००
Tuesday, 6 February 2018
गुरु पुर्णिामा को महिमा
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु हरु लाई श्रद्धा पुर्वक सम्झने तथा पुज्ने गर्दछन । वर्तमान आधुनिक समय मा गुरु - शिष्य को मूल अर्थ र भाव प्रती गलत वुझाइ रही आएको छ । तथ्य के हो भने Master र Teacher वा "गुरु" र "शिक्षक" एउटै होईनन । Teacher वा "शिक्षक्" हरु भौतिका जीवन लाई सहज बनाउन आवश्यक जानकारी हरु उपलव्ध गराउछन भने Master वा "गुरु" हरु मानव हरु को भौतिक देह मा शुषुप्त रुपले स्थित आन्तरिक सत्ता वा भनौं चेतना को वास्तविक केन्द्र लाई उजागर गरी व्यक्ती लाई भौतिक शरिर बाट सूक्ष्म शरिर तर्फ को यात्रा गराउदछन । यस्तै "शिष्य" र "विधार्थि" वा Student र Deciple विच पनि मौलिक भिन्नता छ । गुरु महिमा को वर्णन गर्ने एउटा श्लोक हिन्दू ग्रन्थ हरु मा वहुप्रचलित छ ।
" गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:"
यो श्लोक लाई बुझ्नु अगाडी हिन्दू दर्शन मा ब्रम्हा; विष्णु र महेश्वर को अबधरणा लाई बुझ्नु आवस्यक छ । हिन्दू मान्यता अनुसार ब्रह्मा ले सृष्टी गर्दछन; विष्णु ले पालना गर्दछ्न र महेश्वर ले संहार गर्दछन । अब श्लोक को भाव लाई विश्लेषण गरौं ~ " गुरु ब्रम्हा" अ र्थात "गुरु ले सृष्टी गर्दछन" ~ "गूरु विष्णु" अ र्थात " गूरु ले पालन गर्दछन " ~ " गूरु देवो महेश्वर " अर्थात गूरु ले संहार गर्दछन ~ "गुरु साक्षात् परमं ब्रह्मा" अर्थात गूरु साक्षात परम ब्रम्हा नै हुन ~ "तस्मै श्री गुरुवे नम:" अर्थात - त्यसैले गूरु लाई नमन । अब गूरु ले कसरी सृष्टी गर्दछन वा जन्म दिन्छ्न त ? बुवा- आमा ले केवल भौतिक देह को जन्म दिन्छन तर आन्तरिक सत्ता वा चेतना को जन्म दिन उनिहरु सक्दैनन । आध्यात्म को जगत मा भौतिक देह को जन्म लाई वास्तविक जन्म मानिदैन ।
जब सम्म आन्तरिक सत्ता संग सक्षात्कार हुँदैन तब सम्म उसको वास्तविक स्वरुप प्रकट हुँदैन र उसको वास्तविक जन्म हुँदैन । भौतिक देह अस्थाइ सत्ता हो र चेतना स्थाइ सत्ता हो - गुरु ले शिष्य लाई चेतना को केन्द्र मा प्रवेश गराइ वास्तविक सत्ता को बोध गराउदछ्न । हिन्दू दर्शन मा यसरि वास्तविक सत्ता को बोध हुनु लाई "द्दिज" भनिन्छ ~ "द्दिज " शब्द " दुइ" बाट आएको हो ~ जसको अर्थ हुन्छ दोस्रो पटक को जन्म । गुरु ले दोस्रो जन्म दिन्छन त्यसैले गूरू " ब्रम्हा" हुन । गूरु ले पालन गर्दछ्न । हिन्दू दर्शन अनुसार मनुष्य सात शरिर को योग हो । पहिलो शरिर जुन हामिले बाहिरी रुपले देख्छौ ; त्यो स्थुल शरिर हो ।
यि सात शरिर हरु हुन :
(1) स्थूल शरीर-फिजिकल बड़ी (2) सूक्ष्म शरीर इथरिक बडी (3) कारण शरीर-एस्ट्रल बडी (4)मानस शरीर-मेन्टल बडी (5) आत्मिक शरीर-स्प्रिचुअल बडी (6) देव शरीर -कॉस्मिक बडी (7) ब्रह्म शरीर-वडिलेस बडी।
प्रत्यक शरिर का भिन्न भिन्न आफ्नै चक्र हरु छ्न जुन उर्जा को केन्द्र हो यसरि सात शरिर भए जस्तै सात चक्र हरु छ्न ; यि हुन :-
1. मूलाधार, 2. स्वाधिष्ठान, 3. मणिपुर, 4. अनाहत, 5. विशुद्धि, 6. आज्ञा 7. सहस्रार।
पूर्विय आध्यात्मिक विज्ञान को अनुसार मानव चेतना को केन्द्र सातौं शरिर वा सातौं चक्र मा प्रवेश नगरि वास्तविक सत्ता को बोध हुँदैन । गूरु ले शिष्य लाई पहिलो चक्र देखी सातौं चक्र सम्म को यात्रा मा संरक्षक को भूमिका मा रही डोर्याउने हुनाले गूरु पालनकर्ता अर्थात विष्णु हुन ।
गूरु संहारक हुन । सामान्यत हामी मनुष्य हरु स्थुल शरिर वा भौतिक शरिर मा जन्मेर यही शरिर मा मर्छौ । यो भौतिक शरिर को अहंकार मै हामी आफ्नो जीवन बिताउछौ । गुरु ले शिष्य लाई बिबिध साधना पद्दति मार्फत स्थुल शरिर बाट सुक्ष्म शरिर हुँदै ब्रम्ह शरिर तर्फ प्रवेश गराउछन । यहाँ नेर बुद्ध को जीवन मा घटेको एउटा प्रसंग उल्लेख गरौं
बुद्ध ले ज्ञान प्राप्ती गरे पछी आफ्नो दरवार प्रवेश गरे । बुद्ध को बुवा सुद्धोदन ले उनलाई राजकाज सम्हाल्न आदेश दिए । बुद्धले बुवा को आदेश लाई नकारे पछी सुद्धोदन ले क्रुद्ध हुँदै भनेछ्न - तँ मेरो छोरा होस - मेरो आदेश मान्नु तेरो कर्तव्य हो । बुद्ध ले हाँस्दै भनेछ्न - को छोरा को को कुरा गर्नु भो ? सिद्धार्थ ? सिद्धार्थ त उहिल्यै मरिसक्यो र यहाँँ बुद्ध छ । तपाइको छोरा सिद्धार्थ हो बुद्ध होइन । गुरु ले शिष्य को सिद्धार्थ वा अन्य रुपी स्थुल देह को संहार गर्ने भएकोले गूरु महेश्वर हुन ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment