
प्रवीण अधिकारी:

प्राचिनकालमा हाम्रा पूर्खाले , यस मुलुकमा गरिएका पूण्यकर्म दुई गुनाले फल बर्द्धक हुने र पाप गरिएको भएपनि दुई गुनाले भोग्नुपर्ने मान्यता राख्ने गर्दथे। उनीहरुको मतमा यस मुलुक मा सगुण साकार शिवले निर्गूण निराकार शिवलाई आफै स्वयम्भू भएर बुद्ध रहष्य़ बताई दिएको तर्क प्रतिस्थापित भएको मानिन्थ्यो , किनभने यहाँ बुद्धले आफुमा कृष्ण तत्व रहेको पुष्टि गरेका थिए भने शिवको आत्मरूप, कृष्णको विश्वरुप र बुद्धको ईश्वर रुपले हामीलाई ब्रह्म चिह्नाउन मद्दत गरेको थियो । यसै कारणले नेपालीहरुले शून्य समाधि मा बसि बुद्धलाई चिन्तन गर्दै प्राज्ञता हासिलगरि त्यसको बैज्ञानिक स्वरुप साक्षात्कार गर्न सिकेका थिए ।
कसरी ?
शिव सनातानिहरु का प्रमुख देउता हुन । उनैका कारण तप, साधना र उपासना उत्पत्ति हुन पुगेको हो । त्यस्तै गौतम बुद्ध विश्वको प्राचीनतम धर्म मध्येको एउटा धर्मको प्रवर्तक थिए । निकै कठोर साधना पछि उनले त्यो ज्ञान पाएका थिए । त्यसपछि उनी सिद्धार्थबाट भगवान बुद्ध हुन पुगेका थिए । भगवान बुद्ध बौद्ध धर्मको २८ सौं अनुयायी ,अनी भगवान शिव हिंदू धर्मको पहिलो , यस अर्थमा भगवान शिव र गौतम बुद्ध एक हुन पुगेका थिए भने अन्तिम २८ बुद्धको पहिलो पुस्ता भगवान शिव थिए ।
शिवजी मृत्युंजय मानिन्छन अर्थात जस्ले मृत्युमाथि विजय प्राप्त गर्ने । शिव जी स्वयंभूनाथ मानिन्छन , बुद्धपनि कसैको शिष्यत्व ग्रहण नगरी स्वयं बुद्ध भएका देखिन्छन अर्थात् उनी आफ्नै प्रयासले , आफ्नै अनुभूति बाट बुद्ध हुन पुगेको कारण उनीपनि 'स्वयंभू' अर्थात स्वयं बुद्ध भनिन पुगे । भगवान शिव ध्यानी छन तर त्रिनेत्रधारी छन । तेश्रो नेत्र उनको 'बोधिनेत्र' हो,जस्को माध्यमबाट उनले संसारको अनित्यताको साक्षात्कार गर्थे । उनले आफ्नो तेश्रो नेत्रले कामदेवलाई भष्म गरेकाथिए त्यस्को अर्थ हुन्छ , जो परम योगी हो ,उसमा कामतृष्णा कहिल्यै हुंदैन ।
शिव स्वयम् स्वयंभू थिए ,यस संसारका रचयिता मानिन्थे । उनलाई संहारकर्ता मानिए , कारण सृष्टिको उत्पत्ति, स्थिति र संहार उनको अधिनमा रहेको थियो । शिवको अर्थ कल्याणकारी हो कारण लय र प्रलय आफ्नै अधिन राखि मान्छे र जीवको कल्याण गर्दछन । त्यसकारण शिव वेदका रुद्र हुन , धर्मका मूल हुन र यस संसारका अन्तिम सत्य हुन ।शिव बाटै हिंदू र वैदेही परंपरा को शुरुआत भएको हो । शिवबाटै ध्यान् परंपराको सुरुवात भएको हो । यस सृष्टिमा २८ बुद्ध पुरुषहरु मध्ये पहिलो बुद्ध शिव हुन २८ औं सिद्धार्थ ।
शंकरले समुन्द्र मन्थनबाट निस्केको विष पिए अर्थात संसारको बिष ग्रहण गरेर अरु प्राणीलाई शितलता प्रदान गरे, सांसारिक दुष्प्रवृत्तिहरु उनले ग्रहण गरेनन । शिवजी नरमुण्ड को माला लगाउंथे , यो नै बुद्धको अनित्यवाद को प्रतिक थियो । शिव स्वयम् स्वयंभू थिए , यस संसारका रचयिता मानिन्थे । उनलाई संहारकर्ता मानिए , कारण सृष्टिको उत्पत्ति, स्थिति र संहार उनको अधिनमा रहेको थियो । शिवको अर्थ कल्याणकारी हो कारण लय र प्रलय आफ्नै अधिन राखि मान्छे र जीवको कल्याण गर्दछन । त्यसकारण शिव वेदका रुद्र हुन , धर्मका मूल हुन र यस संसारका अन्तिम सत्य हुन । शिव बाटै हिंदू र वैदेही परंपरा को शुरुआत भएको हो । शिवबाटै ध्यान् परंपराको सुरुवात भएको हो । यस सृष्टिमा २८ बुद्ध पुरुषहरु मध्ये पहिलो बुद्ध शिव हुन २८ औं सिद्धार्थ ।
शंकरनै बुद्ध हुन , बुद्धनै शंकर हुन । मान्छेमा दश गुण हुनु पर्छ -दान, शील, वीर्य, नैष्क्रम्य, अधिष्ठान, ध्यान, सत्य, मैत्री, समता भाव र प्रज्ञा - जस्ले माथिको दश गुणहरु प्रप्त गर्न सक्दछ त्यो अवस्था नै 'बुद्धत्व' प्राप्तिको अवस्था हो | शिवजी पनि बुद्ध परम्पराका 'बुद्ध' हुन जसमा माथिको दश गुण बिद्द्यमान थियो ।
शिवजी र सिद्धार्थ गौतम बाहेक त्यस्ता बुद्ध पनि नेपालमा छन जस्को ज्ञान र प्रभाव नेपालीहरुमा अझै पाइन्छ । सिद्धार्थ गौतम ले बोधगया मा पीपल वृक्षको मुन्तिर बसी वैशाख पूर्णिमाको दिन विजय प्राप्त गरेथे त्यस्कारण उनी 'बुद्ध' कहलाए । भगवान बुद्ध र भगवान शंकर एकै हुन । हाम्रो चुत्थो नेत्र र घृणित सोचमात्र फरक हो ।
पशुपतिनाथ भित्र बुद्धको पूजा :
कार्तिक शुक्ल अष्टमी लाई काठमाडौं उपत्यका मा मुखः अष्टमी पनि भन्ने गरिएको छ जुन दिन भागवान पशुपतिनाथ लाई बुद्ध भगवानको रुपमा पूजा गर्ने सनातनी परम्परा छ । यो दिन नित्य पूजा गर्दा पशुपति विग्रहको शिरमा पञ्चवुद्ध भएको तामाको मुखौटो लाईदिएर पूजा गरिन्छ । पशुपतिनाथ लाई त्यसरी बुद्धको मुखौटो पहिर्याउने दिन भएकोले सो दिनलाई बौद्ध धर्मावलम्वीहरु मुख: अष्टमी भन्दछन । पशुपतिनाथ लाई भगवान बुद्धको प्रतिरुप कहिलेदेखि मान्न थलियो? कोही भन्न सक्ने अवस्थामा छैनन् । आदि शंकराचार्य को भ्रमण पछि राजा जयस्थिति मल्ल काठमाडौं को राजा हुँदा ऋगवेदी पंडितहरु हिन्दूस्थान बाट झिकाएर मूलभट्टको रुपमा स्थापित गराएका थिए ।
नेपालका बौद्ध धर्मावलम्वीहरु गणेश, महादेव, भैरव, लक्ष्मी, सरस्वती, वसुन्धरा, बाराही, अष्टमातृका र योगिनीहरुलाईपनि बौद्ध परम्परा अनुसार पूजा गर्दछन । काठ्माण्डु उपत्यकामा हिन्दू देवीदेवताहरु को बुद्धसँग घनिष्टसम्बन्ध जोडिएको पाइन्छ । चावहिलको चन्द्रविनायक गणेश र शोभाभगवती लाई बुद्ध चैत्यमानै अढेस लगाई राखिएको छ। त्यस्तै बुढानिलकण्ठको शिरमा बुद्ध भगवान रहेको र मुख अष्टमीकै दिन चोभारका आदिनाथ आनन्दादि लोकेश्वरमा पनि स्वयम्भूमा जस्तै कार्तिक महिनाको मेलालाएर समापन गरिने चलन छ ।
मूक्तिनाथको नित्यपूजा बुद्ध धर्मिले संधै गरिंदा सनातन जगतमा झन् शहिष्णुता थपिएको छ । यसरी नेपालमा बौद्ध धर्म, दर्शन र संस्कृतिले बौद्ध र हिन्दू धर्मको गहिरो सम्बन्ध देखाएको छ ।
पशुपतिमा शिद्धी प्रप्त गर्ने जोगीलाई विरुपाक्ष भनिन्छ । त्यस्ता विरुपाक्षलाई कलिका देवता पनि भनिन्छ । धर्मशास्त्र अनुसार विरुपाक्ष शिवजीका स्वरुप हुन । शिव नै हिनयान समप्रदायको मूल र अन्तिम सत्य हो । किनभने विरुपाक्ष शिव को किरांत स्वरुप हो ।
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment