००
Tuesday, 6 February 2018
अर्का को बुद्धी ले राजा हुनु भन्दा आफ्नै बुद्धिले जोगी हुनु वेश
कुनै एकजोडी बुढा- बुढी को दम्पती गधा माथी बसेर तिर्थयात्रा मा थिए । उनिहरु एउटा गाउँ मा पुगेपछी गाउँले हरु जम्मा भएछन र भनेछ्न :- हेर पापिहरु !! बिचरा एउटा गधा माथी २-२ जना चढेको!!!!
बुढा लाई कुरा ठिकै जस्तो लागेछ र बुढी लाई भनेछ : हेर बुढी मलाई कुरा ठिकै जस्तो लाग्यो ; एउटा गधा माथी २-२ जना चढ्नु अलि ज्यादति नै हो कि !!!! त्यसैले यसो गरौं - तिमी हिंड म चढ्छु ।
उनिहरु अर्को दिन एउटा सानो बजारमा पुगेछन्; बाटो मा एउटा बिहे को जन्ती आइरहेको थियो । जन्ती मध्य कुनै एक ब्यक्तीले भनेछ: हेर त पापी !!! आफु गधा माथी चढेर बुढी लाई चाहिं हिंडालेछ ! बुढा लाई यो कुरा पनि ठिकै लागेछ र बुढिलाई भनेछ । यो कुरा पनि मलाई जायज नै लाग्यो त्यसैले तिमी चढ म हिड्छु । उनिहरु साँझ पख एउटा बाक्लो बस्ती मा पुगेछ्न । त्यहाँ एउटा हाटबजार लागिरहेको थियो । बुढा-बुढी लाई देखेर केहि मानिस हरु ले भनेछ्न्: हेर त नामर्द जोइटिङ्रे ! लाछी बुढो ~ स्वास्नी लाई गधा माथी चढाएर आफु चाहिं लुरु-लुरु हिंडेछ । यसपछी बुढा ले बुढी लाई भनेछ : यसरि भएन बुढी ! हामी दुबै गधा माथी नचढेर यसलाई डोर्याएर हिड्नुपर्यो ।
उनिहरु गधा लाई डोर्याउँदै एउटा भंज्याङ मा रहेको सानो बस्ती मा पुगेछन । त्यहाँ मानिस हरु जम्मा भएर बुढा-बुढी लाई खिल्ली उडाउँदै भनेछ्न्: थुइक्क .... बुद्धी नभएको बुढा-बुढी हरु !!!! गधा हुँदा हुँदै खाली खुट्टा हिंडेछ्न ।
मित्र हरु !!! हरेक समाज यस्तै हो त्यसैले जो अरुहरु को हरेक कुरा लाई आत्मसात गर्छ उसको हविगत यस्तै हुन्छ यो मेरो पनि भोगाइ हो अनि मित्र हरु को भोगाइ के छ ? भनिन्छ ; अर्का को बुद्धी ले राजा हुनु भन्दा आफ्नै बुद्धिले जोगी हुनु वेश ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
एकजना मनोबैज्ञानिक पागल हरु को अनुसन्धान गर्न पागलखाना गएछ । सोधपुछ गर्दै जाने क्रम मा एकजना अधवैंसे पागल ले भनेछ : हेर्नुस सर ! बास्तवमा म ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
हर्के ले स्टेसन मा बसेर मस्त ले चुरोट तानिरहेको थियो एकै छिन मा धुम्रपान बिरोधी टिसर्ट लगाएकी एक युवती हर्के को नजिक आइन र भनिन : Execuse ...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
पश्चिमिहरुको अन्ध नक्कल गरेर आधुनिक भै टोपलिने मुर्खतापुर्ण प्रवृती को अर्को उदाहरण हो विवाह को समारोह मा जन्तिको अगाडी बजाइने ब्यान्डबाजा ।...
No comments:
Post a Comment