Tuesday, 6 February 2018
सन्दर्भ :प्रचन्ड पुत्र प्रकाश दाहाल को निधन
हिजो को दिनको नेपाली समाज को परिदृष्य अनौठो रह्यो , यसले हाम्रो समाज को पुर्वाग्रही र एकांगी सोंच लाइ छताछुल्ल पारेको छ , मलाइ लाग्यो सबै बलेको आगो ताप्ने हुन । प्रचण्ड पुत्र प्रकाश को निधन भयो, मृत्यु कसैको पनि सुखद हुन सक्दैन, सामाजिक संजाल उनको निधन को खबर र टिका टिप्पणी ले भरिए मानौं कि नेपाल मा पहिलो पटक कसैको निधन भएको छ ।प्रकाश दाहाल को निधन को बारे सामाजिक संजाल का प्रयोगकर्ता हरु दुइ भाग मा बाँडिए , एकथरी विगत को कहाली लाग्दो हत्या-हिंसा को लामो श्रुखंला को विषय उप्काएर ठिकै हो भन्न भ्याए भने अर्को थरी जो उनलाइ र प्रचण्ड लाइ क्रान्तिकारी मान्छन , उनको निधन मा दुख व्यक्त गर्दै पहिलो थरी को पंक्ती लाइ मानवीय संवेदनाहिन भन्दै सत्तोसराप गर्न भ्याए यो पङ्ती ले के विर्सियो भने नन्द प्रसाद अधिकारी को लास दुइ वर्ष देखी टिचिङ हस्पिटल मा छ , गंगामाया ले छोरा र श्रीमान गुमाउदा को गहिरो पिडा झेल्दै वर्षौं देखी आँखा मा आँसु लिएर जिवन र मृत्यु को दोसाँधमा बाँचेकी छिन - मानविय संवेदना को आदर्श को कुरा गर्ने यो पंक्ती गंगामाया लाइ भेटन विर अस्पताल गए कि गएनन ??? नन्द प्रसाद को निधन मा शोक व्यक्त गरे कि गरेनन ? प्रकाश दाहाल को बिधिवत अन्त्यष्टी भए झैं नन्द प्रसाद को पनि हुनुपर्छ कि पर्दैन ? के जिवन को मुल्य पैसा र शक्ती हुनेहरुको मात्र हो ? आफ्नो सन्तान को मृत्यु मा दुख लाग्नु स्वभाविक हो , क.प्रचन्ड ले आँसु झारेछन छोरा को मृत्य मा तर वास्तवमा प्रचन्ड को पिडा भन्दा हजारौं गुणा बढी पिडा गंगामाया को छ - यदि जिवन को मुल्य सवैको वरावर हो भने र साम्यवादी चिन्तन ले हेर्ने हो भने - तर खोइ यतापट्टी नजर गएको !!! मैले व्यक्तिगत रुपले श्रद्धाञ्जली दिइन प्रकाश को निधन मा यसको अर्थ यो होइन कि उनको निधन मा म खुशी भएँ , केवल यसकारण कि - विगत मा हाम्रा हजारौं दाजु-भाइ हरु मारिएका छन दोहोरो दन्द्ध मा , दन्द्ध को मारले देश छोडेर बाहिरिन बाध्य दर्जनौं को लाश भित्रीन्छ प्रत्यक हप्ता - र मेरो लागी प्रत्यक व्यक्ति को जिवन को मुल्य वरावर हो ।
(अन्त्यमा २०४६ साल पछि राजनितिक द्दन्द को शिकार भइ मृत्युवरण गरेका सम्पुर्ण नागरिक हरु का साथै स्व.नन्दप्रसाद अधिकारी , स्व.प्रकाश दाहाल समेत लाइ एकमुष्ट हार्दिक श्रद्धाञ्जली !!!)
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
एकजना मनोबैज्ञानिक पागल हरु को अनुसन्धान गर्न पागलखाना गएछ । सोधपुछ गर्दै जाने क्रम मा एकजना अधवैंसे पागल ले भनेछ : हेर्नुस सर ! बास्तवमा म ...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
हर्के ले स्टेसन मा बसेर मस्त ले चुरोट तानिरहेको थियो एकै छिन मा धुम्रपान बिरोधी टिसर्ट लगाएकी एक युवती हर्के को नजिक आइन र भनिन : Execuse ...
-
पश्चिमिहरुको अन्ध नक्कल गरेर आधुनिक भै टोपलिने मुर्खतापुर्ण प्रवृती को अर्को उदाहरण हो विवाह को समारोह मा जन्तिको अगाडी बजाइने ब्यान्डबाजा ।...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
No comments:
Post a Comment