००
Tuesday, 6 February 2018
यमराज को सजाय
यमराज ले नर्क मा पुगेका हरु लाई सजाय सुनाउदै जाने क्रम मा अन्त्य मा एकजना किसान र एकजना नेता वाँकी थियो । यमराज ले भनेछ : तिमीहरुले गरेको पाप को सजाय स्वरुप तिमी हरु लाई १०० - १०० कोररा ढाड मा हान्ने फैसला गरिएको छ तर आज मेरो जन्म दिन को साइत परेछ त्यसो हुँदा मेरो जन्म दिन को अवसर मा कोररा खानु अगाडी तिमी हरु को केहि इच्छा छ भने भन, पुरा हुन्छ । यमराज ले पहिला नेता लाई सोधेछ : तँ नेता परेछ्स ; ल भन कोररा खानु अगाडी तेरो एउटा इच्छा के छ ? नेता ले बडो बाठो हुँदै भनेछ : महाराज !!!! कोररा हान्नु अगाडी मेरो ढाड मा एउटा सिरानी बाँधिबक्स्योस ।
त्यसपछी यमराज ले किसान लाई भनेछ: तँ चाहिं सर्वसाधारण - सोझो परेछस ; त्यसैले तेरो २ ओटा इच्छा पुरा हुन्छ कोररा खानु भन्दा अगाडी - ल भन , तेरो २ ओटा इच्छा के छ ?
किसान ले भनेछ : महाराज !!! पहिलो त मलाई १०० कोररा होइन २०० कोररा हानिबक्स्योस । यमराज ले आश्चर्य चकित हुँदै सोधेछ : अनि दोस्रो इछ्छा नि ? किसान ले नेता लाई देखाउदै भनेछ : हो यो नेता लाई मेरो ढाड मा बाँधिबक्स्योस। किसान को इच्छा अनुसार उनलाई २०० कोररा हानियो- पहिलो १०० कोररा ले नेता को ढाड मा बाँधिएको सिरानी धुजा - धुजा भएछ; पछिल्लो १०० कोररा नेता को ढाड मा परेछ र नेता को भाग को १०० कोररा ले नेता लाई थला पारेछ ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
४ फागुन २०७४, काठमाडौं । गीतकार, गजलकार तथा आख्यानकार कल्पना श्रेष्ठ कल्पपुञ्जद्वारा लिखित उपन्यास ‘सञ्जीवनी’ राजधानीको कालि...
-
लेखक: प्रवीण अधिकारी: बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति , जन्मस्मारक शिला , मायादेवीले बुद्धलाई जन्म दिंदा सहारा ...
-
New year र Merry chrissmas को शुभ-कामना सन्देश ले औडाहा नै बनायो , व्यक्तिगत रुपले म सबै धर्म सन्प्रदाय को संस्कृति र चाडपर्व को सम्मान गर्द...
-
आध्यात्मको जानकार लाइ भौतिकवादी चिन्तन को स्वभाविक जानकारी हुन्छ तर भौतिकवादी सोंच भएकालाइ आध्यात्मिक विज्ञान को गहन पक्षको जानकारी हुनु नित...
-
Author: Shantiman Shrestha प्राय भन्ने गरिन्छ: जमाना खत्तम भयो , कलि बौलायो , जताततै कष्ट , दु:ख ,अशान्ती ,हिंसा .......!! अनि प्रश्न...
-
अब नेपाल का बामपंथी हरु ले आफु मरे पछी लाश लाई जँगल मा लगेर फाल्ने कबुलिएतनामा गरे हुनेभयो कमसेकम भोकाएका श्याल ,हुँडार र गिद्ध त मोटाउँछन।ब...
-
वेद को बारेमा विस्तृतमा चर्चा गर्दा लामो हुन्छ र यो सहज पनि छैन तर वेदको वारे एउटा अकाट्य तथ्य के हो भने वेद एन्साइक्लोपेडिया अर्थात विश्वको...
No comments:
Post a Comment