प्रवीण अधिकारी:
बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति , जन्मस्मारक शिला , मायादेवीले बुद्धलाई जन्म दिंदा सहारा को लागि दाहिने हातले समातेको रुखको हाँगा आकृति , त्यस आकृतिको देब्रेपट्टि छेउमा उनकि बहिनी प्रजापति गौतमी उभिई रहेको दृश्य , दुई देवगणहरु भगवानलाई लिनका लागि तयारीको अवस्था मा बसेको आकृति र नवजात बुद्ध को मूर्ति , तिलौराकोट नै नेपालमा बुद्ध जन्मिएको सांकेतिक अकाट्य प्रमाण हो | सम्राट अशोकले राखेको ढुङ्गाका स्तम्भहरू निग्लिहवा र गोटीहवामा हुनु तथा त्रिपिटक मा उल्लेख भएको भगवान बुद्ध जन्मिएपछि उनलाई नुहाएको पोखरी पुष्करिणी र अशोक स्तम्भमा भगवान बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा भएको शिलालेख नै सबैभन्दा महत्वपूर्ण आधिकारिक तथा ऐतिहासिक अभिलेख र प्रमाण हो |
नेपालका किरांतहरुकी छोरी " मुरा " का सन्तान प्रसिद्ध मौर्य शम्राट अशोकले आफ्नो आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ तीर लुम्बिनीको यात्रा गर्दा “हिंद बुधे जाते शाक्यमुनीति” (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गर्न लगाए ,जसलाई आजसम्म पनि "अशोक स्तम्भ " भनेर चिन्ने गरिएको छ | त्यतिखेर शम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको स्थिति बताउने फोटो रुपि स्मारक शिला र जन्मेपछि उहाँलाई शुद्धिकरण का लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे | उनले कपिलवस्तु, रामग्राम, देवदहको भ्रमण गरे |
सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरुमा चिनियाँ यात्रीहरु फाह्याँन , ह्वेनसांग ,इत्सिंग थिए । यिनीहरुले चौथो शताब्दी , पाँचौ शताब्दी र सातौं शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । ह्वेनसांगको यात्रा विवरणले लुम्बिनीको बारेमा वर्णन गर्दै लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार, रोहिणी नदी, चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेको छ । बुद्ध धर्म नेपालबाटै विश्वमा फैलाउनेमा चीनका फाह्याँन ,ह्वेनसांग ,इत्सिंग र तिनका बौद्ध भिक्षु साथीहरु 'हुई-चिंग', 'ताओंचेंग', 'हुई-मिंग', 'हुईवेई' जस्ता साथीहरुले सन ३९९ ई.मा पैदल यात्रीको रुपमा नेपाल भारत घुमे ।इनिहरुको नेपाल यात्राको मूख्य उद्द्येश्य नेपालमा रहेको बौद्ध हस्तलिपि तथा स्मृति ग्रन्थहरुको खोजी गरी प्रकाशित र प्रसारितगर्नु रहेको थियो । त्यतिबेला फाह्याँनले नेपालको कपिलवस्तु सहित भारत, श्रीलंकाको भ्रमण गर्दा त्यही ठाउँलाई मात्र प्राथमिकता दिए जुन ठाउँ बुद्ध संग सम्बन्धित रहेको थियो । उनले काठमान्डू , कपिलवस्तु , उद्दियान, गांधार, तक्षशिला, उच्छ, मथुरा, काशी (सारनाथ ) , गयाको यात्रा गर्दा तक्षशीला विश्वविद्दालायामा अध्ययन गर्न पाएका र श्रीलंकाको सिंहल पुगि २ बर्ष बसेको वर्णन भेटिन्छ । त्यसपछि उनी यवद्वीप (जावा) हुँदै ईश्वी संवत ४१२ मा ह्ह शांतुंग प्रायद्वीप को चिंगचाऊ पुगि आफुले संकलन गरेका बौद्ध धर्म ग्रन्थहरुको अनुवाद गरेका थिए । उनले संकलन गरेका बुद्धको परिनिर्वाण सूत्र र महासंगि का विनय पिटक ज्यादै महत्वपूर्ण मानिन्छ । ह्वेनसांग पनि बुद्धदर्शन/बौद्धवाङ्मय अध्ययन तथा ग्रन्थ संग्रह गर्ने चाहनाले क़रीब १० वर्ष सम्म यता बसे ।उनले यात्रा गरेको लगभग १३८ देशको यात्रा विवरण रहेको छ ।
'हूली', ह्वेनसांग का मित्र थिए , जसले ह्वेनसांग को जीवनी लेखेका थिए । उनलाई 'प्रिंस अफ़ पिलग्रिम्स' अर्थात् 'तीर्थ यात्री मध्येका राजकुमार' नै भनिन्थ्यो।इत्सिंग चिनियाँ यात्री र बौद्ध भिक्षु थियो , जो ६७५ ई. को आसपासमा सुमात्रा हुँदै समुद्र मार्ग बाट यता आएर 'नालन्दा' एवं 'विक्रमशिला विश्वविद्यालय' विषयमा धेरै कुरा लेखेको थियो । इत्सिंग १० वर्षसम्म 'नालन्दा विश्वविद्यालय' सम्म रहेका थिए । ६९१ ई. मा इत्सिंगले बौद्ध धर्मको विवरण' लेखेका थिए ।यो ग्रन्थ बौद्ध धर्म र 'संस्कृत साहित्य' को इतिहासको अमूल्य स्रोत मानिएको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी र गृहनगर कपिलवस्तु क्षेत्र खश साम्राज्य अन्तर्गत पर्थ्यो । खस राजा रिपु मल्ल सन् १३१२ मा लुम्बिनी पुगेका थिए । उनले अशोक स्तम्भको माथिल्लो भागमा बौद्ध मन्त्र 'ॐ मणि पद्मे हुँ' सहित आफ्नो र जेठो छोरा राजकुमार संग्राम मल्लको नाम कुँदाएर लुम्बिनी भ्रमणको अभिलेखन गराउँदा अशोक स्तम्भमा “ॐ मणि पदम हुम् रिपु मल्ल चिर जयतु” भनि लेखेका छन् |
पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका जर्मन पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाए | सन् १८९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गरे । फेरि सन् १९३० (बिक्रम१९८७ )को दशकमा केशर शम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे ।
भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन् र योगी को भेषमा राजकुमार सिद्धार्थले भिक्षाटन गरिरहेका बेला राजा बिम्बिसर ले गौतम बुद्धको परिचय मागेको र राजाको प्रश्नको उत्तरमा गौतम बुद्धले दिएको जवाफ अनुसार तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी भएको प्रमाणित भएको थियो । तिलौराकोट तत्कालीन नदी (बाँणगंगा) को किनारामा छ । त्यहाँबाट हिमाल देखिन्छ । महाभारत श्रुंखला का काखमा छ । सालको जंगलको बिचमा पनि पर्दथ्यो क्वै दिन ।तिलौराकोटको दक्षिणमा करिब चार किलो मिटरको दूरीमा व्रुकुच्छन्द बुद्धको जन्मस्थल नगर गोटिहवा छ । त्यहाँ अशोक स्तम्भ पनि छ । त्यस्तै तिलौराकोट को पूर्वोत्तर दिशा करिब चार किलो मिटरको दूरीमा कनकमूनि बुद्धको जन्मस्थल नगर निग्लिहवा छ । त्यहाँ पनि अशोक स्तम्भ छ । गौतम बुद्धले २९ बर्षसम्म राजकुमारका रुपमा जीवन व्यतित गरेको ठाँउ हुनलाई कनकमुनि र व्रुकुच्छन्द बुद्धको ठाउँ छ । दुवै अशोक स्तम्भ अकाट्य प्रमाणका रुपमा अद्यपि खडा छन् । तिलौराकोटमा राजमहलको भग्नावशेष छ । तिलौराकोटमा अध्यावधि रहेका स्मारक नै प्राचिन कपिलवस्तुको राजधानी हो भन्नलाई पुग्ने सवै प्रमाण नेपालमा छन । तिलौराकोटको उत्तरतिर सगरहवा छ । त्यहाँ कौशल नरेश प्रशेनजित का छोरा बिडुढक ले ७० हजार जति शाक्यको बध गरेको थिए । दक्षिण तिरबाट आक्रमण गर्दा जोकोही पनि उत्तरतिर भाग्दछ । ती शाक्यहरुको स्मृतिमा निर्मित स्मारकहरुका भग्नावशेष त्यहाँ भएको कुरा संसारका सबै पुरातत्वबिद ले स्वीकार गरेका छन् । तिलौराकोट दरवारको उत्तरतिर ५०० मिटरको दूरीमा दुईवटा स्तूप छन् । राजा शुद्धोधन र रानी मायादेवीको स्मरणमा अशोकले बनाएका हुन । तिलौराकोट दरवारको पूर्वीद्धारालाई महाभिनिस्व्रुमण द्धार पनि भनिन्छ । त्यसको करिब ३०० मि. पूर्वमा एउटा स्तूप छ । सिद्धार्थ राजकुमारलाई छोडेर फर्केको घोडा र रथ दरवार भित्र प्रवेश गरेनन् । भित्र प्रवेश नगरी बाहिरै बसेर आफ्नो प्राण त्यागेका कन्थक र छन्दक को स्मृतिमा सम्राट अशोक ले बनाएको स्तूपले पनि तिलौकोट नै प्राचीन कपिलवस्तु को राजधानी भएको पुष्टि गर्दछ ।तिलौराकोट को उत्तरतिर डेरवा गाँउ छ । जहाँ बुद्धले बृद्ध अशक्त र मूर्दा देखेका थिए |
यसप्रकार बुद्ध नेपालका हुन भन्ने प्रमाण यो विश्वमा नेपालसंग मात्र रहेको छ , अरु कसै संग छैन । यसवाहेक नेपालसंग एतिहासिक काल देखि आजसम्म को पाली ,नेपाली र नेवारीमा लेखिएका मौलिक बौद्ध साहित्यहरु उपलब्ध छन । बेलायती राजदूत ब्रायन हडज्सन , एभी स्मिथ, एफ एम मुलर, फुहरर, बुहलर, एल ए वाडेल वा सिल्भाँ लेभी लगायतले नेपालको बुद्ध परम्परा ,हिन्दू वा बुद्धको मिश्रित स्वरुपको वर्णन गरिदिंदा नेपाल का बुद्ध विश्वप्रसिद्ध हुन पुगेका थिए । त्यही कुरो देखेर एट्किन्सन र सिल्भाँ लेभी ले बुद्ध परम्पराको सामाजिक र सांस्कृतिक पक्षबारे थुप्रै कुरो लेखे । सिल्भाँ लेभीको " द हिस्ट्री अफ द हिन्दु किंगडम " र पण्डित डा. भगवानलाल इन्द्रजीका लेखोटहरू बुद्धको नेपाल खोज्नेलाई राम्रो खुराक हो । हामी तिघ्रे नेपालीहरुले आफ्नो तिघ्रा ठटाएर बुद्ध नेपालमा जन्मिएका हुन भन्दैमा , कुनै हालतमा नेपाल बुद्धमय हुन सक्दैन । कसैले नेपाली लाई बुद्धको देश भनेर चिह्नाईं दिदैंन । सबैलाई आफ्नो देश समृद्ध बनाउन बुद्ध जस्ता महामानव चाहिएको छ । त्यसैले बुद्धको टोपी नेपालीहरुले लाउन चाहेको हो भने नेपालीहरुले ,नेपालको गणतान्त्रिक सरकारले ,वहुदल सरकारले बुद्धलाई नेपालमा सम्मान दिन र यहाँको वातावरण बुद्धमय बनाउन सक्नु पर्छ ।
नेपाल लाई बुद्धमय बनाएर यो विश्वमा उभ्याउनु बुद्ध प्रतिको सच्चा सम्मान हो । गजो र ढ्याङ्ग्रो ठटाएर नेपाल बुद्धमय हुँदैन , उल्लुमय चाहीं भई रहेको छ
।
सम्राट अशोकको लुम्विनी भ्रमण:

चिनीयाँ यात्रीहरुको भ्रमण :

खशराजा रिपु मल्लको भ्रमण:
गौतम बुद्धको जन्मस्थल लुम्बिनी र गृहनगर कपिलवस्तु क्षेत्र खश साम्राज्य अन्तर्गत पर्थ्यो । खस राजा रिपु मल्ल सन् १३१२ मा लुम्बिनी पुगेका थिए । उनले अशोक स्तम्भको माथिल्लो भागमा बौद्ध मन्त्र 'ॐ मणि पद्मे हुँ' सहित आफ्नो र जेठो छोरा राजकुमार संग्राम मल्लको नाम कुँदाएर लुम्बिनी भ्रमणको अभिलेखन गराउँदा अशोक स्तम्भमा “ॐ मणि पदम हुम् रिपु मल्ल चिर जयतु” भनि लेखेका छन् |
जनरल खड्ग शम्शेर र अंग्रेज भारतका जर्मन पुरातात्विक सर्भेयर एलोइस फुहररको उत्खनन :-
पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका जर्मन पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाए | सन् १८९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गरे । फेरि सन् १९३० (बिक्रम१९८७ )को दशकमा केशर शम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे ।
श्रीमती देवला मित्राको अन्वेषण:
भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन् र योगी को भेषमा राजकुमार सिद्धार्थले भिक्षाटन गरिरहेका बेला राजा बिम्बिसर ले गौतम बुद्धको परिचय मागेको र राजाको प्रश्नको उत्तरमा गौतम बुद्धले दिएको जवाफ अनुसार तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी भएको प्रमाणित भएको थियो । तिलौराकोट तत्कालीन नदी (बाँणगंगा) को किनारामा छ । त्यहाँबाट हिमाल देखिन्छ । महाभारत श्रुंखला का काखमा छ । सालको जंगलको बिचमा पनि पर्दथ्यो क्वै दिन ।तिलौराकोटको दक्षिणमा करिब चार किलो मिटरको दूरीमा व्रुकुच्छन्द बुद्धको जन्मस्थल नगर गोटिहवा छ । त्यहाँ अशोक स्तम्भ पनि छ । त्यस्तै तिलौराकोट को पूर्वोत्तर दिशा करिब चार किलो मिटरको दूरीमा कनकमूनि बुद्धको जन्मस्थल नगर निग्लिहवा छ । त्यहाँ पनि अशोक स्तम्भ छ । गौतम बुद्धले २९ बर्षसम्म राजकुमारका रुपमा जीवन व्यतित गरेको ठाँउ हुनलाई कनकमुनि र व्रुकुच्छन्द बुद्धको ठाउँ छ । दुवै अशोक स्तम्भ अकाट्य प्रमाणका रुपमा अद्यपि खडा छन् । तिलौराकोटमा राजमहलको भग्नावशेष छ । तिलौराकोटमा अध्यावधि रहेका स्मारक नै प्राचिन कपिलवस्तुको राजधानी हो भन्नलाई पुग्ने सवै प्रमाण नेपालमा छन । तिलौराकोटको उत्तरतिर सगरहवा छ । त्यहाँ कौशल नरेश प्रशेनजित का छोरा बिडुढक ले ७० हजार जति शाक्यको बध गरेको थिए । दक्षिण तिरबाट आक्रमण गर्दा जोकोही पनि उत्तरतिर भाग्दछ । ती शाक्यहरुको स्मृतिमा निर्मित स्मारकहरुका भग्नावशेष त्यहाँ भएको कुरा संसारका सबै पुरातत्वबिद ले स्वीकार गरेका छन् । तिलौराकोट दरवारको उत्तरतिर ५०० मिटरको दूरीमा दुईवटा स्तूप छन् । राजा शुद्धोधन र रानी मायादेवीको स्मरणमा अशोकले बनाएका हुन । तिलौराकोट दरवारको पूर्वीद्धारालाई महाभिनिस्व्रुमण द्धार पनि भनिन्छ । त्यसको करिब ३०० मि. पूर्वमा एउटा स्तूप छ । सिद्धार्थ राजकुमारलाई छोडेर फर्केको घोडा र रथ दरवार भित्र प्रवेश गरेनन् । भित्र प्रवेश नगरी बाहिरै बसेर आफ्नो प्राण त्यागेका कन्थक र छन्दक को स्मृतिमा सम्राट अशोक ले बनाएको स्तूपले पनि तिलौकोट नै प्राचीन कपिलवस्तु को राजधानी भएको पुष्टि गर्दछ ।तिलौराकोट को उत्तरतिर डेरवा गाँउ छ । जहाँ बुद्धले बृद्ध अशक्त र मूर्दा देखेका थिए |
नेपालको प्रमाण र महत्व :
यसप्रकार बुद्ध नेपालका हुन भन्ने प्रमाण यो विश्वमा नेपालसंग मात्र रहेको छ , अरु कसै संग छैन । यसवाहेक नेपालसंग एतिहासिक काल देखि आजसम्म को पाली ,नेपाली र नेवारीमा लेखिएका मौलिक बौद्ध साहित्यहरु उपलब्ध छन । बेलायती राजदूत ब्रायन हडज्सन , एभी स्मिथ, एफ एम मुलर, फुहरर, बुहलर, एल ए वाडेल वा सिल्भाँ लेभी लगायतले नेपालको बुद्ध परम्परा ,हिन्दू वा बुद्धको मिश्रित स्वरुपको वर्णन गरिदिंदा नेपाल का बुद्ध विश्वप्रसिद्ध हुन पुगेका थिए । त्यही कुरो देखेर एट्किन्सन र सिल्भाँ लेभी ले बुद्ध परम्पराको सामाजिक र सांस्कृतिक पक्षबारे थुप्रै कुरो लेखे । सिल्भाँ लेभीको " द हिस्ट्री अफ द हिन्दु किंगडम " र पण्डित डा. भगवानलाल इन्द्रजीका लेखोटहरू बुद्धको नेपाल खोज्नेलाई राम्रो खुराक हो । हामी तिघ्रे नेपालीहरुले आफ्नो तिघ्रा ठटाएर बुद्ध नेपालमा जन्मिएका हुन भन्दैमा , कुनै हालतमा नेपाल बुद्धमय हुन सक्दैन । कसैले नेपाली लाई बुद्धको देश भनेर चिह्नाईं दिदैंन । सबैलाई आफ्नो देश समृद्ध बनाउन बुद्ध जस्ता महामानव चाहिएको छ । त्यसैले बुद्धको टोपी नेपालीहरुले लाउन चाहेको हो भने नेपालीहरुले ,नेपालको गणतान्त्रिक सरकारले ,वहुदल सरकारले बुद्धलाई नेपालमा सम्मान दिन र यहाँको वातावरण बुद्धमय बनाउन सक्नु पर्छ ।
बुद्ध नेपालका हुन भन्ने प्रमाण यो विश्वमा नेपालसंग मात्र रहेको छ , अरु कसै संग छैन । यसवाहेक नेपालसंग एतिहासिक काल देखि आजसम्म को पाली ,नेपाली र नेवारीमा लेखिएका मौलिक बौद्ध साहित्यहरु उपलब्ध छन । बेलायती राजदूत ब्रायन हडज्सन , एभी स्मिथ, एफ एम मुलर, फुहरर, बुहलर, एल ए वाडेल वा सिल्भाँ लेभी लगायतले नेपालको बुद्ध परम्परा ,हिन्दू वा बुद्धको मिश्रित स्वरुपको वर्णन गरिदिंदा नेपाल का बुद्ध विश्वप्रसिद्ध हुन पुगेका थिए ।
हामी मूर्ख नेपालीको कुरो , सुन्ने कोही छ ?
नेपाल लाई बुद्धमय बनाएर यो विश्वमा उभ्याउनु बुद्ध प्रतिको सच्चा सम्मान हो । गजो र ढ्याङ्ग्रो ठटाएर नेपाल बुद्धमय हुँदैन , उल्लुमय चाहीं भई रहेको छ
७५ -८०००० मान्छे टुंडिखेलमा उतारेर "Buddha was born in Nepal " भन्दैमा ,गिनिज बुकमा लेख्तैमा बुद्धलाई दिनुपर्ने सम्मान पुग्दैन । बुद्धको नाउँमा बाटाघाटा,अस्पताल , विश्वविद्दालय , अनुसन्धान केन्द्र बनाई नेपालको पहाडि क्षेत्रमा स्थापना गरिएका पुराना गुम्बाहरु मा बाहुनले गएर साँझ बत्ति बालिदिने , ती बाहुन पनि नभएका ठाउँमा गाउँका सम्पूर्ण नागरिक क्रिस्तान हुनपुगेको हुँदा आलु राख्ने गोदाम बनाईएको तिर क-कसको ध्यान गएको छ ? नेपालमा गणतन्त्र बचाउन बुद्ध धर्मीहरु को धर्मान्तरण गराएर ईशाइको प्रतिशत बढी पुर्याइयो । त्यसप्रति कसको चासो बढेको छ ? नेपाल बुद्धमय बनाउनु नेपालीहरुको कर्तब्य हो । तर , नेपाल सरकारले स्तुप र गुम्बा अस्तित्व जोगाउन , बुद्ध दर्शन, धर्म, संस्कृति सँग सम्बन्धित ललितकला, वास्तुकला, संगीत र संस्कारहरू जीवित राख्न के के प्रयाश गरेको छ ? नेपालबाट भईरहेको बुद्ध धर्मीको विनाशप्रति रोकथामको के के उपाय अपनाईएको छ ?
बुद्धत्व र हिन्दूत्व नेपाल बाट हराउंदै जाँदा टुलुटुलु हेरेर बस्ने ती ८०००० ले किन चासो देखाउन सकेनन ? यही अवस्था रहिरहे अबको १० बर्षमा नेपालमा बुद्ध धर्मको हालत हालको मुसलिम देश अफगानिस्तान सरह हुनेछ | क्रिस्तानको हावाहुरीले नेपाल गलेर " बुद्ध नेपालमा जन्मिएका थिए " भन्ने अवस्थामा पुग्नु ईशाईमय नेपाल बनाउन बुद्ध मुलुक मासेर मुस्लिम अफगानिस्तानको रोडम्याप कोरिएको हो कि होईन ?
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment