Tuesday, 6 February 2018
अदभुत रहश्यदर्शी जर्ज गुर्जिएफ
पुरै पश्चिमी जगत मा आध्यात्मिक उचाइको दृष्टिकोण ले विवेकानन्द ,रामकृष्ण , रमण महर्षी , कृष्णमुर्ती ,रजनिश , बुद्ध को यदि कोहि सँग तुलना गर्न सकिन्छ भने त्यो जर्ज गुर्जिएफ हुन। उनि रसिया का अदभुत रहश्यदर्शी थिए ,आध्यात्म र रहश्यवाद को क्षेत्रमा उनको योगदान पुरै पाश्चात्य जगत मा सवैभन्दा उच्च छ ,वास्तवमा उनको तुलना मा जिशस पनि फिक्का सावित हुन्छन। विश्व विख्यात व्यक्तित्वहरु समेत उनका अनुयायी थिए जस्तै पि.डि. अन्सपेस्की , युरोप मा हाल सम्म लाखौं पुस्तक प्रकाशित भए जसमध्य तिन ओटा पुस्तक निकै महत्वपूर्ण मानिन्छ ,पहिलो: एरिस्टोटल को "अर्गानम", दोस्रो: फ्रान्सिस बेकन को "नोबम अर्गानम" र तेस्रो: "टर्शियम अर्गानम" जसका लेखक तिनै पि.डि. अन्सपेश्की थिए। गणित को क्षेत्र मा अन्सपेस्की को योगदान पश्चिम मा सबैभन्दा उच्च मानिन्छ। गुर्जिएफ का अर्का एक चर्चित अनुयायी जोन जि. बेनेट लामो समय नेपाल पनि बसेका थिए जसले सन्त शिवपुरी बाबा को जिवनी र दर्शन मा आधारित "The Long Pilgrimage" भन्ने पुस्तक लेखेका छन , निकै रोमाञ्चक घटनाक्रम हरु वर्णित यो पुस्तक आध्यात्मिक जिज्ञासुहरु को लागी उच्च प्रेरणा को श्रोत हुन सक्छ। जर्ज गुर्जिएफ को आश्रम छोडेर बेनेट नेपाल आएका थिए शिवपुरी बाबा लाइ भेट्न र लामो समय शिवपुरि को अनुयायी को रुपमा नेपाल रहे । वास्तवमा पि.डि. अन्सपेस्की र बेनेट जस्ता प्रख्यात ब्यक्तित्वहरु जर्ज गुर्जिएफ को अनुयायी भएकैले गुर्जिएफ संसारभर चर्चित भएका थिए। यहि तथ्यले गर्दा अन्सपेस्की र बेनेट मा अंहकार ले डेरा जमाएको थियो फलश्वरुप दुबैले गुर्जिएफलाइ एक किसिम ले धोका दिएका थिए , यि दुइ हस्तीले के बुझेनन भने शिष्य जतिसुकै प्रतिभावान , विद्धान , अध्यनशिल वा लोकप्रिय भए पनि अखिर गुरु गुरु नै हो , शिष्य शिष्य नै हो , शिष्य ले गुरु को स्थान लिन सक्दैन जुन यि दुइ ले लिन खोजे। विवेकानन्द शिक्षित ,आधुनिक र अति प्रतिभावान थिए तर उनका गुरु रामकृष्ण परमहंस अशिक्षित र पुरातनवादी थिए तर विवेकानन्द ले रामकृष्ण परमहंश को विरासत लिन सक्दैन । जर्ज गुर्जिएफ अनौठो र अदभुत रहश्यदर्शी थिए , उनको रहश्यवाद पुर्व को लागी त अनौठो होइन किनकी उनको रहश्यवाद हिन्दु दर्शन को तन्त्र बिज्ञान मा समेटिन्छ , यस धर्तिकै अति अदभुत ग्रन्थ "बिज्ञान भैरव तन्त्र" बाट उनि प्रभावित रहेको प्रतित हुन्छ किनकी उनले अनुयायीहरु लाइ अभ्यास गराउने मेडिटेसन टेक्निक हरु यस ग्रन्थ का शुत्रहरु मा आधारित छन। गुर्जिएफ को एउटा निकै चर्चित पुस्तक छ -"All and the everything" , भनिन्छ यो पुस्तक सुरु देखी अन्त्य सम्म पढ्ने यो धर्ती मा बिरलै होला । २ ओटा प्रमुख विशेषता छ्न यो पुस्तक को, पहिलो: एउटै वाक्य यति लामो छ कि पाठक ले ति वाक्य पढ्दै अन्तिम तिर नपुग्दै प्रारम्भ तिरको पंक्तीहरु विर्सिसकेको हुन्छ । पुरै दुइ पेज को एउटा वाक्य !!!!! प्राय ले पढ्दापढ्दै इरिटेड भएर किताब हुर्याउँछ ।।। दोस्रो: एउटा पेज मा लेखिएको अंश को बाँकी अंश लगत्तै को अर्को पेज मा हुने पुस्तकहरु को सामान्य नियम हो , तर यो किताब मा त्यो लागु हुँदैन ,बाँकी अंश कुन पेज मा छ भन्ने पाठक आफैंले ठम्याउनुपर्छ। लेखन पुरै पेज मा छ तर कुन आलेख को बांकी अंश वा क्रम कहाँ छ भन्ने पाठक ले ठम्याएर पढ्नुपर्छ। गुर्जिएफ ले यो जानाजान गरेका हुन , उनले धेरै अनुयायी हरु मध्य काँटछाँट गरेर २-४ जनालाइ मात्र आफ्नो आश्रम मा टिकाउँथे , उनको आस्रम मा टिक्नु सहज हुन्थेन हजारौं मा १-२ जना। जस्तो: उनले अभ्यास गराउने एउटा चर्चित मेडिटेसन थियो "Stop meditation" , उनले Stop भन्ने निर्देश दिए पछि शिष्यहरु जे जस्तो अवस्था मा छन पुर्णतया Stop हुनुपर्थ्यो , शरिरको कुनैपनि अंग चलाउन बन्देज हुन्थ्यो अर्को निर्देश निदिउन्जेल , निर्देश को उलघंन को सिधा अर्थ हुन्थ्यो आस्रम बाट निष्कासन। शिष्यहरु नाचिरहेका छन , काम गरिरहेका छन , खोला तर्दैछन वा अन्य जे पनि गरिरहेका छन , उनले Stop भनेपछी Stop हुनुपर्थ्यो , उनले यहाँसम्म गर्थे कि शिष्यहरुलाइ खोला तर्न लगाउथे , माथि बाँध हुन्थ्यो , बाँध को ढोका बिस्तारै खोलिदिन्थे , शिष्यहरु नदि को बिचमा पुगेपछी stop भन्थे , शिष्यहरु जे जस्तो स्थिती मा छन रोकिन्थे मानौं कि ति चट्टान को मुर्ती हुन; नदि को सतह बढ्दै जान्थ्यो , शिर भन्दा माथि पानीले ढाकुन्जेल सम्म र मृत्यु को क्षण सम्म पनि Stop position मा रहनेहरु मात्र आस्रम मा रहन योग्य मानिन्थे। जोखिम मोल्न नसक्नेहरु को लागी आध्यात्मिक मार्ग वा साधना मा स्थान नरहने उनको स्पष्ट मत थियो। उनिकहाँ कुरा बुझ्न , रमाइलो हेर्न , रमिता हेर्न , समय विताउन आउने वा साँच्चैनै आफुलाइ रुपान्तरण गर्न आउनेहरुलाइ यसरी नै फिल्टर गर्थे। उनको पुस्तक "All and the everything" को उद्देश्य पनि यहि हो , जो साँच्चैनै ज्ञान को प्यासी छ उसले मात्र पुस्तक को एउटा वाक्य को लिन्क अर्को कुनै वाक्य मा फेला पार्छ र पुस्तक को अर्थ , मर्म र शिक्षा प्रती जानकार रहन्छ , मुढहरु को लागी त अन्य प्रशस्त पुस्तकहरु छन। उनले हरेक प्रश्नको उत्तर को लागी निश्चित शुल्क लिन्थे , बिना शुल्क उनले कुनै पनि प्रश्नको जवाफ दिंदैनथे , यसको अर्थ यो होइन कि उनि पैसा को लोभी थिए , उनको अनुसार निशुल्क सोधिएको प्रस्न को उत्तर प्रश्नकर्ता ले ध्यानपुर्वक सुन्दैन , जव हरेक प्रश्नमा पैसाको लगानी हुन्छ तब उ उत्तरको हरेक शब्दहरुलाइ ध्यानपुर्वक सुन्छ। अमेरिका भ्रमणको क्रममा उनलाइ सोधिएको थियो , तपाइको यो अदभुत सफलता को राज के हो ? उनले जवाफ दिएका थिए , "मेरो बुबा ले मृत्यु को आखिरी क्षण मा मलाइ दिएको सानो शिक्षा।" , यस प्रसंगलाइ विस्तृत मा चर्चा गर्दै उनले भनेका थिए , "मेरो बुबाको मृत्यु हुँदा म सानै थिएँ , मेरो आमा को पहिले नै मृत्यु भैसकेको थियो। मृत्यु को आखिरी क्षण तिर मलाइ बुबाले बोलाउनुभयो र समिप मै राखेर भन्नुभयो , बाबु ! म सँग तँलाइ दिनको लागी केहि छैन, म अब संसार छोड्दैछु , दिनको लागी भौतिक कुराहरु वा पैसा नभएपनी म तँलाइ एउटा वाक्य भन्छु , यो वाक्यलाइ कहिल्यै नभुल, हरहमेशा सम्झिराख , तेरो जिवन मा ठुलो काम आउँछ " , त्यसपछी बुबाले मेरो कान मा फुस्फुसाउदै भन्नुभयो ,"कसैले तँलाइ केहि कुरा भन्यो वा केहि गर्यो भने त्यसको तत्काल प्रतिक्रिया नगर , कम्तिमा २४ घन्टा प्रतीक्षा गर प्रतिकृया दिनको लागी" , यत्ती भनेर बुबा बित्नुभयो , बुबाको यो बाक्यलाइ मैले हरहमेशा ख्याल राखें र जिवन मा उतारें , मेरो सम्पुर्ण सफलता को रहश्य यहि हो।
गुर्जिएफ ले इंगित गर्न खोजेको रहश्यमय तथ्य संग सम्बन्धित घटना प्रख्यात अमेरिकन बिचारक डेल कारनेगी को जिवन मा घटेको छ।कारनेगी अमेरिकन राष्ट्रपती अब्राहम लिंकन का समकालिक थिए। एकपटक कुनै एक पत्रकार ले रेडियो अन्तर्बार्ता को क्रम मा उनलाई अब्राहम लिंकन को बारेमा धारणा राख्न आग्रह गरेछन। त्यस समय अमेरिकी समाज मा लिंकन को लोकप्रियता चरम शिखर मा थियो र कोही पनि उनको बारेमा नकरात्मक टिप्पणी गर्ने शाहस गर्दैन थे । त्यस रडियो अन्तर्बार्ता को क्रममा कारनेगी ले लिंकन को कमी कमजोरी केलाउदै केहि नकारात्मक टिप्पणी गरेका थिए ।
अन्तरबार्ता सुन्ने श्रोता हरु मध्य एक महिला पनि थिइन जो लिंकन का अन्ध प्रशंसक थिइन; लिंकन को बारे कारनेगी को टिप्पणी बाट उनलाइ सार्है रिस उठेछ र उनले क्रोध थाम्न नसकी कारनेगी लाई एक पत्र लेखेछिन । उनले कारनेगी लाई तथानाम गाली गर्दै लिंकन को बारे बोल्ने हैसियत कारनेगी सँग नभएको उल्लेख गर्दै पत्र लेखिछिन । एक सामान्य महिला को गालीगलौज युक्त पत्र प्राप्त भए पछी कारनेगी निकै छुब्द भएछन । त्यस समय कारनेगी बिस्व प्रशिद्द बिचारक मा गनिन्थे र उनको प्रसिद्दी संसार भर थियो । उनले क्रोध पूर्वक तत्काल एक प्रत्युत्तर लेखेर आफ्नो एक कारिन्दा लाई हुलाक मार्फत पत्र पोस्ट गर्न पठाएछ्न तर संयोग्; कारिन्दा पोस्ट अफिस पुग्दा अफिस बन्द भैसकेको थियो । कारनेगी ले पत्र अर्को दिन पोस्ट गर्ने बिचार गर्दै पत्र सिरानी मुनी राखेर सुतेछन । अर्को दिन पत्र पोस्ट गर्न पठाउनु अघी उनको मनमा अचानक आफुले लेखेको पत्र को भाब र शब्द चयन हेर्ने बिचार पलाएछ । पत्र पढे पछी उनले महशुस गरे - कारनेगी को स्तर को मानिस ले यती तल्लो स्तर मा ओर्लिएर एक सामान्य महिला लाई गाली गलौज युक्त पत्र लेख्न शोभा दिंदैन । उनले पत्र को भाव र शब्द चयन सुधार गर्दै अर्को पत्र लेखेछन । पछिल्लो पत्र पोस्ट गर्न पठाउनु अघी उनको मनमा फेरी अर्को बिचार ले जन्म लिएछ । उनलाई पहिलो पत्र र दोश्रो पत्र बिचको भेद केलाउने इछ्छा जागेछ ।जब उनले दुबै पत्र को भाव र शब्द चयन बिचको भेद केलाउन थाले ~ उनि चकित भएछन किनकी दुइ पत्र बिच जमिन्- आसमान को भिन्नता थियो । उनि घोत्लिन थाले यो बिचार गर्दै कि एक रात मा मानिस को भावना र बिचार मा यत्रो अन्तर ? अब उनको मनमा अर्को बिचार डौडिन थाल्यो । उनले सोचे ; यदी पहिलो र दोश्रो पत्र मा यत्रो अन्तर हुन्छ भने निसन्देह : दोस्रो र तेस्रो पत्र मा पनि अन्तर हुनु पर्छ । उनले दोस्रो पत्र पठाएनन्, अर्को दिन तेस्रो पत्र लेख्ने बिचार गर्दै । अर्को दिन उनले तेस्रो पत्र लेखे र दोस्रो पत्र सँग दाँजेर हेरे ; अचम्म्!!!! दोस्रो र तेस्रो पत्र बिच पनि उत्तिकै भिन्नता थियो । तदनुरुप्: उनले सातौं पत्र लेखे र सातौं पत्र को भाव यस्तो थियो:- " तपाइले मेरो गल्ती र कमजोरी केलाईदिनु भएकोमा म तपाईं प्रती कृतज्ञ छु ............. मेरो घर फलाना गाउँ मा छ........ फुर्सद भएमा पाल्ने कष्ट गर्नु हुनेछ भन्ने अपेछ्छा गर्दछु......... ईत्यादी । उनिहरु बिच लामो समय सम्म पत्राचार चलिरह्यो , ति महिला कारनेगी को घर पनि गइन । त्यस पछी के भयो थाहा छ ? ? ? उनिहरु बिच बिबाह भयो र आजिबन सँगै रहे । डेल कारनेगी ले आफ्नो आत्मकथा मा लेखेका छन ; यदी पहिलो पत्र पोस्ट अफिस बाट फर्कदैन थियो भने ति महिला र म बिच गालीगलौज र शत्रुता को निरन्तरता चली रहन्थ्यो र एक रात मा मनिस को बिचार र भावना मा कती फरक आउन सक्छ भन्ने अनुभब गर्न बाट बंचित हुन्थें र सुधार को कुनौ गुंजाइस हुने थिएन । उनले आम मानिस हरु लाई कसैले गरेको टिप्पणि; प्रश्न; वा सबै खाले आलोचना को प्रत्युत्तर दिन नहतारिन र केहि समय पर्खन सुझाएका छन ।
भनिन्छ, सिग्मन्ड फ्रायड ले मानव मनोविज्ञान को प्रायजसो रहश्यहरु उजागर गरेका छन तर उनि स्त्रीजाती को मनोबैज्ञानिक रहश्य सँग सम्बन्धित एक पहलु को बारे बास्तविक तथ्य पत्ता लगाउन आजिवन असफल रहे र आफ्नो मृत्यु को करिब को क्षणमा उनले भनेका थिए ," शायद यो रहश्य को उदघाटन कहिल्यै हुनेछैन।" फ्रायडले स्त्री मनोविज्ञान को एक रहश्य पत्ता लगाउन आजिवन असफल रहेको पहलु थियो ," आखिर स्त्री जाती को भावना, विचार र व्यवहार क्षण-क्षण मा किन परिवर्तन हुन्छ?" फ्रायड को देहान्त पश्चात अमेरिकी मनोबैज्ञानिकहरु ले इलेक्ट्रोनिक इन्जिनियरहरुको सहयोग मा यो रहश्य को उदघाटन गरेका छन। मनोबैज्ञानिकहरुको लामो खोज अनुसार स्त्री जाती को देह मा प्रत्यक १५ मिनेटको अन्तर मा विधुतिय करेन्ट को दिशा परिवर्तन हुन्छ र करेन्ट को दिशा परिवर्तन संगै स्त्री जातीको भावना , विचार र व्यवहार परिवर्तन हुन्छ। त्यसैले मनोबैज्ञानिकहरु ले सुझाएका छन कुनै पनि स्त्री ले गर्ने क्रिया वा व्यवहार को प्रतिक्रिया गर्न १५ मिनेट प्रतीक्षा गर , १५ मिनेट सम्म मा उसको करेन्टको दिशा परिवर्तन हुन्छ र सँगसँगै भावना र विचार पनि। पुरुष जाती को हक मा विधुतिय करेन्टको दिशा परिवर्तन हुने अवधी लामो छ , २४ घन्टा , यसर्थ पुरुष को हक मा प्रतिक्रिया व्यक्त गर्न २४ घन्टा प्रतिक्षा गर।स्त्री जाती मा उत्पन्न हुने क्रोध को आवेग १५ मिनेट मै शान्त हुनसक्छ भने पुरुषजाती को लागी २४ घन्टा लाग्छ। यहि रहश्य को कारण गुर्जिएफ का पिता ले गुर्जिएफ लाइ कुनैपनि व्यक्ती ले गर्ने क्रिया को प्रतिक्रिया व्यक्त गर्न कमसेकम २४ घन्टा प्रतिक्षा गर भनेका हुन।
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
लेखक: डा. गोविन्दशरण उपाध्याय : केही दिन अगाडिको कुरा हो -मैले राम सहायलाई भेटें । उनी काठमाडौँको नया बानेश्वरको विरेन्द्र सभागृह नज...
-
By : Durgesh Ghale : ६० भन्दा बढी फिरन्ते जाति रहेको दक्षिण सुडानमा डिङ्का र नियुर दुई प्रमुख जाति छन्। यहाँ अहिले पनि करिब ९० प्रत...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
गुरु गोरखनाथ आध्यात्मिक आकाशका महान नक्षत्र हुन। शैभीत्य हिन्दु पथ का योगी गुरु गोरखनाथ ,नाथ सम्प्रदायका संस्थापक मानिन्छन - पुर्बिय आध्यात...
No comments:
Post a Comment