Thursday, 22 March 2018

दान - भिख - नेपाल र युरोपेली चलखेल

Author:
Shantiman Shrestha:

चिनियाँ जनता र त्यहाँको सरकारले एकस्वरमा भन्यो -" हामी भोकभोकै मर्न राजी छौं खुशिपुर्वक तर भिख मागेर बाँच्न राजी छैनौं.....चिनियाँ जनताले पश्चिमी देशहरुबाट खाद्यान्न बोकेर आएको पानीजहाजलाई बदरगाह बाटै फर्काइदिएको थियो ।

    
६० को दशकमा चिनमा भएंकर प्राकृतिक विपत्तिले भोकमरी सिर्जना गरेको थियो , यहि मेशोमा पश्चिमी देशहरु बेलायत , अमेरिका , फ्रान्स , जर्मन लगाएतका देशहरुले दर्जनौ पानीजहाजमा लत्ता-कपडा र खाद्यान्न सामाग्री पठाएको थियो तर चिनियाँ जनता र त्यहाँको सरकारले एकस्वरमा भन्यो -" हामी भोकभोकै मर्न राजी छौं खुशिपुर्वक तर भिख मागेर बाँच्न राजी छैनौं.....चिनियाँ जनताले पश्चिमी देशहरुबाट खाद्यान्न बोकेर आएको पानीजहाजलाई बदरगाह बाटै फर्काइदिएको थियो ।
     त्यो समयसम्म चीन पुर्णत कृषीमा निर्भर थियो र अहिलेजस्तो औधोगिक विकास भएको थिएन । चिनले पश्चिमी देशहरुले पठाएको त्यो खाद्यान्न स्विकारेको भए त्यही निहुँमा पश्चिमिहरु चीनमा डेरा जमाएर बस्थे र चिनियाँ समाजमा धमिरा लगाउथे ; खासमा नियत पनि यहि थियो ।
     माझिले माछा मार्न बल्छीमात्र फ्याँक्दैन बल्छिमा चारा पनि हाल्छ ...पश्चिमी खुराफातीहरुको सहयोग यस्तै चारा हो ...तर बल्छि चाहिँ "बाइबिल" । खुराफाती पश्चिमिहरुको बल्छी मा नेपालीहरुजस्तो अल्छी पर्छन चिनियाँ जस्तो स्वभिमानी होइनन । चिनियाँ जनताले त्यो सहयोग अस्विकार नगरेको भए चिनियाँहरु अहिले पनि भिख मागेर बसिरहेका हुन्थे र अहिलेको जस्तो विकास , सम्पन्नता र वैभवता उसले देख्न पनि पाउने थिएन ।
     पुर्विय संस्कृतिमा दानको छुट्टै महिमा छ , जसलाइ हामि आज दान भनेर चिन्छौं यो वास्तवमा पुर्विय संस्कृती अनुसारको दानको मर्म होइन । जब लिने व्यक्ती दिने व्यक्ती प्रती कृतज्ञ हुन्छ तब यो "दान" होइन "भिख" हुन्छ ; "दान" मा दिने व्यक्ती लिने व्यक्ति प्रती कृतज्ञताको भावले ओतप्रोत हुन्छ ।
     दान र भिख बिचको भेदलाइ बुझ्ने चेष्टा गरौं । तपाई उकालो चढिरहनु भएको छ २ ओटा ठूलो झोला बोकेर र निकै थकित हुनुहुन्छ , मानौं : अचानक बाटोमा अर्को मानिस आउँछ र तपाइको एउटा झोला बोकिदिन्छ , निस्चय नै तपाईं झोला बोकिदिने मानिस प्रती कृतज्ञको भाव राख्नुहुन्छ , उसको कारण तपाईं एउटा झोलाको भार बाट मुक्त हुनुहुन्छ ।
     तपाइसँग खानको लागि १२ ओटा रोटि छ तर तपाइको लागि अघाउनको लागि ८ ओटा रोटि पर्याप्त छ - यसको अर्थ ४ ओटा रोटि तपाइलाइ अधिक छ । तपाइले कसैलाइ ४ ओटा रोटि दिनुभयो र उसले स्विकार्यो - अब तपाईं उ प्रती कृतज्ञ बन्नुहुन्छ कि उ तपाईं कृतज्ञ बन्छन यसैमा छ दान र भिख बिचको भेद । तपाईं उ प्रती कृतज्ञताको भाव राख्नुभयो भने यो "दान" हुन्छ , उ तपाइ प्रती कृतज्ञताको भाव राख्यो र तपाइमा दिएकोमा अंहकारको भाव आयो भने यो "भिख" हुन्छ।
     तपाइले दिएर मात्र हुँदैन लिनेले पनि स्विकार्न पर्छ ....उसले अस्विकार पनि गर्न सक्थ्यो तर उसले अस्विकार गरेन ....तपाइमा बढी भएको भार कसैले वहन गर्न स्विकारेको अवस्था प्रतिको कृतज्ञता नै "दान" हो । "दान" मा दिएको चिज बापत प्रतिफलको कुनै लालशा हुँदैन न त दिएकोमा अंहकार नै । जब प्रतिफल को लालशा र अंहकार हुन्छ तब यो दान हुँदैन भिख हुन्छ।
     "दान" को सन्दर्भमा अर्को निकै महत्वपुर्ण पाटो के हो भने "दान" को कारण दिने वा लिने दुवैमा कुनै समस्या आउनुहुँदैन बरु यसले दुबैको समस्या सामाधान गर्नुपर्छ । जस्तो: माथिको एक उदाहरणमा तपाइलाइ बढी भएको ४ ओटा रोटिको भार बाट तपाइ पनि मुक्त हुनुभयो उसको पेट पनि भरियो ।
     तपाईं अघाउन ८ ओटा रोटिको आवश्यकता छ तर तपाइसँग केबल ६ ओटा छ र करकापमा परि वा बाध्यतावश तपाइले कसैलाइ ३ ओटा रोटि दिनु भयो भने यो दान हुँदैन : यो कथित दानको कुनै अर्थ नै हुँदैन किनकी आखिर एउटा पेट त भोको रह्यो र यसले समस्या त ल्याउँछ नै , दान ले त समस्या सामाधान गर्नुपर्छ निम्ताउनु होइन । यसर्थ ऋण लिएर दान दिनु मुर्खताको हद हो र दानको मर्म सँग यसको कुनै लेनदेन छैन ।
     दानको मर्म अस्तित्वको महत्वपुर्ण सत्य सँग जोडिएको छ । जगतको जति पनि सुन्दर र महत्वोपुर्ण चिज छन ती अतिरेक वा overflowing हो । फुल के हो ? सुन्तला , स्याउ लगाएत को फल आखिर के हो ??? गहिराइमा यी उर्जा को अतिरेक वा overflowing हो । विरुवाले जरा मार्फत उर्जा लिन्छ ; यो उर्जा विरुवाको प्रत्यक पात - पात र प्रत्यक हाँगा मा पुग्छ; जब उर्जा प्रत्यक पात-पात र हांगामा पुगेर पनि बढी हुन्छ तब यो उर्जा फुल वा फलको रुपमा प्रकट हुन्छ। मकैको विरुवालाइ पर्याप्त मल वा पौष्टिक तत्व पुगेन भने बिरुवा त जसो तसो हुर्कन्छ तर मकैको घोंघा लाग्दैन, मकैको घोंघाको लागि अतिरिक्त उर्जाको जरुरी हुन्छ जुन विरुवालाइ आवश्यक भन्दा बढी होस । दानको खास मर्म पनि यस्तै हो ; अतिरिक्त स्रोत कसैलाइ दिनु नै दान हो ऋण लिएर र पछि आफै समस्या वा तनावमा पर्ने गरि होइन ।
     "दान" लाई अंग्रेजी मा Donation भनिन्छ , एक आलेखमा मैले संस्कृतको कैयौं शब्दहरु अंग्रेजीमा ठ्याक्क उल्था गर्न असम्भव रहेको तर्फ चर्चा गरेको थिएँ । दान र Donation बिच पनि जमिन आसमानको अन्तर छ । दान आध्यात्म सँग सम्बन्धित छ Donation व्यापार सँग सम्बन्धित छ अनि आध्यात्म र व्यापारमा जति भिन्नता छ त्यति नै भिन्नता "दान" र "Donation" बिचमा छ।
     Donation सदैब प्रतिफलको अपेक्षा र अंहकार को तृप्तीको लागि गरिन्छ। खासमा Donation एकखालको व्यापारिक लगानी हो ।Donation र भिख समानार्थी हुन ।
     अब भिखलाई बुझ्ने चेष्टा गरौं । भिख निकै चलाख र धुर्त मनुष्यहरुको उत्पाद हो । भिख चतुर - सम्पन्नहरुको बिपन्न लाई बिपन्नता मै कैद गर्ने र भिखारिलाइ जिवनपर्यन्त भिखारी मै सिमित राख्ने धुर्त चालबाजी हो । यी धुर्त सम्पन्नहरुले आफ्नो सम्पन्नता टिकाइराख्न आफ्नो सम्पत्तीको केही अंश भिखको माध्यमले बिपन्नहरुलाइ बितरण गरि त्यसैमा रुमल्याउने चालबाजी रचे।
     एउटा भिखारीले जब सम्म भिख पाइरहन्छ तब सम्म उ भिखारीपन बाट माथी उठन सक्दैन । भिखारीलाई भिख उपलब्ध हुन छोडेमा सम्भावित ३ ओटा परिणाम उत्पन्न हुन्छ । १. आत्महत्या गर्ने २. सम्पन्न को विरुद्ध विद्रोह गर्ने वा लुटपाट गर्ने ३. कठोर परिश्रम गरि आफू पनि सम्पन्नता को दिशामा जाने। पहिलो बाहेकको पछिल्लो दुई परिणाम सम्पन्नहरुको लागि निकै खतनाक हुन्छ यहि दुई सम्भावित परिणामको सम्भावना छल्न कथित सम्पन्नहरुले भिख वा Donation को पद्धति शुरु गरेका हुन ।
     पश्चिमी देशहरुले नेपाललाई सम्पन्न बनाउनको लागि Donation दिने होइन , यसका पछाडी अनेक कुटिल चालवाजी र नेपाललाइ मगन्ते देशकै रुपमा सिमित राख्ने गुप्त चालबाजी लुकेको छ । चीन र चिनिया जनताले यो चालबाजी समयमै बुझ्यो र पश्चिमको खुराफाती जालबाट उम्क्यो र आज चीन प्रगतीको शिखर चुम्दैछ।
     हालैका दिनहरुमा पश्चिमी कुटनितिज्ञहरु द्धारा नेपालको आन्तरिक मामिला , संविधान संसोधन , आरक्षण को मामिला लगाएत को विषयमा प्रत्यक्ष हस्तक्षेप भएको चर्चा चुलिएको छ ।
     केही समय अघि संयुक्त राष्ट्र संघले नेपाललाइ अति कम विकसित देशको सूचीबाट हटाइ विकासशिल देशको सूचीमा राख्ने निर्णय गरेपछि नेपालले गरिब अर्थात अतिकम विकसित देशको सूचीमै राख्न अनुरोध गर्दै संयुक्त राष्ट्र संघलाई पत्र लेखेछ । सरकार को लाजमर्दो तर्क : गरिब देशको सूचिमा पर्ने देशहरुले संयुक्त राष्ट्र संघ बाट बढी आर्थिक सहायता पाउँछन् । यो देशको नेतृत्व देश बनाउने ठुला-ठुला कुरा गर्छन तर कसरी त भन्दा भिख मागेर !!!! हामी गरिब हौं भनेर खुल्ला रुपले विश्वसमुदाय मा घोषणा गरेर !!!! UN ले अब तिमिहरु अति गरिब छैनौं भन्दा पनि होइन हजुर , हामी अति गरिब नै हौं भन्दै सगौरव घोषणा गरेर । काकतालीले यो देश अति गरिबको सूचिबाट अलि माथी उठन सक्ने हैसियतमा पुगेको पनि यी नेताहरुको करामतले होइन , विदेशमा पसिना बगाउने ६० लाख युवाहरुको कारणले हो । 
     युरोपेली कुटनितीज्ञ हरुको नेपालको आन्तरिक मामिलामा हस्तक्षेप आपत्तीजनक छ। यो देशको राज्यसत्तामा थोरै भएपनी प्राण छ र देशप्रती संवेदनशील्ता छ भने यी कुटनैतिक खुराफातीहरुलाई "पर्सोना नन ग्राटा" घोषित गरि देश निकाला गर्नुपर्छ । यिनिहरु यो देशको भलाइको लागि छिरेका होइनन आफ्नो स्वार्थ स्थापित गर्न छिरेका हुन ।
     यहाँको धर्म , संस्कृती ,परम्परा , जातिय सहिष्णुता तहस नहस गरि विविध जात जातीलाई उचालेर अस्थिरताको माहौल तयार गर्ने र शान्तीप्रकृयाको निहुँमा स्थायी आधारभुमी बनाइ चीन , भारत लगायत पुरै एशियाली देशहरुमा समस्या खडा गरि आफ्नो सम्पन्नता टिकाइराख्ने दाउमा पश्चिमीहरु लागिपरेको प्रष्ट हुन्छ ।
     यो देशले सदावहार भिख माग्नुमा नै पुरुषार्थ मान्छ भने यो देशको थप दुर्गती लाई कसैले रोक्न सक्दैन । यदि नयाँ शिरा बाट साँच्चै नै देशको उज्वल भविश्यको रुपरेखा तयार गर्ने हो भने सबैभन्दा पहिले यो भन्नुपर्ने हुन्छ -"हामी भोकभोकै मर्न तयार छौं तर १ रुपैयाँ भिख हामिलाइ मंजुर छैन - तपाईं पश्चिमीहरु आफ्नो बाटो लाग्नोस - हामिलाइ अर्ति उपदेशको जरुरी छैन।" देशलाई परिवर्तनको दिशामा लैजाने हो भने यो भन्नै पर्छ किनकी आज सम्म कुनै पनि भिखारी भिख मागेर सम्पन्न भएको छैन र जुन घरमा वाहिरको मानिसको अर्ति उपदेश र सल्लाह सुनिन्छ त्यो घरमा सदैव भाँडभैलो भएको छ ।
   सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts