Wednesday, 20 March 2019

प्रचण्डको अमेरिका भ्रमण र "No Investigation" लेटर को भित्री आशय

Author:
Shantiman Shrestha:
शासन व्यवस्था र देश उत्तर कोरिया , क्यूवा वा चीन जस्तो हुनुपर्छ भन्दै कुकुर मराए जस्तै मन्छे मराउने अनि आफ्नो उपचार गर्न अमेरिका जाने ???
प्रचण्डको अमेरिका भ्रमणको क्रममा कसैले युद्ध अपराधीको आरोपमा उजुरी गर्यो, यस बारे अमेरिकी सरकारले सर्कुलर जारी गर्यो "No Investigation", गिदि नेताको खल्तीमा बुझाएर रित्तो खोपडी सहित हनुमानगिरी राजनितीमा झल्लिएका झोलेहरु १२ हात उफ्रदै भुक्न थाले ,"अमेरिकी सरकारले ,"No Investigation" सर्कुलर जारी गर्यो ।
     झोलेहरु !!! तिम्रा खप्परमा गिदि छ कि लिदि ??? अन्न खान्थ्यौ भने कुटनैतिक भाषा बुझ्थ्यौ होला !!! तर शायद खान्छौ अर्थोक!!!
   अब कानमा तेल ठोकेर मेरो कुरा सुन झोलेहरु !!!
१. अमेरिकाले भन्यो ,"No investigation" तर अमेरिकाले भनेन "Prachanda is not terrorist." यो कुटनैतिक सर्कुलरको भित्री अर्थ हो , "प्रचण्ड आतंककारी नै हुन तर ऊ माथी अनुसन्धान नगर्नु" अझ भित्री पत्रको अर्थ हो: "प्रचण्ड आतंककारी नै हुन तर ऊ माथी अनुसन्धान नगर्नु किनकी उनको उपयोगिता बाँकी नै छ।" , अमेरिकाले यो पनि भनेन "उजुरीकर्ताको उजुरी झुठ छ।" अमेरिकाले दिन खोजेको आशय हो :"उजुरिकर्ताको उजुरी सत्य हो, प्रचण्ड आतंककारी नै हुन, यस बारे पछि investigation हुन सक्छ तर अहिलेलाई "No investigation"
२. यो कुटनैतिक सर्कुलरको अर्को अर्थ र सन्देश हो :"जुन दिन प्रचण्ड अमेरिकी स्वार्थको विपरित जान्छन त्यो दिन अमेरिकाले प्रचण्ड माथी युद्ध अपराधको मुद्धा लगाउँछ।" सुन्यौ झोलेहरु !
३.अमेरिकाले नै प्रचण्डलाई स्पेसल कोचिङ्ग दिन बोलाए पछि उजुरी दर्ता गर्न मिलेन नि , हैन र झोलेहरु ?
४.अमेरिकाले प्रचण्डलाई स्पष्ट सन्देश दियो "तेरो टाउको माथी तरबार झुन्डिएको छ, त्यो तरबारलाई एउटा धागोले टिकाएको छ र त्यो धागोलाई छोड्ने वा समातेर राख्ने भन्ने निर्णय अमेरिकाको हातमा छ।
५.अमेरिकालाई साम्राज्यवादी भन्दै गाली गरेर जीवन फाल्ने तिमि झोलेहरु अमेरिकाले "No investigation" भन्दा खुशिले बाँदर झैं १२ हात माथी उफ्रने तिम्रा चर्तीकला बुझिएन।
६.अमेरिका त्यस्तो देश हो जसको खुफिया एजेन्सीको वार्षिक खर्च नेपालको २०० वर्षको बजेट बराबर छ, १० शक्ती राष्ट्र मध्य बाँकी ९ ओटा देशको खुफिया एजेन्सिको खर्च भन्दा बढी खर्च अमेरिकाको खुफिया एजेन्सी एक्लैको छ।
चेर्निवलमा आणविक दुर्घटना हुनु भन्दा १० वर्ष अघि नै अबको लगभग १० वर्षमा चेर्निभलको आणविक भट्टीमा दुर्घटना हुँदैछ भनेर थाहा पाउने खुफिया एजेन्सी हो अमेरिकाको । बिन लादेन र सद्दाम हुसैन सुरुङ्गमा लुकेर बस्दा समेत उनिहरुको हरेक गतिविधि थाहा पाउने खुफिया एजेन्सी हो अमेरिकाको । उसलाई थाहा थियो प्रचण्ड माथी उजुरी पर्नेछ , एउटा श्रेष्ठ ले उजुरी नदिए पनि अर्कोलाई दिन लगाइन्थ्यो (....उजुरीको तरबार उनि बाँचुन्जेल झुन्डिनेछ..... ) यसको अर्थ के?
७.साम्राज्यवादी अमेरिकाको सत्तोसराप गरेर प्रचण्डको लागी ज्यान लिन र फाल्न तयार हुने झोलेहरु !!! अब तिम्रा महान कम्रेट सदाको लागी अम्रेकाको बफादार दास हुन , जुन दिन उनि अम्रेकाको दास हुन टाउको कन्याउँछन त्यो दिन अम्रेकाले तिम्रा नेताको टाउको माथी झुन्डाएको तरबार अंड्याउने धागो "फुत्त" पार्दिन्छ .....!!! यसैले घुमाईफिराई तिमि झोलेहरु साम्राज्यवादी अम्रेकाको दास हौ , भुक्नलाई जति भुक्ने हो भुक।
८.तिम्रा महान कम्रेडको आदर्श र दर्शन अनुसार त उनि उपचारको लागी क्यूवा वा उत्तर कोरिया जानुपर्ने होइन र ? पुँजिवादी व्यवस्था भन्दा साम्यवादी व्यवस्थामा देश को हरेक क्षेत्रमा विकास हुन्छ भन्दै जिन्दगिभर भुक्या होइन ? उत्तर कोरिया र क्यूवा को भन्दा अमेरिकाको स्वास्थ्य क्षेत्र कसरी राम्रो भयो ? त्यो त पुँजिवादी देश होइन? पुँजिवाद शोषणयुक्त व्यवस्था हो त्यसैले साम्यावाद ल्याउन पर्छ भन्ने तिलस्मी नारा घोकाएर १७ हजार मन्छे मराउने तिम्रा कथित महान नेता आफ्नो श्रीमती विरामी हुँदा चाहिं पुँजिवादी देशमा उपचार गराए पछि तिम्रा महान कम्रेडलाई म महा फटाहा भन्छु , कुनै झोलेहरुको विमती छ ?
शासन व्यवस्था र देश उत्तर कोरिया , क्यूवा वा चीन जस्तो हुनुपर्छ भन्दै कुकुर मराए जस्तै मन्छे मराउने अनि आफ्नो उपचार गर्न अमेरिका जाने ??? म हिन्दु हुं ! म तिर्थ को लागी मुक्तिनाथ वा सोमनाथ जान्छु मक्का वा जेरुसेलम होइन ! हाम्रा मुश्लिम बन्धुहरु तिर्थको लागी मक्का जान्छन चारधाम होइन ! तिम्रा नेता उपचारको लागी अमेरिका जानु र एउटा हिन्दु तिर्थको लागी मक्का जानु वा एउटा मुश्लिम तिर्थको लागी चारधाम जानु एउटै हो ।
    सनातन नेपाल जागरण  ®

1 comment:

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts