
प्रवीण अधिकारी:
इनको र गौतम बुद्धको जन्म एकैदिन , बैशाख पूर्णिमा नै परेको थियो । १६ बर्षको उमेरमा इनले गौतम बुद्ध संग बिहे गरेकी थिईन । सिद्धार्थ गौतम यशोधरा र गृह त्याग गरेर गएपछि बुद्ध भनेर यस लोकमा प्रसिद्ध हुन पुगेपछि वा बुद्धले बुद्ध धर्म स्थापना गरेपछि इनले पनि बुद्धधर्मको दीक्षा लिएकी थिईन । यशोधराले २९ वर्षको आयुमा राहुल पाईन । बुद्ध संन्यासी हुन गएपछि यशोधराले गृहिणी भई राहुललाई हुर्काएको भएतापनि , ७ /८ बर्षपछि आमा छोरा दुवै सन्यासी हुन पुगेका थिए । यशोधराको मृत्यु ७८ वर्षको आयुमा अर्थात सिद्धार्थ गौतमले निर्वाण पाउनु भन्दा २ वर्ष पहिले हुन पुगेको थियो ।
वालक काल:
राजकुमारी यशोधरापनि बैशाख पूर्णिमाको दिन अर्थात सिद्धार्थ गौतमको जन्मको दिन नै कोलिय ग्राममा जन्मिएकि थिईन । यो स्थान आजको नेपालमा रुपन्देही जिल्लाको देवदह भन्ने ठाउँमा पर्दछ । जसरी बुद्ध शाक्यहरुको दरवारमा हुर्किएका थिए त्यसरी नै यशोधरापनि कोलियहरुको दरबारमा हुर्केकि थिईन । उनी सुन्दरी र वीणावादनमा निपुण भएपनि उनले राजकुमार सिद्धार्थलाई नै आफ्नो वरको रुपमा छानिन । बुद्ध गृहत्याग गरेर हिंडेपछि राहुललाई हुर्काइन् ।शुद्धोधन र प्रजापति गौतमीलाई ढाढस दिन सकिन । बुद्धलाई साधना मार्गमा लाग्न र सांसारिक आकर्षणमा नफस्न यशोधराले वरोवर स्मरण गराईन ।
गृहत्यागको दिन बुद्धको प्रिय घोडा कन्थकलाई तयार गरी सारथी छन्दकलाई त्यो रात दरबारमै सुत्न लगाइन् । राती गृहत्याग गर्नु पूर्व बच्चा र पत्नीलाई हेर्ने विचारले बुद्ध खोपी भित्र छिर्दा यशोधराले आफ्नो धोतीको सप्कोले राहुलको मुख छोपि दिईन ताकि बुद्ध पत्नी र पुत्रमोह मा नफसुन् र सरक्क जाउन ।
बुद्ध र यशोधराको भेट :
बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु आउँदा , बुद्धलाई दर्शन गर्न सबै पुगे , यशोधरा पुगिनन ।यो देखेर बुद्ध आफै भेट्न उनी भा ठाउँ पुगे । बुद्धलाई देखेर यशोधराले प्रश्न गरिन - जुन सत्य तपाईंले निरन्जना नदीको तटमा बोधिवृक्ष मुनि भेट्नु भो ,त्यो सत्य यहां बसेर भेट्ने आँट किन गर्नु भएन ? त्यसको बोध यहाँ किन हुन सकेन ? तर , बुद्ध साहित्यमा बिशाखा, आम्रपाली, प्रजापति गौतमी, खजुतरा, कृषा गौतमी आदिको उल्लेख जताततै गरिएको छ तर त्यस्ती पात्र यशोधराको उल्लेख बुद्ध कतै गरिएको देखिन्न , किनभने , यशोधराले संघमा आफुलाई म बुद्धकि पत्नी हुं भनेर कसैलाई भनिनन ,आदर सम्मान मागिनन् ,साधारण जीवन व्यतीत गरिन् । राहुल अर्हत्व प्राप्त गरेपछि बुद्धका दश गन्धर्वहरु मध्येका एक प्रमुख आचार्य हुन पुगेका थिए ।
यशोधराको अन्तिम अवस्था :
यशोधराले बैशाख पूर्णिमाकै दिन ७८ वर्षको उमेरमा बुद्धसंग आफ्नो अन्तिम वार्तालाप गरेकी थिईन ,त्यतिखेर उनले बुद्धलाई -अब म वृद्ध भएं, शरीरका सबै अंग प्रत्यंगहरु थाकिसके , मैले मेरो जीवनमा कोलिय राजकुमारी ,शाक्यकी युवराज्ञी र बुद्धसंघकी भिक्षुणीको धर्म र भूमिका निष्ठापूर्वक निर्वाह गरेन , अब तपाईंको अनुमति पाए यो शरीर छोड्न चाहन्छु भन्दै बुद्धलाई अभिवादन गरि श्रद्धा देखाउंदै शान्त भावमा यशोधराले शरीर त्याग गर्न पुगेकी थिईन ।
२९ बर्षको उमेरमा राजभवन छोडेर " महाभिनिश्क्र्मण "का लागि हिंडेका बुद्ध सात वर्षपछि कपिलवस्तु फर्किंदा यशोधरा राहुल लाई लिएर बुद्धलाई भेट्न गएकि थिईन | त्यतिखेर उनले राहुललाई बुद्धले भोजन गरिरहेको ठाउंमा पुर्याईन र बुद्धलाई देखाउंदै राहुललाई भनिन्, बाबु,उहां तेरो बुवा बुद्ध हो । उहाँ भिक्षु हुनु अघि यस राज्यका उत्तराधिकारी हुनुहुन्थ्यो । त्यसबेला बुद्ध खाना खाइवरि उठ्न थालेको अवस्था थियो । उनले राहुललाई हेरे ,क्यै बोलेनन् , अनि सोझै विहारमा पुगे । त्यहाँ उनका शिष्य कोलिन र उपतिष्य उपस्थित थिए ।त्यस मध्ये उपतिष्यलाई भने, राहुललाई यहां ल्याउ र तुरुन्तै प्रव्रज्जित गराउ । यस प्रकार बुद्धले राहुललाई त्यतिखेरै संन्यास दिलाए ।
यशोधराको विषयमा बौद्ध साहित्यले छिटपुट मात्र उल्लेख गरिदिएको देखिन्छ तर जति गरिएको छ त्यसले बुद्ध पत्नि यशोधरा पनि गार्गी , मैत्रेयी , घोषा ,अपाला जस्तो विदुषी थिइन् भन्नेकुरा बताएको छ ।पतिव्रता धर्मको हकमा उनी महाभारत कि क्षत्रानि सरह देखिन्छिन जसले आफ्नो त्याग र तपस्याले आफ्नो घर र माइती दुवै कुलको यश बढाएकि छन् । उनले आफ्नो त्यागले आफ्नो पतिलाई अमर बनाएकि छन् । उनी अनुपम नमूना हुन् किनभने उनले विवाह गरे देखि प्रव्रज्या हुंदासम्म कहिल्यै केहीकुरा बुद्ध संग माङ्गिनन तर बुद्धको व्यक्तित्व विकासमा योगदान गरि रहिन ।
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment