Tuesday, 6 February 2018
जिसस को क्रस मा मृत्यु भएको थिएन
जिसस लाई क्रस मा झुण्डाए पछी पनि उनको मृत्यु भएको थिएन । जिसस ले आफुलाई ईश्वर पुत्र को रुपमा घोषणा गरेपछी यहुदी हरु धार्मिक द्रोह को आरोप मा मृत्यु दन्ड को माग गर्दै अदालत मा मुद्दा चलाएका थिए ; न्यायाधिस पोन्टियम पायलट धर्म संकट मा थिए किनकी उनलाई थाहा थियो जिसस महान र निर्दोष हुन र उनि आफै जिसस लाई असाध्यै प्रेम गर्थे । तर जिसस लाई मृत्यु दन्ड को फैसला नसुनाए भिड ले उनैलाई मार्थे ; मृत्यु दन्ड सुनाए एउटा महान र निर्दोष मान्छे को अकारण हत्या हुन्थ्यो ; उनले साँप पनि मर्ने लौरी पनि नभाँचिने उपाए खोज्न थाले अर्थात आफु पनि नमर्ने जिसस लाई पनि बचाउने । यही जुक्ती अनुसार पोन्टियम ले शुक्रवार को दिन शुली चढाउने फैसला गरे । किनकी शुक्रवार को दिन यहुदी हरु को प्रर्थना गर्ने दिन हो र सबै जना प्रार्थना मै सामेल हुन्छन । र यहुदी को मृत्यु दन्ड दिने प्रकृया मा मान्छे को मृत्यु हुन कम्ती मा ३ दिन लाग्छ । पोन्टियम ले जिसस को नजिक को शिष्य सँग गोप्य सम्पर्क गरेर सबै चाँजो पाजो मिलाएका थिए । उनलाई क्रस बाट झिकेर उचित औषधोपचार पश्चात भारत आउने व्यवस्था गरियो र उनि आजीवन भारत को कश्मिर मा बसेका थिए र त्यहिं देहत्याग गरेका थिए । कश्मिर को पहलगाम भन्ने गाउँ मा अहिले पनि उनको समाधी छ हिब्रु भाषा मा लेखिएको ; दक्षिण एशिया मा एउटै समाधी हो यो हिब्रु मा लेखिएको । तथ्य के हो भने यहुदी धर्म का संस्थापक मूसा पनि यही गाँउ मा लामो समय जीवन व्यतित गरेर यहिं देह त्याग गरेका थिए । कश्मिर मा अहिले पनि यहुदी वस्ती छ जो मूसा सँगै आएका थिए । ईसाइ हरु जिसस लाई शूली मा चढाएर मारे पछी ३ दिन को दिन मा पुनर्जिवित भएको भन्छन तर पुनर्जिवित भए पछी उनि कहाँ गए , के गरे भन्ने कुनै तथ्यांक उनिहरु संग छैन । जिसस यस भन्दा अघी नै भारत आएका थिए आध्यात्मिक शिक्षा को लागी । पश्चिम मा गणित ; विज्ञान र दर्शन को पिता मानिने पाइथागोरस समेत भारत बाटै शिक्षा लिएर फर्केका थिए । त्यो समय अहिले को विहार विश्व कै शिक्षा को राजधानी थियो ; नालन्दा विश्वविधालय को बारे हजुर लाई भनि रहनु परेन र कश्मिर साधना को कर्म थलो थियो । अरु कुरा माथी नै स्वामी प्रपन्नाचार्य को खोज मा उल्लेख छ र पश्चिम का अरु धेरै लेखक हरु ले पनि यस विषय मा चर्चा गरेका छन ।
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: नेपाल प्रहरिले कुनै पनि घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा पदिय हैसियत अनुसार मापदण्ड लागू हुनेछ भ...
-
Author: Shantiman Shrestha: एउटा आशंका उठछ , त्रिभुवन विमानस्थलबाट गाएब भएको ३३ किलो सुन पनि हाम्रा सर्वहाराहरुले सुनको टुटि बनाउन ...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
Author: Shantiman Shrestha: संसारकै इतिहासमा बर्तमान सत्ताधारी शक्तिले जस्तो वेश्यावृत्ती पाराको अन्तर्राष्ट्रिय कुटनितिक निति अरु ...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
No comments:
Post a Comment