Ayurus chapagain
एउटा मान्छे मासुको औधी सौखिन थियो र ऊ हरेक शुक्रबार कुखुराको मासु पकाएर खान्थ्यो तर ऊ जुन गाउँमा बस्थ्यो, त्यहाँ उसका छिमेकीहरू सबै कट्टर क्याथोलिक थिए । धर्मगुरुले उनीहरूलाई माछा-मासु नखान भनेका थिए ।
शुक्रबारकै दिन छिमेकीका घरबाट आउने चिकेनको बास्नाले क्याथोलिकहरूलाई बिचलित बनाउँथ्यो । सो कुरा आखिर उनीहरूले धर्मगुरुलाई सुनाइछाडे ।
धर्मगुरु ती मानिसलाई भेट्न उनका घर गए र धर्म परिवर्तन गरेर क्याथोलिक बन्न सल्लाह दिए । धर्मगुरु र छिमेकीहरूले सम्झाएपछि उनी आइतबारका दिन चर्चमा गए र प्रार्थना गरे । धर्मगुरुले जल छर्केर भने— तिमी जन्मदा जे जस्तो भए पनि बिर्सिदेऊ, अब तिमी क्याथोलिक हौ ।
ती मानिसदेखि सबैजना खुसी भए तर आउँदो शुक्रबारसम्मका लागि मात्र किनकी शुक्रबार आउने बित्तिकै उनको घरबाट फेरि चिकेनको बास्ना चलिरहेको थियो ।
छिमेकीहरूले तुरुन्त धर्मगुरुलाई बोलाए । धर्मगुरु उनको घरपछाडि बाट भान्सामा छिरे । त्यहाँ पुग्दा उनी आश्चर्यमा परे ।
उनले ती मानिसलाई हातमा गिलास लिएर उभिइरहेको देखे । उनी पाक्दै गरेको चिकेनमा गिलासको पानी छर्किँदै थिए अनि भन्दै थिए— तिमी जन्मदा जे-जस्तो भए तापनि अब तिमी रायोको साग हौ।

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment