००

Saturday, 9 March 2019

काँसी जाने कुति को बाटो

Author:
Shantiman Shrestha:
लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक अंगले अर्को संवैधानिक अंगको क्षेत्राधिकार माथी हस्तक्षेप गर्न मिल्दैन तर यिनि भन्छन : बम दिदि बहिनी निर्दोस हुन ! वाईडवडी घोटाला कान्डमा रविन्द्र अधिकारी निर्दोस हुन ! को दोषी हो र को होइन भन्ने ठहर र फैसला यिनले गर्ने हो भने अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग किन चाहियो ? राज्यको अर्बौं खर्चेर किन पाल्ने ति निकायलाई ?
प्रधानमन्त्री केपि ओलि वडाध्यक्ष पद सम्मको लागी योग्य हुन तर भए प्रधानमन्त्री , प्रधानमन्त्री पद उनको लागी बाँदरको हातमा नरिवल भयो ।
     केहि समय अघि यिनि विदेशी आगन्तुकहरुको पछि लागेर होटल मै ३-४ दिन डेरा जमाए , प्रधानमन्त्री पदको गरिमाको धज्जी उडाउने घटना थियो यो र देशकै चरम बेइज्जती थियो । अन्तर्राष्ट्रिय कुटनितिक प्रचलनमा कुनै पनि आगन्तुक को स्वागत-सत्कार आगन्तुकको ओहदा भन्दा १ तह मुनिको ओहदाका अधिकारी ले गर्ने स्थापित प्रचलन छ, यत्ती सामान्य कुरा त यिनि विदेश जाँदा गरिएको व्यवहार बाट नै चेत आउन पर्ने हो तर यिनि त अतिथी संगै होटलमा डेरा जमाए।
     प्रधानमन्त्री को रुपमा के बोल्न हुन्छ के हुँदैन भन्ने विवेक यिनले पुरै गुमाई सकेका छन , नागरिकले सोध्छन : निर्मलाको हत्यारा माथी कार्यवाही खोइ ? यिनि ओंठे जवाफ लगाउँछन १२ वर्ष पनि लाग्न सक्छ ! प्रधानमन्त्री भए लगत्तै यिनले भने : "काठमाडौ मा अब खाल्डाखुल्डी देखिने छैन।" वर्ष दिन पछि नागरिकले सोधे : काठमाडौ को खाल्डाखुल्डी कहिले पुरिन्छ ? यिनि भन्छन : मैले पारेको हो र खाल्डो?
     लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक अंगले अर्को संवैधानिक अंगको क्षेत्राधिकार माथी हस्तक्षेप गर्न मिल्दैन तर यिनि भन्छन : बम दिदि बहिनी निर्दोस हुन ! वाईडवडी घोटाला कान्डमा रविन्द्र अधिकारी निर्दोस हुन ! को दोषी हो र को होइन भन्ने ठहर र फैसला यिनले गर्ने हो भने अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग किन चाहियो ? राज्यको अर्बौं खर्चेर किन पाल्ने ति निकायलाई ?
     भर्खर यिनले भने : सिके रावत असाधारण बुद्धी भएका प्रतिभाशाली हुन। देश बिखन्डन को गतिविधि गर्ने बुद्धिमान हुन भने देशभक्तहरु बुद्धिहिन हुन? बुद्धिमानी मानिसले देश विखण्डनको गतिविधी गर्छ ? यिनको नजरमा बुद्धिमान कहलिन बिखन्डनकारी नै हुनुपर्ने हो? अलि अघि त यिनले देशप्रति जिम्मेवार बिद्धान वर्गलाई थला पार्छु भन्थे ! देशको बेथिति प्रती चिन्तित भएर आफ्नो अभिमत राख्ने बिद्धानलाई बुद्धिहिन ठान्ने ओलि देश विखण्डन को गतिविधी गर्ने रावत लाई बुद्धिमान देखेछन , भनाईको आशय देशद्रोहीहरु बुद्धिमान हुन। यस सन्दर्भमा मेरो बुझाई के छ भने स्यालले बाघको छाला ओढे पनि अरु प्राणी लाई झुक्याउन सक्ला आफैंलाई झुक्याउन सक्दैन - उसलाई थाहा हुन्छ म वास्तवमा श्याल हुँ। यिनि डाँफेको रंगरोगन गरेका डाँग्रे हुन , आज सम्म यिनको मालिकले कुशलतापूर्वक लगाईदिएको रंगरोगनको भरमा यिनि डाँफे भएर नाचिराछन , यिनलाई डाँफे नै ठानेर यिनको नाचको तालमा ताली बजाउने ऊल्लू हरु पनि प्रशस्त छन तर यिनलाई थाहा छ म वास्तवमा डाँग्रे हुँ। हरेक मानिसलाई आफ्नो असलिएत थाहा हुन्छ, राष्ट्रबादको खोल ओढेका यिनलाई राम्ररी थाहा छ आवरणमा राष्ट्रवादी भए पनि म वास्तवमा नेपाली भर्सन को लेन्डुप दोर्जे हुँ - म वास्तवमा देशद्रोही हुँ । मनोविज्ञानले भन्छ : मनुष्यले आफ्नो उत्कृष्टता र विद्धता सिद्ध गर्न आफ्नो चरित्र र स्वभाव संग मिल्ने दोस्रो व्यक्तिको सहारा लिन्छ र उक्त दोस्रो व्यक्तिको प्रशंसा गरेर पृष्ठभुमि मा चाहिँ आफ्नो उत्कृष्टता र विद्धता सिद्ध गरेर आत्मतुष्टी लिन्छ। सिके रावत र केपि ओलि को स्वभाव र चरित्र एउटै हो , मालिक पनि एउटै हो , लक्ष पनि एउटै हो तर आफैलाई उत्कृष्ट र विद्धान घोषणा गर्न मिलेन त्यसैले आफ्नो स्वभाव र चरित्र मिल्ने सिके रावतको प्रशंसा गरेर घुमाउरो पाराले आफ्नै प्रशंसा गर्दै आत्मरतिमा रमाउने मेशो निकाले।
     प्रधानमन्त्री ओलि ले प्रधानमन्त्री पदको गरिमालाई कति सम्म गिराए भन्ने उदाहरण हो सिके रावत सँगको सम्झौता । सम्झौता जहिले पनि समान मर्यादाक्रमका २ वा २ भन्दा बढी व्यक्तित्व बिच हुन्छ। सिके रावत कुन देशका प्रधानमन्त्री हुन ? उनको सांगठनिक र राजनैतिक हैसियत के हो? उनको स्वतन्त्र मधेस अभियानमा एउटा कुखुरा पनि मरेको थिएन , यत्तिको चर्चित त एउटा बालकको हत्यारा पनि हुन्छ - यो हत्याराको नाम सबैको मुखमा झुन्डिन्छ , असल कर्म गर्ने भन्दा खराब कर्म गर्ने मन्छेको नाम चाँडै फैलन्छ। सिके संग सम्झौता नै गर्नु थियो भने पनि एउटा उप-सचिव स्तरमा सम्झौता गरे काफी थियो तर ओलि आफै उपस्थित भएर प्रधानमन्त्री पद लाई सस्तो बनाए र सिके लाई अनावश्यक रुपले स्थान दिए , उनको अबैध माग लाई जानिबुझीकन बैध बनाए। ओलि देश प्रती ईमान्दार र जिम्मेवार हुन्थे भने उनले २०४६ पछि मधेसमा बाँडिएको नागरिकताको कडाईका साथ छानबिन गरि नक्कली नागरिकता खारेज गर्दै यसरी अनियमिततापूर्वक नागरिकता वितरण क्रीयाकलाप मा संग्लग्नलाई देशद्रोहको मुद्धा दायर गरि कार्यवाही गर्थे ।
     मधेसका वास्तविक आदिवासी नागरिकहरु देशभक्त छन , यत्ती गर्ने हो भने यि बिखन्डनकारिको हतियारमा खिया लाग्छ किनकी मुसाले आफ्नो नजिक दुलो नभईकन बिरालोलाई जिस्काउँदैन;सिके ले बिखण्डनको नारा लगाउन हिम्मत गर्ने बलियो आधार भनेकै यि अबैध नागरिक हुन, ओलि जस्तो धुर्त नेतालाई यो कुरा पनि थाहा छ तर उनि गर्दैनन किनकी उनि देश प्रती होइन अन्य प्रती बफादार छन त्यसैले उनले काशी जाने बहानामा देशलाई कुति जाने बाटो तर्फ डोर्याएका छन ।
     मधेस समस्याको सामाधान भनेको मधेसको नक्कली नागरिकहरुलाई निस्कासन गरि त्यहाँका वास्तविक आदिवासी नागरिकहरुको समानतामा आधारित हक स्थापित गर्नु हो , मधेसका बास्तविक नागरिकहरु नेपाली हुनुमा गर्व गर्छन तर केपि ओलि चाहिं मधेसको वास्तविक नागरिकहरुको चित्त दुखाउँछन , अबैध नागरिकहरुको मुद्धालाई आधिकारिकता दिन्छन , यो सब लेण्डुप पथको योजनाबद्ध विस्तारित स्वरुप हुन।
    सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts