञान "एलोपैथी" हो। Allopathy को परिभाषा यस्तो छ :"The treatment of disease by conventional means, i.e., with drugs having opposite effects to the symptoms." आयुर्वेद को अर्थ निकै गहन छ, आयुको अर्थ हुन्छ जीवन ; वेदको अर्थ हुन्छ विज्ञान ; अर्थात आयुर्वेदको अर्थ हुन्छ जीवनको विज्ञान जुन अर्थ प्रथमत:एलोपैथी ले दिंदैन । अब "स्वस्थ" शब्द लाई बुझौं ; यो शब्द दुई वटा धातु मिलेर बनेको छ : १.स्व २.स्थ ; "स्व" को अर्थ हुन्छ ownself अर्थात "स्वयं" ; आफू ; "स्थ"को अर्थ हुन्छ Remain अर्थात "रहनु" । त्यसैले "स्वस्थ" को अर्थ हुन्छ -To remain with ownself (स्वयं मा रहनु)
एलोपैथी वा पश्चिमा चिन्तनले स्वयं (self) भनेको भौतिक शरीरलाई मान्छ तर हिन्दु चिन्तन वा आयुर्वेदले स्वयं (self) भनेको चेतना लाई मान्दछ। अब आयुर्वेदको अनुसार कस्तो व्यक्ती स्वस्थ हो त भन्दा जो स्वयं मा छ अर्थात चेतनामा छ शरिर मा होइन ; त्यो व्यक्ती नै स्वस्थ हो। मानी लिउँ कुनै व्यक्ती एकदम भोको छ ; उसको पेट धेरै दिन देखि एकदम खाली छ अब उसको मन र चेतना पुरै उसको पेटमा हुन्छ अर्थात भौतिक शरीरको एक भागमा हुन्छ ; यसको बिपरित उसले अत्याधिक बढी खायो ; हिड्न - बस्न अप्ठेरो हुने गरि; यस अबस्थामा पनि उसको मन र चेतना पुरै उसको पेटमा हुन्छ। यदि उसले ठिक्क खायो ; न कम- न बढी; यस अबस्थामा उसलाई आफ्नो पेट छ - छैन ख्याल नै हुँदैन। यहि मध्यम मात्राको भोजनलाइ नै हिन्दु र बौद्धले सम्यक आहार भन्दछ्न ।
शरीर को बोध र चेतना :
हाम्रो शिरको बोध त्यति बेला ज्यादा हुन्छ जति बेला शिरमा दर्द हुन्छ ; जति बढी दर्द हुन्छ त्यत्ती नै बढी बोध हुन्छ। यदि शिर को बोध छैन भने यसको सिधा अर्थ हो शिर ठिक-ठाक छ।यहि कुरा पुरै शरीरमा लागु हुन्छ। आयुर्वेदको अनुसार पुर्ण स्वस्थ व्यक्ति त्यो हो जसलाई शरीरको कुनै बोध हुँदैन ; शरीरको बोध नभएपछि उ चेतनामा हुन्छ ; जुन कि उसको मुल स्वभाव हो। यसैले सम्यक आहार को अर्थ हो यत्ती मात्रा मा भोजन गर्ने कि पेट छ - छैन कुनै बोध नरहोस ।
अहिले आम जनमानस मा विशेषगरी महिला वर्ग मा "व्रत - उपवास" वस्ने फेसन छ ; मलाइ थाहा छैन; व्रत-उपवास वस्ने यो तप्का लाई व्रत-उपवास को अर्थ , तात्पर्य र उद्देश्य को बारे कत्तिको जानकारी छ।
उपवास र अन्नसन मा भिन्नता :
सामान्यत यो भ्रम छ कि नखाएर बस्नु नै "व्रत वा उपवास" हो ; तर व्रत-उपवास वस्ने कति लाई जानकारी छ कि व्रत-उपवास को सम्बन्ध खानु र नखानु सँग छैन भन्ने? अहिले भोकै बसेर "व्रत-उपवास" बस्ने फेसन छ आफुलाइ धार्मिक कहलाउन तर कतिलाइ थाहा छ कि "व्रत-उपवास" खाएर पनि हुन्छ भन्ने ??? किनकि यसको सम्बन्ध भोजन सँग होइन पेटको बोध सँग छ।
नखाएर त "अन्नसन" पनि बसिन्छ तर आखिर के फरक छ "अन्नसन" र " उपवास" मा " ? प्राय: उपवास बस्ने हरुको दिनभर ख्याल यो हुन्छ कि " कहिले साँझ हुन्छ र फलाना चिज टन्न खान्छु।" पेट र भोजन को ख्याल आएपछि त्यो उपवास हुँदैन अन्नसन हुन्छ। फरक यत्ती हो; अन्नसन प्राय: राजनितिक माग बाट प्रेरित हुन्छ , उपवास धार्मिक माग बाट प्रेरित।
अन्नसन प्रधानमन्त्री लाई घुर्काउने अस्त्र हो भने अहिलेको तथाकथित उपवास भगवान लाई घुर्काउने अस्त्र। टन्न पेटभर खाएर पनि उपवास वा व्रत वस्न सकिन्छ केवल एउटै शर्त: यस अवधी मा पेट वा भोजन को ख्याल आउनु हुँदैन। उपवास को मुल ध्यय "शरीर मा होइन चेतना मा रहनु हो। " ; यसर्थ उपवास को अवधी मा भोजन वा पेट को ख्याल आउनु हुँदैन; ख्याल आउने बित्तिकै उपवास भंग हुन्छ , यो ख्याल आइसकेपछि पनि व्रत वा उपवास जारी राख्नु भनेको केवल गेष्टृक जस्तो रोग लाई आमन्त्रण गर्नु हो। यस खाले मुढतापुर्ण व्रत ले धार्मिक भएको पाखण्ड रच्न त सकिएला तर यसले शरीर र मन को स्थिति लाई कुनै लाभ गर्दैन उल्टो हानी गर्छ।
परिस्थिति र मनस्थिति:
अर्को महत्वपुर्ण कुरा : व्रत वा उपवास "परिस्थिति र मनस्थिति" को बिज्ञान सँग सम्बन्धित छ। पुर्विय आध्यात्मिक साधना अन्तर्गत "हठ योग" को मुल प्रकृया लाई बुझेमा यसलाइ बुझ्न सहज हुन्छ। हामी माथि घट्ने वा आइपर्ने कुनै पनि घटना र उत्पन्न प्रतिक्रिया मा दुई स्थिती को महत्त्वपूर्ण भुमिका हुन्छ।१. परिस्थिति २. मनस्थिति ; जस्तो :मानौं; आगो ले पोल्यो ; अब हामी उष्ण ताप को महसुस गर्छौं ; यहाँ - आगो ले पोल्नु परिस्थिती हो ; तातो को महसुस गर्नु मनस्थिति हो। हठयोग को गहिरो दृष्टि अनुसार आगो ले हामिलाइ यसकारण पोल्छ कि आगो को परिस्थिति भन्दा ताप को महशुस गर्ने परिस्थिति कमजोर छ हामिमा, अर्थात कुनैपनी आइपर्ने परिस्थिति हाम्रो मनस्थिति भन्दा अधिक बलशाली छ। त्यस्तै : बरफ मा हात राख्दा अत्याधिक चिसो महशुस हुन्छ , यहाँ बरफ ले सिर्जना गर्ने परिस्थित बलवान र, बरफ को चिसोपन अनुभव गर्ने मनस्थिति कमजोर छ। हठयोग "मनस्थिती लाई परिस्थिति भन्दा अत्याधिक बलशाली बनाउने गहन बैज्ञानिक प्रक्रिया हो। यस्ता हठयोगी हरु छ्न जो हिउँ माथी बसेर खलखल्ती पसिना निकाल्छन । नेपाल मै केही बौद्ध भिक्षु हरु छन हठयोग मा सिद्धहस्त। यस्ता हठयोग का साधक हरु हिउँ को थुप्रो मा बसेर "म आगो को राप मा बसिराखेको छु।" भन्ने मनस्थिति लाई यत्ति बलशाली बनाउँछन कि बरफ ले सिर्जना गर्ने परिस्थिती लाई म आगो को लप्का माथी बसिराखेको छु भन्ने मनस्थिति ले दबाउँछन। तिब्बत का केही गुम्बाहरु मा यो साधना को अभ्यास अहिले पनि हुन्छ। अरब मा सुफि फकिर हरु आगो को ठूलो राप को नजिक कम्बल ओढेर अझ ५०-५० डिग्री तापक्रम मा लगलग काम्छन। यी सुफि फकिरहरु चाहिँ आगो को राप ले पैदा गर्ने परिस्थिती लाई म हिउँको थुप्रो माथी बसिराखेको छु भन्ने मनस्थिति ले दबाउँछन, फलस्वरुप आगो को लप्का नजिक बसेर पनि अत्याधिक चिसो को अनुभव गरि लगलग काम्छन। हाम्रो सन्दर्भ मा र आम रुपले परिस्थिति ले मनस्थिति सिर्जना गर्छ तर हठ योग को प्रक्रिया यसको ठिक बिपरित मनस्थिति ले परिस्थिती सिर्जना गर्नु हो।
परिस्थिति लाई मनस्थिती ले दबाउन सक्ने साधकहरु को अदभुत क्षमता कहाँ सम्म को हुन्छ भन्ने एउटा उदाहरण हेरौं - बृटिश काल मा कलकत्ता मा एकजना हठयोगी थिए - ती हठयोगी ले एक दिन त्यो बेला को सबैभन्दा चर्चित मानिएको एक बेलायती डाक्टर लाई सोधे: "मुटु को धढकन रोकियो भने के हुन्छ? ती डाक्टर ले तुरुन्तै जवाफ फर्काए "मन्छे को निश्चित मृत्यु हुन्छ।" ती हठयोगी ले फेरि सोधे;" मेरो मुटु को धढकन रोकियो भने तपाई म मरेको मृत्यु को सर्टिफिकेट दिनुहुन्छ? " डाक्टर ले भने ;"म निर्धक्क दिन सक्छु।" अस्पताल मा प्रयोग भयो, हजारौं दर्शक हरु जम्मा भएका थिए प्रयोग को जानकारी लिन। ती हठयोगी एउटा बेड मा सुते र डाक्टर लाई भने," १५ मिनेट पछि मेरो मुटु को धड्कन परिक्षण गर्नोस।" १५ मिनेट पछि डाक्टर ले ती हठयोगी को मुटुको धढकन र नाडी को चाल परिक्षण गरे , कुनै गति थिएन, रक्त संचालन पुरै स्थिर थियो , अस्पताल का सबै डाक्टर ले एक एक गरि परिक्षण गरे ; मुटुको धढकन को सानो लक्षण पनि थिएन । त्यसपछि अस्पताल ले उनको लागि मृत्यु को सर्टिफिकेट लेख्यो ; केही घन्टापछी ती हठयोगी फेरि सामान्य स्थिती मा फर्के। बेलायती डाक्टरहरु को लागि यो परिणाम समझ को बाहिर थियो।ती हठयोगी ले अफ्नो जिवनकाल मा त्यो बेलाको सबैभन्दा चर्चित अस्पताल र प्रख्यात डाक्टर हरु बाट तीन पटक मृत्यु को सर्टिफिकेट लिएका थिए।
उपवास र हठयोग :
वास्तव मा व्रत वा उपवास परिस्थिती लाई मनस्थिती ले नियन्त्रण गर्ने हठयोग को प्रारम्भिक अभ्यास हो। यसर्थ व्रत वा उपवास वस्ने साधक ले भोजन बिना पेट खाली रहेको परिस्थिति लाई म टन्न अघाएको छु , मेरो पेट टन्न छ भन्ने मनस्थिति ले नियन्त्रण गर्नुपर्दछ। यसको विपरित टन्न खाएर पनि व्रत हुन्छ , यस स्थिती मा पेट टन्न भए पनि भोजन ले पेट टन्न बनाएको परिस्थिति लाई मेरो पेट खाली छ भन्ने मनस्थिति ले नियन्त्रण गर्नुपर्दछ। थुक निल्दै र भोजन को कल्पना गर्दै जबर्जस्त व्रत-उपवास बसि आफैलाइ र अरु लाई धोका दिने र केवल रोग निम्त्याउने मुढतापुर्ण फेसन चलेकोले यस विषय मा सानो चर्चा गरिएको हो।
यो दुनियाँ मा यस्ता मानिस हरु छन जो उचित भोजन नपाएर भोकभोकै मर्छन र यस्ता मानिसहरू पनि छन जो भोजन अधिक खाएर अजिर्ण ले मर्छन तर भोजन नपाएर भोकभोकै मर्ने संख्या को तुलना मा धेरै खाएर मर्नेहरु को संख्या कैयौं गुणा बढी छ।
डा. वार्कर र बागभट्ट को दृष्टि
डा. वार्कर ले जुन तथ्य लाई दृष्टिगत गरेर भोजन सम्बन्धि आफ्नो धारणा आफ्नो आत्मवृतान्त मार्फत पेश गरेका छन त्यही तथ्य त्यो भन्दा गहिरो र विस्तृत रुपले आज भन्दा ३५ सय वर्ष अघि आयुर्वेद का ज्ञाता बागभट्ट ले गरेका छन ।बागभट्ट ले आफ्नो शुत्र मा उल्लेख गरेका छन; हाम्रो शरीर को प्रत्यक अंग हरु कम र वेशी सकृय हुने विशेष समय हुन्छ। हामिले खाएको भोजन लाई पचाउने मुख्य अंग आमाशय हो र यो अंग विहान सुर्योदय भएको साढे दुई घन्टा मा अधिक सकृय हुन्छ , जस्तो: ६ बजे सुर्योदय भयो भने साढे आठ बजे अधिक सक्रिय हुन्छ।यस पछि यसको सकृयता घट्दै जान्छ। सुर्यास्त को साढे दुई घन्टा पछि यो लगभग निष्क्रिय हुन्छ।
बागभट्ट को अनुसार स्वस्थ रहन पहिलो शर्त हामिले खाएको भोजन पच्नुपर्छ। भोजन पच्न को लागि आमाशय को सकियता अनुसार को भोजन को मात्रा मिलाउनु पर्छ। विहान आमाशय अधिक सकृय रहेको समय मा अधिक भोजन गर्नु ; मध्यान्ह मा आमाशय अलि कम सक्रिय हुन्छ यसर्थ मध्यान्ह मा विहान को भन्दा कम भोजन गर्नु , सुर्यास्त को आसपास अझ कम सकृय हुन्छ यसर्थ यो समय मा मध्यान्ह मा भन्दा कम भोजन गर्नु; सुर्यास्त को साढे २ घन्टा पछि आमाशय निस्कृय हुन्छ यसर्थ अबेर साँझ भोजन नगर्नु।
आमाशय को सक्रियता भन्दा बढी भोजन गर्नु वा आमाशय निष्क्रिय रहेको अबस्था मा भोजन गर्नु भनेको भोजन पेटमा सडाउनु हो । जब भोजन पेट मा नपचेर सडछ यो ग्याँस बन्छ , यो ग्याँस पुरै शरीर हुँदै शिर सम्म पुग्छ , कालान्तर मा अल्सर हुन्छ अनि क्यान्सर लगायत का कैयौं रोगहरु। भोजन सडेपछी यो कोलेस्ट्रोल बन्छ र यो कोलेस्ट्रोल रगत मा मिसिन्छ अनि हृदय सम्बन्धि अनेक गम्भीर रोग उत्पन्न हुन्छ।
बागभट्ट को अनुसार हामिले खाएको भोजन जब सम्म पुर्ण रुपले पच्छ तब सम्म पेट मा कोलेस्ट्रोल बन्दैन र कोलेस्ट्रोल नबनेपछी हृदय सम्बन्धी कुनै रोग लाग्दैन। बागभट्ट र डा.वार्कर को भोजन सम्बन्धी दृष्टि को समानता के हो भने - स्वस्थ रहन को लागि हामीले खाएको भोजन पच्नुपर्छ , भोजन पेटमा सड्नु नै सम्पुर्ण रोग को मुल कारण हो।
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment