
Shantiman Shrestha:

"मनुस्मृती" प्रती बेलायती कुदृष्टी :
बेलायतीहरुले नक्कली "मनुस्मृती" तयार गर्न म्याक्स मुलर को उपयोग गरेका थिए जो एक जर्मन बिद्धान थिए । मुलर संस्कृत भाषामा राम्रो दख्खल राख्दथे। बेलायतले उनलाइ प्राचीन हिन्दु ग्रन्थहरुको अध्यन गरेर रिपोर्ट तयार गरि बेलायत सरकार लाई बुझाउने र आबश्यक ठाउँमा संशोधन गर्ने जिम्मेवारी दिएको थियो । त्यसै अनुरुप मुलरले प्रथम पटक "मनुस्मृती" को जर्मनी भाषामा रुपान्तरण गरे र त्यसपछी अंग्रेजी भाषामा रुपान्तरण गरि बेलायती सरकारलाई बुझाए । छट्टु बेलायतीहरुले अंग्रेजी भाषामा रुपान्तरीत मनुस्मृतीको अध्ययन गरेपछी चाल पाए, "मनुस्मृती" त हिन्दु संस्कृतीमा न्याय तथा सामाजिक व्यवस्थाको मेरुदन्ड रहेछ।
त्यसपछि बेलायतीहरु ले मनुस्मृतीमा छेडछाड गरि परिबर्तन गर्ने र नक्कली "मनुस्मृती" नै तयार गरि भारतिय उप-महाद्दिप भरी फैलाउने कुकर्म गरे ताकी पुर्विय संस्कृतीलाई गलत दिशामा लगेर दिर्घकालसम्म बदनाम गर्न सकियोस । बेलायतीहरुले "मनुस्मृती" मा मात्र होइन अन्य हजारौं ग्रन्थ हरुमा छेडछाड गरेर परिबर्तन गरे।
बेलायतले यस कुकृत्यको लागि विलियम हन्टरको अगुवाइमा एउटा Commission नै बनाएको थियो जसलाइ " हंटर कमिशन" को रुपमा चिनिन्छ । विलियम हंटर संस्कृतमा सिद्धहस्त थिए मुलर जस्तै र हंटर कमिशनमा अन्य सयौं विद्धानहरु संग्लन थिए। यस हंटर कमिशनले हजारौं ग्रन्थहरुमा छेडछाड गरेर बेलायती संसदमा प्रतिवेदन बुझाएको थियो यो उल्लेख गर्दै कि हामीले कुन-कुन ग्रन्थमा कहाँ-कहाँ छेडछाड गरयौं। हजारौं पान्नामा वर्णन गरिएको छ यो प्रतिवेदन । प्रतिवेदनले भन्छ : हामिले फलाना ग्रन्थमा आर्यहरु बाहिरबाट आएका हुन भनेर लेख्यौं - फलाना ग्रन्थमा प्राचीन हिन्दुका पुर्खाहरु र ऋषीहरुले गौमांस खान्थे ईत्यादि । नक्कली "मनुस्मृती" तयार गरि छुवाछूत लाई प्रश्रय दिइयो , नारीहरु प्रती कलुषित नियमहरु , शुद्रहरुको बारे गलत प्रस्तुती र शुद्रहरु माथी चर्को अत्याचार गर्ने श्लोकहरु घुसाइयो ।
"मनुस्मृती" र नेपालका पश्चिमी खेताला:
यो भन्नुपर्दा ताज्जुब र बडो दु:ख लाग्छ कि हंटर कमिशन २ सय वर्ष अघि गठन गरेको थियो बेलायतले र विलियम हंटर र म्याक्स मुलर मरेर गैसके - तर अहिले तिनका नेपाली अवतारहरु प्रसस्त देखिएका छन । आर्यहरु ककेसस बाट आएका थिए , ऋषिहरुले गौमांस खान्थे , मनुस्मृतीमा वर्णभेद र स्त्री जाती माथि चर्को अत्याचारको प्रावधान छ ईत्यादि विषयहरु निकै उछालिंदै छ - यी तिनै विषयहरु थिए जुन हंटर कमिशनले तयार गरेको थियो । यस बाट बुझ्न सकिन्छ पश्चिमाहरु पुर्विय संस्कृतीलाई नष्ट गर्न र बदनाम गर्न आजसम्म पनि कसरी लागिरहेका छन भन्ने ।
युरोप , अमेरिका र अफ्रिकाका करौडौं आदिवासीहरुको नरसंहार गरि तिनका मौलिक संस्कृती नष्ट गर्ने , तिनका साधन श्रोत र जमिन कब्जा गरि दास बनाउने पश्चिमाहरु नेपालका आदिवासिहरुको मसिहा बन्दै उनिहरुलाइ यहाँको मौलिक संस्कृति बिरुद्ध उक्साइरहेका छन । विश्वको ईतिहास साक्षी छ, जहाँ - जहाँ पश्चिमाहरु छिर्छन चाहे धर्म को नाम मा होस वा च्यारिटी को नाममा होस वा विकास को नाममा होस वा व्यापारको नाममा होस : त्यहाँ-त्यहाँ अशान्ति , हिंसा , गृहयुद्ध भएको छ - यस क्रममा सबैभन्दा बढी क्षती आदिवासी हरुकै भएको छ र एकमात्र लाभ पश्चिमाहरुलाइ भएको छ । सिरियामा किन युद्ध भैरहेको छ ??? रुवान्डामा केवल १०० दिनमा १५ लाख मानिसको हत्या कसरी उत्पन्न भयो?
फ्रेडरिक नित्शे र "मनुस्मृती" :
पश्चिमको प्रवुद्ध र चेतनशिल वर्गलाइ सबभन्दा प्रभावित पार्न सफल दार्शनिक तथा चिन्तक हुन फ्रेडरिक नित्शे , उनले लेखेका छन : यो धर्तीमा मनु जस्तो बुद्धिमान र गहिरो दृष्टि भएको मानिस न त पहिले कहिल्यै जन्मे न त भविष्यमा जन्मने सम्भावना नै छ । उनी जहाँ जान्थे "मनुस्मृती" साथमा हुन्थ्यो , सिरानीमा राझेर सुत्थे "मनुस्मृती" , मृत्युको क्षण सम्मपनि "मनुस्मृती" उनको साथमा थियो ।
विदेशी तत्वका भाटहरुको खोपडीमा गिदि भन्ने चिज थोरै पनि बचेखुचेको छ भने हंटर कमिसनको डिजाइनको मोहरा बनेर "मनुस्मृती" को निन्दा गर्ने - जलाउने मुर्खता गर्नु अघि नित्से जस्तो अति प्रतिभावान चिन्तक तथा दार्शनिकले "मनुस्मृति" को प्रशंसामा यत्रा शब्दहरु किन खर्च गरे भन्ने तथ्य मनन गरून् ।
नित्सेको एउटा निकै महत्वपूर्ण पुस्तक छ "The code of manu" ; खासमा यो पुस्तक उनको निकै चर्चित पुस्तक "The anitichrist" को भाग हो । "The code of manu" मा नित्शेले "मनुस्मृती" को दुई प्रमुख सिद्धान्त चेतनाको विकासको सिद्धान्त र अनुभवको हस्तान्तरणको सिद्धान्तको गहन विश्लेषण गरेका छन । "मनुस्मृती" मा जतिपनि श्लोकहरु लिपिबद्ध गरिएका छन ती सबै यी दुई सिद्धान्तमा आधारित छ्न। उल्लेखनिय कुरा के हो भने "मनुस्मृती" हिन्दुहरुको हित र कल्याण को लागि मात्र होइन समस्त मनुष्यजातीको हित प्रती लक्षित छ।
मनुको चेतनाको विकास मा अधारित विकासवाद को सिद्धान्त र चार्ल्स डार्बिन को शरीर को क्रमिक विकास मा आधारित विकासवाद को सिद्धान्त :
मनुको दृष्टिलाई बुझ्न गहिरो समझको आवश्यक हुन्छ। चार्ल्स डार्विनको विकासवादको सिद्धान्त शरीरमा आधारित छ किनकी समस्त पश्चिमी चिन्तन नै शरीर वा भौतिक वस्तुमा अल्झेको छ। पुर्विय चिन्तन चेतना प्रधान छ । डार्विन वा अन्य पश्चिमा विकासवादी सिद्धान्तकारहरुले चेतनाको बारे कुनै ख्याल नै गरेनन ।
विकास शरीरको मात्र होइन चेतनाको पनि हुन्छ अझ चेतनाको विकास बढी महत्वपूर्ण हुन्छ शरीरको विकास भन्दा । डार्विनको प्राकृतिक विकासवादको सिद्धान्त संदेहपुर्ण छ । उनका अनुसार मन्छेको पुर्खा बाँदर हो - बाँदर विकसित भएर मन्छे भएको हो - तर बाँदर एकरातमा मन्छे त पक्कै भएन यसको पनि क्रमागत प्रकृया होला - जस्तो घनघोर रातपछि दिन शुरु हुन मिर्मिरे विहानीको चरण पार गर्नुपर्ने हुन्छ - एउटा बच्चा युवावस्था पार नगरी वृद्धावस्थाको चरणमा प्रवेश गर्दैन । त्यस्तै बाँदर विकसित भएर मन्छे हुनु अघि बाँदर र मन्छे बिचको चरण के हो ? बाँदरको पुच्छर कुन चरणमा आइपुग्दा गायव भयो ? डार्विन यस विषयमा स्पष्ट छैनन ।
गाई लाई हिन्दूहरु किन आमा मानेर पुज्छन?
मनुको दृष्टि चेतनाको विकास सँग सम्बन्धित छ। गाईलाई हिन्दुहरु किन आमा मानेर पुज्छन भन्ने रहस्य बुझ्न मनुको सिद्धान्तलाई बुझ्नुपर्ने हुन्छ। मनुको अनुसार प्राणीहरु मध्य सबैभन्दा उच्च चेतना मनुष्यको हो - मनुष्य भन्दा अगाडि गाइको चेतना हो । हरेक प्राणीको चेतना Evolution हुँदै मनुष्य चेतनामा आइपुग्न गाइको चेतनाको चरण पार गर्नैपर्ने हुन्छ। डार्विनको अनुसार शारिरिक रुपले बाँदरको शरीर विकसित भएर मनुष्य भएको हो । मनुको र समग्र हिन्दु चिन्तन अनुसार गाइको चेतना विकसित भएर मनुष्य चेतना भएको हो। त्यसो हुँदा चेतनाको दृष्टिकोणले मनुष्यको सबैभन्दा नजिकको सम्बन्ध गाई सँग छ ।
गाईलाई हिन्दुहरु मात्र श्रद्धा गर्दैनन पुर्वका सबै धर्महरु हिन्दु , बौद्ध , जैन , शिख सबैले श्रद्धा गर्छन - यसको अर्थ पुनर्जन्मको सिद्धान्तलाई आत्मसात गर्ने र "जाती स्मरण " को अभ्यास गर्ने सबै धर्मले गाईलाई आमा मान्छन । यि सबै धर्मको साधना बिधिमा "जाती स्मरण" को अभ्यास अनिवार्य हुन्थ्यो - जाती स्मरणको अभ्यासद्धारा कुनैपनी साधक आफ्नो कैयौं जन्मको घटनाको स्मरणमा जान सक्छन। पुर्वमा गाईलाई यसकारण आमा मानियो र श्रद्धा गर्न थालियो कि जातीस्मरणको गहन अभ्यास गर्ने साधकले यो बोध गरे : उसको कैयौं जन्म मनुष्य चोलाकै रुपमा रह्यो तर मनुष्य चोलाको शुंखला भन्दा ठिक अगाडीको जन्म गाईको थियो । यो बोध र अनुभव जातिस्मरणको गहिरो अभ्यास गर्ने पुर्वका हरेक तपस्वीहरुको रह्यो र यसैकारण पुर्विय संस्कृतीमा गाईलाई आमा मानी श्रद्धा गर्न थालियो ।
पुर्विय संस्कृतीमा मांसाहारलाई प्रोत्साहन गरिंदैन - अहिंसा प्रधान चिन्तन हो पुर्विय संस्कृतीमा तर मांसाहारी सांसारिक मानिसहरुको लागि प्राणिहरु मध्य गाई अन्तिम विकल्प हुनुपर्छ भन्ने मान्यता पुर्विय धर्महरुको हो किनकी गाइको चेतना अन्य कयौं चेतनाको क्रम पार गरेर मनुष्य चेतनाको संघारमा रहेको हुन्छ - केवल १ खुडकिलो बाँकी !!!!! हिन्दु मत अनुसार गाइको चेतना मनुष्य चेतनाको सबैभन्दा नजिकको हो भने माछा सबैभन्दा टाढाको चेतना हो, यसैले हिन्दुहरु को दस अवतार मध्य मत्स्य पहिलो अवतार हो , जीव-विज्ञान अनुसार पनि धर्तीको पहिलो जीव माछा हो । हिन्दु मतलाई बुझ्ने प्रयास गरौं - सकभर मांसाहार नगर्ने यदि गर्नै परे माछा, बाख्रा , कुखुरा र गाई छ भने माछा पहिलो रोजाइ र गाई अन्तिम रोजाइ हुनुपर्छ। भोकमरी र चरम अभावले गौमांस सेवन नगरे मनुष्य मर्ने र अन्य कुनै विकल्प नरहेको अवस्थामा बाहेकको सामान्य अवस्थामा गौहत्या वर्जित छ ।
INGO र मिशनरीका भातमाराहरु तर्क गर्छन: आखिर मासु-मासु नै हो बाख्रा , राँगोको मासु खान हुन्छ भने गाइको किन हुँदैन ??? अलि अघि आङ्पाजी शेर्पाले यो प्रश्न तेर्साए एउटा कार्याक्रममा । यिनलाइ भन्नुपर्ने हुन्छ मासु त आफ्नै आमाको पनि त मासु नै हो नि किन काटेर नखाने आफ्नै आमालाइ ? काम वासना जागृत हुँदा आफ्नै आमा वा छोरी रोज्छौ कि अन्यत्र लाग्छौ फटाहाहरु ? हाडनाता करणी गर्न नहुने मान्यता धार्मिक रुपले मात्र तर्कपुर्ण हो कि बैज्ञानिक रुपले पनि ? DNA थ्यौरी के भन्छ यसबारे ? वृहद पशुपालन फार्ममा पशुहरुलाइ हाडनाता करणी हुनबाट जोगाइन्छ किनकी हाडनाता बाट पैदा भएको बच्चामा गम्भीर खालको जेनेटिक समस्या पैदा हुन्छ ; यो तथ्य यी पशुहरुलाइ जानकारी छ कि छैन ??? गाई पनि मनुष्य को चेतनाको दृष्टिकोण ले अत्यन्त नजिकको हो । यो रह्यो मनुको चेतनाको विकास सम्बन्धि दृष्टि ।
मनुको अनुभवको हस्तान्तरण को सिद्धान्त:
मनुको अर्को निकै गहिरो दृष्टि "अनुभवको हस्तान्तरणको सिद्धान्त" सँग सम्बन्धित छ - मनुको यहि दृष्टिको कारण नित्शेले मनुलाई यो धर्तीकै आजसम्मको सबैभन्दा बुद्धिमान मानव भनेका हुन । यसलाइ बुझ्ने चेष्टा गरौं ।
आजभन्दा करोड वर्ष अघि कुकुर जहाँ थियो आजपनि कुकुर त्यहिं छ चेतनाको दृष्टिकोणले । १ लाख वर्षअघि बाँदर रुखमै झुन्डिन्थ्यो र चकचके थियो आजको बाँदर पनि त्यहिं छ - त्यस्तै छ ।मनुष्यलाई छोडेर सम्पुर्ण प्राणीको स्थिती यहि छ । हजारौं वर्ष अघिको ग्रन्थहरु छन - ती ग्रन्थहरुमा कुकुरको वर्णन हेरौं - आजको कुकुरको स्थिती भन्दा रत्तिभर फरक छैन - त्यतिबेला पनि कुकुरले गुहु खान्थ्यो आजपनी खान्छ ;तर मनुष्यको एउटा पुस्ता र अर्को पुस्ता बिचनै असामान्य भिन्नता छन । प्रत्यक पुस्ता अघिल्लो पुस्ताभन्दा फरक छ ।
१० लाख वर्ष अघि मन्छे काँचो मासु खान्थे , पछि आगो पत्ता लगाए , पोलेर खान थाले - २ ओटा ढुङा आपसमा ठोक्काएर आगो बाल्थे , पहिले नाङ्गै हिंडथे - पछि झार-पातले यौनाङ्ग छोप्न थाले - आज मनुष्य खाना पकाउने विधिमा , खाना खाने तरिकामा , लगाउने कुरामा , अग्नि पैदा गर्ने विधिको सन्दर्भमा कहाँ छ भनिरहनु पर्दैन । आखिर अन्य प्राणिहरु जहाँको तहिँ किन रहे तर मनुष्यमा यत्रो अन्तर किन रह्यो त ??? मनु को "अनुभव को हस्तान्तरण " को सिद्धान्तको दृष्टि यसै सँग सम्बन्धित छ ।
जस्तो: १० लाख वर्ष अघि मानिसले काँचो मासु खान्थे किनकी अग्निको बारे अत्तोपत्तो थिएन - पछि २ ओटा ढुङ्गा ठोक्काएर अग्नि पैदा गर्न सिके र पोलेर खान थाले - अलि पछि पकाएर खान थाले। पछि सलाइ - लाइटर - ग्याँस - बिधुत - ओभन ..... !!!! एउटा ४० वर्षको मानिसले के ठान्छ भने उसले जीवनमा आज सम्म जे जति जानेको छ त्यो उसको ४० वर्षको ज्ञानको उपलब्धि हो अर्थात ४० वर्ष मै उसले यी सबै ज्ञान हासिल गरेको हो तर तथ्य के हो भने उसको ज्ञानमा करोडौं वर्षको उसका पुर्खाको अनुभव र ज्ञान सम्मिलित छ।
मानिलिउँ संसारमा प्रलय भयो , संसारका सबै चिजहरु नष्ट भयो - संयोगवस भरखरै जन्मेको एउटा बच्चा मात्र जिवित रह्यो - अब के उसले हामिले ४० वर्षको उमेरमा जे जति जान्दछौ - उ ४० वर्षमा लाग्दा त्यति नै जान्दछन ??? तथ्य के हो भने उ पछिको पुस्ताले लाइटरको युग सम्म आइपुग्न लाखौं वर्षको अबधी पार गर्नुपर्छ जसरी यो पुस्ताको पुर्खाले पार गरे ।
मनुष्य बाहेकका अन्य प्राणी हरुको कमजोरी के रह्यो भने एउटा पुस्ताले प्राप्त गरेको ज्ञान र अनुभव अर्को पुस्तामा हस्तान्तरण हुन सकेन - फलस्वरूप हरेक पुस्ताले शुरुवातको विन्दुबाट जीवन चलाउन पर्यो यसर्थ हरेक पुस्ता जहाँको तहिँ रह्यो । मनुष्यको हकमा चाहिँ हरेक पुस्ताले आफ्नो जिवनभरको अनुभव र ज्ञान पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न सक्षम रह्यो र पछिल्लो पुस्ताले फेरि अघोल्लो पुस्ताबाट प्राप्त ज्ञान र अनुभवमा आफ्नो जिवनभरमा आर्जित ज्ञान र अनुभव थप गरि अर्को पुस्तालाई हस्तान्तरण गर्न सक्षम रह्यो यसैकारण हामी केवल १० वर्ष अघि-पछिको पुस्तामा ठूलो भिन्नता देख्छौं ।
अनुभव र ज्ञानको हस्तान्तरण नभइ बुद्धि र चेतनाको विकास हुँदैन । विकासको अर्थ हो अघिल्लो पुस्ताको अन्तिम विन्दु पछिल्लो पुस्ताको प्रारम्भिक विन्दु ; विकास नहुनुको अर्थ हो अघिल्लो पुस्ताको प्रारम्भिक विन्दु र पछिल्लो पुस्ताको प्रारम्भिक विन्दु एकै हुनु। जस्तो : एकजना विद्यार्थी १ कक्षामा भर्ना भयो र ९ महिना पढ्यो र त्यो स्कुल छोड्यो , अर्को स्कुलमा भर्ना भएर फेरि १ कक्षामा पढ्यो - त्यो स्कुल पनि केही महिना पढेर अर्को स्कुलमा १ मा भर्ना भयो ...अब यो विधार्थिको पढाइको विकास हुँदैन पशु झैं जहाँको तहिं रहन्छ।
मनु को सिद्धान्त हिन्दु समुदायको मात्र हित प्रती लक्षित छैन अन्य सम्पुर्ण धर्मका अनुयायी तथा विविध जातीहरुको हित प्रती लक्षित छ :
मनुको दृष्टि निकै गहिरो छ चेतनाको विकास र अनुभवको हस्तान्तरणको सन्दर्भमा । उनको सम्पुर्ण चिन्तन आध्यात्मिक चेतनाको विकासमा लक्षित छ - उनको सरोकार हिन्दुहरु को आध्यात्मिक चेतनाको विकास संग मात्र सम्बन्धित छैन ; सम्पुर्ण धर्मका अनुयायीको आध्यात्मिक चेतनाको विकास सँग सम्बन्धित छ । चार वर्णको विभाजन पुर्णरुपले यसै संग सम्बन्धित छ। यसलाइ पनि बुझ्ने चेष्टा गरौं।
मानिलिउँ एकजना इस्लामका अनुयायी छ जो आफ्नो जिवनभर दैनिक नमाज पढछन - दैनिक नमाज र प्रार्थनाले उसमा केही परिवर्तन पनि हुन्छ आत्मिक रुपले - अब उसको मृत्यु हुन्छ र अर्को जन्म हिन्दु परिवारमा हुन्छ , तब भनिरहनु पर्दैन उ मन्दिर जानुपर्ने हुन्छ यस स्थितीमा उसले अघिल्लो जन्ममा जीवनभर गरेको नमाज र प्रार्थनाको उपलब्धी खेर जान्छ र फेरि हिन्दु पद्धती अनुसार शुरुवातको विन्दुबाट प्रारम्भ गर्नुपर्ने हुन्छ यसको अर्थ आध्यात्मिक चेतनाको दृष्टिकोणले उ जहाँको तहिं हुन्छ । उसको १ जन्म खेर जान्छ । उसको जन्म र मृत्युको चक्र व्यवस्थित भएन भने उसको सयौं जन्म खेर जान्छ र सयौं जन्ममा पनि उ जहाँको तहिं रहन्छ। त्यस्तै हिन्दु परिवारको कुनै व्यक्ति मृत्यु पश्चात् अर्को जन्म मुश्लिम कोखमा भयो भने पनि हालत यहि हुन्छ । मनुले अन्तर्जातिय विवाहमा पुर्णत वन्देज लगाएका छन , उनले स्थापित गरेको र हेर्दा निकै कठोर लाग्ने दन्ड विधान हरु गहिराइमा समस्त मानवजातीको आध्यात्मिक चेतनाको विकास तर्फ लक्षित छ ।
मनु र चार वर्णको विभाजन तथा दन्ड बिधान:
मनुले चार वर्णको विभाजन , अन्तर्जातिय विवाहमा निषेध , परस्त्री वा परपुरुष संगको यौन सम्बन्धमा निषेध लागायतका सम्पुर्ण दन्ड विधानको व्यवस्था यसकारण गरे ताकी जुन व्यक्ति जुन जाति वा वर्णको हो उसको मृत्यु पश्चात् उसको अर्को जन्म त्यही जाती वा वर्णको कोखमा होस र अघिल्लो जन्ममा गरेको सम्पुर्ण आध्यात्मिक साधनाको अन्तिम विन्दु उसको अर्को जन्मको प्रारम्भिक विन्दु रहि उसको आध्यात्मिक चेतनाको विकास होस ।
उनको दन्ड बिधानको प्राबधान कुनै जाती , वर्ग वा लिंग बिरुद्ध लक्षित छैन जुन म्याक्स मुलर र विलियम हंटरको माध्यम द्धारा बेलायती खुराफातीहरुले मनुस्मृती मा तोडमरोड गरेर प्रचारमा ल्याए र आमजनमानस लाई भ्रमित तुल्याए। मेरो हिसाबले बेलायतीहरुले मनुस्मृती जस्तो उच्चतम आध्यात्मिक चिन्तन बोकेको र समस्त मानवजातीको हित प्रती लक्षित ग्रन्थलाई षडयन्त्रपुर्वक तोडमरोड गरेर समस्त मानवजातीको बिरुद्ध गम्भीर अपराध गरेका छन ।
बौद्ध परम्परामा बारदो को अभ्यास :
आध्यात्मिक चेतनाको विकास र अनुभव अनि ज्ञानको हस्तान्तरण को बारे जुन सूक्ष्म दृष्टि मनुको छ लगभग त्यस्तै दृष्टि बौद्ध चिन्तनको पनि छ । बौद्ध परम्परा मा एउटा ध्यान साधनाको विधि छ "बारदो" । मानिलिउँ कुनै एक साधकले बिबिध आध्यात्मिक साधनाको अभ्यास गर्दै आध्यात्मिक चेतनाको विकास को एउटा चरणमा पुग्यो तर निर्वाणको स्थितमा पुग्नु अगावै उसको मृत्युको क्षण आइपुग्यो । निर्वाण प्राप्ति अगावै उसको मृत्युको अर्थ हो उसको पुनजन्म हुन्छ - तर अर्को जन्ममा उसले फेरि शून्य बाट साधना गर्नुपर्ने हुन्छ । उसको यो जन्ममा गरेको साधना मार्फत प्राप्त सम्पुर्ण आध्यात्मिक चेतनाको विकास को अन्तिम विन्दु अर्को जन्मको प्रारम्भिक विन्दु होस - जसको लागि "बारदो" को अभ्यास गराइन्छ । "बारदो" को प्रकृया अनुसार मृत्यबरण प्राप्त गर्ने साधक ले "बारदो" अगाडीको सम्पुर्ण अनुभव र ज्ञान अर्को जन्ममा पनि ट्रान्सफर गर्न सक्षम रहन्छन फलस्वरूप उसले अर्को जन्ममा शून्यबाट साधना गर्नु पर्दैन - अघिल्लो जन्मको अन्तिम विन्दु जहाँ थियो त्यहिंबाट साधना आरम्भ हुन्छ। खासमा "बारदो" कृतृम रुपले स्वप्न पैदा गर्ने विधि हो , हामी स्वप्न त देख्छौं तर हाम्रो इच्छा मुताबिक होइन - स्वभाविक रुपले देख्छौं तर "बारदो" मा स्वप्न सिर्जना गरिन्छ ।
पुर्विय मत अनुसार मृत्युको ३ प्रकार र बारदो:
१. होशपुर्वक को मृत्यु : होशपुर्वक को मृत्यु शरीरबाट होशपुर्वक चेतन छुट्ने प्रक्रिया हो । जसलाइ हिन्दुले मोक्ष , बौद्धले निर्वाण र जैनले कैवल्यको नामले जनाउछन । पुर्विय चिन्तन अनुसार होशपूर्वकको मृत्यु पश्चात मनुष्य जन्म-मरणको चक्रबाट मुक्त हुन्छ।
२. बेहोशीमा मृत्यु : हामी आधिकांस आममानिसको नियति हो बेहोशीको मरण जसले गर्दा जन्म मरणको चक्र चलिरहन्छ तर अघिल्लो जन्मको स्मरण नहुनुको कारणले सम्पुर्ण ज्ञान र अनुभव प्राप्तीको कार्य शुन्यबाट आरम्भ गर्नुपर्छ। अनन्त इच्छा र वासना विद्यमान रहने भएकोले ती वासना पूरा गर्न अर्को जन्म लिनुपर्ने हुन्छ यसरी जन्म-मरणको चक्र चलिरहन्छ।
३. स्वप्नमा मृत्यु : "बारदो" स्वप्नको अवस्थामा मृत्युुको बैज्ञानिक विधि हो । यसको बिज्ञान लाई बुझौं । जस्तो: दिनभर हामी जागृत हुन्छौं अर्थात चेतन मनमा हुन्छौं रातमा हामी सुत्छौं र निदाउँछौ तब हामी स्वप्न देख्छौं र हामी जागृत अवस्थाको जीवनको सम्पुर्ण घटनाक्रम भुल्छौ - स्वप्नको आफ्नै दुनियाँमा हुन्छौं। जब स्वप्न टुटछ तब फेरि हामी हाम्रो जीवनको सम्पुर्ण घटनाक्रमको स्मरणमा आउँछौ। "बारदो" बिज्ञान अनुसार स्वप्नको स्थितीमा मृत्युबरण हुने मनुष्यको अर्को जन्म पनि स्वप्न कै अवस्थामा हुन्छ - अर्थात जुन स्वप्नको दृष्य लिएर मृत्यु हुन्छ अर्को जन्ममा त्यहि स्वप्नको श्रुखंला सहित जन्म हुन्छ। फलस्वरुप अर्को जन्ममा जुन स्वप्न सहित जन्म हुन्छ त्यो स्वप्न टुट्ने बित्तिकै अघिल्लो जन्मको सम्पुर्ण स्मरण , अनुभव र ज्ञान को पुनरावृत्ती हुन्छ। फलस्वरुप मनुष्यले आफ्नो पुर्वजन्मको अन्तिम विन्दुबाट आफ्नो ज्ञानको आरम्भ गर्न सक्छ अर्थात: अघिल्लो जन्मको उपलब्धी खेर जाँदैन ।जबकि वेहोशीको मृत्युमा अघिल्लो जन्मको सम्पुर्ण स्मरण मेटिन्छ र नयाँ शिलशिला आरम्भ गर्नुपर्ने हुन्छ।
पुर्विय मत अनुसार माथी उल्लेखित ३ प्रकारको मृत्युको रहश्यमय कडि के हो भने मृत्युको अन्तिम विन्दु नै अर्को जन्मको पहिलो विन्दु हो । जस्तो : वेहोशीमा मृत्यु हुनेको अर्को जन्म वेहोशीमै हुन्छ , स्वप्नमा मृत्यु हुनेको अर्को जन्म स्वप्नमै हुन्छ , होशपुर्वक मृत्यु हुनेको जन्म होशपुर्वक नै हुन्छ - पुर्विय मत अनुसार होशपुर्वक शरीर त्याग गर्नेहरु अर्को जन्म लिने कि नलिने भन्ने छनौट गर्न सक्छन।
विषयको गहनताले गर्दा हजारौं वर्षदेखि गलत बुझाइको सिकार भएको , अंग्रेज साम्राज्यको कुटिल षडयन्त्रको कोपभाजनमा परेको तथा यो देशका केही फटाहा नेताहरुको कमाइ खाने भाँडो भएको "मनुस्मृती" को बारे लामो समय देखि आलोचनाको स्वर उठेको छ , कतिपय पटक जलाइएको छ ।
अनौठो !!! : मनुस्मृतिको नक्ककी प्रती बनाइ फिंजाउने शक्ति र नक्कली मनुस्मृतिको हवाला दिएर बिरोधको लागि उक्साउने तत्वको मुहान एउटै हुनु बिडम्बना हो ।
मनुस्मृतीको बारे वास्तविक तथ्य जानकारी लिन इच्छुक हरुको लागि आदरणीय प्रविण अधिकारी ज्यू को आलेख महत्वपूर्ण कोषेढुंगा हुनेछ भन्ने मलाइ लाग्दछ । उहाँले गहनतापुर्वक मनुस्मृतिको समग्ररुपले ब्याख्या र विश्लेषण गर्नुभएको छ । उहाँको यो आलेख अध्ययन गर्न सबैलाइ सुझाब दिएँ।
(प्रवीण अधिकारी ज्यु को मनुस्मृती मा आधारित आलेखको लागि यहाँ Click गर्नुहोस ।
मनुस्मृतिमा नारी ,शुद्र र वर्ण व्यवस्था
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment