Wednesday, 7 March 2018

मनु स्मृतिका श्लोक जो आजको दिनमा पनि अर्थपूर्ण छन् !


लेखक:
प्रवीण अधिकारी:
मनुस्मृति सनातन हिन्दू धर्म को ज्यादै प्राचिन र महत्वपूर्ण धर्मशास्त्र हो ।जसलाई मानवधर्म शास्त्र, मनुसंहिता , पहिलो शासन विधान आदि पनि भनिन्छ । यो ग्रन्थ उपदेश कारक ग्रन्थ हो जुन उपदेश स्वायम्भुव मनुले ऋषिहरुलाई दिएका थिए । आफ्नो उपदेशलाई स्वायंभुव मनुले मूलशास्त्रको रुपमा अर्थ्याउदा त्यसलाई ऋषि भृगुले अक्षरशः सुनेर संकलित गरिदिए । भृगु ऋषिले टिपीदिएको कारण यसलाई 'भार्गवीय मनुस्मृति' पनि भनिन्छ भने यस्तै ग्रन्थ मनुको नाउँमा बजारमा पाइन्छ जसलाई 'नारदीय मनुस्मृति' भनिन्छ । हिन्दु धर्मावलम्वी परिवारमा वेद पछि दोश्रो ग्रन्थको रुपमा ‘मनुस्मृति’कै प्रधानता देखिन्छ । यो ग्रन्थ हाम्रो सनातन नेपाली संस्कृतिको अभिन्न अंग हुन पुगेको छ ।
धर्म एव हतो हन्ति धर्मो रक्षति: रक्षितः।
तस्माद्धर्मो न हन्तव्यो मा
नोधर्मोहतोऽवधीत्।।
~ मनुस्मृति
(जो मान्छेले धर्मको हत्या गर्दछ , त्यस्तालाई त्यो धर्मले नाश गर्दछ । त्यसकारण धर्मको रक्षा गरिनु पर्द्छ जसद्वारा हामी सबैको रक्षा हुन सकोस | )
    जसले लोभ लालच , क्रोध ,ईर्ष्या र मोह बस अहंकार गर्दै अरु र मुलुकलाई कष्ट पुर्याउछ अंततः उसले एकदिन दुष्परिणाम भोगनै पर्छ ।
    यसको अर्थ के हो भने यदि मान्छेले सत्कर्म गरेर आफ्नो धर्म निभायो, दाईत्व ख्याल गर्यो भने त्यो धर्मले तिम्रो रक्ष्या गर्नेछ । यस विपरीत यदि तिमीले अधर्मको बाटो छान्यौ भने तिमी समुल नष्ट हुन् पुग्नेछौ ।" जस्तो गर्छ्यौ त्यस्तै भोग्छौ " यो भनाइ आजको दिनमा धर्म र अधर्म दुबैको मूल मन्त्र हो ।
यद्राष्टं शूद्रभूयिष्ठं नास्तिकाक्रान्मद्धजम्।
विनश्यत्याशु तत्कृत्प्नं दुर्भिक्षव्याधिपीडितम्।।
~ मनुस्मृति
( जुन राष्ट्रमा आस्तिक विद्वानहरुको ठाउँमा निम्न कोटिका नास्तिक मान्छेहरुको जमघट हुन्छ ,तिनीहरुको प्रभाव रहन्छ त्यस देशका जनताहरु आपत , बिपत , भुखमरी , रोग व्याधि जस्ता प्राकृतिक विपत्तिका शिकार हरेक बर्ष भई रहन्छन ।)
     श्मरण रहोस - अकर्मण्यता, निष्क्रियता, नपुंसकता, अहंकार, सहनशीलता, आलष्यता , भय र विभेद - नेपालका हिंदूहरुको पतनको कारण हो । धर्मको आधार कर्म हो । आ -आफ्नो कर्म गर र निष्काम भावले परमात्माको भक्त बन । गरिव गुरुवा र लाचारप्रति सम्मान भाव राख । कुनैपनि कामलाई सानो नसम्झ । अरुमाथि निश्वार्थ दया देखाउ । आफु र आफ्नो दूर्भावानालाई नियन्त्रण गरेर आफ्नो जीवन व्यतित गर । यहि नै आजको दिनमा धर्मको कर्म समुहको ब्याख्या हो ।
     जुन समाज या राष्ट्रमा स्वधर्म ,धार्मिक विद्वानहरुको महत्व बुझी तिनको संरक्षण गरिन्न त्यस ठाउँमा लोभी लालची र अहंकारी व्यक्तिहरुले आफ्नो अधिपत्य जमाउन पुग्छन ।
     नास्तिकहरुले सम्पूर्ण रुपमा आफ्नो तागत देखाउन पाउछन । ती नास्तिकहरुले एकातिर भगवान नभएको कुरो बताउछन भने अर्कोतिर गरीब तथा विवशहरुलाई सहयोग गर्ने कुरो गर्दछन । तिनको उद्द्येश समाजलाई सहयोग गर्नु होइन त्यो समाजमा आफ्नो प्रभुत्व जमाउनु हुन्छ । तिनको अन्तिम लक्ष्य शक्ति प्राप्त गर्नु र त्यसको दुरुपयोग गर्नु संग मात्र सम्बन्धित रहन्छ ।

सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts