००
Tuesday, 6 February 2018
जिसस को क्रस मा मृत्यु भएको थिएन
जिसस लाई क्रस मा झुण्डाए पछी पनि उनको मृत्यु भएको थिएन । जिसस ले आफुलाई ईश्वर पुत्र को रुपमा घोषणा गरेपछी यहुदी हरु धार्मिक द्रोह को आरोप मा मृत्यु दन्ड को माग गर्दै अदालत मा मुद्दा चलाएका थिए ; न्यायाधिस पोन्टियम पायलट धर्म संकट मा थिए किनकी उनलाई थाहा थियो जिसस महान र निर्दोष हुन र उनि आफै जिसस लाई असाध्यै प्रेम गर्थे । तर जिसस लाई मृत्यु दन्ड को फैसला नसुनाए भिड ले उनैलाई मार्थे ; मृत्यु दन्ड सुनाए एउटा महान र निर्दोष मान्छे को अकारण हत्या हुन्थ्यो ; उनले साँप पनि मर्ने लौरी पनि नभाँचिने उपाए खोज्न थाले अर्थात आफु पनि नमर्ने जिसस लाई पनि बचाउने । यही जुक्ती अनुसार पोन्टियम ले शुक्रवार को दिन शुली चढाउने फैसला गरे । किनकी शुक्रवार को दिन यहुदी हरु को प्रर्थना गर्ने दिन हो र सबै जना प्रार्थना मै सामेल हुन्छन । र यहुदी को मृत्यु दन्ड दिने प्रकृया मा मान्छे को मृत्यु हुन कम्ती मा ३ दिन लाग्छ । पोन्टियम ले जिसस को नजिक को शिष्य सँग गोप्य सम्पर्क गरेर सबै चाँजो पाजो मिलाएका थिए । उनलाई क्रस बाट झिकेर उचित औषधोपचार पश्चात भारत आउने व्यवस्था गरियो र उनि आजीवन भारत को कश्मिर मा बसेका थिए र त्यहिं देहत्याग गरेका थिए । कश्मिर को पहलगाम भन्ने गाउँ मा अहिले पनि उनको समाधी छ हिब्रु भाषा मा लेखिएको ; दक्षिण एशिया मा एउटै समाधी हो यो हिब्रु मा लेखिएको । तथ्य के हो भने यहुदी धर्म का संस्थापक मूसा पनि यही गाँउ मा लामो समय जीवन व्यतित गरेर यहिं देह त्याग गरेका थिए । कश्मिर मा अहिले पनि यहुदी वस्ती छ जो मूसा सँगै आएका थिए । ईसाइ हरु जिसस लाई शूली मा चढाएर मारे पछी ३ दिन को दिन मा पुनर्जिवित भएको भन्छन तर पुनर्जिवित भए पछी उनि कहाँ गए , के गरे भन्ने कुनै तथ्यांक उनिहरु संग छैन । जिसस यस भन्दा अघी नै भारत आएका थिए आध्यात्मिक शिक्षा को लागी । पश्चिम मा गणित ; विज्ञान र दर्शन को पिता मानिने पाइथागोरस समेत भारत बाटै शिक्षा लिएर फर्केका थिए । त्यो समय अहिले को विहार विश्व कै शिक्षा को राजधानी थियो ; नालन्दा विश्वविधालय को बारे हजुर लाई भनि रहनु परेन र कश्मिर साधना को कर्म थलो थियो । अरु कुरा माथी नै स्वामी प्रपन्नाचार्य को खोज मा उल्लेख छ र पश्चिम का अरु धेरै लेखक हरु ले पनि यस विषय मा चर्चा गरेका छन ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
प्रवीण अधिकारी :- जय शम्भो ||| अर्धनरनारीश्वर ========== भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्य...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
कार्ल मार्क्स ले धर्म अफिम हो भन्दै गर्दा उनि कहिल्यै पनि यहुदी धर्म को स्वार्थ विपरित गएनन ,कारण उनि यहुदी थिए , यहुदी धर्म लाइ सदा माया गर...
-
भनिन्छ ; ईश्वर ले सृष्टी को रचना गरिसके पछी जिव र प्राणी हरुको पनि रचना गर्नु भो । ईस्वर यती ले मात्र सन्तुष्ट हुनुभएन र विश्व कै सवै भन्दा ...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
प्रवीण अधिकारी : सच्चा नेपाली हौ भने यी मुखौटोहरु चिनौं | नेपालको सिमाना वेच्ने प्रधानमन्त्रीहरु को को हुन ? हेर्नोस र सत्य तथ्य आफै अनुमा...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
No comments:
Post a Comment