
Shantiman Shrestha:

धमलाले अंग्रेजी जान्दाजान्दै हिन्दीमा बोले कि अंग्रेजी नजानेकोले हिन्दीमा बोले भन्ने मेरो सरोकारको विषय होइन र उनको व्यक्तिगत बोलि; ब्यवहार अनि प्रवृत्ती कस्तो छ भन्ने पनि मेरो सरोकारको विषय होइन ।
जहाँ सम्म उनले अंग्रेजीमा नबोलेर हिन्दीमा बोले भनेर होहल्ला मच्चाउने महानुभावहरुको सवाल छ म उहाँहरुलाइ सोध्न चाहन्छु; भाषागत रुपले नेपाली भाषाको निकट हिन्दी हो कि अंग्रेजी हो ? यी दुबै भाषाको मुलश्रोत संस्कृत होइन ??? नेपाली भाषामा प्रयुक्त हुने अधिकांस शब्दहरु हिन्दी भाषाका शब्दहरु सँग मेल खान्छ कि अंग्रेजी भाषाका शब्दहरू सँग मेल खान्छ ? नेपालि भाषा र हिन्दी भाषाका अधिकतर शब्दहरु साझा छन भन्ने कटु तथ्य नबुझेको हो कि बुझ पचाइएको हो ? कतै हामी अंग्रेजहरुको मानसिक तथा भाषिक गुलामी को सिकार त भैरहेका छैनौं???
हाम्रो धर्म , संस्कृति , भाषा तथा परम्परा माथी पश्चिमाहरु बाट जोखिम छ कि भारत बाट? अनि अंग्रेजी नजान्ने जति सबै गँबार हुन्छन भन्ने सोंच र विद्धान तथा समझदार ठहरिन अंग्रेजी जान्नैपर्छ भन्ने सोंच कत्तीको बुद्धिमतापुर्ण छ? गौतम बुद्ध अहिले यो धर्ती मा प्रकट भए र हामिले उनलाइ अंग्रेजी मा सोध्यौं भने शायद उनले जवाफ दिन सक्नेछैनन - के बुद्धलाइ हामी गँबार भन्ने?
व्यक्तिगत रुपले मेरो प्राथमिकता नेपाली भाषानै हो तर जब यो भाषा र अन्य भाषाको प्रसंग आउँछ म अंग्रेजी भाषा भन्दा हिन्दी भाषा विश्वव्यापी होस भन्ने चाहन्छु किनकी हिन्दी भाषा र नेपाली भाषाको मूल एउटै हो , अंग्रेजी भन्दा हिन्दी हाम्रो भाषासँग निकट छ ।
हिन्दी र नेपाली का ९०% भन्दा बढी शब्दहरु साझा छन , वर्णमाला र ब्याकरण साझा छन । जुन विदेशीले हिन्दीमा लेख्न र पढन सक्छन उसले नेपालीमा पनि लेख्न र पढन सक्छन ।हिन्दी भाषा नजान्नेले भन्दा हिन्दी भाषा जान्नेले कैयौं गुणा कम समयमा नेपाली भाषा सिक्न सक्छन ।
हिन्दी भाषा नेपाली भाषाको लागि खुड्किलो हुन सक्छ तर अंग्रेजी भाषा हुन सक्दैन। निश्चय नै जब नेपाली र हिन्दी भाषाको सवाल आउँछ हाम्रो प्राथमिकता नेपाली हुनुपर्छ । हामी कतै पस्चिमाहरुको गम्भीर षडयन्त्रको मोहरा त भैराखेका छैनौं ???
हामीले त्यत्रो भु-भाग गुमायौं - समुन्द्री तटसम्म पहुँच राख्ने पृथ्वीनारायण शाहको स्वप्न थियो - दुर्भाग्यवश उनको अल्पायुमै निधन भयो , त्यही सपना भिमसेन थापा र बहादुर शाहले पनि देखे तर अंग्रेज सबैभन्दा ठूलो बाधाको रुपमा खडा भयो । समुन्द्री पहुँच नहुँदा हामिले जुन कठिनाइ र पिडा भोग्नुपर्यो त्यो सर्वविदितै छ।
हामिले गुमाउनुपरेको त्यो विशाल भु-भागको जिम्मेवार र समुन्द्री पहुँच कायम गर्ने अभियानको बाधक तत्व पश्चिमी शक्ति हो कि भारत हो ???
आजको दिनसम्म पनि जसले वर्तमान भारतलाई पुर्ण स्वतन्त्र राष्ट्र ठान्छ उसलाइ दक्षिण एशियाको समग्र राजनीतिको बारे गहन जानकारी छैन भन्नुपर्ने हुन्छ। भारतमा वेलायतको दुतावास हुँदैन वेलायती महारानीले नियुक्त गरेका हाइ कनिश्नर हुन्छ , गम्भीर निर्णयहरुमा भारत सरकारले वेलायती हाइ कमिश्नर सँग राय लिनुपर्ने हुन्छ।
पश्चिमले सम्पन्नताको एउटा प्रमुख शुत्र बुझ्यो - युद्ध र द्वन्द आफ्नो भुमीमा होइन अरुको भुमिमा होस ।
वेलायती महारानी भारत भ्रमणको लागि आउँदा भिषाको जरुरी हुँदैन तर भारतका राष्ट्र्पती वा प्रधानमन्त्री वेलायत भ्रमणमा जाँदा भिषा अनिवार्य हुन्छ। आज पनि भारत वेलायतले गठन गरेको कमन वेल्थको सदस्य राष्ट्र हो ।
दोस्रो विश्वयुद्ध पश्चात् अमेरिका सबभन्दा शक्तिशाली र सम्पन्न मुलुक को रुपमा दरिन पुग्यो - उसको सम्पन्नताको राज युरोपिय देशहरुले बुझे - युद्ध युरोप , एशियामा भयो अमेरिकाको भुमीमा भएन । युरोपको यो सचेतनापछि दोस्रो विश्व्युद्ध पछि युरोपको भुमीमा एउटापनि युद्ध भएको छैन किनकी उनिहरुले सम्झौता गरेका छन "युरोपको भुमिमा युद्ध नगर्ने" - यहि सम्झौता पछि युरोप त सम्पन्न हुन पुग्यो तर दुर्भाग्य !!!! युद्धभुमि एशिया , अरब वा अफ्रिका हुन पुग्यो र हालसम्म जारी छ । युद्ध नै नभएपछि प्रथम र दोस्रो विश्वयुद्धको क्रममा खरबौं डलरको लागतमा खोलिएका हतियार कारखाना बेकाम हुनेभए - परिणामस्वरुप पश्चिम ले नयाँ युद्धभुमी पहिल्याउन वा तयार गर्न खोज्यो जसको चपेटामा एशिया ,अफ्रिका, अरबका राष्ट्रहरु परे - नेपाल समेत पश्चिमको युद्धकारी खुराफाती नितिको सिकार भयो र हजारौंले ज्यान गुमाए।
भारतको जुन हालको राष्ट्रिय गित छ "जन गण मन अधिनायक जय है भारत भाग्य विधाता जन गण मन अधिनायक जय है ........" यो गित सन 1911 मा बेलायतका सम्राट जर्ज पंचमको भारत यात्राको क्रममा कलकत्ता सवारी हुँदा उनको स्वागत र स्तुतीको लागि रबिन्द्रनाथ टैगोरले एक भव्य समारोहमा उनको उपस्थितीमा गाएका थिए।
यो गितको शब्दहरु हेरौं :
"जन गण मन अधिनायक जय है भारत भाग्य विधाता जन गण मन अधिनायक जय है ........"
यो गितमा जर्ज पंचमलाई जनताको मनको मालिक भनिएको छ - भारतको भाग्य विधाता भनिएको छ - भारतिय जनताको मनको मालिक तिम्रो जय होस भनिएको छ ।
गितको अरु लाइनहरु हेरौं :
"पंजाब सिंध गुजरात मराठा द्रविड़ उत्कल बंग !
विन्ध्य हिमाचल यमुना गंगा उच्छल जलधि तरंगा!
तव शुभ नामे जागे तव शुभ आशीष मागे...!
अर्थात :
"पंजाब ,सिंध ,गुजरात ,मराठा ,द्रविड़, बंगाल ...यी सबै हिन्दुस्तानी भु-भाग तिम्रो लागि आशिष मगिरहेका छन ।
"जय हे, जय हे, जय हे"
यो "जय हे" भारतको "जय हे... " होइन ....जर्ज पंचम को जय होस भनिएको हो ।
रबिन्द्रनाथलाई नोबेल पुरस्कार विजेता भनेर बडो सम्मान गरिन्छ तर तथ्य फरक छ - जर्ज पंचम बेलायत फर्केपछि टैगोरको यो चाकडिपुर्ण गित बाट खुशी भै उनलाइ बेलायत बोलाए - टैगोर बकिघंम दरबारमा हाजिर भएपछि जर्ज पंचमले टैगोरलाइ यो गितको लागि नोबेल पुरस्कार दिलाउने प्रस्ताव राखे ।
तर रबिन्द्रनाथ टैगोर भारतका क्रान्तिकारीहरु संग त्रसित भै नोबेल पुरस्कार दिने नै भए यो गितको लागी होइन "गिताजंली" को लागि दिन आग्रह गरे र सोही अनुसार उनलाइ "गिताजंली" को लागि नोबेल साहित्य पुरस्कार दिइयो ।
आज सम्मको इतिहासमा पश्चिमी स्वार्थको बिपरितमा जाने कसैलाइ पनि नोबेल पुरस्कार दिइएको छैन - उसको चाटुकारहरुलाइ मात्र दिइएको छ र रबिन्द्रनाथ पनि बेलायतको १ न. को चाटुकार थिए।
आजपनि भारतमा अंग्रेजकालिन कानुन छ , शासन व्यवस्था नै वेस्ट मिनिस्टर प्रणाली अनुरुपको छ , विदेश नीति अंग्रेजकालिन नै छ ....त्यहाँको चर्चित जाशुसी संस्था "RAW" मा अझैपनी पुर्णत पश्चिमी पकड छ।
भारतको हेपाहा प्रवृत्ती प्रती हामिलाइ झोंक चल्नु र आक्रोश पैदा हुनु स्वभाविक हो ; राष्ट्रिय अखन्डता र स्वाभिमानको प्रश्नमा आम नेपालीहरु एकतबद्ध र मुखर हुनै पर्छ ; यसो भन्दैगर्दा भारतको वस्तुस्थितिको पनि ख्याल गर्नुपर्छ -
भारतको कथित स्वतन्त्रता पछिको नेपालप्रतिको भारतिय नीति भारतिय संस्कृती अनुरुपको होइन - पश्चिमा नीति अनुरुपको हो ।
भारतमा बेलायती प्रभाव कायम राखिराख्न जवाहरलाल नेहरुलाइ जबर्जस्त र षड्यन्त्रपुर्वक प्रधानमन्त्री बनाइएको थियो नत्र भारतिय काँग्रेसको आन्तरिक निर्बाचनमा सरदार बल्लभभाइ पटेलले ९५% भोट र नेहरुले केबल ५% भोट प्राप्त गरेका थिए।
युद्धभुमि आफ्नो नहुनु र अन्यत्र हुनुको लाभांस अहिले अमेरिका र युरोपले बाँडिचुडी लिइरहेको छ - हतियार बिक्री बाट खरबौं डलर कमाइरहेका छन
बेलायतका लागि भारतका अन्तिम गभर्नरले बेलायती संसद हाउस अफ कमन्समा गर्बपुर्बक भनेका थिए "हामिले यो सुनिश्चित गरेका छौं कि भारत अब सदाको लागि हाम्रो गुलाम रहनेछ यद्यपि हामी प्रत्यक्षरुपले भारतमा रहनेछैनौं।"
राष्ट्रिय अखन्डताप्रति सचेत र जागरुक हुनुपर्छ तर के भुल्नुहुँदैन भने हामिले चाहेर पनि छिमेकी साटन सक्दैनौ । सम्बिधान निर्माणको क्रममा नेपालका प्रत्यक नेताहरु दिल्ली दरबार धाएर एउटा वचन दिएर आए तर यहाँ पश्चिमाहरुको स्वार्थ अनुरुपको सम्बिधान जारी गरे रातारात ।
प्रथम र दोस्रो विश्वयुद्धपछि अमेरिका सबैभन्दा सम्पन्न र शक्तिशाली हुनुको प्रमुख कारण हो दुबै युद्ध अमेरिका बाहिर भयो - पुरै युरोप , एशिया , अफ्रिका , अरब युद्ध र बिध्वसंमा जाकियो तर अमेरिका चोखो रह्यो - यी दुबै युद्ध बाट सबभन्दा बढी लाभ अमेरिका लाई भयो ।
भारतले यहि सोध्यो - आखिर दिल्ली धाएर किन वचन दिएको त ??? हाम्रो छिमेकी भएर पश्चिमाको पुच्छर हुने ? भारत वा पश्चिमा दुवै बाट निरपेक्ष रहि जनभावना अनुरुप सम्बिधान जारी गर्न यी नेताहरु पुर्णरुपले असफल रहे । पश्चिमाहरु बाट खाएको डलर पचाउन "धर्म निरपेक्ष" को प्रावधान घुसाइयो - भारतलाई अनि नेपालका हिन्दु समाजको आक्रोश शान्त पार्न "धर्म निरपेक्षता भन्नाले सनातनकाल देखि चलीआएको धर्म तथा संस्कृतीको संरक्षण भन्ने बुझ्नुपर्दछ " भनेर विश्वकै अदभुत र फट्याइँपुर्ण व्याख्या गरियो।
अहिले भारतको बिरोध गर्नुनै राष्ट्रबाद हो भन्ने जुन गलत मनस्थितीले डेरा जमाएको छ वा पारिएको छ अधिकांस नेपालीहरुको मनस्थितिमा यो सुझबुझपुर्ण छैन ।
प्रथम र दोस्रो विश्वयुद्धपछि अमेरिका सबैभन्दा सम्पन्न र शक्तिशाली हुनुको प्रमुख कारण हो दुबै युद्ध अमेरिका बाहिर भयो - पुरै युरोप , एशिया , अफ्रिका , अरब युद्ध र बिध्वसंमा जाकियो तर अमेरिका चोखो रह्यो - यी दुबै युद्ध बाट सबभन्दा बढी लाभ अमेरिका लाई भयो ।
दोस्रो विश्वयुद्धको सन्दर्भमा रोचक तथ्य छ । त्यो बेला दुई धुरिका राष्ट्रहरु थिए मित्रराष्ट्र अर्थात बेलायत , अमेरिका , फ्रान्स र सोभियत रुस अनि शत्रु राष्ट्र अर्थात जर्मन , जापान र ईटाली । अमेरिका मित्रराष्ट्रको पक्षमा लडेको थियो तर अनौठो !!!!! जर्मन र फ्रान्स वा जर्मन र बेलायत परम शत्रु थिए तर अमेरिका ले जर्मन र फ्रान्स वा बेलायत दुबैलाइ हतियार बेचेको थियो । हिटलर अमेरिका बाट किनेको हतियार ले फ्रान्स सँग लडेको थियो - फ्रान्स अमेरिका बाट किनेको हतियार ले हिटलर सँग लडेको थियो ।
दोस्रो विश्वयुद्ध पश्चात् अमेरिका सबभन्दा शक्तिशाली र सम्पन्न मुलुक को रुपमा दरिन पुग्यो - उसको सम्पन्नताको राज युरोपिय देशहरुले बुझे - युद्ध युरोप , एशियामा भयो अमेरिकाको भुमीमा भएन । युरोपको यो सचेतनापछि दोस्रो विश्व्युद्ध पछि युरोपको भुमीमा एउटापनि युद्ध भएको छैन किनकी उनिहरुले सम्झौता गरेका छन "युरोपको भुमिमा युद्ध नगर्ने" - यहि सम्झौता पछि युरोप त सम्पन्न हुन पुग्यो तर दुर्भाग्य !!!! युद्धभुमि एशिया , अरब वा अफ्रिका हुन पुग्यो र हालसम्म जारी छ । युद्ध नै नभएपछि प्रथम र दोस्रो विश्वयुद्धको क्रममा खरबौं डलरको लागतमा खोलिएका हतियार कारखाना बेकाम हुनेभए - परिणामस्वरुप पश्चिम ले नयाँ युद्धभुमी पहिल्याउन वा तयार गर्न खोज्यो जसको चपेटामा एशिया ,अफ्रिका, अरबका राष्ट्रहरु परे - नेपाल समेत पश्चिमको युद्धकारी खुराफाती नितिको सिकार भयो र हजारौंले ज्यान गुमाए। युद्धभुमि आफ्नो नहुनु र अन्यत्र हुनुको लाभांस अहिले अमेरिका र युरोपले बाँडिचुडी लिइरहेको छ - हतियार बिक्री बाट खरबौं डलर कमाइरहेका छन नत्र गरिबी ले पराकाष्ठ नाघेर भोकमरी लागेर अनि अन्न को गेडा देख्न नपाउने , एउटा मकै को घोंघा को लागि मन्छे मार्न उद्यत रहने सोमालियन वा सुडानी हरुको प्रत्यक घर मा AK47 राइफल कसरी पुग्छ ??? मैं हुँ भन्ने धनिहरुले पनि किन्न नसक्ने राइफल भोकमरी ले मर्न बाध्य हुने नागरिक को हातमा ?
पश्चिमले सम्पन्नताको एउटा प्रमुख शुत्र बुझ्यो - युद्ध र द्वन्द आफ्नो भुमीमा होइन अरुको भुमिमा होस । आखिर सिरियामा युद्ध किन भैरहेको छ ??? असदलाइ हतियार कसले दिन्छ ? अनि विद्रोहीलाइ हतियार कसले दिन्छ ??? नेपालमा माओवादी लाई हतियार कसले दियो ? अनि सेनालाइ अरबौंको हतियार कसले बेच्यो ?
राष्ट्र्बाद , अधिकार र मुक्तीको नाममा हामी कतै पश्चिमा खेलको गोटि त भैराखेका छैनौं जो आफ्नो भुमि बाहिर द्वन्द र युद्ध पैदा गरि आफ्नो कथित सम्पन्नता टिकाउन चाहन्छ।
( नोट : धमलाले ठिक गरे वा बेठिक गरे - कुन भाषामा प्रश्न सोधियो - कुन भाषामा उनले उत्तर दिए र कुन भाषामा उत्तर दिनुपर्थ्यो भन्ने कुरामा यो आलेख सरोकार राख्दैन ।)
सम्बन्धित आलेख :
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment