Tuesday, 6 February 2018
आध्यात्मवादी र भौतिकवादी
आध्यात्मको जानकार लाइ भौतिकवादी चिन्तन को स्वभाविक जानकारी हुन्छ तर भौतिकवादी सोंच भएकालाइ आध्यात्मिक विज्ञान को गहन पक्षको जानकारी हुनु नितान्त दुर्लभ घटना हो किनकी आध्यात्म मा डुबुल्की मारिसकेपछी उ भौतिकवादी रहिरहन असम्भव छ , जिवनको आखिरी क्षणमा अल्बर्ट आइन्सटाइन आफुलाइ अपुर्ण महशुस गर्न पुगेका थिए किनकी उनले ब्रम्हान्ड , समय र पदार्थ को रहश्य जाने तर आफैलाइ जानेनन , भौतिक विज्ञान का पिता अल्ल्वर्ट आइन्सटाइनले गणित र विज्ञान को सम्पुर्ण उपलब्धि को मुल श्रेय हिन्दु संस्कृती लाइ दिएका छन तर यहाँका स्वघोषित भौतिकवादीहरु हिन्दु संस्कृती लाइ रुढिबादको पगरी भिराउँदै कुलेलम ठोक्छन , यिनिहरु निद्रामै छन, कुनै अर्को जन्ममा निद्रा खुल्ला शायद । पश्चिमा चिन्तन र पुर्विय चिन्तन को आयामलाइ नबुझ्नेहरु संग बहस गर्नु कठिन छ , पस्चिमा चिन्तन ले पुर्विय चिन्तन समक्ष आत्म समर्पण गरिसकेको तथ्य यि मुढहरुलाइ बुझ्न अझै समय लाग्छ। पस्चिमी चिन्तन को सार समय सिधा रेखामा दौडन्छ भन्ने हो , पुर्विय चिन्तनको सार समय बकृय रेखामा दौडन्छ भन्ने हो । Expanding Universe Theory एउटा विन्दुमा आइपुगेर पुर्णविराम भयो र यसका खोजकर्ताहरु आइन्सटाइन र म्याक्स प्लन्क ले थप खोज नै स्थगित गरे , बिज्ञान को अनुसार ब्रम्हान्ड का सम्पुर्ण ताराहरु एकआपस बाट टाढा हुँदै गैरहेको छ , र पस्चिमी चिन्तन अनुसार तारा हरु सिधा रेखा भएर टाधा भइरहेको छ, अब १० खरब बर्ष पछि ति ताराहरु कहाँ पुग्छन ? यो प्रश्नको हल आइन्सटाइन र प्लांक समक्ष थिएन र खोज लाइ नै स्थगित गरे। यो प्रस्नको हल उपनिषद मा छ , जसलाइ "संभुत ब्रम्हा को सिद्दान्त" को नामले चिनिन्छ , तारा हरु एक आपस बाट टाढा भैरहेको छ यो पुर्विय चिन्तन ले पनि भन्छ तर ताराहरु बकृय रेखा भएर टाढा भैरहेको छ, परिणामस्वरुप निश्चित कालखन्ड पछी ताराहरु पुन शुरुवात को विन्दु मा आइपुग्छ र फेरि आफ्नो गति निर्धारण गर्छ। समय सिधा रेखामा दौडन्छ भन्ने चिन्तन कै आधारमा पस्चिमा धर्महरु तथा अन्य दर्शनहरु केवल एक जन्मको सिद्धान्त मान्दछन भने समय बकृय रेखामा दौडन्छ भन्ने चिन्तनकै आधारमा
पुर्विय चिन्तन ले पुनर्जन्म को सिद्धान्त मान्दछन ।
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
एकजना मनोबैज्ञानिक पागल हरु को अनुसन्धान गर्न पागलखाना गएछ । सोधपुछ गर्दै जाने क्रम मा एकजना अधवैंसे पागल ले भनेछ : हेर्नुस सर ! बास्तवमा म ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
हर्के ले स्टेसन मा बसेर मस्त ले चुरोट तानिरहेको थियो एकै छिन मा धुम्रपान बिरोधी टिसर्ट लगाएकी एक युवती हर्के को नजिक आइन र भनिन : Execuse ...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
पश्चिमिहरुको अन्ध नक्कल गरेर आधुनिक भै टोपलिने मुर्खतापुर्ण प्रवृती को अर्को उदाहरण हो विवाह को समारोह मा जन्तिको अगाडी बजाइने ब्यान्डबाजा ।...
No comments:
Post a Comment