प्रवीण अधिकारी:
यस आर्यावर्त को ऋषि परम्परा को वंशावली विचार्दा स्वयम्भुव मनुका छोराहरु प्रियव्रत र उत्तानपाद र तिनोटि छोरीहरु देवहूति ,आकूति र प्रसूति मध्ये महर्षि कर्दमको बिहे
देवहूतिसंग भएको र ब्रह्माजी ले उनलाई तपस्या गर भनेर अह्राउँदा उनले १०००० बर्ष सम्म सरस्वति नदी तटमा भगवान विष्णुलाई सम्झि तपस्या गर्दा विष्णु प्रशन्न हुन पुगि म तिम्री पत्नि देवहूति का गर्भमा महर्षि कपिलको रुपमा अवतिर्ण भई सांख्य शास्त्रको रचना गर्नेछु भने अनुरुप महर्षि कपिलको जन्म हुन पुगेको कथा भेटिन्छ । ब्याख्या अनुसार: -
“केलीनाम समूह कैलम् तस्य आसनिवास कैलासम् । ”
जुन भूमिमा शिव-पार्वती ( केलि )क्रीड़ा गर्दै वस्तछन र जसका गणहरु किलोल अर्थात आवाज निकाल्दछन त्यो कैलाश । कैलाश देखिनेगरि यसै क्षेत्रमा महर्षि कपिल को आश्रम रहेको थियो । यिनै महर्षिको श्रापले पौराणिक एवं एतिहासिक राजा सगर का साठी हजार छोराहरु भष्म हुन पुगेका थिए र पछि महर्षि कपिलले तिनको उद्धारको लागि भागीरथी गंगा यस लोकमा ओह्राल्ने बाटो सुझाएका थिए
। ती ऋषिमहर्षिहरु जातिवाद विहिन थिए ।मान्छेको योग्यताको कदर हदैसम्म गर्दथे । महर्षि यो विश्वलाई सांख्य दर्शन दिए , जो ज्यादै पुरानो दर्शन हो। यो दर्शन प्राचीन नेपालमा जन्मेको थियो । हाम्रा श्रुति, स्मृति, रामायण र महाभारत समेत मा साङ्ख्य दर्शन को सन्दर्भ समेत वर्णन गरिएको ले सांख्य दर्शनलाई प्राचीन दर्शन मानिएको हो । स्मृति ग्रंथानुसार महर्षि कपिल , विष्णुको अवतार, कर्दम र देवहुतीका छोरा, ब्रह्माका मानस पुत्र र कहीं कहीं अग्निको अवतार भनेर वर्णन गरिएको छ । बौद्ध सम्प्रदाय ले महर्षि कपिललाई गौतम ऋषिको वंशज मान्दछ । इनको मुख्य शिष्यको नाउँ आसुरि थियो ।
प्रमाणस्वरूप श्लोक हेरौं :-
पंचमः कपिलो नामसिद्वेशः काल विलुप्तम्।
प्रोवाचासुरये सांख्यं तत्त्वग्रामविनिर्णयम्।।
कपिल कालमा विलुप्त भए , सांख्यशास्त्र को उपदेश महर्षि कपिल ले आचार्य आसुरि लाई दिए । आचार्य आसुरि को शिष्य पंचशिख भए । पंचशिखको शिष्य जैगीश्रव्य हुन पुगे । यसरी तत्कालिन ऋषि महार्शिहरु ले सांख्यदर्शन को प्रचार-प्रसार गरेका थिए । महर्षि कपिलको मूल ग्रन्थ ‘षष्टितन्त्र’ भनेर चिह्निन्छ ।तिनकै शिष्य पंचशिख तथा वार्षगण्यले यसको भाष्य लेखे । महर्षि कपिलले आत्मा, अनात्मा तथा भौतिकवादको सूक्ष्म तत्त्वहरुको व्याख्या गरे । इनको मतमा दुई किसिमको अनादि तत्त्व यस संसारमा छन् - प्रकृति र पुरुष । बौद्ध दर्शन असत् बाटै सत् को उत्पत्ति भएको कुरो स्वीकार्छ ,तर सांख्यले सत् बाट असत् को उत्पत्ति भएको भन्छ । सत् कहिल्यै असत् हुँदैन।आधुनिक विज्ञान पनि यहि कुरो स्वीकार्दै भन्छ- शून्य बाटै शून्य उत्पन्न हुन्छ । पदार्थको नाश हुँदैन । महर्षि कपिलले ब्रह्माण्डको उत्पत्ति तथा निष्क्रिय ऊर्जाशक्तिको उपस्थितिको व्याख्या गरेकाछन जसलाई आधुनिक वैज्ञानिकहरु ले पनि स्वीकारेको देखिन्छ ।
जीवन-जगत का बारेमा आफ्ना किसिमले सोच्नु, नित्य नूतन कुरो ठम्याउनु र त्यसलाई स्थापित गर्नु नेपाली दर्शन परम्पराको उद्द्येश्य थियो । हाम्रो पूर्वीय समाज भनेर चिह्निने दक्षिण एशिया र यस संग सम्बन्धित देशहरु नेपाल ,भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, मालदिभ्सस र श्रीलंका क्षेत्र भित्र थुप्रै दार्शनिक, ऋषिमुनिहरू नेपाली भएर देखा परेका थिए ।
एतिहासिक रुपमा ती हिमवत्खन्ड र नेपालसँग आबद्ध भएर रहे ।यस शिलशिलामा न्यायशास्त्रका जन्मदाता महर्षि गौतम , यज्ञ विधाका विद्वान महर्षि याज्ञवल्क्य , महर्षि कपिल , महर्षि अष्टावक्र , महर्षि विश्वामित्र ,महर्षि कश्यप , महर्षि वेदव्यास आदिका दार्शनिक सोचहरू नेपालको प्राचीन दर्शनको मुख्य आधार रहन पुग्यो ।
कुनैवेला नेपालमा साङख्य दर्शन अत्यन्तै सहासपूर्ण विचारको रूपमा देखा परेको थियो र साङख्य दर्शन भित्रको प्रकृति र पुरूष मान्ने द्वैतवादी अभिमतले नै हाम्रो दार्शनिक विचारधारामा तन्त्रवादी धारणाको जग ठड्याउन पुगेको थियो ।
वर्तमान नेपालको तराई क्षेत्रको कुरो गर्दा प्रथमतः मिथिला क्षेत्रको चर्चा गर्नु पर्ने हुन आउँछ । सनातनी पौराणिक एवं एतिहासिक ग्रन्थहरुले सीरध्वज जनकभन्दा १७ पुस्ता अघिका देवरात जनकका राजगुरु याज्ञवल्क्य रहेका थिए भनेर वताएको छ । वेद विवरण अनुसार उनले सूर्यबाट यजुर्वेदको ज्ञान पाएका थिए ।भित्रको मिथिला राज्यको स्थापना उनै देवरात जनकभन्दा पाँच पुस्ता अघिका मिथिजनक र उनका पुरोहित गौतम ऋषिको प्रयासबाट स्थापना हुन पुगेको थियो। त्यतिखेर यस क्षेत्रको बौद्धिक स्तर निकै उन्नत थियो ? सीरध्वज जनक पछिको ३२ पुस्ताको कृति (कराल) जनकको उद्दण्डताका कारण मिथिला राज्य छिन्नभिन्न हुन पुग्यो ।
यस्तो गौरवमय इतिहास बोकेको आजको नेपाली भूभागमा भित्रै यस विश्वका प्रथम २५ भौतिक तत्वका विवेचनकर्ता महर्षि कपिल र मानव इतिहासका अद्वितीय व्यक्ति गौतम बुद्ध जन्मिन पुगेका थिए ।त्यतिखेर यो देश वर्गवाद विहीन, शैवसंस्कृति , योग , तन्त्रशास्त्र आदिको उद्गम क्षेत्र मानिन पुगेको थियो ।
यसवाहेक , नेपालको पश्चिम तराई क्षेत्रमा सखुवाको जंगलले भरिपूर्ण भएको ठाउँमा महर्षि कपिलको आश्रम रहेको थियो । महाभारत कालका थुप्रै ऋषि मुनिहरू जस्तो महर्षि अग्निवेष (आमोद) , पांच पाण्डवका गुरु आचार्य धौम्य , तिनका शिष्य उपमन्युको आश्रम यसै क्षेत्रमा रहेको थियो । महर्षि श्वेतकेतु र महिर्ष अष्टावक्रको तपोभूमिपनि नेपालकै शिवालिक जंगल रहेको थियो । योग ऋषि पतन्जलि बाल्यऋषि नचिकेता, ऋषि च्यवन, ऋषि पाराशर तथा महर्षि बाल्मीकि इत्यादिको मनोरम तपोभूमिपनि यही क्षेत्र थियो ।
कपिलवस्तु शांख्य दर्शनका प्रणेता महर्षि कपिलको तपोवन मात्र होईन ,शाक्यबंशीय राजा शुद्धोधनको राजधानी समेत रहन पुगेको थियो । यस ठाउँमा सिद्धार्थ गौतम बुद्धले २९ बर्षसम्म जीवनयापन गरेका थिए । आजको दिनमा कपिलवस्तु लुम्बिनी अन्चलको एउटा जिल्ला भनेर चिह्निएपनि यसको इतिहास नेपालभन्दा पुरानो हो । बुद्धभन्दा जेठो निकै जेठो हो । त्यसैले यो ठाउँ यस विश्वका हरेक बुद्ध धार्मि ,अन्वेषक ,पुरातत्ववेत्ता , नेपाल नचिन्नेले पनि चिह्नेको छ , नेपाल नजान्नेले पनि जानेको छ । नेपालको नाउँ नासुन्नेले पनि सुनेको छ ।
नेपाल भित्रैका धेरैले कपिलवस्तुलाई चिन्दैनन , तर पुरातत्वबिद्, इतिहासकार, सांस्कृतिक अन्वेषणकर्ता, बुद्ध धर्मावलम्बी, भौतिकवादी, मानव अधिकारवादी, बिश्व शान्ति र समानताका पक्षपाति अहिंसा र असांप्रदायिक बिचारका अनुयायिका लागि कपिलवस्तु प्रेरणाको श्रोत हुन पुगेको छ ।यस अर्थमा कपिलवस्तु प्राचीन सभ्यता र संस्क्रितिको नेपालको अमूल्य नीधि हो । नेपाल र नेपालीको गौरव हो ।
समग्रमा भन्नु पर्दा संसारलाई दुई-दुईवटा दार्शनिकहरुलाई उत्पादन गर्ने ठाउँको नाउँ हो , हाम्रो कपिलवस्तु । यसले यो भौतिकवादी संसारलाई हेर्ने दुई दुईवटा आँखा दिएको छ ।आजको दिनमा जस्तो बनाईनु पर्थ्यो ,त्यस्तो भएन तर लावारिसै अवस्थाको भएपनि यो विश्वको लागि जिउँदो पुरातात्विक संग्रहालय हो बुद्धभूमि कपिलवस्तु । यस विश्वका डेढ अर्व बुद्ध धर्मावलम्बीहरुको पवित्र आस्थाको केन्द्र हो कपिलवस्तु । हामी सबैको धार्मिक तीर्थस्थल हो कपिलवस्तु ।
साङ्ख्य दर्शनका जन्मदाता महर्षि कपिलको वसोवास प्राचीन नेपालको तराई क्षेत्र कपिलबस्तुमा रहेको थियो यिनैका नामबाट हालको नेपालको एउटा जिल्ला ‘कपिलबस्तु’ रहन पुगेको हो । जहाँ वाँण गङ्गा (रोहिणी )नदी अझै आफ्नो प्राकृत इतिहाँस बोकेर बगी रहेकी छिन । इनै कपिलमुनि लाई ‘भागवत पुराण’ मा भगवान विष्णुको २४औँ अवतार हुन पुगे र भगवान कृष्णले श्रीमद भागवत गीतामा ‘सिद्धानाम् कपिलो मूनि’ भन्न भ्याई उनलाई म शिद्ध पुरुषमा म महर्षि कपिल हु भन्न भ्याए । हाम्रो परिवेशमा गीता र भागवत पुराण कहिले लेखिए भन्न सकिने अवस्था छैन भने , महर्षि कपिल कहिले जन्मिए त्यो पनि भन्न सकिन्न ।
त्यतिखेरका महर्षि कपिल र नेपालको ‘प्राचीन किराँतको सम्बन्ध गाँसिएको छ भन्दै डा.स्वामी प्रपन्नाचार्यले - ‘नेशनल हेरिटेज’, रामकृष्णाश्रम, कलकत्तामा भेटिएको कपिलको प्रतिमा अत्यन्त प्राचीन किराँत मूर्ति हो भनेर औंल्याएका छन । त्यो मूर्तिको मुन्तिर ‘कपिल’ र ‘सिलोन’ लेखिएको छ अरे । ती कपिल भनेको साङ्ख्य दर्शनका प्रवर्तक महर्षि कपिल हो कि कुनै अर्काे कपिल ? तर , साङ्ख्य दर्शनका प्रवर्तक महर्षि कपिल नेपालकै कपिलबस्तुका थिए । यिनको समयमा किराँत सभ्यता थियो ,उनी कल्पजीवि थिए । यिनको स्वरुपको वर्णन गर्दै भनिएको छ इनको कपालमा जटा, कानमा कुण्डल, विचित्रको स्वभाव र बायाँ खुट्टामा कल्ली थियो ।
तिनै महर्षि कपिल कल्पजीवी मानिएका छन । कपिलवस्तु ,लुम्बिनीको निग्लिहवा कै करिव एक किलोमिटर पूर्वेात्तर दिशामा जहदी गाउँको दक्षिणमा कपिलमूनिको आश्रम छ । यहाँ त्यो प्राचिन कुवाँ छ जसलाई महर्षि कपिलले प्रयोग गर्दथे ,अद्यपि देख्न पाइन्छ । यस वाहेक यस ठाउँमा केही पुराना मूर्ती र भवनका भग्नावशेषहरु समेत रहेका छन । यसै आश्रमको नजिक बुद्धको जन्मभूमि रहेको र त्यसमा भव्य भवनका भग्नावशेषहरु रहेका छन् , तर , तत्कालिन शाक्य र कौलीय वंशलाई साल र जमुनाको रुख फडानी गरि वस्ती बसाएका कारण कपिलवस्तु नामाकरण गर्दा कपिलमुनि लाई नै जुराईएको हो । महर्षि कपिलमुनि का सांख्य दर्शनबाट बुद्ध प्रभाबित थिए भन्ने कुरो जो कोहीलाई थाहा छ । यस आश्रम को प्रचार प्रसार गर्न सकिए कपिलानी नाथ परम्पराको तीर्थस्थल र सांख्य दर्शनका विद्वानलाई बुझ्न ठूलो सघाउ पुग्नेछ । महर्षि कपिलको आश्रमको खोज तथा उत्खनन गर्न सकिए नेपालका एक दार्शनिकको परिचय सबैले पाउन सक्नेछन ।
आजको दिनमा त्यो एतिहाँसिक एवं पुरातात्विक स्वरुपको बुद्ध धर्मस्थल जहदी गाउँ संरक्षण र विकास विहिन अवस्थामा छ र यसले आफ्नो बुद्धकालिन अस्तित्व गुमाउंदै छ । त्यतिखेर गौतम बुद्धको मावली तथा कोलिय गणराज्यको राजधानी देवदह रहेको थियो । यो देवदह ,आजको दिनमा जिल्लाको सदरमुकाम परासी बजारबाट करिब ५ किलोमिटर पश्चिममा रहेको छ । यो ठाउँ नै कोलिय गणराज्यको राजधानी र गौतम बुद्धको मावली हो भन्नेकुरो नेपालको पुरातत्व विभागले समेत पुष्ट्याई गरिसकेको अवस्था छ । यो ठाउँको उत्खनन गर्दा मौर्यकालिन खाल्टो, मानव मुर्ति, पशु मुर्ति, टेराकोटा (टिसी), टिसी विट, माटोको चरा, कार्ने लियन बिड, स्टोन विड, रेडवे, एनविपी वेयर, ग्रेवयर, रुपटायल, ईंटहरु भेटिएको थियो । मौर्यकाल भन्दा अघि खनिएका ईनारहरु भेटिएको थियो ।
६० विगाहा क्षेत्रमा फैलिएको सो क्षेत्र उत्खनन गर्दा सो ठाउँमा मौर्यकालिन बस्तु सहित बुद्धको मावली र कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको थियो । प्राचिन कोलिय राजधानी भित्र ११ वटा नगर राज्य रहेका थिए । यस जिल्लामा गौतम बुद्धको अष्तिधातु सुरक्षित रहेको एकमात्र स्थल रामग्राम स्तुप रहेको छ । कोलिय राजधानी देवदह र भगवान गौतम बुद्धको अस्थिधातु रहेको रामग्राम स्तुप आफैमा एक अकाट्य प्रमाणको रुपमा रहेको छ ।
लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, स्वयम्भू, बौद्धनाथ, लोमान्थाङ, लुरी गोन्पा, छोस्यार, लोगेकार गोन्पा (धार गोन्पा) जस्ता विश्व मानव समुदायको ठूलो हिस्साका निम्ति उच्चतम महत्वका धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरहरू नेपालीहरुका भाग्यले नेपालमा रहेका छन् । नेपालीहरुलाई थाहा होला-नहोला शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरेको बोधगयाका कतिपय मूल बौद्ध पहिचान हराएका सम्पदालाई नेपाली बौद्ध विद्वान् पण्डित अमृतानन्द बन्ध्य (शाक्य) ले १९ औं शताब्दीमा पुनर्जीवित गराएका थिए । नेपालको बौद्ध धर्म र गौतम बुद्धको प्रसंग केलाउने हो भने उपत्यकामा उनीभन्दा पहिले नै बुद्ध धर्म फैलिसकेको थियो भन्ने पाईन्छ र पश्चिम नेपाल मा पनि बौद्धमार्गीहरु प्रशस्त रहेका थिए । नेपाली परिवेशमा आजपनि बौद्ध धर्मको महायान सम्प्रदायको बाहुल्यता रहेको छ । सिद्धार्थ बुद्धले नेपालमा कुनै प्रवचन दिएको एतिहासिक उल्लेख नभेटे पनि , स्वयम्भू पुराणमा , बुद्ध स्वयम्भूको दर्शन गर्न आएको कुरो उल्लेख गरिएको छ । हामीले चर्चा गर्दैगरेका सिद्धार्थ बुद्धको पूर्व जन्मको कथासँग उपत्यका नजिकको नमोबुद्ध जोडिन पुगेको देखिन्छ ।

नेपालमा दर्शन परम्परा :-

नेपालको गौरवमय भूभाग: तराई क्षेत्र :-

कपिलबस्तुको आजको महत्व :

पौराणिक र एतिहाँसिक ग्रन्थहरुमा कपिल :
साङ्ख्य दर्शनका जन्मदाता महर्षि कपिलको वसोवास प्राचीन नेपालको तराई क्षेत्र कपिलबस्तुमा रहेको थियो यिनैका नामबाट हालको नेपालको एउटा जिल्ला ‘कपिलबस्तु’ रहन पुगेको हो । जहाँ वाँण गङ्गा (रोहिणी )नदी अझै आफ्नो प्राकृत इतिहाँस बोकेर बगी रहेकी छिन । इनै कपिलमुनि लाई ‘भागवत पुराण’ मा भगवान विष्णुको २४औँ अवतार हुन पुगे र भगवान कृष्णले श्रीमद भागवत गीतामा ‘सिद्धानाम् कपिलो मूनि’ भन्न भ्याई उनलाई म शिद्ध पुरुषमा म महर्षि कपिल हु भन्न भ्याए । हाम्रो परिवेशमा गीता र भागवत पुराण कहिले लेखिए भन्न सकिने अवस्था छैन भने , महर्षि कपिल कहिले जन्मिए त्यो पनि भन्न सकिन्न ।
त्यतिखेरका महर्षि कपिल र नेपालको ‘प्राचीन किराँतको सम्बन्ध गाँसिएको छ भन्दै डा.स्वामी प्रपन्नाचार्यले - ‘नेशनल हेरिटेज’, रामकृष्णाश्रम, कलकत्तामा भेटिएको कपिलको प्रतिमा अत्यन्त प्राचीन किराँत मूर्ति हो भनेर औंल्याएका छन । त्यो मूर्तिको मुन्तिर ‘कपिल’ र ‘सिलोन’ लेखिएको छ अरे । ती कपिल भनेको साङ्ख्य दर्शनका प्रवर्तक महर्षि कपिल हो कि कुनै अर्काे कपिल ? तर , साङ्ख्य दर्शनका प्रवर्तक महर्षि कपिल नेपालकै कपिलबस्तुका थिए । यिनको समयमा किराँत सभ्यता थियो ,उनी कल्पजीवि थिए । यिनको स्वरुपको वर्णन गर्दै भनिएको छ इनको कपालमा जटा, कानमा कुण्डल, विचित्रको स्वभाव र बायाँ खुट्टामा कल्ली थियो ।
महर्षि कपिल चिह्नाउने कुँवा:
तिनै महर्षि कपिल कल्पजीवी मानिएका छन । कपिलवस्तु ,लुम्बिनीको निग्लिहवा कै करिव एक किलोमिटर पूर्वेात्तर दिशामा जहदी गाउँको दक्षिणमा कपिलमूनिको आश्रम छ । यहाँ त्यो प्राचिन कुवाँ छ जसलाई महर्षि कपिलले प्रयोग गर्दथे ,अद्यपि देख्न पाइन्छ । यस वाहेक यस ठाउँमा केही पुराना मूर्ती र भवनका भग्नावशेषहरु समेत रहेका छन । यसै आश्रमको नजिक बुद्धको जन्मभूमि रहेको र त्यसमा भव्य भवनका भग्नावशेषहरु रहेका छन् , तर , तत्कालिन शाक्य र कौलीय वंशलाई साल र जमुनाको रुख फडानी गरि वस्ती बसाएका कारण कपिलवस्तु नामाकरण गर्दा कपिलमुनि लाई नै जुराईएको हो । महर्षि कपिलमुनि का सांख्य दर्शनबाट बुद्ध प्रभाबित थिए भन्ने कुरो जो कोहीलाई थाहा छ । यस आश्रम को प्रचार प्रसार गर्न सकिए कपिलानी नाथ परम्पराको तीर्थस्थल र सांख्य दर्शनका विद्वानलाई बुझ्न ठूलो सघाउ पुग्नेछ । महर्षि कपिलको आश्रमको खोज तथा उत्खनन गर्न सकिए नेपालका एक दार्शनिकको परिचय सबैले पाउन सक्नेछन ।
कपिलवस्तुको जहदी गाउँको आजको अवस्था :
आजको दिनमा त्यो एतिहाँसिक एवं पुरातात्विक स्वरुपको बुद्ध धर्मस्थल जहदी गाउँ संरक्षण र विकास विहिन अवस्थामा छ र यसले आफ्नो बुद्धकालिन अस्तित्व गुमाउंदै छ । त्यतिखेर गौतम बुद्धको मावली तथा कोलिय गणराज्यको राजधानी देवदह रहेको थियो । यो देवदह ,आजको दिनमा जिल्लाको सदरमुकाम परासी बजारबाट करिब ५ किलोमिटर पश्चिममा रहेको छ । यो ठाउँ नै कोलिय गणराज्यको राजधानी र गौतम बुद्धको मावली हो भन्नेकुरो नेपालको पुरातत्व विभागले समेत पुष्ट्याई गरिसकेको अवस्था छ । यो ठाउँको उत्खनन गर्दा मौर्यकालिन खाल्टो, मानव मुर्ति, पशु मुर्ति, टेराकोटा (टिसी), टिसी विट, माटोको चरा, कार्ने लियन बिड, स्टोन विड, रेडवे, एनविपी वेयर, ग्रेवयर, रुपटायल, ईंटहरु भेटिएको थियो । मौर्यकाल भन्दा अघि खनिएका ईनारहरु भेटिएको थियो ।
६० विगाहा क्षेत्रमा फैलिएको सो क्षेत्र उत्खनन गर्दा सो ठाउँमा मौर्यकालिन बस्तु सहित बुद्धको मावली र कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको थियो । प्राचिन कोलिय राजधानी भित्र ११ वटा नगर राज्य रहेका थिए । यस जिल्लामा गौतम बुद्धको अष्तिधातु सुरक्षित रहेको एकमात्र स्थल रामग्राम स्तुप रहेको छ । कोलिय राजधानी देवदह र भगवान गौतम बुद्धको अस्थिधातु रहेको रामग्राम स्तुप आफैमा एक अकाट्य प्रमाणको रुपमा रहेको छ ।
नेपालीहरुलाई थाहा होला-नहोला शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरेको बोधगयाका कतिपय मूल बौद्ध पहिचान हराएका सम्पदालाई नेपाली बौद्ध विद्वान् पण्डित अमृतानन्द बन्ध्य (शाक्य) ले १९ औं शताब्दीमा पुनर्जीवित गराएका थिए । नेपालको बौद्ध धर्म र गौतम बुद्धको प्रसंग केलाउने हो भने उपत्यकामा उनीभन्दा पहिले नै बुद्ध धर्म फैलिसकेको थियो भन्ने पाईन्छ र पश्चिम नेपाल मा पनि बौद्धमार्गीहरु प्रशस्त रहेका थिए ।
लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, स्वयम्भू, बौद्धनाथ, लोमान्थाङ, लुरी गोन्पा, छोस्यार, लोगेकार गोन्पा (धार गोन्पा) जस्ता विश्व मानव समुदायको ठूलो हिस्साका निम्ति उच्चतम महत्वका धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरहरू नेपालीहरुका भाग्यले नेपालमा रहेका छन् । नेपालीहरुलाई थाहा होला-नहोला शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरेको बोधगयाका कतिपय मूल बौद्ध पहिचान हराएका सम्पदालाई नेपाली बौद्ध विद्वान् पण्डित अमृतानन्द बन्ध्य (शाक्य) ले १९ औं शताब्दीमा पुनर्जीवित गराएका थिए । नेपालको बौद्ध धर्म र गौतम बुद्धको प्रसंग केलाउने हो भने उपत्यकामा उनीभन्दा पहिले नै बुद्ध धर्म फैलिसकेको थियो भन्ने पाईन्छ र पश्चिम नेपाल मा पनि बौद्धमार्गीहरु प्रशस्त रहेका थिए । नेपाली परिवेशमा आजपनि बौद्ध धर्मको महायान सम्प्रदायको बाहुल्यता रहेको छ । सिद्धार्थ बुद्धले नेपालमा कुनै प्रवचन दिएको एतिहासिक उल्लेख नभेटे पनि , स्वयम्भू पुराणमा , बुद्ध स्वयम्भूको दर्शन गर्न आएको कुरो उल्लेख गरिएको छ । हामीले चर्चा गर्दैगरेका सिद्धार्थ बुद्धको पूर्व जन्मको कथासँग उपत्यका नजिकको नमोबुद्ध जोडिन पुगेको देखिन्छ ।
No comments:
Post a Comment