Friday, 2 March 2018

के दलित र शुद्र एउटै हो ?


लेखक:
अभिषेक जोशी:
वेलायत शासित भारतमा अम्बेडकरले अछुत जातिका लागि दलित शब्दलाई प्रचलनमा ल्याउने काम गरे । हिन्दु समाजमा अछुत भनिएको जाति÷समूह नै शास्त्रमा वर्णन गरिएको शुद्र हो भनेर धेरै जसो पढालेखाहरुले भन्ने गरेको पाईन्छ ।
     तर शास्त्रमा शुद्र शब्दलाई सेवक, अठपहरिया, अज्ञानी, अधर्मी, मुढ, तामसिक आदि अर्थमा प्रयोग गरिएको पाईन्छ । शुद्रलाई छुन हुन्न वा अछुतको व्यवहार गर्नुपर्छ भनेर वेद वा गीताले भनेको छैन । मनुस्मृतिमा यस प्रकारका विचारहरु देखा परेका छन्, मनुस्मृतिले मानिसलाई जन्मको आधारमा विभाजित गरेको देखिन्छ भने वेद र भागवत गीताले कर्मको आधारमा ।
     वर्तमानमा उपलब्ध मनुस्मृतिमा कति कुराहरु थपथाप गरिएका छन्, अनुमान लगाउन गाह्रो छ । तर, वेद तथा गीतासँग विरोधाभाष उत्पन्न गर्ने कुराहरु पनि यस ग्रन्थमा रहेको कारण कालान्तरमा यसमा धेरै कुराहरु थपिएको सहजै अनुमान लगाउन सकिन्छ ।
     वर्तमान दलित जातिलाई वेद वा गीताको आधारमा शुद्र भन्न मिल्ने आधार कहिँकतै पनि छैनन् । शुद्र भनेको सेवक हो । सेवकको अर्थ अरुको सेवा गर्ने । कुन चाहिँ दलित अरुको सेवामा खटिएको छ ? शुद्र भनेको अज्ञानी हो । के दलित मात्रै अज्ञानी छन् समाजमा ? मुर्ख वा अधर्मीलाई शुद्र मानिएको छ । यहाँ पनि सोहि प्रश्न खडा हुन्छ, के नेपाली समाजमा दलित मात्रै मुर्ख वा अधर्मी छ ? अरु सबै विद्वान र धर्मी छन् ?
     वेद वा गीताको आधारमा हामीले हेर्ने हो भने, वर्तमान समाजमा, पैसाका लागि काम गर्नेहरु सबै वैश्य हुन् –कामको प्रकृति जुनसुकै होस् । कार्यको व्यापार हुनासाथ वैश्य हो, चाहे शिक्षक होस् चाहे पुरेत होस् चाहे सुनार होस् चाहे किसान होस् । र, भौतिकतामा निर्लिप्त, मुर्ख अज्ञानी, तामसिकहरु शुद्र हुन् । शुद्रको सवालमा मनुस्मृतिले एउटा निकै महत्वपूर्ण व्याख्या गरेको छ– वेदाध्यायान गर्ने तर व्यवहारमा नउतार्ने व्यक्ति शुद्र हो । अर्थात्, ज्ञान भएर मात्रै कोहि ब्राह्मण हुँदैन ।
     यसर्थ, शुद्र भनेको दलित होईन र दलित भनेको शुद्र होईन । शुद्र शास्त्रले व्यवस्था गरेको श्रेणी हो, कर्मको आधारमा । दलित समाजले व्यवस्था गरेको जाति हो, जन्मको आधारमा ।

सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts