
Shantiman Shrestha:

अर्को : कुरा हामीले ७५ हजार मन्छे जम्मा गरेर गिनिज बुक मा नाम पनि लेखायौं ल ठिक छ : तर डेढ अर्ब जनसंख्या भएको भारत ले ६ करोड मन्छे उतारेर हाम्रो रेकर्ड तोड्यो भने त्यो रेकर्ड तोडन हामिले ६ करोड १ जना मन्छे कहाँ बाट ल्याउने हुँदै नभएको मन्छे? भारत को युपि को जनसंख्या नै २३ करोड छ , हाम्रो जति जनसंख्या युपि को एउटा जिल्ला मा छ । यस प्रती ख्याल छ अभियानकर्ता हरुको ?
भिड बटुल्ने होड मा लाग्नुहुँदैन यो सरासर मूर्खता हुन्छ। अन्य उपायहरु छन ।
बुद्ध हाम्रो देशको भनेर उफ्रनु अघि बुद्ध को दर्शन लाई बुझ्ने र जीवन मा उतार्ने प्रयास कति गर्यौं हामीले ??? १० वर्ष गृहयुद्ध भयो , १९ हजार मारिए , हजारौं अहिले पनी अपांग छन - यहि थियो बुद्ध को उपदेश ????? देश को एउटा सुदुर भु-भाग को नागरिक सिटामोल नपाएर मरिराछ - अर्को एउटा फटाहा उपचार को नाममा विदेश गएर त्यही गरिब ले तिरेको कर ले जम्मा भएको राज्य को अरबौ उडाउछन । अनि यहि नेता को जय जयकार गर्दै पछि कुद्छौं - यहि हो बुद्ध को शिक्षा ????? कस्तो ब्यक्ती लाई भोट हालेर जितायौं ? हीजो हत्या हिंसा मा संलग्न कतिजना लाई सांसद चुन्यौ ? के हो बुद्ध को उच्चतम दर्शन र कहाँ छ नेपाल र नेपाली नागारिक को स्थिती - कुनै तालमेल छ ?
भगवान बुद्धको हिंसा सम्बन्धी दृष्टी:
भगवान बुद्धको हिंसा सम्बन्धी दृष्टीको गहिराइ अधिकांस मानिसको अनुमान र कल्पना भन्दा बाहिर छ । उहाँले अहिंसा र सत्य को शन्देस दिनु भएको छ , भुलवस वा भ्रमवश कतिपय गुम्बा मै मैले सत्य र अहिंसा लेखेको देखेको छु , बास्तब मा अहिंसा र सत्य भन्नु र सत्य र अहिंसा भन्नु मा जमिन आसमान को फरक छ, बुद्ध को शिक्षा भौतिक विज्ञान होइन अन्तस को विज्ञान हो , भौतिक विज्ञान मा दुध र पानी भनौं कि पानी र दुध भनौं वा हाइड्रोजन र अक्सिजन भनौं वा अक्सिजन र हाइड्रोजन भनौं केहि फरक पर्दैन , H2O शूत्र लाइ OH2 भन्दा पनि हुन्छ किनकी भन्न खोजेको सिर्फ यत्ती हो : हाइड्रोजन को मात्रा अक्सिजन को भन्दा दोब्बर वा अक्सिजन को मात्रा हाइड्रोजन को ५०% । तर अन्तस को विज्ञान फरक छ , यो गणित होइन अगणित हो ।
अहिंसा र सत्य :
बुद्ध ले अहिंसा र करुणा लाइ मुल साधन मान्नु भएको छ त्यसैले अहिंसा लाइ सत्य भन्दा अगाडी राख्नु भएको छ किनकी सत्य बोल्दा पनि हिंसा हुन्छ , कुनै एक व्यक्ती को एउटा खुट्टा छैन स्वभावतः उ लंगडो हो , हामिले उसलाइ "ए लंगडो !"भनेर बोलाउदा सत्य बोलेको हुन्छ किनकी उ लंगडो नै हो , तर उसलाइ लंगडो भनेर बोलाउँदा उसमा स्वभाविक आक्रोस पैदा हुन्छ र आधुनिक विज्ञान ले पनि भन्छ एकपटक झनक्क रिसाउँदा यत्ती तिब्र गति मा विधुतिय करेन्ट बग्दछ कि क्षणभरमै करोडौं सेल हरु मर्दछ , यो भौतिक शरिर खरबौं सेल हरुको जोड हो र कसैको कारण एउटा मात्र सेल मर्दा पनि त्यहाँ हिंसा हुन्छ त्यसैले त बुद्ध का अनुसार क्रोध गर्नु आत्महत्या गर्नु हो ।
त्यसैले बुद्धको देशना छ : सत्य बोल तर हिंसा नहुने शर्त मा । अहिंसा पहिलो शर्त - सत्य दोस्रो शर्त ।
बुद्ध पिपल को रुख मुनि ध्यान मग्न थिए अचानक एउटा व्यक्ती भयभित हुँदै भाग्दै आयो - बुद्ध को ध्यान भंग भयो , त्यो ब्यक्ती रुख को पछाडी लुक्यो , लगत्तै अर्को व्यक्ती हात मा ठूलो तरबार लिएर दौडदै आयो - यो व्यक्ती रुख को पछाडी लुकेको मन्छे लाई मार्न आएको थियो। तरबार लिएको ब्यक्ती ले क्रोधित मुद्रा मा बुद्ध लाई सोध्यो भाग्ने ब्यक्ती कहाँ छ ? ....बुद्ध लाई समस्या पर्यो , जीवन भन सत्य को शन्देस दिए अब अहिले सत्य बोलौं - त्यो ब्यक्ती पछाडी लुकेको छ भन्न पर्छ तब उ दोस्रो ब्यक्ती बाट काटिन्छ अनि हिंसा हुन्छ। उसलाइ बचाउन को लागि झुठ बोल्नुपर्ने हुन्छ । यो घटना मा बुद्ध ले झुठ बोले र उक्त ब्यक्ती लाई बचाए । यस पश्चात् बुद्ध ले आफ्ना शिष्य हरुलाइ अहिंसा को पालना हुने शर्त मा झुठ बोल्न अनुमती दिए।
बुद्धको दृष्टी र अचौर्य :
बुद्धको दृष्टी अझ यो भन्दा गहिरो छ जसलाइ बुझ्नु नितान्त जरुरी छ । उनका अनुसार "अचौर्य" के हो ? सामान्यतया हामी ठान्छौं नचोर्नु नै "अचौर्य" हो , यो बिलकुल गलत हो , हामी सिर्फ यसकारण चोर्दैनौ किनकी पुलिस छ , अदालत छ , कानुन छ , इज्जत अनि प्रतिष्ठा को मोह र डर छ । १ घन्टाको लागी पुलिस , कानुन , अदालत अनि इज्जत र्प्रतिष्ठाको भय यो दुनिया बाट हाटाइदिने हो भने हामी सबैको नकाब उत्रन्छ , कोहि बाँकी बच्ने छैन, अझ मनोविज्ञान ले त के भन्छ भने यो स्थिती मा इज्जत को ढोंग गर्ने र सभ्य र सुसंस्कृत को स्वांग रचेर बसेका हरु बलात्कार , चोरी र डकैती मा अघि हुन्छन पहिले देखिका चोर , लुटेरा र बलात्कारी हरु रमिते बन्छन - विश्वमा भएका ठुला - ठुला दंगा मा यो पुष्टी पनि भएको छ।
बुद्ध का अनुसार चोरी को कल्पना वा विचार मात्र गर्नु पनि चोरी गर्नु हो भलै उसले आफ्नो हातले नगरोस तर उसको विचारको तरंग ले अरु कसैलाइ चोर्न बाध्य पार्छ , त्यसैले त बुद्ध को अनुसार मानिस मरेर गए पनि कर्म वा action जारी रहन्छ र यसको फल पनि भोग्नु पर्छ किनकी विचारको रतरंग कहिल्यै मर्दैन र आज हामिले कसैको हत्या गर्ने विचार ले हजारौं वर्ष पछि पनि कसैको हात मार्फत कसैको हत्या गर्न सक्छौं ।बुद्धका अनुसार कुनै पनि विचार खेर जाँदैन र यसले एउटा परिणाम ल्याएरै छोडछ ।
बुद्ध को दृष्टि मा कसैको हत्या गर्ने विचार मात्र पनि हत्या हो, कसैको बलात्कार गर्ने कल्पना मात्र पनि बलात्कार गर्नु हो । त्यसैले "अचौर्य" को अर्थ नचोर्नु होइन । चोरी को सूक्ष्म विचार पनि पैदा नहुनु नै "अचौर्य" हो । हत्या नगर्नु नै "अहिंसा" होइन ; हत्या को सूक्ष्म विचार पनि पैदा नहुनु र आफ्नो कारण ले कसैको एउटा "सेल" मात्र पनि नमर्नु नै "अहिंसा" हो ।
बुद्ध को अहिंसा सम्बन्धि यस्तो सुक्ष्म दृष्टि छ तर हामी नेपाली कस्ता छौं ?? बुद्ध को यो देश मा के भयो बिगत मा ??? अहिले के भइराखेको छ? हत्या र हिंसा अनि भ्रष्टाचार मा निर्लिप्त हरुको पिछलग्गु भएर - तिनैको जय जयकार गरेर केबल नारा मा "बुद्ध हाम्रो देश को हो" भनेर ४ हात उफ्रिनु मलाइ अलि हजम हुँदैन । बुद्ध वास्तविक रुपले हाम्रो देश को तब हुन्छ जब हाम्रो आचरण , चिन्तन र व्यवहार बुद्ध को देशना अनुसार को हुन्छ , जब यो देश को राज्यसत्ता चलाउने हरु ले बुद्ध को गहिरो दृष्टि लाई बुझेर - परख गरेर उनको चिन्तन लाई आफ्नो जीवन मा खरो रुपले उतारेर राज्यसत्ता चलाउँछन तब मात्र ठिक अर्थ मा बुद्ध हाम्रो देश को हुन्छ। अरु देश का नागरिक ले नेपाली लाई देख्दै मा फरक र विशिष्ट अनुभव गरोस र बुद्ध को छायाँ अनुभव गरोस अनि हामिलाइ बुद्ध हाम्रो देश को भनेर भिड जम्मा गर्नुपर्ने जरुरी हुँदैन ।
(पुनस्च: देश , राष्ट्रियता , भौगोलिक सिमा को ख्याल हामी मुढहरु लाई हुने हो ; बुद्ध पुरुष को कुनै भौगोलिक सिमा हुँदैन , बुद्ध नेपाल को हो कि भारत को हो ? यो नेपाली र भारतिय को सरोकार को विषय हो बुद्ध को होइन )
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment