Tuesday, 19 February 2019

नयाँ नेपालको नयाँ लूटतान्त्रीक गीत

Author:
Shantiman Shrestha:
लुट्नु सम्म लुट नेता छाती ठोकी ठोकी !!
तिम्ले भन्या समृद्दी यहि चाहिं पो हो कि ?
लुट्न बाँकी क्षेत्र नै के रह्यो र शेष !
लुट्यो भन्न नपाईने कठै तेरो देश !
अखिल नेपाल झोले संघ को लूटतान्त्रीक गीत

यो देशमा नयाँ युग अचम्मैको आको !
पेट्रोल खाने साइकल को आविष्कार भाको !!
लुट्न सके लुट् कान्छा लुट्न सके लुट !
लुट्या कुरा चाल पाउनेलाइ देख्ना साथै कुट् !!

हाम्रो देशको एउटि दिदि राष्ट्रपती भाको !
गधाको मुख नदेख्नेले हेलिकप्टर पाको !!
लुट्न त लूट कान्छा, लुट्न त लूट!
हाम्रो विरुद्ध बोल्नेलाइ दिनै हुन्न छुट..!!

कलियुगले छोए पछि उल्टो बग्छ खोला!
लुटेरा कै साथमा हामी अरिंगालको गोला !!
लुट्नु सम्म लुटौं हजुर बोलि बोलि झुट!
लूटतन्त्र का बिरोधिलाई छाला तारेर चुट !!

सिद्राको माला बिरालोलाई बाँदरलाई लिस्नु !
अख्तियारलाई त्यस्तै-त्यस्तै जनतालाई चाहिं सिस्नु !!
निस्क्यौं अब सडकमा बजारेर बुट !
लुटन पाउन्नस भन्नेलाई छानी-छानी भुट!!

पानी जहाज चढेर मंगल ग्रह गाको !
कम्निष्टको हाम्रो राजमा "सुन" चाहिं "पित्तल" भाको !
लुट्ने काईदा अनेक भाँती बनाएर गुट!
लुटेराकै स्तुती मा फुल-माला सहित जुट!

लुट्नु सम्म लुट नेता छाती ठोकी ठोकी !!
तिम्ले भन्या समृद्दी यहि चाहिं पो हो कि ?
लुट्न बाँकी क्षेत्र नै के रह्यो र शेष !
लुट्यो भन्न नपाईने कठै तेरो देश !


- पशुपती शर्मा मुर्दावाद ✊✊✊!मुर्दावाद ✊✊✊!!
- लूटतन्त्र जिन्दावाद ✊✊✊! जिन्दावाद✊✊✊!!
    सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts