Sunday, 4 March 2018

पुर्विय धर्म तथा दर्शन मा पुनर्जन्म को अवधारणा

Author:
Shantiman Shrestha:
पुर्व का सबै धर्म तथा आध्यात्मिक मार्ग हरु को पुनर्जन्म को बारे एकमत छ , तथ्य त के हो भने पुर्व का कुनै पनि धर्म बाट पुनर्जन्म को अवधारणा हटाइदिने हो भने यि कुनै पनि धर्म को प्रयोजन समाप्त हुन्छ किनकी यि धर्म हरु ले सिकाउने सम्पुर्ण साधना पद्धति , संस्कार , कर्मकाण्ड र चालचलन पुर्णतया पुनर्जन्म को अवधारणा मा आधारित छन । पुर्व का सबै धर्म का आध्यात्मिक साधक हरु लाइ पुनर्जन्म को साधना अनिवार्य मानिन्थ्यो ; पुनर्जन्म को अभ्यास को लागि पुर्व का सबै धर्म हरु मा एउटा सझा साधना विधि छ जसलाइ "जाती स्मरण" को रुपमा चिनिन्छ।
पुर्व का धर्महरु र: "जाती स्मरण"

     पुर्व का धर्म हरु ले साधकहरु लाई "जाती स्मरण" को साधना अनिवार्य यसकारण माने जस्तो : हिन्दु चिन्तन अनुसार सम्पुर्ण मानविय समस्या; दु:ख र जन्म-मृत्यु को गोलचक्कर को जड "बन्धन" हो , बौद्ध चिन्तन अनुसार सम्पुर्ण मानविय समस्या; दु:ख र जन्म-मृत्यु को गोलचक्कर को जड "अज्ञानता" हो , यहाँनेर बौद्ध मत अलि परिमार्जित छ हिन्दु मत भन्दा किनकी समस्या को जड "बन्धन" त हो तर "बन्धन" मा मनुष्यजाती किन फँस्छ त भन्दा "अज्ञानता" को कारण ले फँस्छ यसर्थ "अज्ञानता" समाप्त हुने बित्तिकै मनुष्य "बन्धन" मा फँस्दैन । अब "बन्धन""अज्ञानता" बाट कसरी छुटकारा पाउने त ! जन्मे पछि विहे त गरौं एकपटक, २-४ बालबच्चा पनि त बनाऔं , घर घडेरी पनि जोडौं , टन्न पैसा पनि कमाऔं। अलि राम्रो श्रीमति परे , प्रशस्त धन सम्पत्ती भए , राम्रो शिक्षा-दीक्षा हासिल भए , तृप्त यौन सन्तुष्टि प्राप्त भए , राम्रो पद हासिल भए वा शक्ति प्राप्त भए जीवन मा सुख होला र जीवन पुर्ण होला ....यहि चिन्तन हुन्छ हामी आम मानिस को र यहि चिन्तन पूरा गर्दा गर्दा मृत्यु को क्षण आएको चाल पाउदैनौ - आर्यघाट सम्म लतार्छ यो चिन्तन ले। तर आध्यात्म ले भन्छ , धन- सम्पत्ती , यौन , पद , प्रतिष्ठा , शक्ति , श्रीमान , श्रीमति , विवाह सब ब्यर्थ हुन - यी बाट वास्तविक आनन्द प्राप्त हुँदैन - यिनै आशक्ती ले मनुष्य जीवन मरण को अनन्त गोलचक्कर मा फँस्छ । तर कसरी चाल पाउने कि धन- सम्पत्ती , यौन , पद , प्रतिष्ठा , शक्ति , श्रीमान , श्रीमति , विवाह सब ब्यर्थ हुन ??? अनुभव नगरी कसरी चाल पाउने ? "जाती स्मरण" को साधना मार्फत साधक ले चाल पाउंछ उसको त अनेक जन्म भैसकेछ , यस अघि पनि कैयौंपटक विवाह गरिसकिएछ , यौन को आनन्द लिइसकिएछ , प्रशस्त धन-सम्पत्ती , पद प्रतिष्ठा हासिक भैसकेको रहेछ , बाल बच्चा पनि प्रशस्त भैसकेको रहेछ तर जीवन त जहाँको तहिँ !!! दुख पीडा त जहाँ को तहिँ !!!! तब साधक मा आत्मरुपान्तरण को नयाँ द्धार खुल्छ , उ यी आशक्ती को भ्रम बाट मुक्त हुन्छ अन्यथा साधक लाई विवाह , सम्पत्ती , पद , पैसा व्यर्थ हुन भनेर लाख पटक सम्झाए पनि अर्थ हुँदैन किनकी शब्द ले अनुभव गराउन सक्दैन। यसकारण पुर्विय परम्परा मा "जाती स्मरण" अभ्यास साधक हरु मा अभिन्न रह्यो।
"पुनर्जन्म" मन को कि "आत्मा" को?

     पुनर्जन्म को अवधारणा मा एक मत हुनु को बाबजुद फेरि पुनर्जन्म को सिद्धान्त का बारे यि धर्म का आन्तरिक दृष्टी हरु मा मतभेद छ । यो प्रश्न अहिले को मात्र होइन हजारौं वर्ष देखी को हो जसको प्रभावकारी उठान भगवान बुद्ध ले गरे । हिन्दु , जैन र बौद्ध धर्म बिच एउटा मुलभुत सहमती , प्रश्न र मतभेद भनेको पुनर्जन्म हुन्छ तर पुनर्जन्म आखिर हुन्छ के को ? मन को हुन्छ कि आत्मा को हुन्छ ?
हिन्दु र बौद्ध चिन्तन मा पुनर्जन्म:

     बौद्ध दर्शन ले पनि पुनर्जन्म को सिद्धान्त स्विकार्छ तर यसले आत्मा को अस्तित्व स्विकार्दैन । बुद्ध लाइ उनका नजिक का शिष्य हरु ले नै कैयौंपटक सोधेका छन - पुनर्जन्म हुन्छ , आत्मा र ईश्वर हुँदैन भने आखिर पुनर्जन्म हुन्छ के को ??? हिन्दु र जैन धर्म मा यो कठिनाइ छैन किनकी दुबै धर्म आत्मा को अस्तित्व स्विकार्छन त्यसैले स्वभावत: पुनर्जन्म हुन्छ र त्यो पुनर्जन्म आत्मा को हुन्छ ।पुनर्जन्म को विषय मा बुद्ध को दृस्टी हिन्दु र जैन को भन्दा गहिरो र स्पष्ट छ किनकी हिन्दु र जैन दुबै ले मन र आत्मा को अस्तित्व स्विकार्छन तब स्वभाविक रुपले प्रश्न खडा हुन्छ आखिर पुनर्जन्म मन को हुन्छ कि आत्मा को ??? बौद्ध धर्मलाइ यो प्रश्न खडा हुँदैन किनकी पुनर्जन्म हुन्छ तर आत्मा को अस्तित्व नभएपछि स्वभाविक रुपले मनको पुनरुक्ती हुन्छ ।तर सतह मा ठुलो बिबाद र मतभेद देखिए पनि आधारभुत रुपले खास फरक चाहिं छैन ।
संबुद्द पुरुषहरु को वाणी :

     यस सन्दर्भ मा केहि तथ्यहरु मनन गर्नुपर्ने हुन्छ । संबुद्ध पुरुष हरुको वाणी लाइ विश्लेषण गर्दा उनिहरु को संग बोल्दै थिए भन्ने ख्याल गरिएन भने वाणी को मर्म बुझ्न कठिन मात्र होइन असम्भव हुन्छ।
     एउटा युवक बुद्ध को समिप आयो र सोध्यो "के ईश्वर छ?" बुद्ध ले जवाफ दिए ,"छ ।" , युवक त्यहाँ बाट हिंड्यो , केहि समय पछि एक प्रौढ आयो र बुद्ध लाइ सोध्यो "ईश्वर छ?" बुद्ध ले जफाव दिए "छैन।" , प्रौढ त्यहाँ बाट हिंड्यो , एक महिला आइन र सोधिन "ईश्वर छ?" बुद्ध ले जवाफ दिए , " हुन पनि सक्छ , नहुन पनि सक्छ , आफैं खोज गर।" बुद्ध को यि तिन जवाफ विपरित लाग्न सक्छ तर मर्म एउटै हो तर एउटै मर्म व्यक्त गर्न फरक मन्छे अनुसार फरक जवाफ दिनुभयो। हामी आम मानिसहरु आफ्नो लागी र आफ्नो स्वार्थ अनुकुल बोल्छौ तर बुद्धपुरुष हरु करुणावश अरुको रुपान्तरण को लागी बोल्छन , तथ्य के हो भने वास्तव मा हामी अरु सँग बोल्ने बाहाना मा आफैंसंग बोल्छौं आफ्नै लागी यसर्थ बुद्ध पुरुष को वाणी बुझ्न कठिन हुन्छ । बुद्धहरु अरुको रुपान्तरण को लागी बोल्छन त्यसैले ब्यक्ती को चेतनस्तर अनुसार बोल्छन । बुद्ध लाइ नास्तिक वादी भनिन्छ, गहिराइ मा यो सहि होइन। ईसाइ , इस्लाम ईश्वर को कुरा गर्छन तर बाटो प्रष्ट छैन , कुनै ठोस बैज्ञानिक बिधी छैन तर बुद्ध ईश्वर वा गन्तव्य को कुरा गर्दैनन तर बाटो प्रष्ट छ र बैज्ञानिक बिधी मा आधारित छ , बुद्ध को पद्धती बाट असंख्य ले बुद्धत्व प्राप्ती गरे तर इस्लाम , ईसाइको पद्धती बाट यो हुन सकेन । हिन्दु भित्र को सांख्य दर्शन पनि ठ्याक्कै यहि हो , बुद्ध ले प्रारम्भिक शिक्षा सांख्य स्कुल मा प्राप्त गरेका हुन ।
स्वर्ग,नर्क,ईश्वर को धारणा र बौद्ध दर्शन :

     ईश्वर को स्वप्न र काल्पनिक विषय मा आम मानिस अल्झेको देखेर उनले ईश्वर , स्वर्ग , नर्क , आत्मा को बारे कुनै चर्चा गरेनन , विपरित उनले चार आर्यसत्य को घोषणा गरे , उनले दुख र दुख निबारण को बिषय मा आफ्नो शिक्षा केन्द्रित गरे किनकी दुख काल्पनिक बिषय होइन हरेक मनुष्य को भोगाइ को विषय हो , भोगाइ को र अनुभव को विषय बाट उनले आफ्नो शिक्षा को दियो बाले । अनि बौद्ध दर्शन लाइ अनात्मावादी दर्शन मानिन्छ तर गहिराइ मा यो पनि सहि होइन।
     बुद्ध को बिधी लाइ ठिक ढंग ले बुझ्नुपर्ने हुन्छ। जस्तो: काठमाडौ को मुटुमा शहिद गेट छ , शहिद गेट बाट ८०० मिटर को दुरि मा नारायणहिटि राजदरबार छ। यस्ता धर्म र पंथहरु छन जो नारायणहिटी दरबार को सुन्दरता ,वैभवता, एतिहासिकता को बखान गर्छ , जिवन मा यो दरबार एकपटक हरहालत मा पुग्नैपर्ने शिक्षा दिन्छ , दरबार को महत्व र विराटता को बखान गर्छ तर शहिद गेट बाट नारायणहिटि दरबार पुग्ने उचित बाटो देखाउँदैन अर्थात दरबार पुग्ने बाटो को बारे होइन दरबार मा केन्द्रित हुन्छ । बुद्ध को बिधी फरक छ , उनि नारायणहिटि दरबार को कुनै चर्चा गर्दैनन उनि सिर्फ स्पष्ट बिधीहरु दिन्छन , शहिद गेट बाट पुर्व लाग भद्रकाली को चोक आउँछ , यो चोक बाट माथि दक्षिण लाग , पुरानो बसपार्क आउँछ , त्यहाँ बाट पनि माथी लाग बागबजार को चोक आउँछ चौबाटो को , त्यहाँ पुर्व वा पश्चिम नलागी सिधै दक्षिण तिर लाग त्रिचन्द्र कलेज र घन्टाघर हुँदै जमल को चोक आउँछ जहाँ तिमिले राजा महेन्द्र को शालिक देख्नेछौ , यहाँ पनि चौबाटो छ , दायाँबायाँ नलागी सिधै माथी दक्षिण तिर लाग एउटा ठुलो भवन देख्नेछौ जसको अगाडी ठुलो गेट पनि देख्नेछौ , गेटतर्फ अगाडी बढ , गेट बाट प्रवेश गर , भवन को मुल ढोका देख्नेछौ , त्यहाँ बाट पनि प्रवेश गर .... बुद्ध लाइ थाहा छ त्यहाँ नारायणहिटि राजदरबार छ तर उनि यसको कुनै चर्चा गर्दैनन सिर्फ स्पष्ट रुपले बाटो देखाउँछन , बटुवा कुन स्थान मा छ भन्ने पहिले पहिल्याउँछन अनि सोहि अनुसार बाटो देखाउँछन , कहिल्यै काठमाडौ नदेखेको मानिस जो पहिलोपटक शहिद गेट मा उभिएको छ , शहिद गेट उसको लागी यथार्थ तथ्य हो नारायणहिटि उसको लागी कल्पना र स्वप्न हो । बुद्ध उनलाइ बुझाउने कुरामा नारायणहिटी बाट शुरु गर्दैनन शहिद गेट बाट शुरु गर्छन , थापाथली मा उभिएको व्यक्ती लाइ थापाथली बाट शुरु गर्छन । दु:ख मा बाँचेको लाई दु:ख बाट शुरु गर्छन । यसर्थ बौद्ध चिन्तन Fact र Method मा आधारित छ स्वर्ग , नर्क , ईश्वर को को मान्यता जो आममानिस को अनुभव को विषय होइन , मा आधारित छैन।
     पश्चिम का धर्महरु ईसाइ वा ईस्लाम नारायणहिटी मा केन्दृत हुन्छन जसको विकृत स्वरुप हामी देखिराखेका छौं विश्व मा , बुद्ध सचेत थिए यस तथ्य मा र यसले सिर्जना गर्ने भ्रम , अन्यौल र गलत वृत्ती को सन्दर्भ मा यसर्थ उनले ईश्वर , स्वर्ग , नर्क ,आत्मा को बारे कुनै चर्चा गरेनन यहाँ सम्म कि यि लगायत १० विषय मा प्रश्न गर्न बन्देज लगाए किनकी यि आम मानिस को अनुभव को विषय नभएर केवल कल्पना र गफ को विषय हुन । यि विषय को अनुभव हुने व्यक्ती लाइ बुद्ध कहाँ आउने जरुरी नै हुँदैन , प्रयोजन नै रहँदैन जस्तो: हाम्रो दुइ आँखा ठिक ठाक छन , हामी सबै चिज देख्न सक्छौं त के हामी कसैलाइ सोध्छौं कि सुर्य भन्ने चिज छ कि छैन ? बुद्ध यो धर्ती कै महान मनोविश्लेषक हुन , पश्चिम का मनोविज्ञान का खम्बा मानिने फ्रायड , गुस्ताव जुँग वा एडलर बुद्ध को तुलना मा बचकाना प्रतित हुन्छन । सुर्य छ कि छैन भनेर पश्न तेर्साउनु को अर्थ उ अन्धा हो , अब यो अन्धा लाइ जिवनभर सुर्य यस्तो हो उस्तो हो , प्रकाश यस्तो र उस्तो भनेर बुझाउनु को कुनै अर्थ हुँदैन , भन्ने र सुन्ने को समय को बर्बादी बाहेक अन्य कुनै परिणाम निस्कँदैन । यस्तो प्रश्न गर्ने व्यक्ती लाइ बुद्ध सुर्य वा प्रकाश को बारे दार्शनिक वर्णन नगरी आँखा को शल्यक्रिया शुरु गर्छन , शल्यक्रिया मार्फत जब उसले आँखा देख्न सक्षम हुन्छ र सुर्य तथा प्रकाश देख्छ तब उसले चाहेर पनि यो प्रश्न गर्न सक्दैन कि सुर्य भन्ने चिज छ कि छैन ??? प्रकाश कस्तो हुन्छ ?? यसको अस्तित्व छ कि छैन ??? त्यसैले त उनले भनेका छन , "म वैद्य हुँ।" अर्थात "म चिकित्सक हुँ ", उनले आफुलाइ दार्शनिक भनेका छैनन। यसर्थ उनले दु:ख , चिन्ता , क्रोध , आवेग , लोभ , काम वासना मा केन्द्रित गरे किनकी यि विषय आम मानिस को अनुभव को विषय हो , मानिस यहिंनेर छ , र बुद्ध यहिं बाट उपचार शुरु गर्छन ।
मनुष्य को विश्वास र बुद्ध :

     बुद्ध को सम्पुर्ण विधि, पद्धति र प्रक्रिया मनुष्य को विश्वास तोड्नु मा छ , बुद्ध को अनुसार विश्वास नै आत्मरुपान्तरण मा ठुलो बाधा हो । माथिको एक उदाहरण मा जुन तिन व्यक्ती को समान प्रश्न को तिन विपरित जवाफ दिए ति जवाफ तिनको विश्वास धरासायी बनाउन को लागी थियो । जो युवक थियो उ नास्तिक थियो , तर उसको नास्तिकता अनुभव को विषय थिएन केवल विश्वास थियो , त्यसैले उसलाइ यो विस्वास मा सन्देह पनि थियो - उ आफ्नो विश्वास लाइ अझ मजबुत बनाउन चाहन्थ्यो यसर्थ प्रश्न सहित उत्तर लिएर आएका थिए कि ईश्वर छैन - उ बुद्ध मार्फत प्रमाणित गर्न चाहन्थे ताकी उ निश्चिन्त होस आफ्नो विश्वास मा यसैले उसको "इश्वर छैन " भन्ने विश्वास तोडन बुद्ध ले भने "ईश्वर छ।" एक प्रौढ जो आए र प्रश्न गरे , उ कट्टर आस्तिक थिए , उ ईश्वर छ भन्ने कुरा मा विश्वास गर्थे तर उसको विश्वास पनि अनुभव को विषय थिएन , त्यसैले उसलाइ पनि आफ्नो विश्वास मा सन्देह थियो - उ पनि आफ्नो विश्वास लाइ मजबुत बनाउन बुद्ध बाट प्रमाणित गराउन चाहन्थे र मनमनै उत्तर पनि लिएर आएका थिए कि "ईश्वर छ।" बुद्ध ले उसको विश्वास तोडन जवाफ दिए ईश्वर छैन। महिला चाहिं दोधार मा थिइन , दुवै कुरा को विश्वास बाट अलि पर थिइन , यि महिला को रुपान्तरण सहज हुन सक्थ्यो यसर्थ जवाफ दिए "हुन पनि सक्छ , नहुन पनि सक्छ , आफैं खोज गर।"
     पुनर्जन्म मन को हुन्छ कि आत्मा को भन्ने सवाल मा हिन्दु मत र बौद्ध मत बिच ठुलो विवाद गर्नुपर्ने र बखेडा झिक्नु उचित जस्तो मलाइ लाग्दैन , बुद्ध को समय २६ सय वर्ष अघि को हो हिन्दु को समय त्यो भन्दा हजारौं वर्ष अघिको हो यसैले बुद्ध लाइ हिन्दु चिन्तन मा देखिएको तथा यो चिन्तन ले पैदा गरेको कमिकमजोरी केलाउने र त्यो कमजोरी बाट पाठ सिकेर पुनर्जन्म को सिद्धान्त लाइ अझ धारिलो , तथ्यपरक र थप स्पष्ट पार्ने सुबिधा हासिल भयो तर हिन्दु लाइ बौद्ध चिन्तन को कमजोरी केलाउने सुबिधा थिएन किनकी बौद्ध चिन्तन अघि नै हिन्दु चिन्तन ले जरा गाडिसकेको थियो । बुद्ध को चिन्तन हिन्दु चिन्तन को बिरोध होइन परिमार्जन सहित को निरन्तरता हो।
     माथी को एक उदाहरण मा बुद्ध ले नारायणहिटि राजदवार को वारे कुनै चर्चा नगर्नु को अर्थ नारायणहिटि राजदवार छैन भने भन्ने अर्थ लगाउनु सहि हुँदैन ।एउटा बेबारिस छोडिएको बालक को "मेरो आमा को हो?" भन्ने प्रश्न को जवाफ मा तिम्रो आमा यस्तो छ , उस्तो छ भनेर बर्णन गर्नु बुद्धिमानी कि आमा को स्वरुप को बारे कुनै बर्णन नगरी उसको आमा सँग बालक लाइ भेटाउने चाँजोपाँजो मिलाउनु बुद्धिमानी ??? केवल वर्णन बाट त्यो बालक झन उल्झन मा पर्छ किनकी त्यस्तै वर्णन अनुसारका अन्य महिला हरु भेटिन्छन , गलत महिला लाइ आफ्नो आमा ठान्ने भुल हुन सक्छ।उसको आमाको वारे वर्णन नगर्नुको अर्थ तिम्रो आमा नै छैन भन्ने हुँदैन । जहाँ सम्म पुनर्जन्म मन को हुन्छ कि आत्मा को भन्ने सवाल छ, पुनर्जन्म को कारक अतृप्त मन र वासना हो भन्ने कुरा मा हिन्दु , बौद्ध र जैन मा कुनै मतभेद छैन । शरिर छ यो हामिलाइ थाहा छ , अनन्त मन पनि छ, यो पनि हाम्रो भोगाइ को विषय हो तर मन भन्दा पर को पनि केहि छ कि छैन ?? शरिर र मन बिचको सम्बन्ध के हो ? मन र चेतना बिचको सम्बन्ध के हो ? अनि चेतना र अस्तित्व विचको सम्बन्ध के हो ? तन्त्र शास्त्र यस विषय मा निकै गहन छ यथार्थ मा बुद्ध को सम्पुर्ण साधना बिधी को आधारभुमी पनि तन्त्रशास्त्र हो । तन्त्र को अनुसार शरिर र मन , मन र चेतना अनि चेतना र अस्तित्व विच को सम्बन्ध श्वास-प्रश्वास ले स्थापित गर्छ ।
शरीर,मन,आत्मा र श्वासप्रश्वास:

     प्रथमत: श्वास को शरिर सँग सिधा सम्बन्ध छ यसैले श्वास-प्रश्वास विना हामी एक क्षण पनि बाँच्न मुश्किल हुन्छ , अनि श्वास को मन सँग को सिधा सम्बन्ध हुन्छ , श्वास विना मन (Mind) ले function गर्न सक्दैन , योगा र तन्त्र मा श्वास-प्रश्वास सम्बन्धी अनेकन बिधी र अभ्यासहरु छन , विपश्यना ध्यान मा दुइ श्वास विच को ग्याप मा होश पुर्वक साक्षिभाव राख्ने बिधी मन प्रती जागरुक हुने र साक्षिभाव राख्ने बैज्ञानिक बिधी हो किनकी श्वास नियन्त्रण हुने बित्तिकै मन माथी नियन्त्रण हुन्छ , अक्सर हामी मन डोलिराखेको बेला मनलाइ नियन्त्रण गर्न खोज्छौं फलश्वरुप मन झन अनियन्त्रित हुन्छ र तनाब पैदा हुन्छ , रुख लाइ नष्ट गर्न जरा काट्नुपर्छ हाँगा होइन, श्वास एकप्रकार ले मन को खुराक हो । र मन र बिचार सदैब भुत मा वा भविश्य मा हुन्छ , बर्तमान मा मन को अस्तित्व हुँदैन , मन वा बिचार को स्वभाव नै विगत वा भविष्य मा दौडनु हो ।

तन्त्र को अनुसार अक्सिजन वा स्वास केबल क्यारिएर वा माध्यम हो प्राणउर्जा को ; अस्तित्व को प्राण उर्जा लाइ शरिर र मन सँग जोडने माध्यम स्वास हो ।


     एउटा उदाहरण: मन निकै चंचल भएको अवस्था मा स्वास प्रस्वास लाइ रोक्नु - मन को चंचलता आफसेआफ रोकिन्छ , एउटा अभ्यास गर्नुस १ मिनेट को लागी , स्वास लाइ रोक्नु र बिगत को घटना सम्झने वा भविष्य को वारे कुनै कल्पना गर्ने प्रयास गर्नुस असम्भव छ , स्वास लाइ रोकेर तपाइ न त स्मरण गर्न सक्नुहुन्छ न त कल्पना नै किनकी श्वास बिना मन वा विचार को कार्य हुन सक्दैन ।
तन्त्र विज्ञान र प्राण उर्जा:

     आधुनिक मेडिकल साइन्स को अनुसार प्राणिहरु अक्सिजन को कारण जिवित रहन्छन तर तन्त्र को दृष्टि यो भन्दा गहिरो छ। तन्त्र को अनुसार अक्सिजन वा स्वास केबल क्यारिएर वा माध्यम हो प्राणउर्जा को ; अस्तित्व को प्राण उर्जा लाइ शरिर र मन सँग जोडने माध्यम स्वास हो । अस्तित्व को प्राणशक्ती लाइ बिना कुनै माध्यम लिन शक्ने योगि हरु बिना अक्सिजन बाँच्न सक्छन , माटो मुनि छ महिना गाडिएर जिवित निस्कन सक्छन , यस्ता कैयौं उदाहरण छन । यसरी नै स्वास मन र चेतना बिच को पनि Bridge हो र चेतना र अस्तित्व बिच पनि ।
     संस्कृत मा हाम्रो जिवन लाइ पनि प्राण भनिछ र स्वास लाइ पनि प्राण भनिन्छ। हिन्दु चिन्तन को दायरा बौद्ध चिन्तन भन्दा फराकिलो छ , चिन्तन का विविध आयाम छन हिन्दु चिन्तन को। मनु को चिन्तन चेतना को विकास मा आधारित छ, पुनर्जन्म को बारे चर्चा गर्दा मनु को चेतना को विकास को सिद्धान्त सबैभन्दा महत्वपूर्ण विषय हुन आउँछ। मनु कै अर्को सिद्धान्त अनुभव को हस्तान्तरण को सिद्धान्त पनि महत्वपूर्ण विषय हुन आउँछ ,मनुस्मृती यि दुइ प्रमुख सिद्धान्त को जग मा उभिएको छ ।यसको वारे चर्चा अर्को आलेख मा गरौंला ।
जब बिज्ञान लाइ पहिलो पटक इलेक्ट्रोन को ख्याल आयो तब सारा बैज्ञानिक हरु यस कुरा मा घोत्लिए कि आखिर इलेक्ट्रोन कण हो कि तरंग ? एउटा ठुलो समस्या पैदा भयो किनकी आम धारणा मा कुनै चिज या त स्थिर हुन्छ या त गतिशिल हुन्छ अनि "कण" स्थिर हुन्छ "तरगं" गतिशिल , तर बैज्ञानिक खोज को तथ्य यो थियो कि इलेक्ट्रोन कण र तरंग दुबै हो , अर्थात इलेक्ट्रोन गतिशिल र स्थिर दुबै हो । अल्बर्ट आइन्सटाइन लाइ यस बारे बुझाउन निकै हम्मे हम्मे पर्यो किनकी आम मानिस या त स्थिरता को भाषा बुज्छन या त गतिशिलता को ...तर दुवै एकसाथ ??? आइन्सटाइन लाइ सोधियो ,"तपाइ दुबै चिज एकसाथ छ भन्नुहुन्छ जुन तर्क संगत देखिंदैन।" आइन्सटाइन ले भने ,"हामी तर्क लाइ मानौं कि तथ्य लाइ मानौं? तथ्य यहि हो कि इलेक्ट्रोन कण र तरंग दुबै हो।"

पदार्थ को कण स्थिर कि गतिशिल ?

     कतिपय सवाल गोलचक्कर हुन्छ जस्तो ६० वर्ष अघि विज्ञान भन्थ्यो पदार्थ को कण स्थिर हुन्छ , तंरग गतिमान हुन्छ। जब बिज्ञान लाइ पहिलो पटक इलेक्ट्रोन को ख्याल आयो तब सारा बैज्ञानिक हरु यस कुरा मा घोत्लिए कि आखिर इलेक्ट्रोन कण हो कि तरंग ? एउटा ठुलो समस्या पैदा भयो किनकी आम धारणा मा कुनै चिज या त स्थिर हुन्छ या त गतिशिल हुन्छ अनि "कण" स्थिर हुन्छ "तरगं" गतिशिल , तर बैज्ञानिक खोज को तथ्य यो थियो कि इलेक्ट्रोन कण र तरंग दुबै हो , अर्थात इलेक्ट्रोन गतिशिल र स्थिर दुबै हो । अल्बर्ट आइन्सटाइन लाइ यस बारे बुझाउन निकै हम्मे हम्मे पर्यो किनकी आम मानिस या त स्थिरता को भाषा बुज्छन या त गतिशिलता को ...तर दुवै एकसाथ ??? आइन्सटाइन लाइ सोधियो ,"तपाइ दुबै चिज एकसाथ छ भन्नुहुन्छ जुन तर्क संगत देखिंदैन।" आइन्सटाइन ले भने ; "हामी तर्क लाइ मानौं कि तथ्य लाइ मानौं? तथ्य यहि हो कि इलेक्ट्रोन कण र तरंग दुबै हो।"
आत्मा सर्वव्यापी छ:

     आत्मा सर्वव्यापी छ ,यसमा संदेह छैन , आत्मा उर्जा को विस्तार हो अनि मन के हो? मन पनि उर्जा को नै विस्तार हो । आत्मा को पुनर्जन्म हुन्छ भनौं वा मन को हुन्छ भनौं अर्थ एउटै हो; उर्जा को पुनर्जन्म वा रुपान्तरण हुन्छ. बुद्ध ले मन को पुनर्जन्म हुन्छ भने तर आत्मा को कुनै चर्चा गरेनन किनकी मन वा बिचार आम मानिस को भोगाइ र अनुभव को विषय थियो तर "आत्मा" भोगाइ र अनुभव को विषय थिएन; उनी सचेत थिए आत्मा को प्रसंग ले भ्रान्ती पैदा गर्न सक्छ। तर आत्मा को चर्चा नगर्नु को अर्थ आत्मा छैन भन्नू होइन ।

सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts