Wednesday, 7 February 2018
नेपालको भौगोलिक इतिहाँस बुझ्न नचाहने कसरी नेपाली ?
प्रवीण अधिकारी:
नेपालको भौगोलिक इतिहाँस बुझ्न नचाहने कसरी नेपाली ?
उपनिवेशी मानसिकताका तमाम रोगीहरु, तिम्रो " म नेपाली हुँ " भन्ने वोध कता मुण्ट्यो ?
-------------------------------------------------------------------------------------------------
नेताहरु बिदेशीका गुलाम , जनताहरु तिनै गुलामका गुलाम भएर भुकेर नेपालमा ईशाइ फ़ैलाइयो | त्यही ईशाइको आढ्मा वामपन्थी खोल ओढेर मुलुक तहस नहस बनाईदै छ | कम्युनिजम फ़ष्टाएको छ | अनि त्यै कम्युनिज्मलाई केन्द्रविन्दू बनाई निरापेक्ष्यताको घोडा चढेर दौडिदा नेपालको सारभौमता ,स्वतन्त्रता स्खलित भएर मिचिन पुगेको छ | यस्तो अवस्थामा , प्रत्येक नेपालीले आफ्नो अनुवांशिकता ,रगतको नाता , नश्ल , उद्गम अनि नेपाली हुनुको परिचय बुझ्ने प्रयाश गरेन भने यो मुलुकको स्वाधीनता र स्वतन्त्रता अब केही बर्षपछि जोगिने छैन | यो पवित्र देव भूमिको पानी पिएर व्यवहारमा नकच्चरो भई निरपेक्ष्यताको पैरवी गर्ने र मुलुक विर्सने झोले कार्यकर्ता , यो मुलुकलाई के काम ?
नेपालको इतिहाँसमा जंगवहादुर र नेपाली भूभाग
------------------------------------------------------
वि.स. १८७२को सुगौली सन्धिको २ बर्षपछि अर्थात वि.स. १८७४ मा जन्मिएका जंगबहादुर १९०३ भाद्र ३१ गतेको कोतपर्व पश्चात प्रधानमन्त्री बनेका थिए | उनी नेपालको प्रधानमंत्री हुँदा वृटिश भारत अधिनस्थ भूभाग वाहिर रहेको नेपालको नक्सा संलग्न छ | त्यो नक्साको मद्दतले तत्कालिन नेपालको यथार्थ भौगोलिक अवस्था जो सुकै स्वाभिमानी नेपालीले बुझ्न सक्नेछ | त्यसपछि वि.स. १९२९ मा सुगौली सन्धिमा गुमेको अहिलेको ४ जिल्ला भूभाग ४५ बर्षपछि जंग बहादुर फर्काउन सफल भएका थिए |
लाचार गणतंत्र र नेपाली भूभाग
----------------------------------
आजको दिनमा नेपालको दलीय भागबण्डाको नापी विभाग र त्यसलाई व्यवस्थापन गर्ने नेपालको पेटिकोट गणतान्त्रिक सरकार फरिया लाएर नाङ्गोनाच देखाउंदैछ | नेपालका राजनैतिक दलहरु नागरिकहरु लुटेर ,प्लेन हाईज्याक गरेर , निर्धो नेपाली मारेर आफ्नो पुरुषार्थ देखाउँदै सत्तामा स्थापित भएका हुन | यी स्वाभिमान विहिन दलहरुले निर्माण गर्ने सरकार भारत र युरोपीय युनियनको पपेट सरकार मात्र हो | आजसम्मको १२ बर्षे गणतान्त्रिक शासन व्यवस्थामा नेपालको अस्मितामाथि वारम्वार नाङ्गो हस्तक्षेप हुँदापनि यी आयातितवादका अनुयायीहरुले छिमेकीको त्यस प्रवृत्तिको विरुद्ध आवाज निकाल्ने आँट गर्न सकेनन | इनको गिदीमा नेपालको विगत र वर्तमान वुझ्न सक्ने क्षमता छैन ,तसर्थ यी आँखो भएका अन्धा हुन पुगेका छन |
जङ्गे पिलरनै नेपालको आधिकारिक नेपाल भारत साँध सिमानाको एकमात्र भौगोलिकता छुट्याउने आधार हो भन्न नसक्ने गणतन्त्र र त्यसलाई हाक्ने नेताको पाल्तु कुकुर बनेर पुच्छर हल्लाउंदै पैरवी गर्ने झोलेहरु प्रसस्त जन्मिएको कारण नेपाल भारत दुई देशको सिमाना साँधको १० गजा क्षेत्र " नोमेन्स ल्यान्ड " कसैले छुन पाउन्न भन्ने स्वाभिमानी नेपाली आजको नेपालमा जन्मिएको देखिएन र भारतको हरेक वितण्डा हामीले देख्नु परेको हो | यी नेपालमारा नेताका झोलेहरु झोला बोक्दै मख्ख , तिनका आदर्श पुरुषहरु इतिहाँस र राजालाई गालि गर्दै सिर्जनशीलता सकेर " वाक स्वतन्त्रता " भन्दै गणतन्त्रको पैरवी गर्दै नेपालको सतित्व लुटिएको देख्न विवाशः भएको देख्ता , म निरिह प्रवीण अधिकारी पुरानो नेपाल र नेपालीको तर्फबाट समस्त झोले ,मार्क्स ,लेनिन र माओको अनुयायी वामपन्थी र भारतीय कांग्रेशका सन्तानहरुलाई वि.स. १९३६ अर्थात १३९ बर्षघिदेखि कायम रहेको त्यो "नोमेन्स ल्यान्ड" अर्था " दश गजा " कायम गरेर देखाउन चुनौती दिन्छु | भारतले विगत ७१ बर्ष अघिदेखि नेपालप्रति ठूल्दाई बनेर देखाउंदै आएको स्वघोषित मिचाहा ,हेपाहा प्रवृत्तिलाई निस्तेज पार्न अन्तराष्ट्रिय अदालत गुहार्न वा वेलायतको मध्यस्थता खोजेर नेपालको " सारभौम सत्ता " सुरक्षा गर्न आह्वान गर्दछु | सारभौम सत्ताको विषय ब्यापारिक र सत्ताको विषय वस्तु होईन | सारभौमताको विषयमा यो विश्वमा कुनैपनि देश ठूलो सानो हुन सक्दैन |
धन्यवाद यज्ञमणि न्यौपाने | तिमी जस्ता यो मुलुकमा करोडौं जन्मियुन
----------------------------------------------------------------------------
यसै शिलशिलामा गैर राजनैतिक व्यक्ति अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा रिट हालेर नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगञ्जको सिर्सिया नदी एरियामा नेपाली भूमि अतिक्रमण गरेको दाबी गरेर नेपाल मिचिएको देखाएर सर्वोच्च अदालत मार्फत नेपालको त्रिशंकु पुतली सरकारलाई चुनौती दिएका छन् | उनले प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल भारत सीमा टोली प्रमुख लगायतलाई विपक्षी बनाएका छन् | पुराना पिलरको ठाँउमा नयाँ पिलर राख्दा नेपाली भूभाग मिची सुगौली सन्धि र सन् १८१६ देखि सन् १८९० सम्मका आधार नक्सा विपरीत काम गरेको र वीरगञ्ज मा.न.पा. १ छपकैया एरिया सिर्सैया खोलाधार तर्फको लगभग ३०० मिटर नेपालको जमिन मिचेर मूल पिलर तथा सहायक पिल्लर राख्न खाल्टो खन्ने कामको विरोध गर्ने एक मात्र आधिकारिक नेपाल सपुत भएर निस्के | उनले सुगौली सन्धि वर्तमान नेपालको आधार हो भन्दै नयाँ पिलर हटाउन माग गरे र सुगौली सन्धि र साविकका जंगे पिल्लर भन्दा फरक प्रकृतिले सीमा स्तम्भ गाड्ने निर्णय उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरेका छन् | "
एकैपल्ट्मा ५० विघा जग्गा मिचिंएको हेरेर बस्ने निर्लज्ज सरकार यो गणतन्त्र विघन गरि नेपालको भूगोल र नेपालीको अस्मिता जोगाउन उद्दत हुन सकोस , नेपाली भूमि मिचिएको छैन भन्ने नापी विभाग प्रमुखलाई लाई हटाई नेपाल बुझ्ने योग्या भर्ति गर्न सफल होस् | -प्रवीण अधिकारी
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
लेखक: डा. गोविन्दशरण उपाध्याय : केही दिन अगाडिको कुरा हो -मैले राम सहायलाई भेटें । उनी काठमाडौँको नया बानेश्वरको विरेन्द्र सभागृह नज...
-
By : Durgesh Ghale : ६० भन्दा बढी फिरन्ते जाति रहेको दक्षिण सुडानमा डिङ्का र नियुर दुई प्रमुख जाति छन्। यहाँ अहिले पनि करिब ९० प्रत...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
गुरु गोरखनाथ आध्यात्मिक आकाशका महान नक्षत्र हुन। शैभीत्य हिन्दु पथ का योगी गुरु गोरखनाथ ,नाथ सम्प्रदायका संस्थापक मानिन्छन - पुर्बिय आध्यात...
No comments:
Post a Comment