Shantiman Shrestha:
नियम - कानुन - मापदण्ड र आचारसंहिताको दण्डा निर्धोहरु माथी चलाएर आफुले चाहिं सो को उलंघन गर्दै आफ्नो शक्ती , रवाफ र हैसियत प्रदर्शन गरि आफुलाई आम नागरिक भन्दा उच्च र विशिष्ट देखाउने जुन रोग नेपालमा छ सो को प्रभाव रविन्द्र अधिकारी मा पनि पर्न गएको बुझ्न सकिन्छ वा आफ्नो जिम्मेवारी प्रती हेलचक्र्याई गरेको ठहरिन्छ जसको परिणती सु:खद रहेन।
आशा राखिएका सिमित युवा मध्यका एक रविन्द्र अधिकारी वाइड बडि कान्डमा मुछिनु तत्पश्चात दुर्घटनामा निधन हुनु दु:खद पक्ष हुन। रविन्द्र अधिकारी को समग्र प्रसंगहरुले केहि संवेदनशील प्रश्नहरु खडा भएको छ।
✏️ देश यस्तो लथालिङ्ग किन भयो ? अराजकता को बोलबाला किन भयो ? भ्रष्ट्रतन्त्र कसरी हावी भयो ? ईत्यादी सवालको केहि पहलुहरु पछिल्लो प्रकरण बाट हात लाग्छ।
✏️ यो देशको सबैभन्दा दुर्भाग्यपूर्ण पक्ष भनेको रक्षक नै भक्षक हुनु हो जुन कि बिरालोलाई सिद्राको माला भने जस्तो हो। यहाँ गृहमन्त्री ले ट्राफिक नियमको उलंघन गर्दै बाटो काट्छन , भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी लिएर राज्य बाट सुबिधा लिने अख्तियार प्रमुख नै भ्रष्ट्राचारमा चुर्लुम्म डुब्छन , न्याय दिन पर्ने अदालत ले नै न्यायको हत्या गर्छ , तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी नै तस्करी मा संग्लग्न हुन्छन ... नेताको कुरै छोडौं कन्सिरी तातेर आउँछ ...यिनको चर्तिकला देख्दा नेताको झोलेहरु बाहेक अन्यको रगत उम्लेर आउँछ।
यो कमजोरी रविन्द्र अधिकारी मा पनि प्रष्ट संग देखियो, हवाई उड्डयन मापदण्ड उलंघन गर्दा उनि सवार हेलिकप्टर दुर्घटना भएको तथ्य बाहिरिएको छ । अब प्रश्न उठ्छ : रविन्द्र अधिकारी नागरिक उड्डयन मन्त्री थिए , हवाई उड्डयन आचारसंहिता र मापदण्ड लागु गराउने निकाय कुन हो ? हवाई उड्डयन मापदण्ड कडाइको साथ लागू गराउन पर्ने नागरिक उड्डयन मन्त्री ले नै मापदण्डको उलंघन गरेको देखियो।
नियम - कानुन - मापदण्ड र आचारसंहिताको दण्डा निर्धोहरु माथी चलाएर आफुले चाहिं सो को उलंघन गर्दै आफ्नो शक्ती , रवाफ र हैसियत प्रदर्शन गरि आफुलाई आम नागरिक भन्दा उच्च र विशिष्ट देखाउने जुन रोग नेपालमा छ सो को प्रभाव रविन्द्र अधिकारी मा पनि पर्न गएको बुझ्न सकिन्छ वा आफ्नो जिम्मेवारी प्रती हेलचक्र्याई गरेको ठहरिन्छ जसको परिणती सु:खद रहेन।
✏️ पदिय मर्यादा र जिम्मेवारी विपरितको कार्य स्व.रविन्द्र अधिकारी को मृत्यु संस्कारको क्रममा पनि देखिने भयो ,मेरो इच्छाले हुन्छ भने स्वर्गिय रविन्द्र अधिकारीको बैकुण्ठवास होस तर मैले वा कसैले इच्छा गरेर हुँदैन , उनको किरिया ७ दिनमा सक्ने भएछन - क्रान्तिकारी अग्रगामी फड्को होला शायद !!! जुन कि सनातन हिन्दू संस्कृतिमा मृत्यु संस्कार सम्बन्धि प्रचलित बिधिको उलंघन हो र निराशाजनक पक्ष हो , यो त दुध को साक्षी बिरालो भनेजस्तो भयो।
बच्चा विकसित हुने आफ्नै प्रक्रिया छ - नौ महिना लाग्छ - नौ महिना ढिलो भयो ४ महिनामा निकाल्छु भनेर हुँदैन , हुन्छ भन्नेले ४ महिनामा थुतेर निकाले हुन्छ। जगतको कुनै पनि घटनाको आफ्नै क्रमागत प्रक्रिया हुन्छ , कोइला र हिराको तत्वहरु बिलकुल एउटै हो तर कोइला हिरामा परिणत हुने आफ्नै क्रमागत प्रक्रिया छ। अण्डा क्षणभर मै चल्ला हुँदैन यसको आफ्नै प्रकृया छ। बालक युवावस्था को चरण पार गरेर मात्र वृद्ध हुन्छ , मृत्युको पनि आफ्नै प्रकृया र चरण हुन्छ, मृत्यु आकस्मिक घटना होईन, जन्मने बित्तिकै मृत्युको यात्रा शुरु हुन्छ। जसलाई हामी मृत्यु भन्छौं यस पश्चात पनि मृत्युको प्रकृया र डोबहरु जारी रहन्छ जुन हाम्रो दृष्यमा आउँदैन, मनुष्य देह मात्र होइन त्यो भन्दा बढी "मन" पनि हो , अझ अगाडी "चेतना" पनि हो , शरिर बाट मन र चेतनाको सम्बन्ध टुट्ने आफ्नै प्रक्रीया र चरण छ। पूर्विय विज्ञानमा सात शरिरको वर्णन छ , स्वप्न कुन शरिरले देख्छ? अन्धाले पनि स्वप्न देख्छ किनकी स्वप्न स्थुल शरिरको हिस्सा होइन सुक्ष्म शरिरको हिस्सा हो, स्थुल शरिर मृत भए पनि बाँकी ६ शरिर संग मन र चेतनाको सम्बन्ध रहिरहन्छ। स्वप्न , मन र चेतना स्थुल शरिरको हिस्सा होइन यसर्थ स्थुल शरिर पोलिएर खरानी भए पनि स्वप्न देख्ने प्रकृया जारी रहन्छ , मन को प्रकृया जारी रहन्छ , चेतन सत्ताको अस्तित्व रहिरहन्छ किनकी उर्जा न त पैदा हुन्छ न त नष्ट हुन्छ। किरिया गर्दिन भन्न पाइन्छ, कतिले नगरेरै भाछ , लासलाई बाकसमा राखेर गाडे पनि हुन्छ , खोलामा मिल्काए पनि हुन्छ वा जंगलमा मिल्काए पनि हुन्छ श्याल - हुँडार लाई आहारा हुन्छ वा तिब्बत मा जस्तो लासलाई काटेर गिद्धलाई खुबाए पनि हुन्छ , हिन्दु परम्परा अनुरुपको नाम , गोत्र छोड्न पनि मिल्छ, छोडे हुन्छ तर मनोमानी तरिकाले किरियाको प्रक्रिया लाइ तोडमरोड गर्न पाईदैन ,जस्तो कि बच्चा जन्माउन्न भन्न पाइन्छ तर ४ महिनामै बच्चा निकाल्छु भन्न पाईदैन। लास जलाउने देखी १३ दिन किरिया वस्ने , नियमित श्राद्ध गर्ने आफ्नै प्रकृया छ, कि त यि प्रक्रिया मा टेक्न हुँदैन टेकेपछी पुरा गर्न पर्छ।
पूर्विय मान्यता अनुसार प्राणका ५ तह छन्ः
१. समान,
२. प्राण,
३. उधान,
४. अधान
५. ब्यान
यदि कुनै व्यक्तिको सामान्य कालगतिले मृत्यु हुन्छ भने उसको प्राणले शरिरलाइ ५ तहमा छाड्छः
- "समान" लाई शरिर छोड्न २१ देखी २४ मिनट लाग्छ।
- "प्राण" लाई शरिर छोड्न ४८ देखी ६४ मिनट लाग्छ।
- "उधान" लाई शरिर छोड्न ६ घन्टा देखी १२ घन्टा लाग्छ।
- "अधान" ले शरिर छोड्न १२ औं घन्टा पछि ११ दिन सम्म लाग्छ।
- "ब्यान" ले शरिर छोड्न ११ दिन देखी १४ दिन सम्म लाग्छ।
प्राणको सबैभन्दा सूक्ष्म तह "ब्यान" ले शरिर नछोडे सम्म मृत्यु परिपक्व मानिंदैन त्यसैले १३ दिन किरिया बस्न परेको हो जुन कि "ब्यान" ले शरिर छोड्ने औसत समय हो।
पूर्विय मत अनुसार "ब्यान" ले "स्थुल" शरिर छोडे पछि मृत्यु परिपक्व हुन्छ तर पूर्ण अझै हुँदैन किनकी मनुष्य "स्थुल" शरिर मात्र होइन अन्य ६ शरिर पनि हो र "मन" पनि हो अनि "चेतना" पनि हो। आगोले पोलिने स्थुल शरिर हो , "मन" पोलिदैन , "चेतना" पोलिदैन , सुक्ष्म लगायतको अन्य शरिर समेत पोलिदैन, पोल्ने उपाय पनि छैन। यसैले नियमित श्राद्ध को आवश्यकता परेको हो।
कम्युनिस्टहरु आफुलाई अति आधुनिक , प्रगतिशील ठान्छन , धर्म कर्ममा विश्वाश गर्नेलाई रुढीबादी भन्दै खिल्ली उडाउँछन , सामन्त भन्न भ्याउँछन , सामन्तलाई गिंडे पनि हुन्छ भन्न भ्याउँछन, आँखाले देखिने भौतिक वस्तुमा मात्र विश्वास गर्न पर्छ भन्छन, यिनले संगित सुन्छन कि सुन्दैनन? संगित देखेका छन कि छैनन? कस्तो हुन्छ संगित? श्वास लिन्छन कि लिन्नन ? श्वास वा हावा देखेका छन कि छैनन ? "मन" देखेका छन कि छैनन? यिनको "मन" हुन्छ कि हुँदैन? "चेतन" देख्ने त कुरै भएन !
✏️ रविन्द्र अधिकारी पर्यटन मन्त्री समेत हुन , पर्यटकहरु नेपालको मौलिक संस्कृती र परम्परा हेर्न आउँछन कि यि धुपौरे नेताहरुको आलिशान महल हेर्न आउँछन? वा यिनको खुराफाती विकृत चेहरा हेर्न आउँछन? प्रचलित संस्कृती लाई विकृत गरेर यिनले कसरी पर्यटन प्रबर्द्धन गर्ने हुन? बाँदरको हातमा नरिवल भनेको शायद यहि हो।
✏️ कहिं नभएको जात्रा नेपालमै हुन्छ , प्रचण्ड लुम्बिनी विकास कोषको अध्यक्ष बनेर बुद्ध को प्रचार गर्न तम्सिन्छ ... बिरालोलाई मूसा को संरक्षक बनाए जस्तै !!!
✏️अचम्मको परिणती देखिंदैछ , देशमा विगत देखी सयौं हवाई दुर्घटना भए , दैनिक सडक दुर्घटना हुन्छ र वार्षिक हजारौंको ज्यान जान्छ, सडक सुरक्षा र हवाई उड्ड्यन सुरक्षा तथा आचार संहिता लागू गर्ने - कार्यान्वयन गर्ने कुरामा नेताहरु कहिल्यै संवेदनशिल देखिएनन, अहिले बल्ल हवाई उड्डयन सुरक्षा र आचार संहिता कार्यान्वयन गर्ने विषयमा नेताहरुको स्वर उठ्न थालेको छ, केहि समय अघि एक ठूलै नेता सडक दुर्घटनामा परि निधन भए , तब त नेताहरु बाट सडक दुर्घटना न्यूनिकरण गर्ने उपाय बारे आवाज आउन थाल्यो जबकी वर्षमा हजारौं सडक दुर्घटना हुन्छ तर नेताहरुमा यस्तो संवेदनशीलता आउँदैन। फेरि प्रश्न उठ्छ : ठूलै नेता नमरे सम्म कुनै पनि क्षेत्रमा रहेको विकृती र कमजोरीको सुधार गर्ने बारे नेताहरुमा बुद्धी नपलाउने हो ? यसो हो भने जनताहरु ले दैनिक प्रार्थना गर्न पर्ने भो : सडक दुर्घटनामा नेताहरु दिनहुँ मरुन ! नेताहरु चढेको गाडी खोलामा जाकियोस! नेताहरु चढेको हवाईजहाज - हेलिकप्टर आकाश मै विष्फोट होस!नेताहरुले पसल बाट खानेकुरा किन्दा विष परोस र खाने बित्तिकै सिल्टिमोर खाओस तब मात्र बजार अनुगमन मा कडाई हुन्छ कि ! नेताका छोरिहरु दिनहुँ बलात्कार होउन तब मात्र नेताहरुमा बलात्कार को बढ्दो प्रकोप बारे संवेदनशीलता जागेर कडा कानुन आउने हो कि ! यस अर्थमा नेताका छोरी को बलात्कारी लाई पाप होइन पूण्ड्य मिल्नेछ किनकी अन्य हजारौं - लाखौं चेलिहरु बलात्कार बाट जोगिन्छन। यस्तो लाग्छ कि यि नेताहरु लातों का भूत हुन , लात नखाए सम्म चेत्दैनन।
✏️ यो प्रकरण मा सबैभन्दा खड्किएको प्रश्न नैतिकताको हो , एउटा सम्भावना बोकेको युवा नेता रविन्द्र अधिकारी यहाँ नेर चुके , उनले पछिल्लो कालखण्डमा झांगिएको अनैतिकताको विकृत श्रुखंलालाई चिर्ने साहस गरेनन र आफ्ना अग्रजहरुको मार्ग पछाए, उनि माथी वाइड बडि घोटालाको आरोप लागेपछि मेरो आशा र अनुमान थियो उनले नैतिकताको आधारमा राजिनामा दिएर आफ्ना अग्रज पंक्तिको नैतिक खडेरिको क्रमभंगता गर्नेछन, उनको राजिनामा स्वयं उनको उज्वल राजनितिक भविष्य र देशको लागी सकारात्मक हुने थियो तर उनले राजिनामा दिनु त परको कुरा वाईड बडि घोटाला सम्बन्धि पत्रकारको प्रश्न मा जंगिदै अन्तर्वार्ता छोडेर हिंडे। कमसेकम मैले उनि बाट यस्तो आशा राखेको थिइन, उनलाई आशाको नजरले हेर्ने एउटा पंक्तीको विश्वास माथी ढुंगा लागेको क्षण थियो यो।
कतिपय झोलेहरु तर्क गर्थे , रविन्द्र ले भ्रस्टाचार गरेको पुष्टी भएको छ र राजिनामा दिने ? यस्तै कुतर्कको जगमा नेपालमा नैतिकता को खडेरी लागेको छ र देश रुग्ण भएको छ।
यि झोलेहरुले कहिले बुझ्ने कि कुनै दिन दशरथ रंगशाला मा भारी वर्षाको कारण जनधनको क्षती भएको थियो र तत्कालीन मन्त्री केशर बहादुर बिष्ट ले नैतिकताको आधारमा राजिनामा दिएका थिए तर केशर बहादुरले असिना-पानी वर्षाएका थिएनन, सिंह दरबारमा आगलागी भएको हुँदा प्रधानमन्त्री किर्तिनिधि बिष्टले नैतिकताको बोध गर्दै राजिनामा दिएका थिए तर उनले आगो झोंसेका थिएनन , जनमत संग्रहमा आफ्नो निति परास्त भए पछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजिनामा दिए तर जनमत संग्रहको माग उनको राजिनामा थिएन, नेपालमै २०४८ पछि आफ्नो निति कार्यान्वयन गर्न सहयोग नभएको कारण देखाउँदै शैलजा आचार्यले जलश्रोत मन्त्री बाट र जगन्नाथ आचार्यले भूमिसुधार मन्त्री बाट नैतिकताको आधारमा राजिनामा दिए ।
त्यस पछि नेपालको राजनितिमा नैतिक पतनको श्रुंखला चुलिंदै उकालो लाग्यो जशको शिकार भए एउटा ठूलो सम्भावना बोकेको र आम जनताले आशाको नजरले हेरेको एक पात्र रविन्द्र अधिकारी । यो देशमा हाम्रो इच्छाले हुने त केहि होइन तर मरो इच्छा थियो रविन्द्र अधिकारी ले आफु माथी अनियमितता को आरोप लाग्ने बित्तिकै राजिनाम दिउन र एउटा ज्योती जिवन्त रहोस जुन कि नेपालको गलत दिशामा गईरहेको राजनिती ले सहि दिशा पकड्न कोशेढुंगा हुने थियो तर त्यसो हुन सकेन। अनियमितताको आरोप लाग्नु अघि उनि पार्टी भित्र मात्र होइन पार्टी बाहिर पनि लोकप्रिय थिए , उनि पछि पनि मन्त्री - प्रधानमन्त्री हुन सक्थे, भ्रष्ट्रहरुको गोलमटोलमा उनि भाषिए ।

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment