Thursday, 8 March 2018

पृथ्वीनारायण र लेनिन को शालिक अनि पश्चिमी खुराफात को वृतान्त

Author:
Shantiman Shrestha:
पृथ्वीनारायण शाह को शालिक तोड्न उद्दत र शालिक तोडिएको मा ताली पड्काउने एउटा जमात भारत को एउटा राज्य त्रिपूरा मा लेनिन को शालिक तोडिएको मा रुवावासी गरेछन । यिनको अदभुत बुद्धि , बिबेक र समझ लाई सलाम ठोक्नै पर्छ।
     आधुनिक नेपाल को ईतिहास मा पृथ्वीनारायण शाह को योगदान सबैभन्दा उच्च छ। उनको योगदान को एतिहासिक वास्तविकता नेपाली हरुको लागि मात्र होइन विश्वको आमनागरिक हरुको लागि नै उच्च प्रेरणा को श्रोत हो यदि मानव जीवन मा स्वाभिमान ले कुनै अर्थ राख्छ भने।
     विश्वको आधा भन्दा बढी भु-भाग बेलायत को पंजा मा परिसक्दा र अन्य बाँकी भुभाग हरु पनि उसको पंजा मा पर्ने तरखर मा रहिरहेको अवस्थामा अनि जर्मनी, फ्रान्स र ईटाली लगायत तत्कालीन समयका अन्य शक्ति राष्ट्रहरु समेत बेलायति साम्राज्य बिरुद्ध उभिन नसकेको परिवेश मा बेलायती साम्राज्य को उक्त आँधिलाइ रोकि नेपाल लाइ बेलायति साम्राज्य को पंजा मा पर्न बाट जोगाएका थिए उनले। एशिया को अधिकांस भुमी समेत बेलायतले निलिसकेको स्थिती थियो।
     बेलायती साम्राज्य को बारे विश्व मानव समुदाय को जनजिब्रो मा "बेलायती साम्राज्य मा कहिल्यै सुर्य अस्ताउदैन" ; "बेलायत युद्ध मा कहिल्यै हार्दैन ।" जस्ता थेगो प्रचलित थिए। पुरै एशिया महादेश मा भएका युद्धहरु मा उ अविजित रहे तर सिन्धुलिगढी मा गोरखा फौज सँग भएको युद्ध मा उसले नराम्रो र अपमानजनक ढंग ले हारको स्वाद चाख्नु परेको थियो ।
     सिन्धुलिगढी युद्ध को नेतृत्व गर्दा पृथ्वीनारायण शाह को उमेर केवल २७ वर्ष को थियो । पृथ्वीनारायण शाह को समय सम्म नेपाल एशिया कै प्रभावशाली राष्ट्र थियो , उनले स्थापित गरेको नेपाल को मजबुत सैनिक बल को मद्धत ले हामिले चीन र तिब्बत सँग युद्ध गरेका थियौं र आफ्नो स्वाभिमान लाई अक्षुण राखेका थियौं।
     यो देश को निर्माण मा यस्तो अमुल्य योगदान रहेको पृथ्वीनारायण शाह को शालिक तोड्ने , उनको सम्झना मा प्रचलित सार्वजनिक विदा रद्ध गर्ने , राष्ट्रिय एकता दिवश खारेज गर्ने एउटा मुढ तप्का भारत मा लेनिन को शालिक तोडिंदा रुवावाशी गर्नु ले यिनको पश्चिमा दास मनोवृत्ती उदांग हुन्छ।
     यी पश्चिमी गुलामहरु ले बताउन सक्छन कि भारत को निर्माण र विकास को लागि लेनिन को एउटै योगदान के हो ??? भारतको समग्र विकास र उन्नती मा प्राचीन ऋषि महर्षिहरु, त्यहाँका सामाजिक तथा राजनैतिक अभियन्ताहरुको योगदान छ कि लेनिन को ??? बरु ज्योती बसु वा बुद्धदेब भट्टाचार्य को शालिक स्वभाविक हुनसक्छ कमसेकम भारतिय हुन तर लेनिन को शालिक ???? जसको भारत भुमी सँग गोरु बेचेको साइनो समेत छैन!!!!अनि यहाँ रुवावासी !!!!
     केही उल्लूहरु तर्क गर्छन: बेलायत भारत नआएको भए भारत को बिकास हुन्थेन - सबै रेलमार्गहरु बेलायत ले बनाएका हुन । यिनको बुद्धि र समझ माथी दया गर्नु वाहेक अन्य उपाए छैन । बेलायत ले भारत को विकास गर्न रेलमार्ग बनाएको होइन आफ्नो व्यापार विस्तार गर्न र भारत को श्रोत- साधन तथा कच्चापदार्थ हरु लुटेर सहज रुपले युरोप , अमेरिका र अफ्रिकामा पुर्याइ आफ्नो साम्राज्य लाई अझ बजवुत बनाउन को लागि हो।
     पश्चिमी खुराफाती नीति कतिसम्म को भयानक र विषालु हुन्छ भन्ने बुझ्न आजको जुन भारत को आर्थिक र सामाजिक अवस्था हामिले देखेका छौं ; बेलायत छिर्नु अगाडिको भारत अझ मुगल भन्दा अगाडिको भारत को तुलना गर्ने हो भने विश्वास गर्न कठिन हुन्छ
     एक अंग्रेज अधिकारी थिए थामस बेव मैकाले जो भारत मा १७ वर्ष बसे र भारत को पुरै भुभाग घुमे ।१८३५ फरवरी २ मा बेलायती संसद हाउस अफ कमन्स मा भाषण गर्दै उनले भनेका थिए - "१७ बर्ष को भारत बसाइ को अबधी मा मैले पुरै भारत को भ्रमण गरें तर कहिं पनि चोर , बेरोजगार , गरिब देखिन।
     पश्चिम का एक इतिहासकार विलियम डिग्बी को अनुसार अंग्रेज पहिले को भारत विश्वकै ठूलो औधोगिक देश , कृषि उत्पादक र निर्यातक थियो । पुरै विश्व को लत्ता कपडा निर्यात मा भारत को हिस्सा ७०% थियो । यो पत्याउन मुश्किल पर्छ कि जति पनि रोमन सम्राट र महारानी भए ती सबै भारतिय कपडा मा निर्भर रहे।
     १८६८ भन्दा पहिला बेलायत मा एउटा पनि सार्बजनिक बिधालय थिएन त्यो बेला भारत मा ५०० भन्दा बढी विश्वविद्यालय र १४ हजार भन्दा बढि स्नाकोत्तर कलेज थिए। भारत मा तक्षशिला, नालन्दा, बिक्रमशिला लगायत का ठुला विश्वविद्यालयहरु को अस्तित्व रहँदा पश्चिम मा विश्वविद्यालय को कल्पना पनि थिएन ।
     ३०० बर्ष अगाडी सम्म भारत मा ७ लाख ३२ हजार गुरुकुल संचालन मा थिए र यी गुरुकुलहरु निशुल्क शिक्षण मा आधारित थिए। अहिलेको भारत को दुर्दशा देखेर यो पत्याउन मुश्किल पर्छ कि सन १८२२ सम्म भारत को साक्षरता प्रतिशत ९७% थियो जबकी अहिले ५१% को हाराहारी मा छ ।
     भारत को बारे मा विश्लेषण गर्दा एउटा सामान्य कुराको पनि ख्याल नगर्दा ताज्जुब लाग्छ कि - "भिखारी को घर डकैती लाग्दैन , सम्पन्न को घर मै लाग्छ।" - जुन पश्चिम लाई आज हामी धनी भन्छौं त्यो पश्चिम को सबै धन लुट र डकैती मा आधारित छ र यो विश्व मा सबैभन्दा लुट को सिकार भएको भारत हो र यो विश्वकै सबैभन्दा सम्पन्न मुलुक थियो - अन्य देशहरु यसको छेउछाउ मा पनि थिएनन।
     ५०० वर्ष अघि सन 1498 मई 20 मा भास्को डि गामा भारत छिरे र सयौं पानीजहाज मा सुन-चाँदी, हिरा , मोति लुटेर लगे , उनी तीन पटक भारत आएर प्रत्यक पटक दर्जनौं पानीजहाज मा सुन चाँदी , हिरा मोति लुटेर गए तर चौथो पटक आएनन किनकी उनी मरिसकेका थिए।
     भास्को डि गामा अगाडी नै महमुद गजनी ले १७ पटक भारत लाई लुटेका थिए केवल सोमनाथ मन्दिर लाई मात्रै कैयौं पटक लुटेर अरबौं - खरबौ को धनमाल लुटेका थिए । केवल एउटा मन्दिर मा खरबौं को धनमाल थियो - यो खबर पश्चिम मा पुगेपछि उनिहरुको आँखा गडेको थियी भारत मा । गजनी र पोर्चुगिज ले लुटिसकेपछी फ्रेन्च आएर लुटे , त्यसपछी डच (हल्यान्ड) आएर लुटे अनि पालो आयो अंग्रेज को जसले २०० वर्ष लुट्यो भारत लाई।
     ताज्जुब लाग्छ यो भन्नुपर्दा र सम्झदा कि आखिर भारत र नेपाल को ईतिहास कसले लेख्छन अनि शिक्षा नीति कसले कसको ईसारामा तय गर्छन। आज पनि भारत र नेपाल मा भास्को डि गामा ले भारत को खोज गरेर पत्ता लागाएको पढाइन्छ मानौं कि भास्को डि गामा जो कि एक समुन्द्री डाँकु थिए ; आउनु अघि भारत भन्ने देश नै थिएन ! जबकी दक्षिण भारत र श्रीलंका बिच को समुन्द्र मा सोनोग्राफी को मद्दत ले रामसेतु को अस्तित्व भेटिएको छ दशौं हजार वर्ष पुरानो; कुरुक्षेत्र मा युरोनियम को अस्तित्व भेटिएको छ। अहिले पनि युनान को प्रजातन्त्र सबैभन्दा पुरानो हो भनेर पढाइन्छ र हामिले त्यही पढ्यौं तर हाम्रो नाकै मुनि को मिथिला साम्राज्य विश्वको सबभन्दा पुरानो प्रजातन्त्र हो भन्ने हाम्रो हेकान हुँदैन ।
     मिथिला को संसद सबभन्दा पुरानो संसद हो जसको सभामुख याज्ञवल्क्य र उपसभामुख गार्गी थिइन । कुन पटमुर्ख ले तयार गर्छ नेपाल को पाठ्यक्रम ????? गृस र मिश्र को सभ्यता सबैभन्दा पुरानो सभ्यता भनेर हामिले पढ्यौ र अझै पढाइ हुन्छ , बुटवल मा सबभन्दा पुरानो मानव कंकाल फेला परेको छ , पश्चिम लाई सभ्यता र संस्कृती भन्ने के हो भन्ने पनि थाहा नहुँदा हाम्रो देश मा विकसित र उन्नत सभ्यता थियो ।
     अहिले एकथरी बैज्ञानिक हरु को दृष्टि विश्व को मानव सभ्यताको जननी नेपाल हो भन्ने तर्फ सोझिएको छ र यसका केही बलियो आधारहरु छन । विश्वको सबभन्दा उच्च हिमश्रुखंला हरु नेपाल मा छन , अनि हिमश्रुखंला नै पानी को श्रोत हो र पानी नै जिव उत्पत्ती को श्रोत हो ।
     दुर्भाग्य मान्नुपर्छ ; यहाँ पश्चिमाहरु लाई आधुनिक , सुसंस्कृत , सभ्य र प्रगतिशील ठान्दै उनिहरुकै रसद पानी खाएर आफ्नै पुर्खाको गौरवमय अतीत तर्फ आँखा चिम्लने मात्र होइन सत्तोसराप गर्ने झुन्डहरु देशको अगुवा विद्धतवर्ग भै टोपलिएको अवस्था छ।
     देशको नेतृत्ववर्ग , राजनैतिक दलहरु , संवैधानिक निकायहरु र विविध संघ-संस्था हरु पश्चिमी खुराफाती रणनीति को सिकार भैसकेको तितो यथार्थ छ ।
     यो पश्चिमा नीति कति सम्म को जहरिलो र खतरनाक छ भन्ने एउटा उदाहरण हेरौं : पश्चिम को एउटा समुन्द्री डाँकु भारत आएर लुट्यो पटक-पटक र अर्को समुन्द्री डाँकु अमेरिका गएर लुट्यो पटक- पटक। आज भन्दा ५०० वर्ष अगाडी कोलम्बस को अगुवाइ मा स्पेनी हरु ले अमेरिकि हरु लाई लुटन पटक पटक त्यहाँ आदिवासी हरु रेड इन्डियन हरु को नरसंहार मच्चाएका थिए । धेरैलाइ विश्वास गर्न कठिन पर्ला - ५०० वर्ष अघि स्पेनीहरुले अमेरिका लुटन १० करोड रेड ईन्डियनहरु को हत्या गरेका थिए र ५०० वर्ष पछि आज अमेरिका मा रेड ईन्डियन हरुको संख्या केवल ६५ हजार छ।
     अनि संसार भरका आदिवासी हरु को कत्लेआम गर्ने पश्चिमी हरु नेपाल का जनजातीहरु को मसिहा बन्दैछन र हामीलाइ मानव अधिकार र सभ्यता को पाठ पढाउँदैछन।
     धेरैलाइ थाहा नहोला - तत्कालिक समय मा पोर्चुगल र स्पेन बिच लुट र डकैती को प्रतिस्पर्धा भै आपसी द्धन्द्द को स्थिती सिर्जना भएपछी ईसाइ धर्मसत्ता ले सन 1492 मा एउटा आदेश जारी गरेको थियो । त्यो बेला ईसाइ धर्मसत्ता राज्य भन्दा शक्तिशाली मानिन्थ्यो।
    ईसाइ धर्मसत्ता ले पुरै विश्वलाइ २ भाग मा विभाजन गर्यो पुर्व र पश्चिम मा , स्पेन लाई पश्चिम मा लुट्ने र डकैती गर्ने जिम्मेवारि प्रदान गर्यो र पोर्चुगल लाई पुर्व लुट्ने र डकैती गर्ने जिम्मेवारी प्रदान गर्यो । ईसाइ धर्मसत्ता कै योजना मा पोप ले स्पेन का कोलम्बस लाई अमेरिका लुट्न पठाए अनि भास्को डि गामा लाई भारत लुटन पठाए ।
     यसैले १० करोड रेड ईन्डियन हरुको हत्या मा सिधा रुपले ईसाइ धर्म जिम्मेवार छ , त्यति मात्र होइन अष्ट्रेलिया को लाखौं माओरी सम्प्रदाय , अफ्रिकाको करोडौं आदिवासी को हत्या मा ईसाइहरु पुर्ण जिम्मेवार छन ।
     ईसाइ को पुरै ईतिहास हत्या , लुट र डकैती ले भरिएको छ ; मेरो दृष्टि मा ईसाइ धर्म नै होइन , यदि हिंसा, हत्या र लुट धर्म हो भने यो दुनिया मा अधर्म के होला ???? यदि इसाइ लाई धर्म मान्ने हो भने हत्या र लुट अनि डकैती लाई पनि धर्म मान्नुपर्ने हुन्छ ।
    अहिले ईसाइहरु पश्चिम को सम्पन्नता को बखान गर्दै धर्म प्रचार मा तल्लिन छन ; यदि पश्चिम का ती देशहरु ले भारत र अन्य देश बाट लुटेका सम्पुर्ण धन- दौलट फिर्ता गर्न पर्ने हो भने ती देश तत्काल भिखारी हुन्छन जस्तो कि ५०० वर्ष अघि सम्म ती देशहरु भिखारी र जंगलि थिए।
     जे भएपनि पश्चिमाहरु को खुराफाती छट्टु मस्तिष्क को प्रशंसा गर्नै पर्छ किनकि कोलम्बस र भास्को डि गामा जस्तो डाँकु , लुटेरा तथा हत्यारा लाई नायक को रुपमा विश्व माझ स्थापित गर्न सफल भए अनि हाम्रो मस्तिष्क लाई चाहिँ के भन्ने .......???? पश्चिमी को लहैलहै मा यी डाँकु हरुलाइ नायक भनेर पढ्छौं!!!!
     पश्चिमी इसाइ हरु कहाँ सम्म को निच र फटाहा हुन्छन भन्ने एउटा उदाहरण हेरौं:- भास्को डि गामा भारत मा पहिलोपटक कालिकट मा आएका थिए , कालिकट केरल को समुन्द्री तट मा अवस्थित छ। त्यो बेला कालिकट का राजा थिए झामोरिन । भास्को डि गामा ले सुनेका थिए - हिन्दु संस्कृती मा पाहुना लाई ईश्वर को आगमन को रुपमा मानिन्छ र "अतिथी देवो भव:" मन्त्र प्रचलित छ। उनले कालिकट का राजा झामोरिन लाई कुनै ठाउँमा आश्रय दिन अनुरोध गरे । सोझा राजा झामोरिन ले पनि पुर्विय संस्कृती को प्रचलित मन्त्र "अतिथी देवो भव:" मनन गर्दै उनलाइ एउटा जग्गा उपलब्ध गरिदिएर आश्रय दिए। तर निच भास्को डि गामा ले के गरे ??? आफुलाइ आश्रय दिने तिनै राजा झामोरिन को हत्या गरे र राज्य को सम्पुर्ण बन्दरगाह कब्जा गरे ।
     अंग्रेजहरु ले पनि यस्तै निच हर्कत गरे । अंग्रेजहरु पहिलोपटक गुजरात को सुरत मा आएका थिए ब्यापार को निहुँमा , जम्मा ६ जना आएका थिए। अंग्रेजहरु ले सुरत मा व्यापार को लागि एउटा कोठी दिन सुरत का नबाब लाई बिन्ती चढाए । यी नबाब पनि सोझा थिए , अंग्रेजहरु लाई सुरत मा व्यापार को लागि कोठी उपलब्ध गराएर आश्रय दिए। तर पछि अंग्रेजहरुले आफ्नो घटिया चरित्र उदांग पारिछाडे र आफुलाइ आश्रय दिने तिनै नबाब को हत्या गराइ सुरत को सम्पुर्ण बन्दरगाह कब्जा मा लिए। यथार्थ मा पश्चिमी इसाइ हरु जहाँ जहाँ छिरे यस्तै निच हर्कतहरु गर्दै गए।
     पृथ्वीनारायण शाहले कुइरेहरुको यस्तै फट्याइँ बुझेर उपत्यका बाट पादरिहरु लाई निष्कासन गरेका थिए नत्र उनलाइ पनि अंग्रेज बाट प्रलोभन नआएको होइन । पृथ्वीनारायण शाह प्रलोभन मा नफसेपछी अंग्रेज हरु जयप्रकाश मल्ल पट्टि सल्किएका थिए तर पृथ्वीनारायण को दुरदर्शिता को कारण अंग्रेज को चालबाजी सफल हुन सकेन ।
     तत्कालीन समय को त्यत्रो विशाल भारत मा पृथ्वीनारायण शाह जत्ती को दुरदर्शी राजा एक जना पनि भएको भए भारत कुनै पनि हालत मा अंग्रेज को गुलाम हुनुपर्ने थिएन।
     बंगाल का नबाब सिराजुद्दोला ले चाल पाएका थिए अंग्रेज को घटिया चालबाजी तर उनका सेनापती मिर जाफर ले उनलाइ धोका दिए , अंग्रेज ले यहाँ पनि छल गरे , मिर जाफर लाई नबाब बनाउने प्रलोभन दिई सेना लाई आत्मसमर्पण गर्न लगाइयो - मिर जाफर कै संग्लग्नता मा नबाब सिराजुद्दोला को हत्या गरियो - त्यती मात्र होइन आत्मसमर्पण गर्ने १८ हजार सेना को पनि हत्या गरियो।
     नेपाल को बर्तमान सन्दर्भ मा INGO , इसाई मिशनरीहरु , EU को भुमिका निकै संदेहपुर्ण छ - यसले नेपाल को आगामी गम्भीर दुर्घटना लाई संकेत गर्छ । त्यसो त बर्तमान नेपाल मा हजारौं मिर जाफरहरु वर्षा मा भ्यागुतो पैदा भए झैं पैदा भएका छन जसको एउटै अभिष्ट कसरी हुन्छ सत्ता र शक्ति मा पुग्नु हो।
     कस्ता-कस्ता उल्लू तथा पश्चिम का दासहरु नेपाल मा विद्धान कहलिएर विभिन्न संस्था का हर्ताकर्ता भएर बसिराखेका छन !!! प्राध्यापक तथा मानव अधिकारकर्मी ( यथार्थ मा दानव अधिकारकर्मी) कपिल श्रेष्ठ ले एकपटक भन्न भ्याए -"विश्व मा यत्रो संख्या मा ईसाइहरु त्यसै भएका होइनन।" - कपिल दाइ को मस्तिष्क त ठिक ठाउँमा छ? कसले भनेको छ अकारण भयो भनेर ??? यो दुनियाँ मा निश्चित कारण बेगर त कुनै घटना नै हुँदैन ....विश्वमा यत्रा ईशाइ हुनु मा पनि कारण छ ....त्यो कारण हो - लुट , हिंसा , डर , त्रास , प्रलोभन , खुराफात अनि बर्तमान मा हरियो डलर !!!!

सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts