Tuesday, 6 February 2018

अर्का को बुद्धी ले राजा हुनु भन्दा आफ्नै बुद्धिले जोगी हुनु वेश

कुनै एकजोडी बुढा- बुढी को दम्पती गधा माथी बसेर तिर्थयात्रा मा थिए । उनिहरु एउटा गाउँ मा पुगेपछी गाउँले हरु जम्मा भएछन र भनेछ्न :- हेर पापिहरु !! बिचरा एउटा गधा माथी २-२ जना चढेको!!!! बुढा लाई कुरा ठिकै जस्तो लागेछ र बुढी लाई भनेछ : हेर बुढी मलाई कुरा ठिकै जस्तो लाग्यो ; एउटा गधा माथी २-२ जना चढ्नु अलि ज्यादति नै हो कि !!!! त्यसैले यसो गरौं - तिमी हिंड म चढ्छु । उनिहरु अर्को दिन एउटा सानो बजारमा पुगेछन्; बाटो मा एउटा बिहे को जन्ती आइरहेको थियो । जन्ती मध्य कुनै एक ब्यक्तीले भनेछ: हेर त पापी !!! आफु गधा माथी चढेर बुढी लाई चाहिं  हिंडालेछ ! बुढा लाई यो कुरा पनि ठिकै लागेछ र बुढिलाई भनेछ । यो कुरा पनि मलाई जायज नै लाग्यो त्यसैले तिमी चढ म हिड्छु । उनिहरु साँझ पख एउटा बाक्लो बस्ती मा पुगेछ्न । त्यहाँ एउटा हाटबजार लागिरहेको थियो । बुढा-बुढी लाई देखेर केहि मानिस हरु ले भनेछ्न्: हेर त नामर्द जोइटिङ्रे ! लाछी बुढो ~ स्वास्नी लाई गधा माथी चढाएर आफु चाहिं लुरु-लुरु हिंडेछ । यसपछी बुढा ले बुढी लाई भनेछ : यसरि भएन बुढी ! हामी दुबै गधा माथी नचढेर यसलाई डोर्याएर हिड्नुपर्यो । उनिहरु गधा लाई डोर्याउँदै एउटा भंज्याङ मा रहेको सानो बस्ती मा पुगेछन । त्यहाँ मानिस हरु जम्मा भएर बुढा-बुढी लाई खिल्ली उडाउँदै भनेछ्न्: थुइक्क .... बुद्धी नभएको बुढा-बुढी हरु !!!! गधा हुँदा हुँदै खाली खुट्टा हिंडेछ्न ।      मित्र हरु !!! हरेक समाज यस्तै हो त्यसैले जो अरुहरु को हरेक कुरा लाई आत्मसात गर्छ उसको हविगत यस्तै हुन्छ यो मेरो पनि भोगाइ हो अनि मित्र हरु को भोगाइ के छ ? भनिन्छ ; अर्का को बुद्धी ले राजा हुनु भन्दा आफ्नै बुद्धिले जोगी हुनु वेश ।

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts