००
Tuesday, 6 February 2018
चोर, वकिल र नेता
सङ्गै खेल्ने - डुल्ने ३ जना बच्चा हरु थिए- समय बित्ने क्रम सङ्गै उनिहरु प्रौढ हुँदै गए - पछी गएर उनिहरु मध्य एकजना नामुद चोर भएछ ; अर्को ख्याती प्राप्त वकिल भएछ र अर्को चाहिं राजनीति मा लागेछ र प्रशिद्ध राजनितिज्ञ भएछ । धेरै लामो समय को अन्तराल मा एकदिन उनिहरुको भेट भएछ र बचपन को याद गर्दै - गफ - गाफ गर्दै उनिहरु घुम्न हिडेछ्न । गाडी को यात्रा गर्ने क्रम मा उनिहरु चढेको गाडी दुर्घटना भएछ र तिनै जना को मृत्यु भएछ । यमदुत ले उनिहरु लाई यमराज को दरवार लगेछ । यमराज ले तिनै जना लाई सोधेछ : ल भन; तिमी हरु मध्य को - को स्वर्ग जान चाहन्छौ - हात उठाऊ । तिनै जना ले हत्तपत्त हात उठाएछ । यमराज ले भनेछ: ल ! म तिमीहरुलाई एक - एक ओटा प्रश्न गर्छु - जसले नढाँटिकन उत्तर दिन्छ उ स्वर्ग मा प्रवेश गर्छ ।
यमराज ले पहिला चोर लाई सोधेछ: ल भन ; तैले जिन्दगी मा कती पटक झुट बोलिस ?
चोर ले एकछिन सम्झदै भनेछ : महाराज ! १०० पटक ।
यमराज ले चोर लाई आदेश दिएछ : ल ; त्यसो भए यो धर्ती को १०० चक्कर लगा!
चोर ले महिनौ लगएर धर्ती को १०० चक्कर काटेछ ।
त्यसपछी यमराज ले वकिल लाई सोधेछ: ल भन; तैले जिन्दगी मा कती पटक झुट बोलिस ?
वकिल ले एकछिन टोलाउदै भनेछ : महाराज !!! ५०० पटक ।
यमराज ले वकिल लाई आदेश दिएछ : ल ; त्यसो भए यो धर्ती को ५०० चक्कर लगा ।
वकिल ले वर्षौं लगाएर धर्ती को ५०० चक्कर लगाएर लखतरान हुँदै आएछ ।
अब पालो राजनितिज्ञ को थियो - यमराज ले यसो हेरेको राजनितिज्ञ त्यहाँ बाट गायब थियो ।
यमराज ले रिसाउँदै चोर र वकिल लाई सोधेछ : खै ! त्यो तिमीहरुको राजनितिज्ञ साथी ?
दुबैले उँधोमुन्टो लगाउँदै जवाफ दिएछ : महाराज !! त्यो त मोटर साइकल खोज्न गा छ ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: शायद भारतिय उप-महाद्दिपमा सबैभन्दा चर्चित र विवादास्पद ग्रन्थ होला "मनु स्मृती" ।...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: यस काश्यपी सृष्टिको प्रथम संदेशवाहक व्यक्तित्व देवर्षि नारद भन्ने वितिक्कै हाम्रो मनमस्तिष्कमा यताउति घुम्न...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
बामपंथी हरुले अहिले निकै उछाले को विषय हो , काँग्रेस ले उधोग कलकारखाना बेच्यो भन्ने - जहाँ सम्म उधोग बेचेको कुरा छ , के बिर्सनु हुँदैन भने त...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
राष्ट्र निर्माता पृथ्वीनारायण शाह को जन्मोत्सव मा एक दिन विदा मात्र होइन राजकीय रुपमा भव्य कार्यक्रम गरि मनाइनु पर्छ भन्ने मेरो माग छ। मार्क...
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
Author: Shantiman Shrestha: पश्चिम मा पछिल्ला केहि वर्ष मा लास लाइ गाड्नु ठिक कि जलाउनु ठिक भन्ने नयाँ वहस ले व्यापकता पाएको छ।आखिर ...
No comments:
Post a Comment