Tuesday, 6 February 2018
वेद : धर्ती कै अदभुत विश्वकोष
वेद को बारेमा विस्तृतमा चर्चा गर्दा लामो हुन्छ र यो सहज पनि छैन तर वेदको वारे एउटा अकाट्य तथ्य के हो भने वेद एन्साइक्लोपेडिया अर्थात विश्वकोष हो। यस मानेमा धर्तिमा वेद जस्तो अर्को पुर्ण ग्रन्थ छैन । कुनै पनि भाषाको वृहद शब्दकोष शिष्ट शब्द मात्र राखेर पुर्ण हुँदैन यसमा अशिष्ट वा अश्लिल शब्द पनि समाबेश हुनुपर्छ त्यस्तै राम्रो कुराहरु मात्र राखेर विश्वकोष पुर्ण हुँदैन । वेदले कुन विधि वा तथ्य मानवको हित अनुकुल छ र कुन विधि प्रतिकुल छ , कुन विधि ठिक वा कुन विधि बेठिक भन्ने निर्णय गर्दैन । यसले ठिक - वेठिक , राम्रो नराम्रो , असल खराब , भन्ने कुराको रत्तिभर चिन्ता गर्दैन , जुन कि दुनियाको बाँकी सबै पुस्तकहरुले गर्छ र रचनाकार ले ठिक मानेका तथ्यहरु मात्र समाबेश गरि रचना गरिएका हुन्छन। वेद विलकुल अलग छ , यसमा पाठकले राम्रो नराम्रो सबै कुरा भेट्टाउछन। जस्तो : वेदमा पाठक ले यस्तो मन्त्र भेटाउन सक्छ जसको अभ्यास वा प्रयोग गरेर उसले कुनै पनि व्यक्तिलाइ अहित गर्न वा भनौं मार्न सक्छ । लगत्तै पाठकले अर्को मन्त्र भेट्टाउछ जसको अभ्यास वा प्रयोग गरेर उ कसैको पनि हित गर्न सक्छ वा बचाउन सक्छ , त्यस पछि वेदले अर्को मन्त्र वा शूत्र पनि बताउछ जसले मानवलाइ विवेक को सहि प्रयोग गर्न सिकाउछ । यी तीन कुराहरु वेदका मुख्य अंग हुन ।यो हिन्दु दर्शनको विशेषता पनि हो त्यसैले वेद वा हिन्दु दर्शनको एउटा पक्ष मात्र देख्ने ले यसको बिरोध वा आलोचना गर्नु स्वभाविक हो । यसैकारण सम्पुर्णतामा वेद वा हिन्दु दर्शनको अध्ययन नगर्नेहरुले यसलाइ बुझ्न असम्भव छ र धेरैको हकमा भएको यहि छ। परमाणु उर्जाको सदुपयोग पनि हुन सक्छ दुरुपयोग पनि , दुनियाको सबै चिज यस्तै हो , वेदले भेदभाव नगरी दुबै विधि दिन्छ र साथसाथै उच्चतम शूत्र पनि दिन्छ जसको अभ्यास वा पालना गर्नाले कसैले पनि कुनै पनि कुराको दुरुपयोग गर्दैन , हरेक कुराको सदुपयोग गर्छ। वेदमा व्यक्तिको आन्तरिक रुपान्तरणको लागि सम्भव सबै विधीहरुको उल्लेख छ । यसमा परस्पर विरोधी कुराहरु पनि छन किनकी दुनियाका मानिसहरुको स्वभाव नै परस्पर विरोधी छन र सबै मानिसहरुले आफ्नो स्वभाव अनुकुलको विधि वेदमा भेट्टाउँछ त्यसैले भनिएको हो , वेद पुर्ण ग्रन्थ हो , यसलाइ वा सनातन हिन्दु दर्शनलाइ सम्पुर्णतामा बुझ्नु पर्छ , नेपालमा बसेर अमेरिका देखिन्न, हिन्दु दर्शन यस्तै विराट छ र यसका बारे यत्रो भ्रम छ , दुरुपयोग छ र आलोचना पनि छ। प्राय हामी देख्छौं मानिसहरु हिन्दु दर्शन भित्रको सानो अंशको कुरा उप्काएर समस्त हिन्दु दर्शनकै आलोचना गर्छन , यस्ता किसिमका आलोचना र बिरोध सामान्य मानिसहरु बाट हुनु कुनै अनौठो कुरा होइन किनकी यो विराट दर्शनलाई सम्पुर्णतामा बुझ्न पुरै जीवन दाउमा लगाउनु पर्छ । तर ताज्जुब त तब हुन्छ जब आफुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिद्धान ठान्ने स्वनामधन्य मनुवा हरु , आमूल परिवर्तनका ठेक्का लिएका कथित क्रान्तिकारीहरु र INGO को हरियो डलरको बिटामा रनभुल्ल परेका कथित तलबी समाजसेवीहरु यो धर्मको विराट आध्यात्मिक पक्षको बारे छेउ टुप्पो नबुझी अलोचनाको ठुला ठुला वाणी ओकल्छ्न। हिन्दु दर्शन आफैले आलोचनाको लागि प्रशस्त ठाउँ दिएको छ , यसमा वाद-विवाद र तर्क-वितर्क ले प्रशस्त ठाउँ पाउँछ । यसमा चार्वाक को चरम नाश्तिकतावाद तथा भौतिकवादी विचार ले पनि फल्ने फुल्ने मौका पाउँछ जसले भन्छ , स्वर्ग नर्क भन्ने कुनै चिज छैन जीवन को अस्तित्व भनेको बाँचुन्जेल हो त्यसैले ऋण लिएर हुन्छ कि चोरेर हुन्छ बाँचुन्जेल मस्तले घिउ खाउ । जे जसरी हुन्छ बाँचुन्जेल शारीरिक त्रुप्तिको लागि मस्ती गर। यो दर्शन भित्र द्धैतवादी , अद्धैतवादी , निर्गुण व्रम्हा मान्ने , सगुण व्रम्हा मान्ने सबै छन। योगा र तन्त्र को उदाहरण लिउँ । यी दुई बिधिहरु व्यक्तिको आन्तरिक रुपान्तरण को लागि ठिक बिपरित बिधिहरु हुन , योगा इन्दृय सुख को चरम दमनको विधि हो भने तन्त्र इन्द्रिय सुखको चरम स्विकारको विधि हो। तन्त्रले कुनै पनि कुराको अस्विकार गर्दैन , यो सम्पुर्णतामा सर्वस्विकारको गहन विधि हो। समग्रमा ठिक विपरित देखियता पनि योगा र तन्त्र मा फेरि ठ्यास्क्कै समानता पनि छ किनकी योगा ले भन्छ वासना को दमन हुनुपर्छ तर दमन पूर्ण हुनुपर्छ र तन्त्रले भन्छ वासना को स्विकार हुनुपर्छ तर स्वीकार पुर्ण हुनुपर्छ । यसरी पूर्ण हुनु पर्छ भन्ने कुरामा योगा र तन्त्रमा समानता छ। योगा भन्दा तन्त्र अझ फराकिलो छ । तन्त्रले भन्छ संसारको सबै चिजलाइ नकारात्मक वा सकारात्मक दुवै रुपले उपयोग गर्न सकिन्छ ! यस्तो कुनै पनि चिज छैन जसको नकारात्मकता मात्र होस वा सकारात्मकता मात्र होस । विषलाइ औषधि को रुपमा पनि उपयोग गर्न सकिन्छ औषधिलाई विषको रुपमा पनि दुरुपयोग गर्न सकिन्छ। अझ महत्वपुर्ण र उल्लेखनीय तथ्य त के हो भने तन्त्रले भन्छ जुन चिज जति हानिकारक , खतरनाक र नकारात्मक हुन्छ त्यो चिजलाइ सकारात्मक रुपले उपयोग गर्दा हुन प्रभावकारिता त्यति नै बढी हुन्छ , अर्थात जति कडा विष त्यति कडा औषधि , यसैले त तन्त्रको केही साधना विधिमा मदिरा , गाँजा , यौन , मांस , बलि इ. को प्रयोग हुन्छ।
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment