००

Tuesday, 6 February 2018

चोर, वकिल र नेता

सङ्गै खेल्ने - डुल्ने ३ जना बच्चा हरु थिए- समय बित्ने क्रम सङ्गै उनिहरु प्रौढ हुँदै गए - पछी गएर उनिहरु मध्य एकजना नामुद चोर भएछ ; अर्को ख्याती प्राप्त वकिल भएछ र अर्को चाहिं राजनीति मा लागेछ र प्रशिद्ध राजनितिज्ञ भएछ । धेरै लामो समय को अन्तराल मा  एकदिन उनिहरुको भेट भएछ र बचपन को याद गर्दै - गफ - गाफ गर्दै उनिहरु घुम्न हिडेछ्न । गाडी को यात्रा गर्ने क्रम मा उनिहरु चढेको गाडी दुर्घटना भएछ र तिनै जना को मृत्यु भएछ । यमदुत ले उनिहरु लाई यमराज को दरवार लगेछ । यमराज ले तिनै जना लाई सोधेछ : ल भन; तिमी हरु मध्य को - को स्वर्ग जान चाहन्छौ - हात उठाऊ । तिनै जना ले हत्तपत्त हात उठाएछ । यमराज ले भनेछ: ल ! म तिमीहरुलाई एक - एक ओटा प्रश्न गर्छु - जसले नढाँटिकन उत्तर दिन्छ उ स्वर्ग मा प्रवेश गर्छ । यमराज ले पहिला चोर लाई सोधेछ: ल भन ; तैले जिन्दगी मा कती पटक झुट बोलिस ? चोर ले एकछिन सम्झदै भनेछ : महाराज ! १०० पटक । यमराज ले चोर लाई आदेश दिएछ : ल ; त्यसो भए यो धर्ती को १०० चक्कर लगा! चोर ले महिनौ लगएर धर्ती को १०० चक्कर काटेछ । त्यसपछी यमराज ले वकिल लाई सोधेछ: ल भन; तैले जिन्दगी मा कती पटक झुट बोलिस ? वकिल ले एकछिन टोलाउदै भनेछ : महाराज !!! ५०० पटक । यमराज ले वकिल लाई आदेश दिएछ : ल ; त्यसो भए यो धर्ती को ५०० चक्कर लगा । वकिल ले वर्षौं लगाएर धर्ती को ५०० चक्कर लगाएर लखतरान हुँदै आएछ । अब पालो राजनितिज्ञ को थियो - यमराज ले यसो हेरेको राजनितिज्ञ त्यहाँ बाट गायब थियो । यमराज ले रिसाउँदै चोर र वकिल लाई सोधेछ : खै ! त्यो तिमीहरुको राजनितिज्ञ साथी ? दुबैले उँधोमुन्टो लगाउँदै जवाफ दिएछ :  महाराज !! त्यो त मोटर साइकल खोज्न गा छ ।

No comments:

Post a Comment

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts